प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g05 ८/८ पृ. ३०
  • पाठकहरूका प्रतिक्रिया

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रतिक्रिया
  • ब्यूँझनुहोस्‌!—२००५
  • मिल्दोजुल्दो सामग्री
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००५
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००५
  • पूर्वाग्रह—के तपाईँमा विकास भएको छ?
    ब्यूँझनुहोस्‌!—२०२०
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००५
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००५
g05 ८/८ पृ. ३०

पाठकहरूका प्रतिक्रिया

पूर्वाग्रह “के पूर्वाग्रहको कहिल्यै अन्त हुनेछ?” शृङ्‌खलाको लागि धन्यवाद। (अक्टोबर ८, २००४) यो लेख पढ्‌दा मैले आफैलाई केही हदसम्म पूर्वाग्रही पाएँ। आफूले पूर्वाग्रह राख्ने व्यक्‍तिहरूसित अक्सर आफू रिसाउँदो रहेछु भनी चाल पाउँदा छक्क परें। मलाई थाह छ, यो पत्रिकाले मलाई मदत गर्नेछ।

एम. यू., संयुक्‍त राज्य अमेरिका

आफ्नो मातृभूमिबाट धेरै टाढा बसे तापनि आफू पूर्वाग्रहको सिकार भएको छु जस्तो मलाई लाग्दैन। तर यस शृङ्‌खलाले मलाई पूर्वाग्रहका सिकार भएकाहरूप्रति समानुभूति राख्न मदत गऱ्‍यो। यहोवाले चाँडै यस समस्याको अन्त गर्नुहुने भएकोले हामी आभारी छौं।

टी. जी., नर्वे

पूर्वाग्रहको समस्याबारे मानिसहरूलाई सोच्न लगाउने तपाईंहरूको मनसायको म प्रशंसा गर्छु। तर पृष्ठ ८ र ९ मा भेदभाव गरेर तपाईंहरू आफै चुक्नुभयो। त्यहाँ तपाईंहरूले दुई जना यहूदी बटुवाहरूको घाइते व्यक्‍तिलाई मदत गर्ने मनसाय थिएन भनेर लेख्नुभयो। किन यहूदीलाई नै तोक्नुभएको?

एच. एच., संयुक्‍त राज्य अमेरिका (g05 6/22)

“ब्यूँझनुहोस्‌!”-को प्रतिक्रिया: छिमेकीपन देखाउने सामरीको कथा बताउने येशू स्वयम्‌ यहूदी हुनुहुन्थ्यो। येशूको समयमा धेरै यहूदीहरू सामरीहरू विरुद्ध पूर्वाग्रही थिए। अर्कै जातको व्यक्‍ति एक जना यहूदीको असल छिमेकी हुन सक्छ भनी बताउनुभएर येशूले यहूदी स्रोताहरूलाई एउटा मूल्यवान्‌ पाठ सिकाउँदै हुनुहुन्थ्यो।

युवाहरू म १५ वर्षकी भएँ, शिक्षक तथा सहपाठीहरूलाई आफ्नो विश्‍वासबारे अक्सर मैले पनि बताउने गरेकी छु। “युवाहरू जसले आफ्नो विश्‍वासबारे साहसी भई बोले” (अक्टोबर ८, २००४) शीर्षकको लेखले भनेको कुरा सही हो—स्कूलमा साक्षी दिनु साँच्चै एउटा सुरक्षा हो। यस्ता राम्रा लेखहरू लेख्दै गर्नुहोस्‌ है!

आर. बि., जर्मनी (g05 6/22)

मानसिक असन्तुलन “तपाईंको प्रियजनको मानसिक सन्तुलन ठीक नहुँदा” लेखको लागि धन्यवाद। (अक्टोबर ८, २००४) मेरी आमा मानसिक असन्तुलनबाट पीडित हुनुभएको वर्षौं भइसक्यो। उहाँलाई अरूसित मदत माग्न प्रोत्साहित गर्नुपर्ने र यसो गर्दा लजाउनु नपर्ने कुरा मैले अब बुझें।

एम. पि., युक्रेन

अहिले म १६ वर्षकी भएँ र वर्षौंदेखि डिप्रेशनबाट पीडित छु। कठिन घडीमा मलाई डोऱ्‍याउन यस्तो मदतकारी लेख लेख्नुभएकोमा धेरै धन्यवाद। मलाई पक्का विश्‍वास छ, यस लेखबाट अरू धेरैले पनि लाभ उठाउनेछन्‌।

के. जे., जर्मनी

यस्ता लेखहरू लेख्दै जानुहोस्‌! अझ धैर्य धारण गर्नुपर्ने र मायालु हुनुपर्ने अनि आवश्‍यक मदत लिनुपर्ने आवश्‍यकतालाई बुझ्न यस्ता लेखहरूले हामीलाई मदत गर्छ। यस्ता पीडादायी रोगहरू मुक्‍त परमेश्‍वरको नयाँ संसारमा बस्ने हामी कति उत्कट इच्छा गर्छौं!

के. एफ., संयुक्‍त राज्य अमेरिका (g05 6/22)

दुभी “दुभी के हो?” लेखको लागि धन्यवाद। (अक्टोबर ८, २००४) मलाई यो रोग लागेको पाँच वर्ष भयो। तर तपाईंहरूले यो लेख प्रकाशित गर्नुभएदेखि मैले अझै राम्ररी यो रोगको सामना गर्न सकेकी छु। हरेक व्यक्‍तिको गहिरो ख्याल राख्ने मसीही समुदायको सदस्य हुन पाउँदा म खुसी छु।

सी. एच., जर्मनी

म विगत २५ वर्षदेखि दुभीबाट ग्रसित छु। अरूले पनि मेरो जस्तै भावनात्मक पीडा खपेको थाह पाउनु मेरो लागि ठूलो सान्त्वना हो। यस रोगप्रति धेरैको गलत धारण छ तर तथ्य के हो, यस लेखबाट तिनीहरूले बुझ्न सक्छन्‌। यस रोगबारे कलम चलाउनुभएकोमा धेरै धन्यवाद!

के. एस., जापान (g05 7/8)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने