प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया २५:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ म उत्तरको राज्यका सबै कुललाई बोलाउनेछु।+ म आफ्नो सेवक,+ बेबिलोनको राजा नबुकद्‌नेजरलाई बोलाउनेछु। म तिनीहरूलाई यो देश,+ यहाँका बासिन्दाहरू र वरपरका सबै राष्ट्रमाथि आक्रमण गर्न लगाउनेछु।+ म यी सबलाई नाश गर्नेछु र सदाको लागि उजाड पारिदिनेछु। तिमीहरूको हालत देखेर मानिसहरू डरले थरथर काँप्नेछन्‌ र उनीहरूले खिसी गर्दै सिटी बजाउनेछन्‌,” यहोवा घोषणा गर्नुहुन्छ।

  • यर्मिया २७:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ अब म यी सबै देश मेरो सेवक अर्थात्‌ बेबिलोनका राजा नबुकद्‌नेजरलाई दिन्छु।+ त्यहाँ भएका जङ्‌गली जनावरहरूसमेत म उसलाई सुम्पन्छु।

  • इजकिएल २९:१९, २०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ “त्यसैले ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ, ‘म मिश्र बेबिलोनका राजा नबुकद्‌नेजरलाई दिनेछु+ र तिनले तिनीहरूको सरसम्पत्ति लैजानेछन्‌ र देशलाई लुट्‌नेछन्‌। त्यो लुटको धन नै बेबिलोनी सेनाको ज्याला हुनेछ।’

      २० “‘टायरसित लड्‌न गरेको परिश्रमको फलस्वरूप म तिनलाई मिश्र दिनेछु किनकि तिनले मेरो निम्ति काम गरेका थिए,’+ ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने