-
भजन २२:१६-१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ मेरा शत्रुहरूले मलाई कुकुरले घेरेजस्तै घेरेका छन्,+
कुकर्मीहरूको हुलले मलाई च्याप्दै ल्याएको छ।+
सिंहले जस्तै तिनीहरूले मेरो हात र मेरो खुट्टामा झम्टेका छन्।+
१७ मेरा सबै हड्डी म गन्न सक्छु।+
तिनीहरू मलाई हेरिरहन्छन्, एकोहोरो हेरिरहन्छन्।
१८ मैले लगाइराखेको लुगा तिनीहरू आपसमा भाग लगाउँछन्
अनि मेरो जीउको कपडा तिनीहरू गोला हालेर लिन्छन्।+
-
-
यसैया ५३:१-१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ उहाँको* सामुन्ने ऊ टुसाझैँ पलाउँछ,+ सुक्खा जमिनको जराझैँ ऊ हुनेछ।
उसको रूपमा न शोभा न त सौन्दर्य नै छ।+
हामी उसलाई देख्छौँ तैपनि ऊतिर खिचिँदैनौँ।
३ मानिसहरूले उसलाई घृणा गरे, उसको वास्तै गरेनन्।+
चोट के हो, बिमारी के हो, उसले महसुस गऱ्यो।
हामीले उसको अनुहार देखेनौँ, मानौँ कसैले छोपिदिएझैँ।*
हामीले उसलाई हेला गऱ्यौँ, उसको कदरै गरेनौँ।+
४ उसले हाम्रो सबै रोगबिमार बोक्यो,+
हाम्रो पीडा भोग्यो+
तर हामीले त परमेश्वरले पो उसलाई प्रहार गरिरहनुभएको छ अनि उहाँले गर्दा नै ऊ घायल भएको छ र पीडा भोगिरहेको छ भन्ठान्यौँ।
५ हाम्रो अपराधको लागि+ उसको शरीर छेडियो।+
हाम्रो पापको लागि ऊ घायल भयो।+
हाम्रो शान्तिको लागि उसले दण्ड स्विकाऱ्यो।+
अनि उसलाई लागेको चोटले गर्दा हामी निको भयौँ।+
६ हामी भेडाहरूझैँ तितरबितर भएका थियौँ,+
हामी सबै बरालिएर आ-आफ्नै बाटोतिर लागेका थियौँ।
तैपनि हामी सबैको पाप यहोवाले उसैलाई बोकाइदिनुभयो।+
७ ऊमाथि अत्याचार गरियो,+ ऊमाथि दुःख आइपऱ्यो तर उसले सबै सह्यो।+
उसले आफ्नो मुख खोलेन, ऊ चुपचाप बस्यो।
काट्न लगिएको भेडाझैँ उसलाई लगियो।+
ऊन कत्रने मानिसको अगाडि भेडा चुपचाप बसेझैँ
उसले आफ्नो मुख खोलेन, ऊ चुपचाप बस्यो।+
८ ऊमाथि अत्याचार भयो र अन्याय गरेर उसको जीवन खोसियो।*
तर ऊ को हो, कहाँबाट आयो, कसैले विचार गरेन।
जीवितहरूको देशबाट उसलाई हटाइयो।+
९ उसले कुनै गलत काम* गरेको थिएन,
उसको मुखमा कुनै छल पाइएको थिएन+
तैपनि दुष्ट मानिसहरूसँगै उसलाई गाडियो,+
उसको मृत्यु हुँदा उसलाई धनी मानिसको चिहानमा राखियो।+
१० तर यहोवाले नै उसलाई घायल हुन र दुःख भोग्न दिने इच्छा गर्नुभएको थियो।
हे परमेश्वर, यदि तपाईँले उसको जीवन दोषभेटीको* रूपमा दिनुभयो भने+
उसले आफ्नो सन्तानलाई देख्न पाउनेछ र ऊ चिरञ्जीवी हुनेछ।+
अनि उसले नै यहोवाको इच्छा पूरा गर्नेछ।+
-