प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया २५:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ म उत्तरको राज्यका सबै कुललाई बोलाउनेछु।+ म आफ्नो सेवक,+ बेबिलोनको राजा नबुकद्‌नेजरलाई बोलाउनेछु। म तिनीहरूलाई यो देश,+ यहाँका बासिन्दाहरू र वरपरका सबै राष्ट्रमाथि आक्रमण गर्न लगाउनेछु।+ म यी सबलाई नाश गर्नेछु र सदाको लागि उजाड पारिदिनेछु। तिमीहरूको हालत देखेर मानिसहरू डरले थरथर काँप्नेछन्‌ र उनीहरूले खिसी गर्दै सिटी बजाउनेछन्‌,” यहोवा घोषणा गर्नुहुन्छ।

  • यर्मिया २८:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ किनकि सेनाहरूका यहोवा, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: “यी राष्ट्रहरूले बेबिलोनका राजा नबुकद्‌नेजरको सेवा गरून्‌ भनेर म यिनीहरूको गर्दनमा फलामको जुवा राखिदिनेछु। अनि यिनीहरूले बेबिलोनका राजाको सेवा गर्नै पर्नेछ।+ म जङ्‌गली जनावरहरूसमेत तिनको हातमा सुम्पिदिनेछु।”’”+

  • यर्मिया ४३:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० त्यसपछि तिनीहरूलाई भन: ‘सेनाहरूका यहोवा, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: “म मेरो सेवक,+ बेबिलोनका राजा नबुकद्‌नेजरलाई* बोलाउनेछु र मैले लुकाएका यी ढुङ्‌गाहरूमाथि तिनको सिंहासन बसाल्नेछु। अनि तिनले यी ढुङ्‌गाहरूमाथि आफ्नो राजसी पाल फिँजाउनेछन्‌।+

  • दानिएल २:३७, ३८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३७ हे महाराज, राजाहरूका पनि राजा! जसलाई स्वर्गका परमेश्‍वरले राज्य,+ पराक्रम, शक्‍ति र महिमा दिनुभएको छ; ३८ जसको हातमा उहाँले पृथ्वीभरिका मानिसहरू, जमिनका पशुहरू र आकाशका चराचुरुङ्‌गीहरू सुम्पिनुभएको छ अनि जसलाई ती सबैमाथि शासक नियुक्‍त गर्नुभएको छ,+ हजुर नै त्यो सुनको टाउको हुनुहुन्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने