१बिन्यामिनीहरूको इलाका अनातोतमा+ बस्ने हिल्कियाह, जो पुजारीहरूमध्ये एक थिए, तिनका छोरा यर्मियाकहाँ* आएको परमेश्वरको वचन। २ यहुदाका राजा अमोनका+ छोरा योसियाहको शासनकालको+ १३ औँ वर्षमा यहोवाको वचन यर्मियाकहाँ आयो।
३ “आमोनका छोरा, यहुदाका राजा योसियाहले शासन गरेको १३ औँ वर्षदेखि+ आजसम्म अर्थात् बितेको २३ वर्षदेखि यहोवाको वचन मकहाँ आएको छ। मैले बारम्बार तपाईँहरूलाई उहाँको वचन सुनाउँदै आएको छु तर तपाईँहरूले पटक्कै सुन्नुभएन।+