ईश्वरतान्त्रिक सेवा स्कूलको पुनरावृत्ति
निम्न प्रश्नहरू अप्रिल २८, २०१४ मा सुरु हुने हप्ताको ईश्वरतान्त्रिक सेवा स्कूलमा छलफल गरिनेछ।
यौन अनैतिकतालाई तिरस्कार गर्न यूसुफलाई कुन कुराले मदत गऱ्यो? (उत्प. ३९:७-१२) [मार्च ३, w१३ २/१५ पृ. ४ अनु. ६; w०७ ११/१ पृ. १० अनु. १६]
अन्याय र दुःखकष्ट भोगिरहेकाहरूका लागि यूसुफले कसरी राम्रो उदाहरण बसाले? (उत्प. ४१:१४, ३९, ४०) [मार्च १०, w०४ १/१५ पृ. २९ अनु. ६; w०४ ६/१ पृ. २० अनु. ४]
यूसुफले के-को आधारमा आफ्ना दाइहरूलाई दया देखाए? [मार्च १७, w९९ १/१ पृ. ३० अनु. ६-७]
उत्पत्ति ४९:१० मा बताइएको “राजदण्ड” तथा “राज्य चलाउनेको लाठी[को]” अर्थ के हो? [मार्च २४, w०४ १/१५ पृ. २९ अनु. ३]
प्रस्थान ३:७-१० को विवरणले हामीलाई यहोवाबारे के सिकाउँछ? [मार्च ३१, w०९ ४/१ पृ. १० अनु. ३-६]
मोशाको पालामा यहोवाले कसरी आफ्नो नामअनुसारकै काम गर्नुभयो? (प्रस्थ. ३:१४, १५) [मार्च ३१, w१३ ३/१५ पृ. २५-२६ अनु. ५-६]
प्रस्थान ७:१ अनुसार मोशा कसरी “फिरऊनको निम्ति ईश्वरतुल्य” बनाइए? [अप्रि. ७, w०४ ३/१५ पृ. २५ अनु. ७]
मिश्रबाट यहोवाले छुटाएर ल्याउनुभएको आफ्नै आँखाले देखे तापनि इस्राएलीहरूले कस्तो मनोभाव देखाए? यसबाट हामी कस्तो पाठ सिक्न सक्छौं? (प्रस्थ. १४:३०, ३१) [अप्रि. १४, w१२ ३/१५ पृ. २६-२७ अनु. ८-१०]
भर्खरै स्थापित राष्ट्र इस्राएलप्रति यहोवाले देखाउनुभएको प्रेमलाई “गरुडका [चील, NW] पखेटामाझ बोकेर” भन्ने अभिव्यक्तिले कसरी व्याख्या गर्छ? (प्रस्थ. १९:४) [अप्रि. २८, w९६ ६/१५ पृ. १० अनु. ५-पृ. ११ अनु. २]
यहोवाले भावी पुस्तामाथि “पिता-पुर्खाले गरेको अधर्म[को] . . . दण्ड” कसरी दिनुहुन्छ? (प्रस्थ. २०:५) [अप्रि. २८, w०४ ३/१५ पृ. २७ अनु. १]