-
२ इतिहास ३६:१५, १६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ तिनीहरूका पितापुर्खाका परमेश्वर यहोवाले आफ्ना सन्देशवाहकहरू पठाएर तिनीहरूलाई चेतावनी दिइरहनुभयो। उहाँले तिनीहरूलाई बारम्बार चेतावनी दिनुभयो किनकि आफ्नो निवासस्थान र आफ्ना मानिसहरूप्रति उहाँको मनमा दया जाग्यो। १६ तर तिनीहरूले साँचो परमेश्वरका सन्देशवाहकहरूको खिसी गरिरहे,+ उहाँको वचनलाई तुच्छ सम्झे+ र उहाँका भविष्यवक्ताहरूलाई हाँसोमा उडाए।+ तिनीहरूले त्यसै गरिरहे र आखिरमा तिनीहरू सुधार्नै नसकिने* हदसम्मै पुगे। अनि यहोवा परमेश्वरको क्रोध उहाँका मानिसहरूमाथि दन्कियो।+
-
-
यर्मिया ७:२४-२६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ तर तिनीहरूले मेरो कुरा सुनेनन् र मतिर आफ्नो कान फर्काएनन्।+ तिनीहरू आफ्नै खराब विचारहरूको पछि लागे अनि आफ्नो दुष्ट हृदयको बहकाउमा परे।+ तिनीहरू अघि बढ्नुको साटो पछि सरे। २५ मिश्रबाट आएको दिनदेखि नै तिमीहरू र तिमीहरूका पुर्खाहरूले त्यसै गरिरहेका छौ।+ त्यसैले मैले हरेक दिन, बारम्बार आफ्ना सेवकहरू अर्थात् भविष्यवक्ताहरू पठाइरहेँ।+ २६ तर तिमीहरू कसैले पनि मेरो कुरा सुनेनौ; कसैले आफ्नो कान मतिर फर्काएनौ।+ बरु तिमीहरू कठोर भइरह्यौ र आफ्ना पितापुर्खाले भन्दा पनि खराब काम गऱ्यौ।
-
-
यर्मिया ३५:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ अनि मैले तिमीहरूकहाँ मेरा सबै दासलाई अर्थात् भविष्यवक्ताहरूलाई पटक-पटक पठाएँ+ र यस्तो आग्रह गर्न लगाएँ: ‘फर्क! तिमीहरू प्रत्येकले आफ्नो दुष्ट चाल त्याग।+ जे सही छ, त्यही गर। अरू देवताको पछि नलाग, तिनीहरूको पूजा नगर। तब मात्र तिमीहरू मैले तिमीहरूका पुर्खालाई दिएको यस देशमा बसिरहन पाउनेछौ।’+ तर तिमीहरूले मेरो कुरा सुनेनौ, मेरो कुरा सुन्न कान थापेनौ।
-