प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया २३:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ टायरबारे घोषणा:+

      ए तर्सिसका जहाजहरू हो, शोक मनाओ!+

      किनकि बन्दरगाह नाश भएको छ; त्यहाँबाट कुनै पनि जहाज छिर्न सक्दैन।

      कित्तिमको+ देशमा तिनीहरूले यो खबर पाए।

  • यसैया २३:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ ए समुद्रको गढ सिदोन, तँ लज्जित हो।

      किनकि समुद्रले यसो भनेको छ:

      “मैले सुत्केरी बेथा भोगेकी छैनँ, बच्चा पनि जन्माएकी छैनँ।

      मैले न छोराहरू हुर्काएकी छु न त छोरीहरू।”+

  • यर्मिया २५:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ त्यसैले मैले यहोवाको हातबाट त्यो कचौरा लिएँ र यहोवाले मलाई पठाउनुभएका सबै राष्ट्रलाई त्यस कचौराबाट पिउन लगाएँ।+

  • यर्मिया २५:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ टायरका सबै राजा, सिदोनका सबै राजा+ र समुद्रपारिको टापुका राजाहरूलाई;

  • यर्मिया २७:२, ३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ “यहोवाले मलाई यसो भन्‍नुभयो, ‘आफ्नो निम्ति जुवाहरू र जोतारोहरू* बनाऊ र त्यसलाई आफ्नो गर्दनमा बोक। ३ त्यसपछि एदोमका राजा,+ मोआबका राजा,+ अम्मोनका राजा,+ टायरका राजा+ र सिदोनका राजाकहाँ+ ती जुवा र जोतारोहरू पठाऊ। यहुदाका राजा सिदकियाहलाई भेट्‌न यरुसलेममा आएका सन्देशवाहकहरूमार्फत ती पठाऊ।

  • इजकिएल २८:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ “हे मानिसको छोरा, सिदोनतिर हेर+ र त्यसविरुद्ध भविष्यवाणी गर।

  • योएल ३:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ हे टायर र सिदोन अनि हे पलिस्तियाका सबै इलाका हो,

      तिमीहरूले मसित यस्तो व्यवहार गर्ने हिम्मत कसरी गर्न सक्यौ?

      के तिमीहरू मैले गरेको कुनै कामको बदला लिँदै छौ?

      यदि तिमीहरू बदला लिँदै छौ भने

      चाँडै म त्यो तिमीहरूकै थाप्लोमा खन्याइदिनेछु।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने