प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g05 ९/८ पृ. २८-२९
  • विश्‍वदर्शन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वदर्शन
  • ब्यूँझनुहोस्‌!—२००५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “बदमाश” बच्चाहरू सुध्रन सक्छन्‌
  • माऊ भालुहरू पर्यटकहरूसित पटक्कै डराउँदैनन्‌
  • बिरामी भए पनि काम गर्ने
  • फुर्सतको समयमा पढ्‌ने बानीले स्कूलमा राम्रो अंक ल्याउन मदत गर्छ
  • धूम्रपानभन्दा व्यायाम नगर्ने जीवन शैली अझ घातक हुन्छ
  • भुटानले चुरोटको बिक्री निषेध गर्छ
  • भरोसाको सङ्‌कट
  • बैंकमा पैसाको सट्टा समय जम्मा गर्ने
  • म कसरी राम्रो अंक ल्याउनसक्छु?
    युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
  • विश्‍वदर्शन
    ब्यूँझनुहोस्‌!—२००३
  • विश्‍वदर्शन
    ब्यूँझनुहोस्‌!—१९९९
ब्यूँझनुहोस्‌!—२००५
g05 ९/८ पृ. २८-२९

विश्‍वदर्शन

“बदमाश” बच्चाहरू सुध्रन सक्छन्‌

“प्राथमिक स्कूलमा पढ्‌ने उमेरका थुप्रै बदमाश बच्चाहरू उमेरसँगसँगै सुध्रिएका छन्‌” भनी द सिड्‌नी मर्निङ हेरल्ड बताउँछ। “तिनीहरू सन्तुलित किशोरकिशोरीहरू बन्‍न सक्छन्‌।” पारिवारिक अध्ययनसम्बन्धी अस्ट्रेलियन इन्स्टिच्युटले गरेको अनुसन्धानले ११/१२ वर्षका १७८ जना केटाकेटीको प्रगति अवलोकन गऱ्‍यो जसले यहाँ दिइएकामध्ये तीनवटा वा त्योभन्दा बढी गुणहरू देखाए: “असाध्यै आक्रामक, सहयोगी भावको कमी, आत्म-सम्मानको कमी, कुनै एउटा काममा ध्यान दिन नसक्नु, असाध्यै छुकछुके र झनक्क रिसाउने वा छिनछिनमा मुड परिवर्तन भइरहने।” अध्ययन सुरु गरेको छ वर्षपछि यी युवाहरूमध्ये १०० जनाले “राम्रो व्यवहार गर्ने युवाहरूको समूहले जस्तै व्यवहार गरेको” पाइयो। आफ्नो व्यवहार सुधार्न तिनीहरूलाई कुन कुराले मदत गऱ्‍यो? “आनन्दित किशोरकिशोरीहरू बनेका केटाकेटीले असामाजिक व्यवहार गर्ने साथीहरूसित संगत नगरेको अनि आमाबाबुबाट अझ बढी निगरानी पाएको देखियो” भनी उक्‍त रिपोर्ट बताउँछ। (g05 8/8)

माऊ भालुहरू पर्यटकहरूसित पटक्कै डराउँदैनन्‌

“पर्यावरणीय असर कम गर्ने हेतुले यताउता घुम्न जाने हल्लाखल्ला गर्ने पर्यटकहरूले जङ्‌गलमा बस्ने खैरो भालुलाई झन्‌ फाइदा गर्न सक्छन्‌” भनी बेलाइतको न्यु साइन्टिस्ट पत्रिका रिपोर्ट गर्छ। विकट प्राकृतिक इलाकाहरूमा घुम्न जाने पर्यटकहरूले अक्सर जङ्‌गली जनावरहरू बसोबास गर्ने वातावरणलाई असर गर्छन्‌ र कहिलेकाहीं भयावह परिणाम पनि हुन सक्छ। साल्मन माछाले भुरा पार्ने पश्‍चिमी क्यानाडाको एउटा विकट ठाउँका खैरो भालुहरू अध्ययन गरिरहेका बेलाइती तथा अमेरिकी अनुसन्धाताहरूले “भाले भालुहरू पर्यटकहरूबाट टाढै बस्न खोज्थे भने . . . माऊ र गद्‌दुलाई (भालुको बच्चा) मानिसहरूको हुलले कुनै फरक पार्दैनथ्यो। अनि बसको आवाज सुनेपछि माऊ भालुहरूले त्यहाँ अब भाले भालुहरू छैनन्‌ भनेर थाह पाउँथे” भनी उक्‍त रिपोर्ट बताउँछ। “भालेहरू त्यस इलाकाबाट जानुका साथै पर्यटकहरू पनि सबै गइसकेपछि मात्र देखा परे।” भाले भालुले आफ्ना गद्‌दुहरूलाई आक्रमण गर्ने कुनै खतरा नभएको अवस्थामा यी माऊ भालुहरू सबैभन्दा उपयुक्‍त ठाउँमा आफ्नो आहार लिन चाहन्छन्‌। (g05 8/8)

बिरामी भए पनि काम गर्ने

“बिसन्चो हुँदा पनि काममा जाने व्यक्‍तिहरूलाई” पछि मुटुसम्बन्धी रोग लाग्न सक्ने सम्भावना बढी हुन्छ भनी ब्रिटेनको टेलिग्राफ अनलाइन अखबार रिपोर्ट गर्छ। लन्डनको युनिभर्सिटी कलेजका वैज्ञानिकहरूले दस वर्षभन्दा लामो समयसम्म लन्डनका १०,००० भन्दा बढी निजामति सेवकहरूको स्वास्थ्य र काममा गयल भएको रेकर्ड अध्ययन गरे। सामान्य रूघाखोकी मात्र लागेको किन नहोस्‌, बिरामी हुँदा घरमा आराम नगर्ने व्यक्‍तिहरूमध्ये ३० देखि ४० प्रतिशत कामदारहरूलाई “पछि गएर मुटुसम्बन्धी रोग लागेको घटना दोब्बर पाइयो” भनी उक्‍त अध्ययनका निर्देशक सर माइकल मार्मटले बताए। (g05 8/8)

फुर्सतको समयमा पढ्‌ने बानीले स्कूलमा राम्रो अंक ल्याउन मदत गर्छ

“धेरै घण्टा पढ्‌ने, आमाबाबुको शैक्षिक योग्यता, कक्षामा टिपोट लिने वा कम्प्युटरको प्रयोगभन्दा” रमाइलोको लागि पढ्‌ने बानीले स्कूलमा राम्रो अंक ल्याउन मदत गर्छ भनी मेक्सिको सहरको मिलेन्यो अखबार बताउँछ। हाई-स्कूलमा भर्ना हुनको लागि गरिने लाखौं प्रवेश परीक्षाहरूको अध्ययनले के देखाउँछ भने, स्कूलको पढाइ र फुर्सतको समयमा रमाइलोको लागि पढ्‌ने विद्यार्थीहरूले स्कूलमा राम्रो अंक ल्याउन सक्छन्‌। विद्यार्थीहरूले फुर्सतमा पढ्‌ने पुस्तकहरू स्कूलका विषयहरूसित सम्बन्धित मात्र नभई जीवनी, कवितासङ्‌ग्रह र वैज्ञानिक विषयसम्बन्धी किताबहरू केवल रमाइलोको लागि पढ्‌न सक्छन्‌। अर्कोतर्फ, पढ्‌नुको सट्टा दिनमा धेरै घण्टा टिभी हेर्ने विद्यार्थीहरूले स्कूलमा कम अंक मात्र ल्याउँछन्‌। (g05 8/8)

धूम्रपानभन्दा व्यायाम नगर्ने जीवन शैली अझ घातक हुन्छ

सन्‌ १९९८ मा मृत्यु भएका २४,००० हङकङ निवासीहरूको व्यायाम गर्ने बानी अध्ययन गर्दा “विना व्यायामको जीवन शैली धूम्रपानभन्दा अझ घातक हुन्छ” भन्‍ने देखियो। यस अध्ययनले देखाएअनुसार शारीरिक व्यायाम नहुँदा पुरुषको ५९ प्रतिशत र महिलाहरूको ३३ प्रतिशतको दरले असामयिक मृत्यु हुने खतरा बढ्‌छ भनी साउथ चाइना मर्निङ पोस्ट रिपोर्ट गर्छ। “चुरोट नपिउनु राम्रो हो। तर तपाईं व्यायाम गर्नुहुन्‍न भने खतरा त हुन्छ नै” भनी हङकङ विश्‍वविद्यालयका सामुदायिक स्वास्थ्य विभागका प्रमुख लाम ताई-हिङले बताए। पटक्कै व्यायाम नगर्नुभन्दा अलिकता भए पनि व्यायाम गर्नु बेस हो भनी प्राध्यापक लामले बताए। आधा घण्टा यत्तिकै बसिरहनुभन्दा हिंड्‌न वा सरसफाइ गर्न तिनी सुझाव दिन्छन्‌। (g05 8/8)

