प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल १३:१३, १४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ यो सुनेर समुएलले साउललाई भने: “तपाईँले मूर्ख काम गर्नुभयो। तपाईँका परमेश्‍वर यहोवाले दिनुभएको आज्ञा तपाईँले पालन गर्नुभएन।+ तपाईँले आज्ञा पालन गर्नुभएको भए यहोवा परमेश्‍वरले इस्राएलमा तपाईँको राज्य सदाको लागि स्थिर गर्नुहुने थियो। १४ तर अब तपाईँको राज्य सदाको लागि स्थिर रहनेछैन।+ यहोवा परमेश्‍वरले आफूलाई मन पर्ने एक जना मानिस खोज्नुहुनेछ।+ अनि यहोवाले उनलाई आफ्ना प्रजाको अगुवा नियुक्‍त गर्नुहुनेछ+ किनभने तपाईँले यहोवाको आज्ञा पालन गर्नुभएन।”+

  • १ समुएल २३:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ तिनले दाउदलाई भने: “नडराउनुहोस्‌, मेरो बुबाले तपाईँलाई भेट्टाउन सक्नुहुन्‍न। तपाईँ इस्राएलका राजा हुनुहुनेछ+ र मचाहिँ दोस्रो दर्जामा हुनेछु अनि मेरो बुबालाई पनि यो कुरा थाह छ।”+

  • २ समुएल ६:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ त्यसपछि दाउदले मिकललाई भने: “म यहोवा परमेश्‍वरसामु खुसी मनाउँदै थिएँ, जसले तिम्रा बुबा र उहाँको घरानालाई होइन तर मलाई छान्‍नुभयो। अनि यहोवा परमेश्‍वरले मलाई आफ्नो प्रजा इस्राएलको अगुवा बनाउनुभयो।+ त्यसैले म यहोवा परमेश्‍वरसामु खुसी मनाउनेछु।

  • २ समुएल ७:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ मेरो सेवक दाउदलाई भन: ‘सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ: “मैले तिमीलाई खर्कबाट बोलाएर ल्याएँ, जहाँ तिमी भेडाबाख्राको हेरचाह गर्थ्यौ।+ अनि मैले तिमीलाई मेरा प्रजा इस्राएलीहरूको अगुवा बनाएँ।+

  • भजन ८९:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० मैले आफ्नो सेवक दाउदलाई भेट्टाएको छु;+

      मैले मेरो पवित्र तेलले तिनलाई अभिषेक गरेको छु।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने