-
यर्मिया १५:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ अनि तिनीहरूले ‘हामी कहाँ जाऔँ’ भनेर सोधे भने तिमीले यस्तो जवाफ दिनू, ‘यहोवा यसो भन्नुहुन्छ:
“ज-जसलाई महामारीको निम्ति छुट्ट्याइएको छ, तिनीहरू महामारीले मारिऊन्!
ज-जसलाई तरबारको निम्ति छुट्ट्याइएको छ, तिनीहरू तरबारले काटिऊन्!+
ज-जसलाई अनिकालको निम्ति छुट्ट्याइएको छ, तिनीहरू अनिकालले मरून्!
ज-जसलाई कैदको निम्ति छुट्ट्याइएको छ, तिनीहरू कैदमा परून्!”’+
-
-
यर्मिया २९:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ “‘म तिनीहरूलाई तरबार,+ अनिकाल र महामारीले खेद्नेछु। तिनीहरूको हालत देखेर पृथ्वीका सबै राज्य डरले थरथर हुनेछन्,+ उनीहरूले तिनीहरूको उदाहरण दिँदै सराप्नेछन्, तिनीहरूलाई देखेर वाल्ल पर्नेछन् र तिनीहरूको खिसी गर्दै सिटी बजाउनेछन्।+ मैले तिनीहरूलाई जुन-जुन देशमा तितरबितर पारेको थिएँ, त्यहाँ-त्यहाँ तिनीहरू ठट्टाको पात्र हुनेछन्।+
-