भुटानले चुरोटको बिक्री निषेध गर्छ

हिमालय पर्वतमालाहरूमा भारत र चीनको बीचमा रहेको भुटानले चुरोट र यससित सम्बन्धित सबै सुर्तीजन्य चीजहरूको बिक्री निषेध गरेको छ। यो निषेधाज्ञा विदेशी कुटनीतिज्ञ, पर्यटक वा गैरसरकारी संगठनमा काम गर्ने व्यक्‍तिहरूलाई लागू हुँदैन। भनिन्छ, संसारमा यस्तो कदम चाल्ने पहिलो देश भुटान हो। सार्वजनिक ठाउँहरूमा धूम्रपान गर्न निषेध गरिएको छ। बी बी सी न्युज यसो भन्छ: “भुटानलाई धूम्रपान रहित देश बनाउन सरकारबाट यस्तो प्रयास गरिएको हो।” (g05 8/22)

भरोसाको सङ्‌कट

संसारभरिनै मानिसहरू राजनीतिज्ञ तथा व्यापारीहरूलाई भरोसा गर्दैनन्‌ भनी पेरिसबाट दिनहुँ प्रकाशित हुने अखबार इन्टरनेसनल हेरल्ड ट्रिब्युन रिपोर्ट गर्छ। साठीवटा देशमा गरिएको एउटा अन्तरराष्ट्रिय सर्वेक्षणअनुसार अधिकांश मानिसहरूले राजनैतिक नेताहरू भनेको “बेइमान” हुन्छन्‌, “बढ्‌तै अधिकार” जमाउँछन्‌, “सजिलै अरूहरूको बहकाउमा पर्छन्‌” अनि “स्वीकृत मूल्यमान्यता विपरीत काम गर्छन्‌” भनेको पाइयो। अफ्रिका, पश्‍चिम एसिया र ल्याटिन अमेरिकामा यी टिप्पणीहरू व्यक्‍त गर्ने ८० प्रतिशतभन्दा बढीले राजनैतिक नेताहरूको इमानदारितामा शङ्‌का व्यक्‍त गरे। व्यापारीहरूको भने त्यति बदनाम भइसकेको छैन। जम्मा ४० प्रतिशत जतिले मात्र व्यापारीहरू बेइमान र स्वीकृत मूल्यमान्यता विपरीत काम गर्छन्‌ भन्‍ने टिप्पणी गरे। विश्‍वव्यापी सुरक्षाको कुरा गर्ने हो भने पश्‍चिमी युरोपका ५५ प्रतिशत व्यक्‍तिहरू आफ्नो भविष्यबारे निराश थिए। इजिप्टमा ७० प्रतिशत “आफ्नो भविष्यप्रति आशावादी थिएनन्‌।” सबैभन्दा आशावादी व्यक्‍तिहरू भनेको अन्य अफ्रिकी मुलुकका बासिन्दाहरू थिए जहाँ सर्वेक्षण गरिएका ५० प्रतिशत व्यक्‍तिले भविष्यमा अवस्था सुध्रनेछ भन्‍ने आशा राखेको पाइयो। (g05 8/22)

बैंकमा पैसाको सट्टा समय जम्मा गर्ने

स्पेनमा एउटा नयाँ बैंक सुरु भएको छ। त्यहाँका केही स्वयम्‌सेवी संस्थाहरूले “टाइम बैंक” स्थापना गरेका छन्‌ जसले मानिसहरूको लागि सेवा दिने गर्छ। “ ‘टाइम बैंक’ पैसाविना कारोबार हुने पहिलो बैंक हो” भनी स्वास्थ्य र परिवारसम्बन्धी स्पेनी संगठनका निर्देशक एल्भिरा मेन्डिज बताउँछिन्‌। वृद्धहरूको हेरचाह, शिशुस्याहार, खाना पकाउने, सरसफाइ गर्ने वा सिकाउने जस्ता कामहरू गर्न आफ्नो नाउँ दिएका नागरिकहरूको सूची यी बैंकहरूले राख्छन्‌। यसको विनिमय मूल्य भनेको काम गर्ने घण्टा हो अनि सबै कामहरूको मूल्य बराबर छ। उदाहरणका लागि, विज्ञानसम्बन्धी एउटा खास विषय एक घण्टा सिकाउनु र एक घण्टा हेयरड्रेसिङ गर्नु वा शिशुस्याहार गर्नुको मूल्य बराबर हुन्छ। यस्तो सेवा पाउने व्यक्‍तिले अर्को कुनै काम गरिदिएर सट्टाभर्ना तिर्छ। यसरी टाइम बैंकले पहिला-पहिला असल छिमेकीहरूले एकअर्काको निम्ति गरिदिने सुविधाहरूलाई व्यवस्थित पार्न खोज्छ र यसो गर्ने प्रोत्साहन दिन्छ। (g05 8/22)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने