प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • nwt प्रेषित १:१-२८:३१
  • प्रेषित

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रेषित
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
पवित्र बाइबल नयाँ संसार अनुवाद
प्रेषित

प्रेषितहरूका कार्य

१ हे थियोफिलस, येसुले सुरुदेखि जे-जे गर्नुभयो अनि सिकाउनुभयो,+ ती सबै मैले आफ्नो पहिलो विवरणमा लेखेको छु। २ आफूले रोजेका+ प्रेषितहरूलाई* पवित्र शक्‍तिद्वारा निर्देशन दिएपछि उहाँ स्वर्ग लगिनुभएको+ दिनसम्मका कुरा मैले त्यसमा लेखेको छु। ३ विभिन्‍न कष्ट सहेर मरेपछि उहाँले आफू फेरि जीवित भइसकेको छु भनी देखाउन तिनीहरूलाई थुप्रै अकाट्य प्रमाण दिनुभयो+ अनि तिनीहरूसामु ४० दिनसम्म देखा पर्नुभयो र तिनीहरूलाई परमेश्‍वरको राज्यबारे बताइरहनुभयो।+ ४ तिनीहरूसित भेटघाट गर्दा उहाँले यस्तो आज्ञा दिनुभयो: “यरुसलेम छोडेर कतै नजाओ+ तर बुबाले प्रतिज्ञा गर्नुभएको कुरा+ नपाएसम्म पर्खिरहो, जसबारे तिमीहरूले मबाट सुनेका थियौ। ५ किनभने युहन्‍नाले पानीमा बप्तिस्मा गराए तर अबको केही दिनमै पवित्र शक्‍तिद्वारा तिमीहरूको बप्तिस्मा हुनेछ।”+

६ अर्को पटक भेला हुँदा तिनीहरूले उहाँलाई सोधे: “प्रभु, के तपाईँले इस्राएलमा परमेश्‍वरको राज्य अहिल्यै पुनर्स्थापित गर्न लाग्नुभएको हो?”+ ७ उहाँले तिनीहरूलाई जवाफ दिनुभयो: “त्यो कहिले हुन्छ, त्यो तोक्ने अधिकार बुबासित मात्र छ। त्यसैले बुबाले तोक्नुभएको समयबारे तिमीहरूले जानिराख्नु आवश्‍यक छैन।+ ८ तर पवित्र शक्‍ति तिमीहरूमाथि आएपछि+ तिमीहरूले बल पाउनेछौ अनि यरुसलेमका+ साथै सारा यहुदिया, सामरिया+ अनि पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकामा*+ तिमीहरूले मेरो साक्षी+ दिनेछौ।” ९ उहाँले यी कुराहरू भन्‍नुभएपछि तिनीहरूले हेर्दाहेर्दै उहाँ मास्तिर उठाइनुभयो र बादलले उहाँलाई छोप्यो। त्यसपछि तिनीहरूले उहाँलाई देखेनन्‌।+ १० उहाँ मास्तिर गइरहनुभएको बेला तिनीहरूले आकाशतिर हेरिरहेका थिए अनि सेता लुगा लगाएका+ दुई जना मानिस अचानक तिनीहरूको छेवैमा उभिए ११ र तिनीहरूलाई भने: “ए गालिलका मानिसहरू, तिमीहरू किन आकाशतिर हेर्दै उभिरहेका छौ? यही येसु, जसलाई तिमीहरूको बीचबाट उचालेर आकाशतिर लगियो, अहिले जसरी आकाशतिर जानुभएको तिमीहरूले देख्यौ, उहाँ त्यसरी नै आउनुहुनेछ।”

१२ त्यसपछि जैतुन डाँडा नाम गरेको डाँडाबाट ओर्लेर तिनीहरू यरुसलेम फर्के।+ यरुसलेमबाट त्यो डाँडा नजिकै थियो अर्थात्‌ विश्रामदिनमा* जति यात्रा गर्न मिल्थ्यो,* त्यति मात्र पर थियो। १३ सहरमा पुगेपछि तिनीहरू आफू बस्ने गरेको माथिल्लो तलाको कोठामा गए। ती चेलाहरू यी थिए: पत्रुस, युहन्‍ना, याकुब र अन्द्रियास, फिलिप र थोमा, बारथोलोमाइ र मत्ति, अल्फयसको छोरा याकुब र जोसिलो सिमोन अनि याकुबको छोरा यहुदा।+ १४ तिनीहरू एक चित्तको भएर प्रार्थना गरिरहेका थिए। तिनीहरूसित केही स्त्रीहरू,+ येसुकी आमा मरियम र येसुका भाइहरू+ पनि थिए।

१५ ती दिनमा पत्रुस भाइहरूमाझ उभिए (लगभग १२० जना मानिस* भेला भएका थिए) र यसो भने: १६ “भाइहरू हो, दाउदले पवित्र शक्‍तिद्वारा भनेको वचन पूरा हुनै पर्छ। तिनले त्यस यहुदाको विषयमा भविष्यवाणी गरेका थिए,+ जसले सैनिकहरू लगेर येसुलाई गिरफ्तार गरायो।+ १७ त्यसको गन्ती हामीसँगै हुने गर्थ्यो+ र त्यसले हामीसँगसँगै सेवा गर्थ्यो। १८ (हो, यही मानिसले कुकर्मको ज्यालाबाट+ एउटा खेत किन्यो र उँधोमुन्टो भई खस्दा भुँडी फुटेर त्यसको आन्द्रा सबै बाहिर निस्क्यो।+ १९ यस घटनाबारे यरुसलेमका सबै बासिन्दाले थाह पाए। त्यसैले तिनीहरूले आफ्नो भाषामा त्यस खेतको नाम हकल्दामा अर्थात्‌ “रगतको जमिन” राखे।) २० यसबारे भजनको पुस्तकमा यस्तो लेखिएको छ: ‘त्यसको निवास उजाड होस्‌ र त्यहाँ बास गर्ने कोही नहोस्‌’+ अनि ‘निरीक्षण गर्ने त्यसको कार्यभार अरू कसैले सम्हालोस्‌।’+ २१ त्यसैले हामीले त्यसको सट्टामा यस्तो पुरुषलाई रोज्नु आवश्‍यक छ, जो प्रभु येसुले हामीमाझ विभिन्‍न कामहरू गर्नुहुँदा सधैँ हामीसित थियो, २२ अर्थात्‌ यस्तो व्यक्‍ति, जो युहन्‍नाद्वारा उहाँको बप्तिस्मा+ भएको दिनदेखि उहाँ माथि लगिनुभएको+ दिनसम्मै हामीसित थियो। अनि हामीले जस्तै उसले पनि प्रभु फेरि जीवित हुनुभएको+ देखेको हुनुपर्छ।”

२३ तब तिनीहरूले बर्साबास भनिने युसुफ, जसलाई जस्तस पनि भनिन्छ, तिनको अनि मत्तियासको नाम प्रस्ताव गरे। २४ त्यसपछि तिनीहरूले यसो भन्दै प्रार्थना गरे: “हे सबैको हृदयको कुरा जान्‍नुहुने+ यहोवा,* यी दुई पुरुषमध्ये तपाईँले कसलाई रोज्नुभएको छ, हामीलाई देखाइदिनुहोस्‌ २५ र उसले यो सेवा अनि प्रेषितको जिम्मेवारी ग्रहण गरोस्‌, जुन त्यागेर यहुदा आफ्नै बाटो लागेको थियो।”+ २६ त्यसपछि तिनीहरूले ती दुईको नाममा गोला हाले+ र त्यो गोला मत्तियासको नाममा पऱ्‍यो। त्यसबेलादेखि तिनको गन्ती पनि ११ प्रेषितसँगै हुन थाल्यो।*

२ पेन्तिकोसको* चाडको+ दिनमा तिनीहरू सबै एकै ठाउँमा भेला भएका थिए। २ त्यहाँ अकस्मात्‌ आकाशबाट ठूलो बतास चलेकोजस्तो आवाज आयो र तिनीहरू बसिरहेको घरभरि गुञ्जियो।+ ३ अनि तिनीहरूले जिब्रोजस्तो देखिने आगोका ज्वालाहरू देखे र ती छुट्टिएर हरेकमाथि एउटा-एउटा बस्यो। ४ तिनीहरू सबै जना पवित्र शक्‍तिले भरिपूर्ण भए+ अनि पवित्र शक्‍तिले तिनीहरूलाई जुन-जुन भाषामा बोल्ने क्षमता दियो, तिनीहरू त्यही-त्यही भाषामा बोल्न थाले।+

५ त्यतिखेर संसारका सबै राष्ट्रबाट आएका भक्‍त यहुदीहरू यरुसलेममा थिए।+ ६ त्यसैले जब यो आवाज सुनियो, तब भीड जम्मा भयो र तिनीहरू चकित भए किनकि तिनीहरूकै भाषामा चेलाहरूले बोलिरहेको तिनीहरूले सुने। ७ तिनीहरू साह्रै आश्‍चर्यचकित भए र यसो भने: “हेर त, यी बोल्नेहरू सबै गालिली+ होइनन्‌ र? ८ तर तिनीहरूले हामी प्रत्येकको मातृभाषामा बोलेको हामी सुन्दै छौँ, यो कसरी भयो? ९ हामी पार्थी, मादी+ र एलामीहरू+ हौँ अनि मेसोपोटामिया, यहुदिया, क्यापाडोसिया, पोन्टस र एसिया+ प्रान्तका बासिन्दा हौँ। १० अनि फ्रिजिया, पाम्फिलिया, मिश्र,* साइरेनीतिर पर्ने लिबियाको भूभागका मानिसहरू र रोमबाट आएका यात्रीहरू हौँ अनि हामी सबै या त यहुदी या धर्म परिवर्तन गरेर यहुदी बनेकाहरू+ हौँ। ११ हामीमाझ क्रेटी र अरबीहरू पनि छन्‌। तर यिनीहरूले हाम्रै भाषामा परमेश्‍वरको विषयमा अद्‌भुत कुराहरू गरिरहेको हामी सुन्दै छौँ।” १२ हो, तिनीहरू सबै छक्क परेका थिए र अचम्म मान्दै एकअर्कालाई यसो भन्दै थिए: “यी सबको अर्थ के हो?” १३ तर अरूले भने तिनीहरूको गिल्ला गर्दै यसो भने: “तिनीहरू नयाँ* मद्यले मात्तिएका हुन्‌।”

१४ तर पत्रुस ११ जना+ प्रेषितसँगै उठे अनि ठूलो स्वरमा तिनीहरूलाई यसो भने: “हे यहुदियाका मानिसहरू हो अनि यरुसलेमका सबै बासिन्दा हो, तपाईँहरूलाई यो थाह होस्‌ अनि ध्यान दिएर मेरो कुरा सुन्‍नुहोस्‌। १५ तपाईँहरूले सोचेजस्तो यी मानिसहरू मात्तिएका होइनन्‌ किनकि अहिले त तेस्रो घडी* मात्र भएको छ। १६ बरु यो त भविष्यवक्‍ता योएलमार्फत भनिएको कुरा पूरा भएको हो: १७ ‘परमेश्‍वर भन्‍नुहुन्छ, “अन्तको दिनमा म सबै मानिसमाथि आफ्नो पवित्र शक्‍ति खन्याउनेछु अनि तिमीहरूका छोराहरू र तिमीहरूका छोरीहरूले भविष्यवाणी गर्नेछन्‌ अनि तिमीहरूका ठिटाहरूले दर्शन* देख्नेछन्‌+ र तिमीहरूका बूढापाकाहरूले विशेष सपना देख्नेछन्‌। १८ अनि ती दिनमा मेरा दासहरू र मेरा दासीहरूमाथि समेत म आफ्नो पवित्र शक्‍ति खन्याउनेछु र तिनीहरूले भविष्यवाणी गर्नेछन्‌।+ १९ माथि आकाशमा म आश्‍चर्यजनक कामहरू देखाउनेछु र तल पृथ्वीमा चिन्हहरू देखाउनेछु: रगत, आगो र धुवाँको मुस्लो। २० यहोवाको* महान्‌ र महिमित दिन आउनुअघि सूर्य अन्धकारमा र चन्द्रमा रगतमा परिणत हुनेछ। २१ अनि हरेक जसले यहोवाको* नाम पुकार्छ, उसले उद्धार पाउनेछ।”’+

२२ “हे इस्राएलका मानिसहरू हो, यो कुरा सुन्‍नुहोस्‌: नासरी येसुलाई परमेश्‍वरले पठाउनुभएको थियो र यो कुरा प्रकट गर्न परमेश्‍वरले उहाँमार्फत शक्‍तिशाली काम र आश्‍चर्यजनक कार्यहरू गर्नुभयो अनि चिन्हहरू देखाउनुभयो,+ जुन कुरा तपाईँहरूलाई पनि थाहै छ। २३ यिनै मानिस, जसलाई परमेश्‍वरको उद्देश्‍य* र पूर्वज्ञानअनुसार तपाईँहरूको हातमा सुम्पिइयो,+ तिनैलाई तपाईँहरूले कुकर्मीहरूको हातमा सुम्पिदिनुभयो र खम्बामा टाँगेर मार्नुभयो।+ २४ तर परमेश्‍वरले उहाँलाई मृत्युबाट* मुक्‍त गरेर फेरि जीवित पार्नुभयो+ किनकि उहाँ त्यसको बन्धनमा रहिरहन सम्भव थिएन।+ २५ किनकि उहाँको विषयमा दाउद यसो भन्छन्‌: ‘मैले यहोवालाई* सदैव मेरै सामने* राखेको छु किनकि म नडगमगाऊँ भनेर उहाँ मेरो दाहिने हाततर्फ हुनुहुन्छ। २६ यसले गर्दा मेरो मन प्रफुल्लित भयो र असाध्यै हर्षित भएर मैले बोलेँ। अनि म आशामा जिउनेछु २७ किनकि तपाईँले मलाई चिहानमा* छोड्‌नुहुनेछैन, तपाईँले आफ्नो वफादार जनलाई कुहिन दिनुहुनेछैन।+ २८ तपाईँले मलाई जीवनको मार्ग देखाउनुभएको छ, तपाईँले आफ्नो उपस्थितिद्वारा मलाई आनन्दले भरिदिनुहुनेछ।’+

२९ “भाइहरू हो, कुलपुरुष दाउदको विषयमा तपाईँहरूलाई निर्धक्क भई साहसका साथ बताउन मलाई अनुमति दिनुहोस्‌। तिनी मरे र गाडिए+ अनि तिनको चिहान आजको दिनसम्म हाम्रै बीचमा छ। ३० तिनी भविष्यवक्‍ता थिए अनि तिनको सिंहासनमा तिनकै सन्तानमध्ये एक जनालाई बसाउनेछु भनी परमेश्‍वरले शपथ खाँदै वाचा गर्नुभएको कुरा तिनलाई थाह थियो।+ ३१ पछि हुने कुरा पहिल्यै थाह पाएर तिनले ख्रिष्ट फेरि जीवित हुने विषयमा यसो भने, ‘उहाँलाई न चिहानमा* छोडिनेछ न त उहाँको शरीर नै कुहिनेछ।’+ ३२ यिनै येसुलाई परमेश्‍वरले ब्युँताउनुभयो, जसको हामी सबै साक्षी छौँ।+ ३३ उहाँलाई परमेश्‍वरको दाहिने हाततर्फ उच्च पद दिइएकोले+ अनि प्रतिज्ञा गरिएअनुसारै उहाँले बुबाबाट पवित्र शक्‍ति पाउनुभएकोले त्यही पवित्र शक्‍ति उहाँले हामीमाथि खन्याउनुभएको छ,+ जसले काम गरेको तपाईँहरू देख्दै र सुन्दै हुनुहुन्छ। ३४ दाउद स्वर्ग उक्लेनन्‌ तर तिनी आफै यसो भन्छन्‌: ‘यहोवाले* मेरा प्रभुलाई भन्‍नुभयो, “तिमी मेरो दाहिने हाततिर बस, ३५ जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान तुल्याउँदिनँ।”’+ ३६ त्यसकारण इस्राएलको सबै घरानालाई यो निश्‍चय थाह होस्‌ कि तिनै येसु, जसलाई तपाईँहरूले खम्बामा टाँग्नुभयो,+ उहाँलाई परमेश्‍वरले प्रभु+ र ख्रिष्ट दुवै बनाउनुभयो।”

३७ यो सुनेर तिनीहरूको हृदय अत्यन्तै व्याकुल भयो अनि तिनीहरूले पत्रुस र अरू प्रेषितहरूलाई सोधे: “भाइहरू हो, त्यसोभए हामी के गरौँ?” ३८ पत्रुसले तिनीहरूलाई भने: “पश्‍चात्ताप गर्नुहोस्‌+ र तपाईँहरू हरेकले आ-आफ्ना पापहरूको क्षमाको लागि+ येसु ख्रिष्टको नाममा बप्तिस्मा गर्नुहोस्‌+ अनि तपाईँहरूले वरदानस्वरूप पवित्र शक्‍ति सित्तैँमा पाउनुहुनेछ। ३९ किनकि यो प्रतिज्ञा+ तपाईँहरू र तपाईँहरूका सन्तानका लागि अनि टाढा-टाढाका ती सबै मानिसका लागि हो, जसलाई हाम्रा परमेश्‍वर यहोवाले* आफूतिर खिच्नुहुन्छ।”+ ४० अनि तिनले अरू पनि धेरै वचनद्वारा राम्ररी साक्षी दिए र यसो भन्दै तिनीहरूलाई प्रोत्साहन दिए: “यस टेढो पुस्तासँगसँगै+ नाश नहोओ।” ४१ ज-जसले तिनको वचन खुसीसाथ स्विकारे, तिनीहरूले बप्तिस्मा गरे+ अनि त्यस दिन लगभग ३ हजार जना थपिए।+ ४२ तिनीहरू प्रेषितहरूको शिक्षा ध्यान दिएर सुन्थे, एकसाथ भेला हुन्थे,* एकसाथ भोजन गर्थे+ अनि सँगै प्रार्थना गर्थे।+

४३ अनि सबै मानिसलाई डरले छोप्न थाल्यो र प्रेषितहरूले धेरै आश्‍चर्यजनक कार्य र चमत्कारहरू गर्न थाले।+ ४४ जो-जो येसुको चेला बने, तिनीहरू एकसाथ भेला हुन्थे र तिनीहरूसित भएका सबै कुरा तिनीहरूको साझा हुन्थ्यो। ४५ तिनीहरू आफ्नो सरसामान र जायजेथा बेच्थे+ अनि त्यसबाट आएको रकम सबैलाई बाँड्‌थे। हरेकलाई उसको खाँचोअनुसार दिइन्थ्यो।+ ४६ एउटै उद्देश्‍य लिएर तिनीहरू दिनहुँ मन्दिरमा भेला हुन्थे र एकअर्काको घरमा गएर भोजन गर्थे अनि बडो आनन्द र सफा हृदयले बाँडचुँड गर्दै सँगै खान्थे ४७ अनि परमेश्‍वरको प्रशंसा गर्थे। तिनीहरूले सबै मानिसमाझ राम्रो नाम कमाएका थिए। साथै उद्धार पाउनेहरूलाई यहोवा* परमेश्‍वरले दिनहुँ तिनीहरूको सङ्‌ख्यामा थप्दै जानुभयो।+

३ अब पत्रुस र युहन्‍ना प्रार्थनाको समयमा अर्थात्‌ नवौँ घडीमा* मन्दिरमा उक्लिरहेका थिए। २ अनि त्यहाँ मानिसहरूले जन्मैदेखिको लङ्‌गडो मानिसलाई बोकेर ल्याउँदै थिए। तिनीहरूले दिनहुँ उसलाई मन्दिरको ‘सुन्दर’ भनिने ढोकानजिकै लगेर राखिदिन्थे। त्यहाँ बसेर उसले मन्दिरभित्र जानेहरूसित भीख माग्थ्यो। ३ जब उसले पत्रुस र युहन्‍नालाई मन्दिरभित्र छिर्न लागेको देख्यो, तब उसले तिनीहरूसित भीख माग्न थाल्यो। ४ तर पत्रुस र युहन्‍ना दुवैले उसलाई सीधै हेरेर यसो भने: “हामीलाई हेर।” ५ त्यसैले तिनीहरूबाट केही पाउने आशा गरेर उसले तिनीहरूलाई टुलुटुलु हेऱ्‍यो। ६ तर पत्रुसले भने: “मसित सुनचाँदी त छैन तर जे छ, त्यही म तिमीलाई दिन्छु। नासरी येसु ख्रिष्टको नाममा म तिमीलाई भन्छु, उठेर हिँड!”+ ७ यति भनेपछि पत्रुसले उसको दाहिने हात समाएर उसलाई उठाए।+ अनि उत्तिखेरै उसको पैताला र गोलीगाँठोमा तागत आयो+ ८ अनि बुर्लुक्क उफ्रेर+ ऊ उभियो र हिँड्‌न थाल्यो। त्यसपछि हिँड्‌दै, उफ्रँदै र परमेश्‍वरको प्रशंसा गर्दै ऊ तिनीहरूसँगै मन्दिरभित्र पस्यो। ९ अनि सबै मानिसले ऊ हिँडेको र उसले परमेश्‍वरको प्रशंसा गरिरहेको देखे। १० साथै मन्दिरको सुन्दर-ढोकामा+ बसेर भीख माग्ने मानिस यही हो भनेर पनि तिनीहरूले चिने र उसलाई जे भएको थियो, त्यो देखेर तिनीहरू तीनछक परे अनि हर्षित भए।

११ त्यो मानिस पत्रुस र युहन्‍नालाई समात्दै पछिपछि लागिरहेको बेला सबै जना छक्क पर्दै सुलेमान दलान+ भनिने ठाउँमा दौडेर आए। १२ यो देखेर पत्रुसले मानिसहरूलाई भने: “इस्राएलका मानिसहरू हो, तपाईँहरू किन यस कुरामा अचम्म मान्‍नुहुन्छ अथवा हामीले आफ्नै शक्‍तिले वा परमेश्‍वरप्रतिको भक्‍तिले गर्दा उसलाई हिँड्‌न सक्ने बनाएका हौँ जस्तो गरी हामीलाई टुलुटुलु हेरिरहनुहुन्छ? १३ अब्राहाम, इसहाक र याकुबका+ परमेश्‍वर अर्थात्‌ हाम्रा पुर्खाहरूका परमेश्‍वरले आफ्नो सेवक+ येसुलाई+ महिमित पार्नुभएको छ, जसलाई तपाईँहरूले पक्रेर+ शत्रुहरूको हातमा सुम्पिदिनुभयो अनि पिलातसले उहाँलाई मुक्‍त गरिदिने निर्णय गर्दा समेत तपाईँहरूले तिनकै अगाडि इन्कार गर्नुभयो। १४ हो, तपाईँहरूले ती पवित्र अनि धर्मी मानिसलाई इन्कार गर्नुभयो र उहाँको सट्टामा एक जना हत्यारालाई मुक्‍त गरिदिने माग गर्नुभयो+ १५ जबकि जीवनको मुख्य माध्यमलाई+ भने तपाईँहरूले मार्नुभयो। तर परमेश्‍वरले उहाँलाई मृत्युबाट ब्युँताउनुभयो, जसको साक्षी हामी छौँ।+ १६ उहाँको नामले गर्दा र हामीले उहाँको नाममा राखेको विश्‍वासले गर्दा यो मानिस बलियो भएको छ, जसलाई तपाईँहरू देख्दै हुनुहुन्छ र चिन्‍नु पनि हुन्छ। उहाँमाथिको हाम्रो विश्‍वासले गर्दा नै यो मानिस तपाईँहरू सबैको अगाडि पूर्णतया तन्दुरुस्त भएको छ। १७ अब ए भाइहरू हो, मलाई थाह छ, तपाईँहरूका शासकहरूले* जस्तै+ तपाईँहरूले पनि अनजानमै+ त्यसो गर्नुभयो। १८ तर ख्रिष्टले दुःख भोग्नुहुनेछ+ भनेर सबै भविष्यवक्‍ताद्वारा पहिल्यै घोषणा गरिएका कुराहरू परमेश्‍वरले यसरी पूरा गर्नुभएको छ।

१९ “त्यसैले पश्‍चात्ताप गर्नुहोस्‌+ अनि फर्केर परमेश्‍वरकहाँ आउनुहोस्‌+ ताकि तपाईँहरूको पाप मेटियोस्‌+ अनि तपाईँहरूलाई स्वयम्‌ यहोवा* परमेश्‍वरबाट स्फूर्ति प्राप्त होस्‌। २० अनि तपाईँहरूका लागि नियुक्‍त गरिनुभएका ख्रिष्ट अर्थात्‌ येसुलाई उहाँले पठाइदेऊन्‌। २१ तथापि उहाँ तबसम्म स्वर्गमा रहनै पर्छ, जबसम्म परमेश्‍वरले विगतमा आफ्ना पवित्र भविष्यवक्‍ताहरूद्वारा भन्‍नुभएका सबै कुरा पुनर्स्थापित हुने समय आउँदैन। २२ वास्तवमा मोसाले भनेका थिए: ‘यहोवा* तिमीहरूका परमेश्‍वरले तिमीहरूमध्येबाट मजस्तै एक जना भविष्यवक्‍ता नियुक्‍त गर्नुहुनेछ।+ तिनले तिमीहरूलाई जे-जे भन्छन्‌, तिमीहरूले ती सबै सुन्‍नू।+ २३ वास्तवमा जसले त्यस भविष्यवक्‍ताको कुरा सुन्दैन, उसलाई परमेश्‍वरले पूर्णतया नाश गर्नुहुनेछ।’+ २४ भनौँ भने समुएल अनि तिनीपछि ज-जसले भविष्यवाणी गरे, ती सबै भविष्यवक्‍ताले यी दिनहरूको विषयमा प्रस्ट घोषणा गरेका छन्‌।+ २५ तपाईँहरू भविष्यवक्‍ताहरूका र तपाईँहरूका पुर्खाहरूसित परमेश्‍वरले गर्नुभएको त्यस करारका+ सन्तान हुनुहुन्छ, जुन करार गर्दा उहाँले अब्राहामलाई यसो भन्‍नुभएको थियो, ‘तिम्रै सन्तानमार्फत पृथ्वीका सबै परिवारले आशिष्‌ पाउनेछन्‌।’+ २६ तपाईँहरूलाई आ-आफ्ना दुष्ट कामहरूबाट फर्काएर आशिष्‌ दिन सकियोस्‌ भनी परमेश्‍वरले आफ्नो सेवकलाई ब्युँताउनुभएपछि उहाँलाई सबैभन्दा पहिला तपाईँहरूकहाँ पठाउनुभयो।”+

४ पत्रुस र युहन्‍ना मानिसहरूसित कुरा गरिरहेको बेला पुजारीहरू, मन्दिरका पहरेदारहरूको नाइके अनि सदुकीहरू+ अचानक त्यहाँ आइपुगे। २ तिनीहरू चिढिएका थिए किनकि पत्रुस र युहन्‍ना मानिसहरूलाई सिकाउँदै थिए अनि येसु मृत्युबाट फेरि जीवित हुनुभएको विषयमा* खुलेआम घोषणा गरिरहेका थिए।+ ३ तब तिनीहरूले उनीहरूलाई पक्रेर भोलिपल्टसम्म हिरासतमा राखे+ किनकि त्यतिखेर साँझ परिसकेको थियो। ४ तथापि उनीहरूको कुरा सुन्‍ने थुप्रै मानिसले विश्‍वास गरे अनि चेलाहरूमा पुरुषहरूको सङ्‌ख्या लगभग ५ हजार पुग्यो।+

५ भोलिपल्ट यरुसलेममा यहुदीहरूका शासक, धर्मगुरु अनि शास्त्रीहरू भेला भए। ६ मुख्य पुजारी हन्‍नास,+ कैयाफा,+ युहन्‍ना, अलेक्जेन्डर अनि मुख्य पुजारीका आफन्तहरू पनि त्यहाँ भेला भएका थिए। ७ तिनीहरूले पत्रुस र युहन्‍नालाई बीचमा उभ्याए र यसो भन्दै केरकार गर्न थाले: “तिमीहरूले कसको अख्तियार पाएर वा कसको नाममा यो काम गऱ्‍यौ?” ८ तब पवित्र शक्‍तिले भरिएर+ पत्रुसले तिनीहरूलाई भने:

“हे इस्राएलका शासक अनि धर्मगुरु हो, ९ यदि तपाईँहरू हामीले एक जना अपाङ्‌ग मानिसलाई+ निको पारेर जुन असल काम गऱ्‍यौँ, त्यसको विषयमा केरकार गर्दै हुनुहुन्छ र कसले उसलाई निको पाऱ्‍यो भनेर जान्‍न चाहनुहुन्छ भने १० तपाईँहरू अनि इस्राएलका सबै मानिसलाई यो थाह होस्‌, नासरी येसु ख्रिष्ट,+ जसलाई तपाईँहरूले खम्बामा टाँग्नुभयो+ तर परमेश्‍वरले मृत्युबाट ब्युँताउनुभयो,+ हो, उहाँको नाममा यो मानिस सद्दे भएर तपाईँहरूसामु खडा भएको छ। ११ उहाँ नै ‘त्यो ढुङ्‌गो हुनुहुन्छ, जसको तपाईँ डकर्मीहरूले कदरै गर्नुभएन तैपनि उहाँ कुनाको शिरढुङ्‌गो+ बन्‍नुभएको छ।’ १२ साथै उहाँबाहेक+ अरू कसैद्वारा उद्धार हुन सक्दैन किनकि स्वर्गमुनि मानिसहरूमध्ये कसैलाई अर्को कुनै नाम दिइएको छैन, जुन नाम लिएर हामीले उद्धार पाउन सक्छौँ।”+

१३ जब तिनीहरूले पत्रुस र युहन्‍नाको साहस देखे र दुवै जना अशिक्षित* अनि साधारण मानिस+ रहेछन्‌ भनी बुझे, तब तिनीहरूले अचम्म माने। अनि उनीहरू येसुसित हिँडडुल गर्ने गर्थे+ भनी तिनीहरूले थाह पाए। १४ अनि जब तिनीहरूले निको भएको त्यस मानिसलाई उनीहरूसँगै उभिरहेको देखे,+ तब तिनीहरू नाजवाफ भए।+ १५ त्यसैले तिनीहरूले उनीहरूलाई यहुदी न्यायपरिषद्‌को भवनबाहिर जान आज्ञा गरे अनि आपसमा यसो भन्दै छलफल गर्न थाले: १६ “यी मानिसहरूलाई हामी के गरौँ?+ किनकि यिनीहरूले ठूलो चमत्कार गरेका छन्‌ अनि यरुसलेमका सबै बासिन्दाले त्यो देखेका छन्‌+ र हामी त्यसलाई इन्कार गर्न पनि सक्दैनौँ। १७ यसकारण यो कुरा अझ नफैलियोस्‌ भनेर हामी यिनीहरूलाई आइन्दा यस नाममा कुनै मानिससित कुरा नगर्नू भनेर धम्काऔँ।”+

१८ त्यसपछि तिनीहरूले उनीहरूलाई बोलाए अनि येसुको नाममा एक शब्द नबोल्नू अनि नसिकाउनू भनी आज्ञा दिए। १९ तर पत्रुस र युहन्‍नाले तिनीहरूलाई यस्तो जवाफ दिए: “परमेश्‍वरको नजरमा कुन ठीक हो, तपाईँहरूको कुरा सुन्‍नु कि परमेश्‍वरको, तपाईँहरू आफै निर्णय गर्नुहोस्‌। २० तर जहाँसम्म हाम्रो कुरा छ, हामी आफूले देखेको अनि सुनेको कुरा नबोली बस्न सक्दै सक्दैनौँ।”+ २१ त्यसैले उनीहरूलाई अझै धम्काएर तिनीहरूले छोडिदिए किनकि उनीहरूलाई सजाय दिने कुनै आधार तिनीहरूले भेट्टाएनन्‌। यसबाहेक जे घटना भयो, त्यो देखेर मानिसहरूले परमेश्‍वरको महिमा गरिरहेको हुनाले तिनीहरू मानिसहरूदेखि पनि डराएका थिए।+ २२ किनकि चमत्कारपूर्ण तरिकामा निको पारिएको त्यस मानिसको उमेर ४० नाघिसकेको थियो।

२३ मुक्‍त भएपछि उनीहरू अरू चेलाहरूकहाँ गए अनि मुख्य पुजारीहरू र धर्मगुरुहरूले आफूलाई भनेका सबै कुरा तिनीहरूलाई सुनाए। २४ यो सुनेपछि तिनीहरू सबैले एकसाथ परमेश्‍वरलाई यसरी प्रार्थना गरे:

“हे सार्वभौम प्रभु, तपाईँले नै आकाश, पृथ्वी, समुद्र अनि त्यसमा भएका सबै कुरा बनाउनुभयो+ २५ अनि तपाईँले पवित्र शक्‍तिमार्फत हाम्रा पुर्खा, तपाईँका सेवक दाउदको मुखबाट यसो भन्‍नुभयो:+ ‘जातिजातिका मानिसहरूले किन खैलाबैला मच्चाए अनि मानिसहरूले किन खोक्रा कुराहरूमा मनन गरे? २६ यहोवा* अनि उहाँका अभिषिक्‍त जनको*+ विरुद्धमा पृथ्वीका राजाहरू खडा भए अनि शासकहरू एकजुट भए।’ २७ साँच्चै, तपाईँका पवित्र सेवक, जसलाई तपाईँले अभिषेक गर्नुभयो+ अर्थात्‌ येसुको विरुद्धमा यस सहरमा हेरोद, पन्तियस पिलातस,+ अन्यजातिका मानिसहरू अनि इस्राएलका मानिसहरू एकसाथ भेला भएका थिए। २८ तपाईँले आफ्नो तागत अनि इच्छाद्वारा पहिल्यै निश्‍चित गरिसक्नुभएको कुरा+ पूरा गर्न तिनीहरू त्यसरी एकसाथ भेला भएका थिए। २९ अब हे यहोवा,* तिनीहरूको धम्कीलाई ध्यान दिनुहोस्‌ अनि आफ्ना सेवकहरूलाई अझ निर्भयी भएर तपाईँको वचन बोलिरहन मदत गर्नुहोस्‌। ३० साथै आफ्नो बाहुली फैलाएर निको पार्ने काम गरिरहनुहोस्‌ अनि तपाईँका पवित्र सेवक येसुको नाममार्फत+ चमत्कार र आश्‍चर्यजनक कार्यहरू भइरहोस्‌।”+

३१ तिनीहरूले उत्कट बिन्ती चढाएपछि तिनीहरू भेला भएको ठाउँ हल्लियो र तिनीहरू सबै पवित्र शक्‍तिले भरिए+ अनि निडर भएर+ परमेश्‍वरको वचन बोल्न थाले।

३२ यसबाहेक येसुमाथि विश्‍वास गर्नेजति सबै जना एक चित्तका अनि एकै मनका थिए। तिनीहरूमध्ये एक जनाले पनि आफूसित भएको कुरालाई आफ्नै ठान्दैनथ्यो बरु सबै कुरा तिनीहरूको साझा हुन्थ्यो।+ ३३ साथै प्रभु येसु फेरि जीवित हुनुभएको घटनाबारे+ प्रेषितहरूले अत्यन्तै प्रभावकारी साक्षी दिइरहे अनि तिनीहरू सबैमाथि परमेश्‍वरको असीम अनुग्रह प्रशस्त गरी बर्सिरह्‍यो। ३४ भनौँ भने तिनीहरूमध्ये एक जना पनि खाँचोमा परेन।+ किनकि ज-जससित खेत वा घर थियो, तिनीहरू सबैले ती बेच्थे र त्यसबाट आएको रकम लगेर ३५ प्रेषितहरूको चरणमा राखिदिन्थे+ अनि हरेकलाई उसको खाँचोअनुसार त्यो रकम दिइन्थ्यो।+ ३६ साइप्रसको रैथाने लेवी युसुफ, जसलाई प्रेषितहरूले बर्णाबास+ (जसको अनुवाद गर्दा अर्थ हुन्छ, “सान्त्वनाको छोरा”) भन्‍ने नाम पनि दिएका थिए, ३७ तिनीसित एक टुक्रा जमिन थियो। तिनले त्यो बेचे र त्यसबाट आएको पैसा लगेर प्रेषितहरूको चरणमा राखिदिए।+

५ त्यसैगरि हननिया नाम गरेका एक जना मानिस र तिनकी पत्नी सफिराले आफ्नो केही जग्गाजमिन बेचे। २ तर तिनले त्यसबाट आएको रकमको केही हिस्सा लुकाएर बाँकीचाहिँ लगेर प्रेषितहरूको चरणमा राखिदिए।+ यो कुरा तिनकी पत्नीलाई पनि थाह थियो। ३ तर पत्रुसले भने: “ए हननिया, जमिन बेचेर आएको रकमबाट केही हिस्सा लुकाएर पवित्र शक्‍तिलाई+ ढाँट्‌न+ सैतानले तिमीलाई कसरी सुऱ्‍यायो? ४ तिमीसित रहुन्जेल के त्यो तिम्रै थिएन र? अनि बेचिसकेपछि पनि त्यसबाट आएको रकम तिम्रै थियो नि, होइन र? यस्तो काम गर्ने सोचाइ तिम्रो हृदयमा कसरी आयो? तिमीले मानिसहरूलाई होइन तर परमेश्‍वरलाई ढाँटेका छौ।” ५ यो कुरा सुनेर हननिया भुईँमा पछारिए अनि मरे। अनि यसबारे सुन्‍नेजति सबैमा ठूलो डर छायो। ६ तब युवकहरू उठेर तिनलाई कपडाले बेरे अनि बाहिर लगेर गाडिदिए।

७ लगभग तीन घण्टापछि तिनकी पत्नी भित्र आइन्‌ तर त्यहाँ भएको घटनाबारे उनलाई थाह थिएन। ८ पत्रुसले उनलाई सोधे: “मलाई भन, के तिमीहरू दुई जनाले त्यो जमिन यत्तिमै बेचेका हौ त?” उनले जवाफ दिइन्‌: “त्यत्तिमै हो।” ९ त्यसैले पत्रुसले उनलाई भने: “तिमीहरू दुई जनाले यहोवा* परमेश्‍वरको पवित्र शक्‍तिको परीक्षा लिने मतो किन गऱ्‍यौ? हेर, तिम्रो पतिलाई गाड्‌नेहरूले भर्खर ढोकामा पाइला टेक्दै छन्‌। अब तिनीहरूले तिमीलाई पनि बाहिर लैजानेछन्‌।” १० उत्तिखेरै उनी तिनको चरणमा पछारिइन्‌ र मरिन्‌। तब ती युवकहरू भित्र पसे र उनलाई मरिसकेको पाए। त्यसैले तिनीहरूले उनलाई बोकेर बाहिर लगे र उनको पतिको छेवैमा गाडिदिए। ११ यसले गर्दा सारा मण्डलीमा र यस घटनाबारे सुन्‍नेजति सबैमा ठूलो डर छायो।

१२ यसबाहेक प्रेषितहरूले मानिसहरूमाझ थुप्रै चमत्कार र आश्‍चर्यजनक कार्य गरिरहे;+ अनि सबै जना एकै मनका भएर सुलेमान दलानमा+ भेला हुन्थे। १३ यो सत्य हो, कसैले पनि चेलाहरूको समूहमा सामेल हुने आँट गरेन तैपनि मानिसहरू उनीहरूको तारिफ गर्थे। १४ यति मात्र होइन, थुप्रै पुरुष र स्त्रीले प्रभुमा विश्‍वास गरे अनि उहाँको चेला बने।+ १५ यहाँसम्म कि पत्रुस आफ्नो बाटो भएर जाँदा कमसेकम तिनको छाया मात्र भए पनि कसैमाथि परोस्‌ भनेर तिनीहरूले बिरामीहरूलाई मूलबाटोमा ल्याएर खाटमा र बिछ्याउनामा सुताउँथे।+ १६ साथै यरुसलेमवरपरका सहरहरूबाट भीडका भीड मानिसहरू बिरामीहरूलाई र प्रेतले* सताएकाहरूलाई लिएर आइरहे अनि तिनीहरू सबका सब निको भए।

१७ तर प्रधानपुजारी र उनीसँग हुनेजति सबै, जो सदुकी गुटका थिए, तिनीहरू डाहले भरिए र प्रेषितहरूविरुद्ध खडा भए १८ अनि उनीहरूलाई पक्रेर झ्यालखानामा हालिदिए।+ १९ तर राती यहोवा* परमेश्‍वरको स्वर्गदूतले झ्यालखानाको ढोका खोलिदिए+ अनि उनीहरूलाई बाहिर ल्याएर भने: २० “जाओ अनि मन्दिरमा खडा भएर अनन्त जीवनको विषयमा मानिसहरूलाई सबै कुरा बताइरहो।” २१ यो सुनेपछि उनीहरूले बिहान हुनेबित्तिकै मन्दिरभित्र पसेर सिकाउन थाले।

जब प्रधानपुजारी र तिनीसँग हुनेहरू आइपुगे, तब तिनीहरूले यहुदी न्यायपरिषद्‌ र इस्राएलीहरूका धर्मगुरुहरूको सभाका सबैलाई बोलाए अनि प्रेषितहरूलाई झ्यालखानाबाट ल्याएर आफ्नो अगाडि हाजिर गराउन पहरेदारहरू पठाए। २२ तर झ्यालखानामा पुग्दा पहरेदारहरूले उनीहरूलाई भेटेनन्‌। त्यसैले फर्केर तिनीहरूले यस्तो खबर दिए: २३ “हामीले झ्यालखाना सुरक्षितसाथ बन्द गरेर राखिएको अनि पहरेदारहरू ढोकामा उभिरहेका भेट्टायौँ तर ढोका खोलेर भित्र हेर्दा कसैलाई फेला पारेनौँ।” २४ यो कुरा सुनेपछि मन्दिरका पहरेदारहरूको नाइके र मुख्य पुजारीहरू अब के हुने होला भनेर दुविधामा परे। २५ तर कोही एक जना आएर तिनीहरूलाई भन्यो: “हेर्नुहोस्‌, तपाईँहरूले जसलाई झ्यालखानामा थुन्‍नुभएको थियो, उनीहरू त मन्दिरमा खडा भएर मानिसहरूलाई सिकाउँदै पो छन्‌।” २६ तब आफ्ना मानिसहरूसित गएर मन्दिरका पहरेदारहरूको नाइकेले उनीहरूलाई ल्याए तर तिनीहरूले जबरजस्ती भने गरेनन्‌ किनकि मानिसहरूले ढुङ्‌गाले हान्लान्‌ भनेर तिनीहरू डराएका थिए।+

२७ अनि तिनीहरूले ती प्रेषितहरूलाई यहुदी न्यायपरिषद्‌सामु खडा गराए। त्यसपछि प्रधानपुजारीले यसो भन्दै उनीहरूलाई केरकार गरे: २८ “यो नाममा सिकाउँदै नसिकाउनू भनेर हामीले तिमीहरूलाई कडा आज्ञा दिएका थियौँ + तर हेर, तिमीहरूले आफ्नो शिक्षाले सारा यरुसलेम भरिसक्यौ अनि त्यस मानिसको रगतको दोष हामीमाथि थोपर्न तिमीहरू लागिपरेका छौ।”+ २९ तब पत्रुस र अरू प्रेषितहरूले यस्तो जवाफ दिए: “हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा मान्‍नै पर्छ।+ ३० हाम्रा पुर्खाहरूका परमेश्‍वरले येसुलाई ब्युँताउनुभयो, जसलाई तपाईँहरूले खम्बामा* टाँगेर मार्नुभएको थियो।+ ३१ इस्राएलले पश्‍चात्ताप गरोस्‌ र पापहरूको क्षमा पाओस्‌+ भनेर परमेश्‍वरले उहाँलाई मुख्य माध्यम+ र उद्धारकको+ रूपमा उच्च पार्नुभयो अनि आफ्नो दाहिने बाहुलीतर्फ राख्नुभयो।+ ३२ हामी यी सबै कुराको साक्षी छौँ।+ त्यसैगरि परमेश्‍वरले आफ्नो आज्ञा पालन गर्नेहरूलाई दिनुभएको पवित्र शक्‍ति पनि त्यसको साक्षी छ।”+

३३ यो सुनेर तिनीहरू रिसले चूर भए अनि उनीहरूलाई मार्न खोजे। ३४ तर गमलिएल+ नाम गरेका एक फरिसी न्यायपरिषद्‌मा खडा भए। तिनी मोसाको व्यवस्थाका शिक्षक थिए र सबै मानिसले तिनको सम्मान गर्थे। तिनले उनीहरूलाई केही बेर बाहिर राख्ने आदेश दिए। ३५ गमलिएलले तिनीहरूलाई भने: “हे इस्राएलका मानिसहरू हो, तपाईँहरूले यी मानिसहरूलाई जे गर्न लाग्नुभएको छ, त्यसबारे राम्ररी सोचविचार गर्नुहोस्‌। ३६ उदाहरणका लागि, यसअघि पनि थुदास भन्‍ने एक जना मानिस आफूलाई को-को न हुँ भन्दै खडा भएको थियो अनि ४०० जति मानिसहरू उसको पछि लागेका थिए। तर ऊ मारियो अनि उसको पछि लाग्नेहरू सबै तितरबितर भएर हराए। ३७ त्यसपछि जनगणनाको समयमा यहुदा भनिने एक जना गालिली खडा भयो अनि उसले पनि मानिसहरूलाई आफ्नो पछिपछि लगायो। तर त्यो मानिस नष्ट भयो अनि उसको पछि लाग्नेहरू सबै यताउता छरिए। ३८ त्यसैले अहिलेको अवस्थालाई विचार गर्दै म तपाईँहरूलाई के भन्छु भने यी मानिसहरूको काममा हस्तक्षेप नगर्नुहोस्‌ बरु तिनीहरू जे गर्दै छन्‌, गर्न दिनुहोस्‌। किनकि यदि यो योजना वा यो काम मानिसहरूको तर्फबाट हो भने त्यो आफै हराएर जानेछ। ३९ तर यदि परमेश्‍वरको तर्फबाट हो भने तपाईँहरूले तिनीहरूलाई नामेट पार्न सक्नुहुनेछैन।+ नत्र त तपाईँहरू परमेश्‍वरविरुद्ध लडिरहनुभएको हुनेछ।”+ ४० तब तिनीहरूले उनको कुरा माने। अनि प्रेषितहरूलाई बोलाएर कोर्रा लगाए*+ र येसुको नाममा बोल्दै नबोल्नू भन्‍ने आदेश दिएर उनीहरूलाई छोडिदिए।

४१ तब उहाँको नाममा अपमान सहन योग्य ठहरिएकोमा रमाउँदै+ उनीहरू यहुदी न्यायपरिषद्‌को सामुन्‍नेबाट निस्केर आफ्नो बाटो लागे। ४२ अनि उनीहरूले हरेक दिन मन्दिरमा र घरघरमा गएर सिकाउन+ र येसु ख्रिष्टको विषयमा सुसमाचार घोषणा गर्न बन्द गरेनन्‌।+

६ त्यसबेला जब चेलाहरूको सङ्‌ख्या बढ्‌दै गइरहेको थियो, तब हरेक दिन खाना बाँड्‌दा+ ग्रीकभाषी विधवाहरूको बेवास्ता भइरहेको हुनाले ग्रीकभाषी यहुदी चेलाहरूले हिब्रूभाषी यहुदी चेलाहरूविरुद्ध गनगन गर्न थाले। २ त्यसकारण १२ प्रेषितले सबै चेलालाई बोलाएर भने: “परमेश्‍वरको वचन सिकाउन छोडेर टेबुलमा खाना बाँड्‌नु हाम्रो लागि उचित हुँदैन।+ ३ त्यसैले भाइहरू हो, पवित्र शक्‍ति र बुद्धिले भरिपूर्ण भएका+ अनि राम्रो नाम कमाएका+ सात जना मानिस तपाईँहरूमाझ छान्‍नुहोस्‌ र हामी तिनीहरूलाई यस महत्त्वपूर्ण काममा नियुक्‍त गर्नेछौँ।+ ४ तर हामी भने प्रार्थना गर्ने र परमेश्‍वरको वचन सिकाउने काममा समर्पित हुनेछौँ।” ५ यो कुरा सबै चेलालाई चित्त बुझ्यो अनि तिनीहरूले स्तिफनसलाई छाने, जो विश्‍वास र पवित्र शक्‍तिले भरिपूर्ण थिए। त्यसैगरि तिनीहरूले फिलिप,+ प्रखरस, निकनोर, तिमोन, पर्मिनास र धर्म परिवर्तन गरेर यहुदी बनेका एन्टिओकका निकोलाउसलाई पनि छाने। ६ तिनीहरूले यिनीहरूलाई प्रेषितहरूकहाँ लगे अनि प्रार्थना गरेपछि ती प्रेषितहरूले आफ्नो हात यिनीहरूमाथि राखे।+

७ फलस्वरूप परमेश्‍वरको वचन फैलँदै गयो+ र यरुसलेममा चेलाहरूको सङ्‌ख्या झन्‌-झन्‌ बढ्‌दै गयो+ अनि पुजारीहरूको ठूलो जमातले पनि विश्‍वास गर्न थाल्यो।+

८ अब परमेश्‍वरबाट अनुग्रह र बल पाएका स्तिफनसले मानिसहरूसामु ठूलठूला आश्‍चर्यजनक कार्य अनि चमत्कारहरू गर्दै थिए। ९ तर ‘स्वतन्त्र दलको सभाघर’ भनिने समूहका केही मानिस अनि केही साइरेनीवासीहरू, अलेक्जेन्ड्रियालीहरू अनि सिलिसिया र एसियाका कोही-कोही मानिसहरू स्तिफनससित विवाद गर्न आए। १० तर तिनी जुन बुद्धि र पवित्र शक्‍तिको साथमा बोलिरहेका थिए, त्यससामु तिनीहरू टिक्न सकेनन्‌।+ ११ तब तिनीहरूले मानिसहरूलाई यसो भन्‍न गुप्तमा उक्साए: “यसले मोसा र परमेश्‍वरको निन्दा गरेको हामीले सुनेका छौँ।” १२ तिनीहरूले मानिसहरू, धर्मगुरुहरू र शास्त्रीहरूलाई भड्‌काए अनि एक्कासि आएर तिनलाई जबरजस्ती पक्रे र यहुदी न्यायपरिषद्‌सामु लगे। १३ तिनीहरूले झूटा साक्षीहरू अघि सारेर यसो भन्‍न लगाए: “यस मानिसले यो पवित्र ठाउँ र मोसाको व्यवस्थाविरुद्ध बोल्न छोड्‌दैन। १४ उदाहरणका लागि, त्यो नासरी येसुले यस ठाउँलाई भत्काउनेछ अनि हामीले मोसाबाट पाएको रीतिथितिलाई परिवर्तन गर्नेछ भनेर यसले भनेको हामीले सुनेका छौँ।”

१५ अनि यहुदी न्यायपरिषद्‌मा हुनेहरू सबैले एकटक लगाएर तिनलाई हेरे। उनीहरूले तिनको अनुहार स्वर्गदूतको जस्तै देखे।

७ तब प्रधानपुजारीले सोधे: “के यो कुरा साँचो हो?” २ स्तिफनसले जवाफ दिए: “हे भाइहरू अनि बुबासमान बुज्रुगहरू हो, मेरो कुरा सुन्‍नुहोस्‌। हारानमा+ बस्नुअघि मेसोपोटामियामै छँदा हाम्रो पुर्खा अब्राहामकहाँ महिमाका परमेश्‍वर देखा पर्नुभयो ३ अनि तिनलाई भन्‍नुभयो: ‘तिम्रो ठाउँ अनि तिम्रा नातेदार छोडेर त्यस ठाउँमा जाऊ, जुन म तिमीलाई देखाउनेछु।’+ ४ त्यसैले तिनी कल्दियालीहरूको देशबाट निस्के अनि हारानमा बसोबास गर्न थाले। तिनको बुबाको मृत्यु भएपछि+ परमेश्‍वरले तिनलाई त्यो ठाउँ छोडेर यस देशमा बस्न लगाउनुभयो, जहाँ अहिले तपाईँहरू बस्नुहुन्छ।+ ५ यद्यपि यस देशमा उहाँले पुर्ख्यौली सम्पत्तिको नाममा तिनलाई केही पनि दिनुभएन। अहँ, पाइला टेक्न चाहिने जत्तिको जमिनसमेत दिनुभएन तर तिनलाई र तिनीपछि तिनको सन्तानलाई यो देश सम्पत्तिको रूपमा दिने प्रतिज्ञा गर्नुभयो,+ जबकि त्यतिखेरसम्म तिनको कुनै सन्तान थिएन। ६ साथै परमेश्‍वरले तिनका सन्तान पराई देशमा परदेशी भएर बाँच्नुपर्नेछ र तिनीहरूलाई त्यहाँका मानिसहरूले दास बनाउनेछन्‌ अनि तिनका सन्तानले ४०० वर्षसम्म अत्याचार सहनुपर्नेछ*+ भनेर तिनलाई बताउनुभयो। ७ परमेश्‍वरले यसो पनि भन्‍नुभयो: ‘अनि जुन जातिको तिनीहरू दास बन्‍नेछन्‌, त्यस जातिलाई म दण्ड दिनेछु+ र यी सब भएपछि तिनीहरू त्यहाँबाट निस्केर आउनेछन्‌ र यस ठाउँमा मलाई पवित्र सेवा चढाउनेछन्‌।’+

८ “परमेश्‍वरले तिनीसित खतनाको* करार+ पनि गर्नुभयो। तिनी इसहाकको बुबा+ बने र आठौँ दिनमा+ उनको खतना गरे। त्यसैगरि इसहाक याकुबको अनि याकुबचाहिँ १२ जना कुलपुरुषका बुबा बने। ९ तर यी कुलपुरुषहरूले युसुफको डाह गरे+ अनि तिनलाई मिश्रमा बेचिदिए।+ तर परमेश्‍वर तिनीसित हुनुहुन्थ्यो+ १० र उहाँले तिनका सबै सङ्‌कष्टबाट तिनलाई मुक्‍त गर्नुभयो। साथै उहाँले गर्दा तिनले मिश्रका फारोको* अनुग्रह पाए अनि तिनी फारोको नजरमा बुद्धिमान्‌ साबित भए। अनि फारोले तिनलाई मिश्र र आफ्नो सारा घरानाको रेखदेख गर्न नियुक्‍त गरे।+ ११ तर सारा मिश्र अनि कनानभरि अनिकाल परेर ठूलो सङ्‌कष्ट आइलाग्यो र हाम्रा पुर्खाहरूले केही खानेकुरा पाएनन्‌।+ १२ तब मिश्रमा खानेकुरा* पाइन्छ भनेर याकुबले सुने अनि हाम्रा पुर्खाहरूलाई पहिलो चोटि त्यहाँ पठाए।+ १३ अनि आफ्ना दाजुभाइ दोस्रो पटक मिश्र आउँदा युसुफले तिनीहरूसामु आफूलाई चिनाए; अनि युसुफको पूरै खानदानबारे फारोलाई थाह भयो।+ १४ तब युसुफले खबर पठाएर आफ्नो बुबा याकुब अनि सबै नातेदारसमेत गरी जम्माजम्मी ७५ जनालाई+ कनानबाट बोलाए।+ १५ याकुब मिश्र गए+ अनि त्यहीँ तिनको मृत्यु भयो।+ त्यसैगरि हाम्रा पुर्खाहरू पनि त्यहीँ बिते।+ १६ पछि तिनीहरूको हाडखोड सकेम लगियो र त्यस चिहानमा गाडियो, जुन अब्राहामले चाँदीको पैसा तिरेर हामोरका सन्तानसित किनेका थिए।+

१७ “परमेश्‍वरले अब्राहामसित गर्नुभएको प्रतिज्ञा पूरा हुनै लाग्दा मिश्रमा इस्राएलीहरू बढेर धेरै भए। १८ तब मिश्रमा अर्कै राजा देखा पऱ्‍यो, जसलाई युसुफको विषयमा केही थाह थिएन।+ १९ उसले हाम्रो जातिविरुद्ध धूर्त चाल चल्यो र बालकहरू जिउँदो नरहून्‌ भनेर हाम्रा पुर्खाहरूलाई शिशु जन्मनेबित्तिकै जबरजस्ती त्याग्न लगायो।+ २० यसैबेला मोसाको जन्म भयो। तिनी असाध्यै सुन्दर थिए।* अनि तिनका आमाबुबाले तीन महिनासम्म आफ्नै घरमा तिनको स्याहारसुसार गरे।*+ २१ तर जब तिनका आमाबुबाले तिनलाई छोडे,+ तब फारोकी छोरीले तिनलाई आफूसित लगी अनि आफ्नै छोराजस्तै गरी तिनलाई हुर्काई।+ २२ फलस्वरुप मिश्रीहरूको सारा विद्यामा मोसा निपुण भए। भनौँ भने तिनी वचन र काम दुवैमा शक्‍तिशाली भए।+

२३ “मोसा ४० वर्षको भएपछि तिनले आफ्ना भाइहरू अर्थात्‌ इस्राएलका सन्तानलाई भेट्‌न जाने विचार* गरे।+ २४ अनि जब तिनले एक जना मिश्रीले आफ्नो भाइलाई कुटिरहेको देखे, तब त्यस मिश्रीलाई प्रहार गरेर तिनले आफ्नो भाइको निम्ति बदला लिए। २५ परमेश्‍वरले आफूमार्फत तिनीहरूको उद्धार गर्न लाग्नुभएको छ भनेर आफ्ना भाइहरूले बुझ्लान्‌ भन्‍ने आशा मोसाले गरेका थिए तर तिनीहरूले बुझेनन्‌। २६ अर्को दिन तिनीहरूकहाँ जाँदा तिनले दुई जनालाई झगडा गरिरहेको देखे। तिनले यसो भन्दै तिनीहरूलाई रोक्न खोजे: ‘तिमीहरू दाजुभाइ भएर पनि किन यसरी कुटाकुट गर्छौ?’ २७ तर आफ्नो भाइलाई कुट्‌नेचाहिँले यसो भन्दै तिनको कुरा मान्‍न इन्कार गऱ्‍यो: ‘तिमीलाई कसले हाम्रो शासक अनि न्यायकर्ता नियुक्‍त गऱ्‍यो? २८ हिजो तिमीले त्यो मिश्रीलाई मारेजस्तै के मलाई पनि मार्न चाहन्छौ?’ २९ यो कुरा सुनेर मोसा त्यहाँबाट भागे अनि मिद्यान देशमा प्रवासी भएर बसे, जहाँ तिनी दुई छोराका बुबा भए।+

३० “चालीस वर्षपछि सिनै डाँडाको निर्जनभूमिमा एउटा बलिरहेको झाडीमा तिनीकहाँ स्वर्गदूत देखा परे।+ ३१ यस्तो दृश्‍य देखेर मोसा छक्क परे अनि के रहेछ भनी हेर्न नजिक जाँदा तिनले यहोवा* परमेश्‍वरको यस्तो स्वर सुने: ३२ ‘म तिम्रा पुर्खाहरूका परमेश्‍वर हुँ; म अब्राहाम, इसहाक अनि याकुबका परमेश्‍वर+ हुँ।’ तब मोसा डरले थरथर काँप्न थाले अनि तिनले अझ नजिक गएर हेर्ने आँट गरेनन्‌। ३३ यहोवा* परमेश्‍वरले तिनलाई भन्‍नुभयो: ‘तिम्रो जुत्ता फुकाल किनकि तिमी जहाँ उभिरहेका छौ, त्यो भूमि पवित्र छ। ३४ मिश्रमा मेरा प्रजाले भोगेको अत्याचार मैले देखेको छु अनि तिनीहरूको सुस्केरा मैले सुनेको छु+ र म तिनीहरूलाई छुटकारा दिन तल ओर्लेको छु। अब म तिमीलाई मिश्र पठाउनेछु।’ ३५ यही मोसा, जसलाई तिनीहरूले ‘तिमीलाई कसले हाम्रो शासक अनि न्यायकर्ता नियुक्‍त गऱ्‍यो?’+ भनेर इन्कार गरेका थिए, हो, तिनैलाई परमेश्‍वरले झाडीमा तिनीकहाँ देखा परेको स्वर्गदूतमार्फत शासक अनि मुक्‍तिदाताको रूपमा पठाउनुभयो।+ ३६ यी मानिसले मिश्रमा, लाल समुद्रमा+ अनि ४० वर्ष निर्जनभूमिमा+ विभिन्‍न आश्‍चर्यजनक कार्य अनि चमत्कारहरू गरेर+ तिनीहरूलाई मिश्रबाट निकालेर ल्याए।+

३७ “यी तिनै मोसा हुन्‌, जसले इस्राएलका सन्तानलाई यसो भनेका थिए: ‘परमेश्‍वरले तिमीहरूमध्येबाट मजस्तै एक जना भविष्यवक्‍ता नियुक्‍त गर्नुहुनेछ।’+ ३८ यी तिनै मोसा हुन्‌, जो निर्जनभूमिमा इस्राएलीहरूको समुदायमाझ थिए। त्यहाँ तिनी सिनै डाँडामा तिनीसित कुरा गर्ने+ स्वर्गदूतसित+ र हाम्रा पुर्खाहरूसित थिए। हामीलाई दिन सकियोस्‌ भनेर तिनले जीवित अनि पवित्र वचन पाए।+ ३९ तर हाम्रा पुर्खाहरूले तिनको आज्ञा मान्‍न इन्कार गरेर तिनलाई पन्छ्याए।+ अनि मिश्रमा फर्केर जाने+ मन गर्दै तिनीहरूले ४० हारुनलाई यसो भने: ‘हाम्रो अघिअघि बाटो देखाउन हाम्रो निम्ति देवताहरू बनाइदिनुहोस्‌ किनकि हामीलाई मिश्र देशबाट डोऱ्‍याएर ल्याउने मोसा कता हराए, हामीलाई थाह छैन।’+ ४१ तब ती दिनमा तिनीहरूले बाछाको मूर्ति बनाए अनि त्यसको निम्ति बलि चढाएर आफ्नो हातको काममा खुसीयाली मनाउन थाले।+ ४२ त्यसैले परमेश्‍वरले तिनीहरूलाई त्याग्नुभयो अनि तिनीहरूले आकाशका सारा ग्रह-नक्षत्रकै* उपासना गरून्‌+ भनेर तिनीहरूलाई छाड्‌नुभयो, जस्तो भविष्यवक्‍ताहरूको पुस्तकमा लेखिएको पनि छ: ‘ए इस्राएलको घराना, के तिमीहरूले निर्जनभूमिमा ४० वर्षसम्म मेरै निम्ति भेटी अनि बलिहरू चढाएका थियौ र? ४३ तिमीहरू त मोलोकको+ पाल अनि रेफन देवताको तारा अर्थात्‌ तिमीहरूले उपासना गर्न बनाएका मूर्तिहरू पो लिएर हिँडिरहेका थियौ। त्यसैले म तिमीहरूलाई बेबिलोनभन्दा पर धपाउनेछु।’+

४४ “निर्जनभूमिमा हाम्रा पुर्खाहरूसित साक्षीको पाल थियो, जुन आफूले देखेको नमुनाअनुसारै बनाउनू+ भनेर मोसासित कुरा गर्दा परमेश्‍वरले आदेश दिनुभएको थियो। ४५ अनि तिनीहरूपछिका हाम्रा पुर्खाहरूलाई त्यो पाल दिइयो र उनीहरूले यहोसुसँग अन्यजातिहरूको देशमा+ जाँदा त्यसलाई पनि आफूसितै लगे। परमेश्‍वरले ती अन्यजातिहरूलाई हाम्रा पुर्खाहरूकै सामने धपाउनुभयो+ र दाउदको दिनसम्मै त्यो पाल यहीँ रह्‍यो। ४६ तिनले परमेश्‍वरको निगाह पाए र याकुबका परमेश्‍वरको निम्ति निवासस्थान+ बनाउने सुअवसरको लागि बिन्ती गरे। ४७ तथापि तिनले होइन, सुलेमानले उहाँको निम्ति भवन बनाए।+ ४८ तर सर्वोच्च परमेश्‍वर हातले बनाएका भवनहरूमा बास गर्नुहुन्‍न,+ जस्तो एक जना भविष्यवक्‍ताले पनि भनेका छन्‌, ४९ ‘यहोवा* परमेश्‍वर भन्‍नुहुन्छ: “स्वर्ग मेरो सिंहासन हो+ अनि पृथ्वी मेरो पाउदान।+ तिमीहरू मेरो निम्ति कस्तो भवन बनाउँछौ? मेरो वासस्थान कहाँ बनाउँछौ? ५० के यी सबै कुरा मैले आफ्नै हातले बनाएको होइनँ र?”’+

५१ “हे अटेरी अनि हृदय र कानको खतना नभएका मानिसहरू हो, तपाईँहरू पवित्र शक्‍तिको सधैँ विरोध गर्नुहुन्छ। तपाईँहरूका पुर्खाहरूले जे गरे, तपाईँहरू पनि त्यसै गर्नुहुन्छ।+ ५२ तपाईँहरूका पुर्खाहरूले कुनचाहिँ भविष्यवक्‍ताको खेदो गरेनन्‌ र?+ हो, आउन लागेका ती धर्मी मानिसबारे+ पहिल्यै घोषणा गर्ने भविष्यवक्‍ताहरूलाई तिनीहरूले मारे अनि अहिले तपाईँहरू त्यही मानिसलाई धोका दिने र हत्या गर्ने मानिसहरू हुनुभएको छ।+ ५३ स्वर्गदूतहरूमार्फत दिइएको मोसाको व्यवस्था+ तपाईँहरूले पाउनुभयो तर पालन भने गर्नुभएन।”

५४ यो सुनेर तिनीसित रिसले चूर भई तिनीहरूले दाह्रा किट्‌न थाले। ५५ तर तिनले पवित्र शक्‍तिले भरिपूर्ण भई एकटक लगाएर स्वर्गतिर हेरे अनि परमेश्‍वरको महिमा देख्नुका साथै येसुलाई उहाँको दाहिने हाततिर उभिरहनुभएको देखे।+ ५६ तब तिनले भने: “हेर्नुहोस्‌! म स्वर्ग उघ्रिएको अनि मानिसको छोरा+ परमेश्‍वरको दाहिने हाततिर उभिरहेको देख्दै छु।”+ ५७ यो सुनेर तिनीहरू ठूलो स्वरले चिच्याए अनि आफ्नो कान थुन्दै सबै जना एकैचोटि तिनीमाथि जाइलागे। ५८ अनि तिनलाई सहरबाहिर लघारेपछि तिनीहरूले ढुङ्‌गाले हान्‍न थाले।+ तिनीविरुद्ध साक्षी दिनेहरूले+ आ-आफ्नो लुगा सावल नाम गरेको युवकको खुट्टानेर छोडेका थिए।+ ५९ तिनीहरूले ढुङ्‌गाले हान्दै गर्दा स्तिफनस यसो भनेर बिन्ती गर्दै थिए: “हे प्रभु येसु, म आफ्नो सास* तपाईँलाई अर्पण गर्दै छु।” ६० त्यसपछि घुँडा टेकेर तिनले ठूलो स्वरमा भने: “हे यहोवा,* यिनीहरूलाई यो पापको दोष नलागोस्‌।”+ त्यसपछि तिनी मृत्युको चिर निद्रामा परे।

८ तिनको हत्यामा सावलको समर्थन थियो।+

त्यस दिनदेखि यरुसलेममा भएको मण्डलीलाई अत्यन्तै खेदो गर्न थालियो। तब प्रेषितहरूबाहेक सबै जना यहुदिया र सामरियाका इलाकाभरि तितरबितर भए।+ २ तर भक्‍तजनहरूले स्तिफनसको लास लगेर गाडे अनि उनीहरूले तिनको लागि असाध्यै शोक गरे। ३ तब सावलले मण्डलीसित निर्मम व्यवहार गर्न थाले। तिनी घरघर पसेर पुरुष र स्त्रीहरूलाई घिस्याउँदै बाहिर ल्याउँथे अनि तिनीहरूलाई झ्यालखानामा हालिदिन्थे।+

४ तर ती तितरबितर भएकाहरू जहाँ-जहाँ गए, त्यहाँ-त्यहाँ तिनीहरूले परमेश्‍वरको वचनको सुसमाचार घोषणा गरे।+ ५ तिनीहरूमध्ये एक जना फिलिप थिए, जो सामरिया+ सहरमा* गए र त्यहाँ ख्रिष्टको विषयमा प्रचार गर्न थाले। ६ भीडले एकै मनको भएर फिलिपलाई ध्यान दिँदै तिनले गरिरहेका चमत्कारहरू हेऱ्‍यो अनि तिनको कुरा सुन्यो। ७ किनकि त्यहाँ यस्ता मानिसहरू धेरै थिए, जसमा प्रेतहरू* बास गरेका थिए र ती ठूलो स्वरले कराउँदै बाहिर निस्कन्थे।+ यसबाहेक थुप्रै पक्षाघाती र लङ्‌गडा पनि सद्दे भए। ८ यसले गर्दा त्यस सहरमा ठूलो रमाहट भयो।

९ त्यस सहरमा सिमोन नाम गरेका एक जना मानिस पनि थिए, जो पहिले जादुगरी गरेर सामरियाका मानिसहरूलाई चकित पार्ने गर्थे अनि आफूलाई को-को न हुँ भन्थे। १० अनि सानादेखि ठूला सबैले तिनको कुरा ध्यान दिएर सुन्थे र यसो भन्थे: “यस मानिससित परमेश्‍वरको शक्‍ति छ; महाशक्‍ति छ!” ११ त्यसैले उनीहरू तिनको कुरा ध्यान दिएर सुन्थे किनकि तिनले आफ्नो जादुगरीद्वारा निकै समयदेखि उनीहरूलाई चकित पारिराखेका थिए। १२ तर जब फिलिपले परमेश्‍वरको राज्य र येसु ख्रिष्टको नाममा सुसमाचार+ सुनाए, तब तिनीहरूले विश्‍वास गरे अनि पुरुष तथा स्त्री दुवैले बप्तिस्मा गर्न थाले।+ १३ सिमोन आफैले पनि विश्‍वास गरे अनि बप्तिस्मा गरेपछि तिनी फिलिपसँगै+ हिँड्‌न थाले। चमत्कार अनि ठूलठूला शक्‍तिशाली कामहरू भइरहेको देखेर तिनी छक्क पर्थे।

१४ सामरियाका मानिसहरूले परमेश्‍वरको वचन स्विकारे भनी जब यरुसलेममा भएका प्रेषितहरूले सुने,+ तब उनीहरूले पत्रुस र युहन्‍नालाई ती मानिसहरूकहाँ पठाए; १५ अनि पत्रुस र युहन्‍ना त्यहाँ गए र त्यहाँका मानिसहरूले पनि पवित्र शक्‍ति पाऊन्‌ भनेर प्रार्थना गरे।+ १६ किनकि त्यतिबेलासम्म तिनीहरूमध्ये कसैले पनि पवित्र शक्‍ति पाएको थिएन; तिनीहरूले प्रभु येसुको नाममा मात्र बप्तिस्मा गरेका थिए।+ १७ तब पत्रुस र युहन्‍नाले तिनीहरूमाथि आफ्नो हात राखे+ अनि तिनीहरूले पनि पवित्र शक्‍ति पाउन थाले।

१८ अब प्रेषितहरूले हात राख्दा पवित्र शक्‍ति पाउन सकिने रहेछ भन्‍ने देखेपछि सिमोनले तिनीहरूलाई पैसा दिन खोजे १९ र यसो भने: “मलाई यो अख्तियार पनि दिनुहोस्‌ ताकि जसमाथि म आफ्नो हात राख्छु, उसले पवित्र शक्‍ति पाओस्‌।” २० तर पत्रुसले तिनलाई भने: “तिम्रो चाँदी तिमीसँगै नाश होस्‌ किनकि तिमीले परमेश्‍वरले सित्तैँमा दिनुहुने वरदान+ पैसा तिरेर किन्‍न सकिन्छ भन्ठान्यौ। २१ यसमा तिम्रो न कुनै भाग छ न हिस्सा किनकि परमेश्‍वरको नजरमा तिम्रो हृदय सोझो छैन। २२ त्यसैले तिम्रो यस पापको लागि पश्‍चात्ताप गर अनि आफ्नो यस्तो कुविचारको लागि सम्भव भए क्षमा पाऊँ भनी यहोवा* परमेश्‍वरलाई व्यग्र प्रार्थना गर; २३ किनकि म देख्दै छु, तिमी तीतो विष* हौ र कुकर्मको दास हौ।” २४ यो सुनेपछि सिमोनले भने: “तपाईँहरूले भन्‍नुभएको कुनै कुरा ममाथि आइनपरोस्‌ भनेर मेरो लागि यहोवा* परमेश्‍वरसित उत्कट बिन्ती गरिदिनुहोस्‌।”

२५ पूरै इलाकामा राम्ररी साक्षी दिएपछि अनि यहोवा* परमेश्‍वरको वचन सुनाएपछि तिनीहरू यरुसलेम फर्के अनि बाटोमा सामरियालीहरूका थुप्रै गाउँमा सुसमाचार सुनाउँदै हिँडे।+

२६ तथापि यहोवा* परमेश्‍वरको स्वर्गदूतले+ फिलिपलाई भने: “उठ र दक्षिणतिर त्यस बाटोमा जाऊ, जुन यरुसलेमबाट गाजातर्फ जान्छ।” (यो मरुभूमिको बाटो हो।) २७ तब फिलिप उठेर गए अनि हेर, तिनले एक जना इथियोपियाली नपुंसकलाई* भेटे, जो इथियोपिया देशकी महारानी कन्दाकीका उच्च अख्तियारवाला थिए र महारानीको सारा सम्पत्तिको हेरविचार गर्ने जिम्मा उनलाई सुम्पिइएको थियो। उनी यरुसलेममा उपासना गर्न गएका थिए+ २८ र त्यहाँबाट फर्किरहेका थिए। उनी आफ्नो रथमा बसेर भविष्यवक्‍ता यसैयाको पुस्तक आवाज निकालेर पढिरहेका थिए। २९ तब पवित्र शक्‍तिले फिलिपलाई भन्यो: “त्यस रथको नजिकै जाऊ।” ३० फिलिप रथसँगसँगै दौडे अनि त्यस नपुंसकले भविष्यवक्‍ता यसैयाको पुस्तक पढिरहेको सुने। तब तिनले सोधे: “के तपाईँले आफूले पढिरहेको कुरा साँच्चै बुझिरहनुभएको छ?” ३१ उनले जवाफ दिए: “कसैले नबुझाईकन म कसरी बुझ्न सक्छु र?” तब उनले फिलिपलाई रथमा चढेर आफूसँगै बस्न आग्रह गरे। ३२ उनले आवाज निकालेर पढिरहेको धर्मशास्त्रको अंश यो थियो: “काट्‌न लगिएको भेडाझैँ उसलाई लगियो। ऊन कत्रने मानिसको अगाडि पाठो चुपचाप बसेझैँ उसले आफ्नो मुख खोलेन।+ ३३ उसको अपमान हुँदा उसको न्याय खोसियो।+ ऊ को हो, कहाँबाट आयो, कसले सुनाउने? किनकि उसको जीवन पृथ्वीबाट खोसेर लगिएको छ।”+

३४ तब नपुंसकले फिलिपलाई सोधे: “भविष्यवक्‍ताले यो कसको विषयमा भनेका हुन्‌, कृपया मलाई बताइदिनुहोस्‌। आफ्नै कि अरू कसैको विषयमा?” ३५ तब फिलिप बोल्न थाले र धर्मशास्त्रको यो अंशबाट सुरु गरेर येसुको सुसमाचार उनलाई सुनाए। ३६ अब बाटोमा जाँदै गर्दा तिनीहरू पानी भएको ठाउँनेर आइपुगे। अनि ती नपुंसकले भने: “हेर्नुहोस्‌, यहाँ पानी रहेछ; बप्तिस्मा गर्नदेखि मलाई केले रोक्छ र?” ३७ *— ३८ तब उनले रथ रोक्ने आदेश दिए अनि फिलिप र नपुंसक दुवै ओर्लेर पानीमा गए; अनि फिलिपले उनलाई बप्तिस्मा गराए। ३९ जब तिनीहरू पानीबाट निस्के, तब यहोवा* परमेश्‍वरको पवित्र शक्‍तिले फिलिपलाई डोऱ्‍याएर तुरुन्तै त्यहाँबाट लगिहाल्यो। त्यसपछि ती नपुंसकले तिनलाई देखेनन्‌। अनि उनी रमाउँदै आफ्नो बाटो लागे। ४० तर फिलिपले चाहिँ आफूलाई अस्दोदमा पाए र सिजरिया+ नपुगुन्जेल तिनी त्यस इलाकामा अनि सबै सहरमा सुसमाचार सुनाउँदै हिँडे।

९ तर सावल अझै पनि प्रभुका चेलाहरूलाई धम्काउने र तिनीहरूलाई मार्ने धुनमा थिए।+ त्यसैले तिनी प्रधानपुजारीकहाँ गए २ अनि ‘त्यस मार्ग’-मा* लाग्ने पुरुष र स्त्रीहरू,+ ज-जसलाई भेटिन्छ, तिनीहरू सबैलाई बाँधेर यरुसलेम ल्याउन दमिसकका सभाघरहरूको नाममा पुर्जी मागे।

३ तिनी यात्रा गरेर दमिसक पुग्नै लाग्दा अकस्मात्‌ तिनको चारैतिर आकाशबाट ज्योति चम्कियो+ ४ अनि तिनी भुईँमा पछारिए र तिनले यस्तो आवाज सुने: “सावल, ए सावल, तिमी किन मेरो खेदो गर्दै छौ?” ५ तिनले सोधे: “प्रभु, तपाईँ को हुनुहुन्छ?” उहाँले भन्‍नुभयो: “म येसु हुँ,+ जसको तिमीले खेदो गरिरहेका छौ।+ ६ अब उठ र सहरभित्र पस। तिमीले के गर्नुपर्छ, त्यो तिमीलाई बताइनेछ।” ७ तिनीसँगै यात्रा गरिरहेका मानिसहरू अक्क न बक्क भएर उभिरहेका थिए किनकि कोही बोलेको आवाज त तिनीहरूले सुने तर कसैलाई देखेनन्‌।+ ८ तब सावल भुईँबाट उठे। आँखा खुल्लै भए तापनि तिनले केही देख्न सकिरहेका थिएनन्‌। त्यसैले तिनको हात समातेर डोऱ्‍याउँदै उनीहरूले तिनलाई दमिसकसम्म पुऱ्‍याए। ९ तीन दिनसम्म तिनले केही देखेनन्‌+ अनि खानपिन पनि गरेनन्‌।

१० दमिसकमा हननिया नाम गरेका एक जना चेला थिए।+ दर्शनमा* प्रभुले तिनलाई यसो भन्‍नुभयो: “हननिया!” तिनले जवाफ दिए: “हजुर प्रभु।” ११ प्रभुले तिनलाई भन्‍नुभयो: “उठ र सीधा भन्‍ने मार्गमा जाऊ र यहुदाको घरमा गएर सावल नाम गरेको टार्ससको मानिसलाई+ खोज। किनकि हेर, तिनी प्रार्थना गर्दै छन्‌ १२ अनि हननिया नाम गरेको मानिस भित्र आएर आफूमाथि हात राखिदिएको र आफ्नो दृष्टि फर्केको दर्शन तिनले देखेका छन्‌।”+ १३ तर हननियाले जवाफ दिए: “प्रभु, तिनले यरुसलेममा भएका तपाईँका पवित्र जनहरूको कत्ति हानि गरेका छन्‌ भनेर त्यस मानिसको विषयमा मैले धेरै जनाबाट सुनेको छु। १४ अनि तिनले यहाँ पनि तपाईँको नाम पुकार्नेजति सबैलाई पक्रने* अख्तियार मुख्य पुजारीहरूबाट पाएका छन्‌।”+ १५ तर प्रभुले तिनलाई भन्‍नुभयो: “जाऊ! किनकि यी मानिस जातिजातिका मानिसहरूलाई,+ राजाहरूलाई+ अनि इस्राएलका सन्तानलाई मेरो नामको साक्षी दिन मैले रोजेको पात्र हुन्‌।+ १६ मेरो नामको खातिर तिनले कत्ति धेरै दुःख भोग्नुपर्नेछ, त्यो म तिनलाई राम्ररी देखाउनेछु।”+

१७ त्यसैले हननिया गए र त्यस घरभित्र पसे अनि सावलमाथि आफ्नो हात राखेर उनले भने: “भाइ सावल, तपाईँको दृष्टि फर्कोस्‌ र तपाईँ पवित्र शक्‍तिले भरिनुहोस्‌+ भनेर प्रभु येसुले मलाई पठाउनुभएको हो, जो तपाईँ आउँदै गर्दा बाटोमा देखा पर्नुभएको थियो।” १८ अनि उत्तिखेरै तिनको आँखाबाट पाप्राजस्तो केही चिज झऱ्‍यो र तिनले फेरि दृष्टि पाए। त्यसपछि तिनी उठे अनि बप्तिस्मा गरे १९ र खानेकुरा खाएर बल पाए।

तिनले दमिसकका+ चेलाहरूसित केही दिन बिताए २० र येसु नै परमेश्‍वरको छोरा हुनुहुन्छ भनेर तुरुन्तै त्यहाँका सभाघरहरूमा प्रचार गर्न थाले। २१ तर तिनको कुरा सुन्‍नेजति सबै जना छक्क पर्दै यसो भनिरहेका थिए: “के यो त्यही मानिस होइन, जसले यरुसलेममा यो नाम पुकार्नेहरूको संहार गर्थ्यो?+ अनि यो मानिस यहाँ पनि तिनीहरूलाई पक्रेर* मुख्य पुजारीहरूकहाँ लैजाने उद्देश्‍यले आएको होइन?”+ २२ तर सावल झन्‌-झन्‌ प्रभावशाली बन्दै गए अनि तिनले येसु नै ख्रिष्ट हुनुहुन्छ भनेर तर्कसङ्‌गत ढङ्‌गमा प्रमाणित गर्दै+ दमिसकमा बस्ने यहुदीहरूको मुख टालिदिए।

२३ यसरी निकै दिन बितेपछि यहुदीहरूले तिनलाई मार्ने मतो गरे।+ २४ तर सावलले तिनीहरूको षड्‌यन्त्रबारे चाल पाए। तिनलाई मार्न तिनीहरू दिनरात सहरको मूलढोकामा ढुकेर पनि बस्थे। २५ त्यसैले तिनका चेलाहरूले तिनलाई एउटा टोकरीमा राखेर राती सहरको पर्खालको झ्यालबाट तल ओराले।+

२६ यरुसलेम पुगेपछि+ तिनले चेलाहरूलाई भेट्‌ने कोसिस गरे तर उनीहरू सबै जना तिनीसित डराए किनकि तिनी चेला बनिसके भनेर उनीहरूलाई पत्यारै लागेन। २७ त्यसैले बर्णाबास+ तिनलाई मदत गर्न अघि सरे; उनले तिनलाई प्रेषितहरूकहाँ लगे अनि तिनले बाटोमा प्रभुलाई देखेको,+ उहाँले तिनीसित कुरा गर्नुभएको र दमिसकमा तिनले येसुको नाममा साहसका साथ बोलेको विषयमा सविस्तार सुनाए।+ २८ त्यसैले सावल उनीहरूसित यरुसलेममै बस्न थाले। तिनी खुलेआम हिँडडुल गर्थे र प्रभुको नाममा साहसका साथ बोल्थे। २९ तिनी ग्रीकभाषी यहुदीहरूसित कुराकानी र बहस गर्थे। तर यिनीहरूले तिनलाई मार्ने कोसिस गरे।+ ३० जब भाइहरूले यो कुरा चाल पाए, तब उनीहरूले तिनलाई तल सिजरिया ल्याए र टार्ससतिर पठाए।+

३१ तब सारा यहुदिया, गालिल र सामरियाको+ मण्डलीमा शान्ति छायो र मण्डली सुदृढ हुँदै गयो। यहोवा* परमेश्‍वरको डर अनि पवित्र शक्‍तिबाट+ पाएको प्रोत्साहनअनुसार हिँड्‌दा मण्डलीको वृद्धि हुँदै गयो।

३२ विभिन्‍न ठाउँको भ्रमण गर्ने क्रममा पत्रुस लिड्डामा भएका पवित्र जनहरूकहाँ पनि गए।+ ३३ त्यहाँ तिनले एनियास नाम गरेको एक जना मानिसलाई भेटे। पक्षाघातले गर्दा उनी थला परेको आठ वर्ष भइसकेको थियो। ३४ पत्रुसले उनलाई भने: “एनियास, येसु ख्रिष्टले तिमीलाई निको पार्नुहुन्छ।+ त्यसैले उठ, आफ्नो ओछ्यान मिलाऊ।”+ अनि उत्तिखेरै उनी उठे। ३५ उनलाई देखेपछि लिड्डामा र सारोन बेँसीमा बस्नेहरू सबैले प्रभुमा विश्‍वास गर्न थाले।

३६ जोप्पामा तबिता नाम गरेकी एक जना चेला थिइन्‌, जसको नामको अनुवाद गर्दा अर्थ हुन्छ, “डोरकास।”* उनी थुप्रै असल काम र दानपुण्य गर्थिन्‌। ३७ पत्रुस लिड्डामै छँदा उनी बिरामी परिन्‌ र मरिन्‌। त्यसैले तिनीहरूले उनलाई नुहाइदिएर माथिल्लो तलाको कोठामा लगेर राखे। ३८ लिड्डा जोप्पाबाट नजिकै थियो। त्यसैले पत्रुस लिड्डामा छन्‌ भन्‍ने सुनेपछि चेलाहरूले दुई जना मानिसलाई यस्तो बिन्ती गर्न पठाए: “कृपया, तुरुन्तै हामीकहाँ आउनुहोस्‌।” ३९ तब पत्रुस उठेर उनीहरूसित गए। त्यहाँ पुगेपछि तिनीहरूले पत्रुसलाई माथिल्लो तलाको कोठामा लगे। तब सबै विधवा रुँदै तिनीकहाँ आए। अनि तिनीहरूले पत्रुसलाई डोरकासले जीवित हुँदा बनाएका लुगाहरू देखाए। ४० तब पत्रुसले सबैलाई बाहिर पठाए+ अनि घुँडा टेकेर प्रार्थना गरे। त्यसपछि तिनले लासतिर फर्कँदै यसो भने: “तबिता, उठ!” उनले आफ्नो आँखा उघारिन्‌ र पत्रुसलाई देखेपछि उठेर बसिन्‌।+ ४१ तब तिनले आफ्नो हात दिएर उनलाई उठाए अनि पवित्र जन र विधवाहरूलाई बोलाएर जीवित भइसकेकी तबिता तिनीहरूलाई जिम्मा लगाए।+ ४२ यो कुरा जोप्पाभरि फैलियो र धेरै जनाले प्रभुमा विश्‍वास गरे।+ ४३ तिनी केही दिनसम्म जोप्पामै सिमोन नाम गरेको चर्मकारकहाँ बसे।+

१० सिजरियामा कर्निलियस नाम गरेका एक जना मानिस थिए। तिनी इटालेली गण* भनिने सैन्यदलका अफिसर* थिए। २ तिनी परमेश्‍वरको भक्‍त थिए अनि तिनी र तिनको घरमा हुनेजति सबैले परमेश्‍वरको भय मान्थे। तिनी धेरै दानपुण्य गर्थे अनि परमेश्‍वरलाई निरन्तर उत्कट बिन्ती चढाउँथे। ३ नवौँ घडीतिर*+ तिनले दर्शनमा* परमेश्‍वरका एक स्वर्गदूत आफूकहाँ आइरहेको प्रस्टै देखे र ती स्वर्गदूतले भने: “ए कर्निलियस!” ४ तिनले डराउँदै एकटक लगाएर ती स्वर्गदूतलाई हेरे अनि यसो भने: “हजुर प्रभु।” तब ती स्वर्गदूतले तिनलाई भने: “तिम्रो प्रार्थना अनि दानपुण्य परमेश्‍वरकहाँ+ पुगेको छ र उहाँले ती सम्झनुभएको छ। ५ त्यसैले अब जोप्पामा मानिसहरू पठाएर पत्रुस भनिने सिमोनलाई बोलाऊ। ६ तिनी समुद्रनजिकै चर्मकार सिमोनको घरमा पाहुना बसेका छन्‌।” ७ तब ती स्वर्गदूत जानेबित्तिकै कर्निलियसले दुई जना नोकरलाई र तिनको सेवामा हाजिर हुने सैनिकहरूमध्ये एक जना भक्‍तालु सैनिकलाई बोलाए ८ अनि उनीहरूलाई सबै कुरा बेलीबिस्तार सुनाए। त्यसपछि तिनले उनीहरूलाई जोप्पा पठाए।

९ भोलिपल्ट यात्रा गरेर उनीहरू सहर आइपुग्नै लाग्दा पत्रुसचाहिँ छैटौँ घडीतिर* प्रार्थना गर्न कौसीमा गएका थिए। १० असाध्यै भोकाएकोले तिनी केही खान चाहन्थे। खानेकुरा तयार हुँदै गर्दा तिनले दर्शन देखे।+ ११ तिनले आकाश उघ्रेको अनि मलमलको ठूलो तन्‍नाजस्तो केही चिज झर्दै गरेको देखे। त्यसको चारै कुना समातेर त्यसलाई तल पृथ्वीमा झारिँदै थियो। १२ त्यसमा पृथ्वीमा भएका सबै खाले चारखुट्टे जनावर, घस्रने जन्तु अनि आकाशका चराहरू थिए। १३ अनि तिनले यस्तो आवाज सुने: “उठ पत्रुस, मारेर खाऊ!” १४ तर पत्रुसले जवाफ दिए: “नाइँ प्रभु किनकि अपवित्र अनि अशुद्ध थोक+ मैले कहिल्यै खाएको छैनँ।” १५ अनि दोस्रो पटक तिनले फेरि यस्तो आवाज सुने: “परमेश्‍वरले शुद्ध पार्नुभएको कुरालाई अपवित्र भन्‍न छोड।” १६ तिनले तेस्रो पटक पनि त्यस्तै आवाज सुने अनि उत्तिखेरै त्यो चिज आकाशतिर लगियो।

१७ आफूले देखेको दर्शनको अर्थ के होला भनेर पत्रुस अलमल्ल परिरहेको बेला कर्निलियसले पठाएका मानिसहरू सिमोनको घर खोज्दै ढोकामै आइपुगे।+ १८ तिनीहरूले घरधनीलाई बोलाएर त्यहाँ पत्रुस भनिने सिमोन पाहुना बसेका छन्‌ कि भनेर सोधे। १९ पत्रुसले अझै पनि आफूले देखेको दर्शनबारे सोचिरहेको बेला पवित्र शक्‍तिले+ तिनलाई यसो भन्यो: “हेर, तीन जना मानिस तिम्रो विषयमा सोधपुछ गर्दै छन्‌। २० अब उठ, तल ओर्लेर कुनै शङ्‌का नगरी ती मानिसहरूसित जाऊ किनकि तिनीहरूलाई मैले नै पठाएको हुँ।” २१ तब पत्रुस ओर्लेर ती मानिसहरूकहाँ गए अनि भने: “तपाईँहरूले खोजिरहनुभएको मानिस मै हुँ। भन्‍नुहोस्‌, के कति कारणले तपाईँहरू यहाँ आउनुभयो?” २२ तिनीहरूले जवाफ दिए: “सैनिक अफिसर कर्निलियस+ धर्मी अनि परमेश्‍वरको डर मान्‍ने मानिस हुनुहुन्छ र यहुदीहरूको सारा राष्ट्रले उहाँबारे राम्रो कुरा गर्छन्‌। तपाईँलाई बोलाएर आफ्नो घरमा ल्याउनू अनि तपाईँको कुरा सुन्‍नू भनेर पवित्र स्वर्गदूतले उहाँलाई ईश्‍वरीय निर्देशन दिएको हुनाले हामी यहाँ आएका हौँ।” २३ पत्रुसले उनीहरूलाई भित्र बोलाए र पाहुनाको रूपमा राखे।

भोलिपल्ट तिनी उठेर उनीहरूसित गए। जोप्पाका केही भाइहरू पनि तिनीसित गए। २४ त्यसको भोलिपल्ट पत्रुस सिजरिया पसे। कर्निलियस तिनलाई नै पर्खेर बसिरहेका थिए। उनले आफ्ना नातेदारहरू अनि घनिष्ठ मित्रहरूलाई पनि बोलाएका थिए। २५ पत्रुस भित्र पस्नेबित्तिकै कर्निलियसले तिनलाई भेटे र तिनको चरणमा घोप्टो परेर दण्डवत्‌ गरे। २६ तर उनलाई उठाउँदै पत्रुसले भने: “उठ्‌नुहोस्‌, म पनि त मानिस नै हुँ।”+ २७ तब उनीसित कुरा गर्दै पत्रुस भित्र पसे र त्यहाँ थुप्रै मानिस भेला भएर बसिरहेको देखे। २८ त्यसपछि तिनले यसो भने: “यहुदी भईकन अर्को जातिको मानिससित सङ्‌गत गर्नु वा भेट्‌नु कत्तिको अनुचित कुरा हो भनेर तपाईँहरूलाई राम्ररी थाहै छ।+ तैपनि कुनै मानिसलाई मैले अपवित्र वा अशुद्ध भन्‍नु हुँदैन+ भनेर परमेश्‍वरले मलाई प्रकट गर्नुभएको छ। २९ त्यसैले मलाई यहाँ बोलाइँदा म कुनै नाइँनास्ति नगरी आएँ। त्यसकारण तपाईँहरूले मलाई बोलाउनुको कारण म जान्‍न चाहन्छु।”

३० तब कर्निलियसले जवाफ दिए: “ठीक चार दिनअघि नवौँ घडीतिर* म आफ्नो घरमा प्रार्थना गर्दै थिएँ। त्यति नै बेला चम्किलो लुगा लगाएको एक जना मानिस मेरो अगाडि उभिए ३१ र तिनले भने, ‘कर्निलियस, परमेश्‍वरले तिम्रो प्रार्थना सुन्‍नुभएको छ र तिम्रो दानपुण्य सम्झनुभएको छ। ३२ अब जोप्पामा मानिसहरू पठाएर पत्रुस भनिने सिमोनलाई बोलाऊ। तिनी समुद्रनजिकै चर्मकार सिमोनको घरमा पाहुना बसेका छन्‌।’+ ३३ त्यसैले मैले तुरुन्तै तपाईँलाई बोलाउन पठाएँ र यहाँ आएर तपाईँले धेरै राम्रो गर्नुभयो। यहोवा* परमेश्‍वरले तपाईँलाई जे-जे भन्‍न आज्ञा दिनुभएको छ, ती सुन्‍न अहिले हामी सबै जना यहाँ परमेश्‍वरसामु उपस्थित भएका छौँ।”

३४ तब पत्रुसले यसो भन्दै बोल्न सुरु गरे: “अब मैले राम्ररी बुझेँ, परमेश्‍वर पक्षपाती हुनुहुन्‍न।+ ३५ बरु जुनसुकै जातिको भए तापनि जसले उहाँको डर मान्छ र सही काम गर्छ, उसलाई उहाँ स्विकार्नुहुन्छ।+ ३६ येसु ख्रिष्टद्वारा प्राप्त हुने शान्तिको सुसमाचार घोषणा+ गरेर उहाँले इस्राएलका सन्तानलाई यो सन्देश पठाउनुभयो कि येसु नै सबैको प्रभु हुनुहुन्छ।+ ३७ युहन्‍नाले बप्तिस्माबारे प्रचार गरेपछि गालिलदेखि+ सुरु भएर पूरै यहुदियाभरि कसको चर्चा हुन थाल्यो, त्यो त तपाईँहरूलाई थाहै छ; ३८ अर्थात्‌ नासरतबाट आउनुभएको येसुको। परमेश्‍वरले उहाँलाई पवित्र शक्‍ति अनि तागतले अभिषेक गर्नुभयो+ अनि उहाँ सारा देशभरि असल काम गर्दै र दियाबलले दबाइराखेकाहरूलाई+ निको पार्दै हिँड्‌नुभयो। परमेश्‍वर उहाँको साथमा हुनुभएकोले उहाँले यी सबै गर्न सक्नुभयो।+ ३९ उहाँले यहुदीहरूको देशमा अनि यरुसलेममा के-के गर्नुभयो, ती सबैको हामी साक्षी छौँ। तर तिनीहरूले उहाँलाई खम्बामा* टाँगेर मारे। ४० परमेश्‍वरले उहाँलाई तेस्रो दिनमा ब्युँताउनुभयो+ र अरूसामु प्रकट हुने अनुमति दिनुभयो। ४१ सबैकहाँ त होइन तर परमेश्‍वरले पहिल्यै रोज्नुभएका साक्षीहरू अर्थात्‌ हामीकहाँ, जसले उहाँ मृत्युबाट ब्युँतनुभएपछि उहाँसितै खानपिन गऱ्‍यौँ।+ ४२ साथै जिउँदा र मरिसकेका मानिसहरूको न्याय गर्न+ परमेश्‍वरले नियुक्‍त गर्नुभएको जन उहाँ नै हुनुहुन्छ भनेर मानिसहरूलाई प्रचार गर्न र राम्ररी साक्षी दिन उहाँले हामीलाई आदेश दिनुभयो।+ ४३ उहाँमाथि विश्‍वास गर्नेजति सबैले उहाँको नामद्वारा आफ्ना पापहरूको क्षमा पाउँछन्‌+ भनेर सबै भविष्यवक्‍ताले उहाँकै विषयमा साक्षी दिएका छन्‌।”+

४४ पत्रुसले यी कुरा भनिरहेकै बेला वचन सुन्‍नेजति सबैमाथि पवित्र शक्‍ति आयो।+ ४५ अन्यजातिका मानिसहरूले पनि परमेश्‍वरले सित्तैँमा दिनुहुने पवित्र शक्‍ति पाएको देखेर पत्रुससँगै आएका ती भाइहरू छक्क परे, जसको खतना भएको थियो। ४६ किनकि अन्यजातिका मानिसहरूले विभिन्‍न भाषामा बोलेको अनि परमेश्‍वरको प्रशंसा गरेको ती भाइहरूले सुने।+ तब पत्रुसले यसो भने: ४७ “हामीले जस्तै यिनीहरूले पनि पवित्र शक्‍ति पाएका छन्‌। त्यसैले यिनीहरूले पानीमा बप्तिस्मा गर्न मिल्दैन भनेर के कसैले रोक्न सक्छ र?”+ ४८ तब पत्रुसले येसु ख्रिष्टको नाममा उनीहरूको बप्तिस्मा गराउने आदेश दिए।+ त्यसपछि उनीहरूले तिनलाई अझै केही दिन बस्न आग्रह गरे।

११ अब यहुदियामा भएका प्रेषितहरू र भाइहरूले अन्यजातिका मानिसहरूले पनि परमेश्‍वरको वचन स्विकारेछन्‌ भनी सुने। २ त्यसैले जब पत्रुस यरुसलेम आए, तब खतनाका समर्थकहरूले+ तिनको आलोचना गर्न थाले।* ३ उनीहरूले यसो भने: “तपाईँले खतना नगरेका मानिसहरूको घरमा गएर तिनीहरूसँगै खानपिन गर्नुभयो।” ४ तब पत्रुसले उनीहरूलाई घटनाको पूरै विवरण यसरी सुनाउन थाले:

५ “जोप्पा सहरमा म प्रार्थना गर्दै थिएँ। तब मैले एउटा दर्शनमा* ठूलो तन्‍नाजस्तो केही चिज आकाशबाट झर्दै गरेको देखेँ। त्यसको चारै कुना समातेर त्यसलाई झारिँदै थियो र त्यो सीधै मकहाँ आयो।+ ६ त्यसलाई नियालेर हेर्दा मैले त्यसमा पृथ्वीका चारखुट्टे जनावर, जङ्‌गली जन्तु, घस्रने जन्तु अनि आकाशका चराहरू देखेँ। ७ अनि मलाई यसो भनेको आवाज मैले सुनेँ: ‘उठ पत्रुस, मारेर खाऊ!’ ८ तर मैले भनेँ: ‘नाइँ प्रभु किनकि अपवित्र अनि अशुद्ध थोक मैले कहिल्यै मुखमा हालेको छैनँ।’ ९ अनि दोस्रो पटक आकाशबाट फेरि यस्तो आवाज आयो, ‘परमेश्‍वरले शुद्ध पार्नुभएको कुरालाई तिमी अपवित्र भन्‍न छोड।’ १० तेस्रो पटक पनि त्यस्तै आवाज आयो अनि सबै थोक फेरि आकाशतिरै लगियो। ११ त्यत्ति नै खेर सिजरियाबाट मकहाँ पठाइएका तीन जना मानिस हामी बसेको घरको ढोकामा टुप्लुक्क आइपुगे।+ १२ अनि पवित्र शक्‍तिले मलाई कुनै शङ्‌का नगरी तिनीहरूसित जाऊ भन्यो। यी छ जना भाइ पनि मसँगै आए अनि हामी ती मानिसको घरभित्र पस्यौँ।

१३ “अनि तिनले आफ्नो घरमा स्वर्गदूत आएर यसो भनेको कुरा हामीलाई सुनाए: ‘जोप्पामा मानिसहरू पठाएर पत्रुस भनिने सिमोनलाई बोलाऊ+ १४ अनि तिनले तिमीलाई ती कुराहरू बताउनेछन्‌, जसद्वारा तिमी र तिम्रो घरमा हुनेहरूको उद्धार हुनेछ।’ १५ जब मैले बोल्न थालेँ, तब पवित्र शक्‍ति तिनीहरूमाथि आयो,+ जसरी सुरुमा हामीमाथि पनि आएको थियो। १६ तब प्रभुले भन्‍ने गर्नुभएको यो वचन मैले सम्झेँ, ‘युहन्‍नाले पानीमा बप्तिस्मा गराए+ तर तिमीहरूको बप्तिस्मा पवित्र शक्‍तिद्वारा हुनेछ।’+ १७ प्रभु येसु ख्रिष्टमाथि विश्‍वास गरेर हामीले परमेश्‍वरबाट जुन वरदान सित्तैँमा पायौँ, त्यही वरदान यदि उहाँले तिनीहरूलाई पनि दिनुभयो भने परमेश्‍वरलाई रोक्न सक्ने* म को हुँ र?”+

१८ यी कुरा सुनेपछि उनीहरूले विरोध गर्न छोडे* अनि यसो भन्दै परमेश्‍वरको महिमा गरे: “अन्यजातिका मानिसहरूले पनि जीवन पाऊन्‌ भनेर परमेश्‍वरले तिनीहरूलाई पश्‍चात्ताप गर्ने मौका दिनुभएको छ भनेर अब स्पष्ट भयो।”+

१९ स्तिफनसको घटनापछि आइपरेको सङ्‌कष्टले गर्दा तितरबितर भएकाहरू+ फोनिसिया, साइप्रस र एन्टिओकसम्मै पुगे तर तिनीहरूले यहुदीहरूलाई मात्र सुसमाचार सुनाए।+ २० तर तिनीहरूमध्ये कोही-कोही, जो साइप्रस र साइरेनीका थिए, तिनीहरू एन्टिओक आए र तिनीहरूले ग्रीकभाषीहरूलाई प्रभु येसुको सुसमाचार सुनाउन थाले। २१ साथै यहोवा* परमेश्‍वर तिनीहरूको साथमा हुनुहुन्थ्यो र थुप्रै मानिसले प्रभुमा विश्‍वास गर्न थाले र उहाँको चेला बने।+

२२ तिनीहरूको खबर यरुसलेममा भएको मण्डलीको कानमा पुग्यो अनि उनीहरूले बर्णाबासलाई+ एन्टिओक पठाए। २३ त्यहाँ पुगेर परमेश्‍वरको असीम अनुग्रह देखेपछि तिनी रमाए अनि तिनीहरू सबैलाई मनैदेखि प्रभुप्रति वफादार भइरहन प्रोत्साहन दिए।+ २४ तिनी असल मानिस थिए अनि पवित्र शक्‍ति र विश्‍वासले भरिपूर्ण थिए। अनि मानिसहरूको ठूलो जमातले प्रभुमा विश्‍वास गऱ्‍यो।+ २५ तब बर्णाबास सावललाई खोज्न टार्सस गए+ २६ अनि भेट्टाएपछि उनलाई एन्टिओक ल्याए। त्यसपछि तिनीहरू पूरै एक वर्ष त्यहाँको मण्डलीसित एकसाथ भेला भए र ठूलो जमातलाई सिकाए। यहीँ एन्टिओकमा पहिलो पटक चेलाहरूलाई ईश्‍वरीय निर्देशनद्वारा ‘ख्रिष्टियन’ भन्‍न थालियो।+

२७ ती दिनहरूमा केही भविष्यवक्‍ताहरू+ यरुसलेमबाट एन्टिओक आए। २८ तिनीहरूमध्ये एक जनाको नाम अगाबस+ थियो। पवित्र शक्‍तिको निर्देशन पाएर तिनले सारा पृथ्वीभरि ठूलो अनिकाल पर्नेछ+ भनी भविष्यवाणी गरे। तिनले भनेजस्तै क्लौडियसको समयमा साँच्चै अनिकाल पऱ्‍यो। २९ त्यसैले एन्टिओकका चेलाहरूले आ-आफ्नो औकातअनुसार यहुदियामा बस्ने भाइहरूलाई राहत सामग्री+ पठाउने निधो गरे।+ ३० तिनीहरूले त्यसै गरे; तिनीहरूले बर्णाबास र सावलको हातमा ती सामग्री एल्डरहरूकहाँ* पठाए।+

१२ त्यसैबेलातिर राजा हेरोदले मण्डलीका कसै-कसैको खेदो गर्न थाले।+ २ उनले युहन्‍नाको+ दाइ याकुबलाई तरबारले मारे।+ ३ यसबाट यहुदीहरू खुसी भएको देखेर उनी पत्रुसलाई पनि गिरफ्तार गर्न अघि सरे। (त्यतिबेला अखमिरा रोटीको चाड*+ चलिरहेको थियो।) ४ हेरोदले तिनलाई पक्रेर झ्यालखानामा हाले+ अनि चार-चार जना सैनिकको चार वटा समूह बनाएर पालैसित पहरा दिन खटाए किनकि उनले निस्तार चाड* सिद्धिएपछि तिनलाई जनतासामु उभ्याउने* विचार गरेका थिए। ५ त्यसैले पत्रुस झ्यालखानामै रहिरहे तर मण्डलीले तिनको लागि परमेश्‍वरलाई तनमनले प्रार्थना गरिरहेको थियो।+

६ हेरोदले पत्रुसलाई जनतासामु उभ्याउन चाहेको दिनको अघिल्लो रात तिनी दुई जना सैनिकको बीचमा सुतिरहेका थिए। तिनी दुइटा साङ्‌लोले बाँधिएका थिए अनि पहरेदारहरूले ढोकामा पहरा दिइरहेका थिए। ७ तर हेर! यहोवा* परमेश्‍वरका स्वर्गदूत तिनको छेवैमा उभिए+ अनि झ्यालखानाको त्यो कोठा उज्यालो भयो। ती स्वर्गदूतले पत्रुसको कोखामा थपथपाएर तिनलाई यसो भन्दै जगाए: “छिटो उठ!” अनि तिनको हातको साङ्‌लो खुस्कियो।+ ८ ती स्वर्गदूतले तिनलाई भने: “लुगा लगाऊ* र आफ्नो जुत्ताको फित्ता कस।” तिनले त्यसै गरे। फेरि उनले तिनलाई भने: “तिम्रो खास्टो ओढ र मेरो पछिपछि आऊ।” ९ अनि तिनी बाहिर निस्के र उनको पछिपछि लागे तर स्वर्गदूतले जे-जे गरिरहेका छन्‌, ती सबै साँच्चै भइरहेको हो भनेर तिनलाई थाह थिएन। वास्तवमा तिनले दर्शन* देखिरहेको छु भन्ठानेका थिए। १० जब तिनीहरू पहरेदारहरूको पहिलो र दोस्रो चौकी पार गरेर सहरतिर जाने फलामे ढोकामा पुगे, तब त्यो तिनीहरूका लागि आफसेआफ खुल्यो। बाहिर निस्केपछि तिनीहरू एउटा गल्लीमा पुगे; तब उत्तिखेरै ती स्वर्गदूत तिनलाई छोडेर गए। ११ तब पत्रुसले वास्तवमा के भइरहेको छ भनी बुझे र यसो भने: “अब भने मलाई थाह भयो, यहोवा* परमेश्‍वरले आफ्नो स्वर्गदूत पठाएर मलाई हेरोदको हातबाट छुटाउनुभएछ अनि यहुदीहरूले जे आशा गरिरहेका थिए, त्यस्तो हुनबाट बचाउनुभएछ।”+

१२ यो कुरा बुझेपछि तिनी मर्कुस भनिने युहन्‍नाकी+ आमा मरियमको घरमा गए। त्यहाँ धेरै जना चेला भेला भएर प्रार्थना गरिरहेका थिए। १३ तिनले मूलढोका ढकढक्याउँदा रोदा नाम गरेकी नोकर्नी ढोका खोल्न आइन्‌। १४ पत्रुसको स्वर चिनेपछि उनी असाध्यै खुसी भइन्‌ र ढोकै नखोली दगुर्दै भित्र फर्किन्‌ अनि पत्रुस बाहिर ढोकामा उभिरहेका छन्‌ भनेर खबर गरिन्‌। १५ उनीहरूले उनलाई भने: “तिमी बौलायौ कि के हो?” तर उनले पत्रुस साँच्चै आएका हुन्‌ भनेर जिद्दी गरिरहिन्‌। तब उनीहरूले भन्‍न थाले: “त्यसोभए त्यो तिनको स्वर्गदूत होला।” १६ तर पत्रुसले ढोका ढकढक्याइरहे। जब उनीहरूले ढोका खोले, तब तिनलाई देखेर उनीहरू छक्क परे। १७ तर तिनले हातले चुप लाग्ने इसारा गरे अनि यहोवा* परमेश्‍वरले तिनलाई कसरी झ्यालखानाबाट बाहिर ल्याउनुभयो भनी उनीहरूलाई सविस्तार सुनाए। त्यसपछि तिनले यसो भने: “यो कुरा याकुब+ र अरू भाइहरूलाई खबर गर।” तब त्यहाँबाट निस्केर तिनी अर्कै ठाउँमा गए।

१८ जब उज्यालो भयो, तब पत्रुस कहाँ गए होला भनेर सैनिकहरूबीच खैलाबैला मच्चियो। १९ हेरोदले तिनलाई धुइँधुइँती खोजे तर कतै नभेटेपछि उनले पहरेदारहरूलाई केरकार गरे अनि तिनीहरूलाई सजाय दिन हुकुम गरे।+ त्यसपछि उनी यहुदियाबाट सिजरिया ओर्ले र केही समय त्यहीँ बिताए।

२० उनी टायर र सिदोनका मानिसहरूसित निकै रिसाएका थिए।* त्यसैले त्यहाँका मानिसहरू एकै मतका भएर हेरोदसामु उपस्थित भए अनि राजघरानाको रेखदेख गर्ने बलस्तसलाई मनाएर तिनीहरूले शान्ति-प्रस्ताव अघि सारे किनकि तिनीहरूले हेरोदकै देशबाट खाद्यान्‍न पाउँथे। २१ तब तोकिएको दिनमा हेरोद शाही पोसाक पहिरिएर न्यायासनमा बसे अनि तिनीहरूसामु भाषण दिन थाले। २२ उनको कुरा सुनेर त्यहाँ भेला भएका मानिसहरू यसो भन्दै कराउन थाले: “यो त मानिसको होइन, देवताको बोली हो!” २३ परमेश्‍वरलाई महिमा नदिएकोले यहोवा* परमेश्‍वरका स्वर्गदूतले उत्तिखेरै उनलाई प्रहार गरे अनि स्याउँस्याउँती किरा परेर उनी मरे।

२४ तर यहोवा* परमेश्‍वरको वचन बढ्‌दै र फैलँदै गयो।+

२५ अर्कोतर्फ बर्णाबास+ र सावलचाहिँ यरुसलेममा राहत सामग्री वितरण गर्ने+ काम सकेर एन्टिओक फर्के। तिनीहरूले मर्कुस भनिने युहन्‍नालाई+ पनि आफूसँगै ल्याए।

१३ एन्टिओकको स्थानीय मण्डलीमा भविष्यवक्‍ता अनि शिक्षकहरू थिए।+ ती थिए: बर्णाबास, नाइजर भनिने सिमियोन, साइरेनीका लुसियस, प्रान्तीय शासक हेरोदका सहपाठी मनेन र सावल। २ उनीहरूले यहोवा* परमेश्‍वरको उपासना गर्दै अनि उपवास बस्दै गरेको बेला पवित्र शक्‍तिले भन्यो: “बर्णाबास र सावललाई+ मैले जुन काम गर्न बोलाएको हुँ,+ त्यसको लागि तिनीहरूलाई मेरो निम्ति अलग पार।” ३ अनि उपवास बसेपछि र प्रार्थना गरेपछि उनीहरूले बर्णाबास र सावलमाथि आफ्नो हात राखे अनि तिनीहरूलाई पठाए।

४ त्यसैले पवित्र शक्‍तिद्वारा पठाइएका यी मानिसहरू सिल्युसिया झरे अनि त्यहाँबाट समुद्री यात्रा गरेर साइप्रस गए। ५ सलामिस पुगेपछि तिनीहरूले यहुदीहरूका सभाघरहरूमा परमेश्‍वरको वचन प्रचार गर्न थाले। तिनीहरूसित युहन्‍ना पनि थिए, जसले तिनीहरूको सेवा गर्थे।+

६ पूरै टापुमा प्रचार गर्दै पाफोस पुगेपछि तिनीहरूले बार-येसु नाम गरेका यहुदीलाई भेटे, जो तान्त्रिक अनि झूटा भविष्यवक्‍ता थिए। ७ उनी प्रान्तीय राज्यपाल* सर्गियस पौलसकहाँ काम गर्थे। सर्गियस पौलस बुद्धिमान्‌ मानिस थिए। तिनले बर्णाबास अनि सावललाई आफूकहाँ बोलाए किनकि तिनी परमेश्‍वरको वचन सुन्‍न उत्सुक थिए। ८ तर तान्त्रिक इलुमासले (‘इलुमास’ नामको अनुवाद गर्दा अर्थ हुन्छ, तान्त्रिक) तिनीहरूको विरोध गर्न थाले अनि प्रान्तीय राज्यपाललाई प्रभुमाथि विश्‍वास गर्नदेखि रोक्न खोजे। ९ तर सावल, जसलाई पावल पनि भनिन्छ, तिनले पवित्र शक्‍तिले भरिएर उनलाई एकटक लगाएर हेरे १० र भने: “ए हरकिसिमको झूट अनि खराबीले भरिएको मानिस, तँ दियाबलको छोरो+ अनि हरेक न्यायोचित कामको शत्रु होस्‌। के तँ यहोवा* परमेश्‍वरको सही मार्गलाई बङ्‌ग्याउन छोड्‌दैनस्‌? ११ अब हेर्‌, तँमाथि यहोवा* परमेश्‍वरको हात परेको छ। तँ अन्धो हुनेछस्‌ र केही समय तैँले घामको उज्यालो देख्नेछैनस्‌।” नभन्दै उनको आँखामा बाक्लो कुहिरो लागेर उनलाई अन्धकारले छोप्यो र उनी आफ्नो हात समातेर डोऱ्‍याइदिने मानिस खोज्दै छामछाम-छुमछुम गर्न थाले। १२ यो देखेर प्रान्तीय राज्यपालले प्रभुमा विश्‍वास गरे किनकि यहोवा* परमेश्‍वरको विषयमा सुनेर तिनी दङ्‌ग परेका थिए।

१३ तब पावल र तिनका साथीहरू पाफोसबाट जहाज चढेर पाम्फिलियाको पर्गा पुगे। तर युहन्‍ना+ तिनीहरूलाई छोडेर यरुसलेम फर्के।+ १४ तिनीहरूचाहिँ पर्गाबाट पिसिदियाको एन्टिओक गए र विश्रामदिनमा* सभाघरभित्र गएर बसे।+ १५ तब मोसाको व्यवस्था र भविष्यवक्‍ताहरूको पुस्तक जनसमक्ष पढ्‌ने काम सिद्धिएपछि+ सभाघरका पदाधिकारीहरूले पावल र बर्णाबासलाई यस्तो आग्रह गरे: “भाइहरू हो, यदि तपाईँहरूसित मानिसहरूका निम्ति प्रोत्साहनका दुई-चार शब्द छन्‌ भने कृपया सुनाउनुहोस्‌।” १६ तब पावल खडा भए अनि हातले सबैलाई शान्त हुने इसारा गर्दै यसो भने:

“हे इस्राएलीहरू अनि परमेश्‍वरको भय मान्‍ने अरू मानिसहरू हो, मेरो कुरा सुन्‍नुहोस्‌। १७ इस्राएलीहरूका परमेश्‍वरले हाम्रा पुर्खाहरूलाई रोज्नुभयो र तिनीहरू मिश्र देशमा प्रवासी भएर बसेको बेला उहाँले तिनीहरूलाई उच्च पार्नुभयो र आफ्नो पराक्रमी बाहुलीले त्यहाँबाट निकालेर ल्याउनुभयो।+ १८ अनि लगभग ४० वर्षसम्म उहाँले निर्जनभूमिमा तिनीहरूलाई सहनुभयो।+ १९ कनान देशका सात जातिलाई नाश गरेपछि उहाँले इस्राएलीहरूलाई त्यहाँको जमिन पैतृक सम्पत्तिको रूपमा दिनुभयो।+ २० यी सबै कुरा ४५० वर्षको दौडान भएका थिए।

“त्यसपछि भविष्यवक्‍ता समुएलको दिनसम्म उहाँले तिनीहरूलाई न्यायकर्ताहरू दिनुभयो।+ २१ तर त्यसपछि तिनीहरूले राजा मागे।+ त्यसैले परमेश्‍वरले किसका छोरा साउललाई रोज्नुभयो, जो बिन्यामिनको कुलका थिए+ र तिनलाई ४० वर्षसम्म तिनीहरूको राजा बनाउनुभयो। २२ तिनलाई पदच्युत गरेपछि उहाँले दाउदलाई तिनीहरूको राजा बनाउनुभयो,+ जसको विषयमा उहाँ आफैले यस्तो साक्षी दिनुभयो: ‘मैले यिसैको छोरा+ दाउदलाई भेट्टाएको छु। ऊ मलाई मन पर्ने मानिस+ हो र मैले इच्छा गरेको सबै कुरा उसले पूरा गर्नेछ।’ २३ यिनै मानिसको सन्तानबाट परमेश्‍वरले आफ्नो प्रतिज्ञाबमोजिम इस्राएलीहरूलाई एक जना उद्धारक अर्थात्‌ येसु दिनुभयो।+ २४ उहाँ आउनुभन्दा अघि युहन्‍नाले सबै इस्राएलीलाई आफ्ना पापहरूको निम्ति पश्‍चात्ताप गर्न र त्यसको प्रतीकस्वरूप बप्तिस्मा गर्न प्रचार गरेका थिए।+ २५ तर आफ्नो सेवाको अन्ततिर युहन्‍ना तिनीहरूलाई यसरी सोध्ने गर्थे: ‘तिमीहरू मलाई को भन्ठान्छौ? म उहाँ होइनँ। तर हेर, एक जना आउँदै हुनुहुन्छ, जसको खुट्टाको जुत्ता फुकाल्न समेत म लायकको छैनँ।’+

२६ “हे भाइहरू, अब्राहामका सन्तान अनि परमेश्‍वरको भय मान्‍ने अरू मानिसहरू हो, उद्धारको यो वचन परमेश्‍वरले हामीकहाँ पठाउनुभएको छ।+ २७ तर यरुसलेमका बासिन्दाहरूले अनि तिनीहरूका शासकहरूले उहाँलाई चिनेनन्‌। बरु उहाँको विषयमा फैसला गर्दा उल्टै तिनीहरूले भविष्यवक्‍ताहरूका ती वचन पूरा गरे,+ जुन हरेक विश्रामदिनमा ठूलो स्वरले पढ्‌ने गरिन्छ। २८ मृत्युदण्ड दिन योग्य कुनै कुरा तिनीहरूले उहाँमा फेला पारेनन्‌+ तैपनि उहाँलाई मृत्युदण्ड दिन तिनीहरूले पिलातससित माग गरे।+ २९ यसरी उहाँको विषयमा लेखिएका सबै कुरा तिनीहरूले पूरा गरिसकेपछि उहाँलाई खम्बाबाट* तल झारे अनि चिहानमा लगेर राखे।+ ३० तर परमेश्‍वरले उहाँलाई मृत्युबाट ब्युँताउनुभयो।+ ३१ अनि धेरै दिनसम्म उहाँ ती मानिसहरूसामु देखा परिरहनुभयो, जो उहाँसित गालिलबाट यरुसलेम गएका थिए। तिनीहरूले अहिले उहाँको विषयमा मानिसहरूलाई साक्षी दिइरहेका छन्‌।+

३२ “त्यसैले हाम्रा पुर्खाहरूसित गरिएको प्रतिज्ञासित सम्बन्धित सुसमाचार हामी तपाईँहरूलाई सुनाउँदै छौँ। ३३ येसुलाई फेरि जीवित पारेर परमेश्‍वरले तिनीहरूका सन्तान अर्थात्‌ हाम्रो निम्ति त्यस प्रतिज्ञाको हरेक पक्ष पूरा गर्नुभएको छ,+ जस्तो दोस्रो भजनमा पनि लेखिएको छ: ‘तिमी मेरो छोरा हौ। म आज तिम्रो बुबा बनेको छु।’+ ३४ परमेश्‍वरले उहाँलाई मृत्युबाट फेरि जीवित पार्नुभयो र उहाँलाई कहिल्यै कुहिन नदिने निश्‍चय गर्नुभयो, जुन उहाँले भन्‍नुभएको यो वचनबाट पनि प्रस्ट हुन्छ: ‘म तिमीहरूलाई मैले दाउदलाई प्रतिज्ञा गरेको अटल प्रेम* देखाउनेछु। यो प्रतिज्ञा भरोसायोग्य छ।’+ ३५ तसर्थ अर्को भजनमा उहाँ यसो पनि भन्‍नुहुन्छ: ‘तपाईँले आफ्नो वफादार जनलाई कुहिन दिनुहुनेछैन।’+ ३६ एकातर्फ जहाँसम्म दाउदको कुरा छ, तिनले आफ्नो जीवनभर परमेश्‍वरको सेवा गरे* अनि मृत्युको चिर निद्रामा परे। तिनी आफ्ना पुर्खाहरूसित गाडिए र तिनी कुहिनुपऱ्‍यो।+ ३७ तर अर्कोतर्फ जसलाई परमेश्‍वरले ब्युँताउनुभयो, उहाँ भने कुहिनु परेन।+

३८ “त्यसैले हे भाइहरू हो, तपाईँहरूलाई यो कुरा थाह होस्‌, यही येसुद्वारा पापको क्षमा पाउन सकिन्छ भनेर हामी तपाईँहरूलाई प्रचार गर्दै छौँ।+ ३९ अनि ज-जसले येसुमाथि विश्‍वास गर्छन्‌, तिनीहरू सबै मोसाको व्यवस्थाले+ निर्दोष साबित गर्न नसकेका कुराहरूबाट निर्दोष साबित हुनेछन्‌+ भनेर पनि हामी प्रचार गर्दै छौँ। ४० त्यसैले होसियार हुनुहोस्‌ नत्र त भविष्यवक्‍ताहरूको पुस्तकमा लेखिएको यो वचन तपाईँहरूमाथि आइपर्नेछ: ४१ ‘हे खिसी गर्नेहरू हो, मेरो काम हेर अनि अचम्म मान र नाश भइजाओ किनकि तिमीहरूको पालामा म यस्तो काम गर्दै छु, जुन कामको विषयमा कसैले सविस्तार बतायो भने पनि तिमीहरूले कदापि पत्याउनेछैनौ।’”+

४२ तिनीहरू सभाघरबाट बाहिर निस्किरहेको बेला मानिसहरूले अर्को विश्रामदिनमा ती कुराहरू फेरि सुनाइदिन बिन्ती गरे। ४३ सभाघरको सभा विसर्जन भएपछि धेरै यहुदीका साथै धर्म परिवर्तन गरेर यहुदी भएकाहरू, जसले परमेश्‍वरको उपासना गर्थे, उनीहरू पनि पावल र बर्णाबासको पछि लागे। तब तिनीहरूले ती मानिसहरूसित कुराकानी गरे र परमेश्‍वरको असीम अनुग्रह पाउन योग्य भइरहन प्रोत्साहन दिए।+

४४ अर्को विश्रामदिनमा यहोवा* परमेश्‍वरको वचन सुन्‍न लगभग पूरै सहर उर्लिएर आयो। ४५ मानिसहरूको भीड देखेर यहुदीहरू डाहले भरिए अनि पावलले भनेका कुराहरूको खण्डन गरेर तिनीहरूले तिनको कुराको निन्दा गर्न थाले।+ ४६ तब पावल र बर्णाबासले साहसी भएर तिनीहरूलाई यसो भने: “परमेश्‍वरको वचन सर्वप्रथम तपाईँहरूलाई सुनाउनु आवश्‍यक थियो।+ तर तपाईँहरू त्यसलाई इन्कार गर्दै हुनुहुन्छ र आफैलाई अनन्त जीवन पाउन अयोग्य साबित गर्दै हुनुहुन्छ। त्यसैले हेर्नुहोस्‌, अब हामी अन्यजातिका मानिसहरूकहाँ जाँदै छौँ।+ ४७ किनकि यहोवा* परमेश्‍वरले हामीलाई यस्तो आज्ञा दिनुभएको छ, ‘मानिसहरूको उद्धार गर्ने मेरो माध्यमबारे पृथ्वीको कुनाकुनासम्म गएर घोषणा गर्न मैले तिमीलाई जातिजातिका मानिसहरूका लागि ज्योति नियुक्‍त गरेको छु।’”+

४८ यो कुरा सुनेर अन्यजातिका मानिसहरू रमाए अनि यहोवा* परमेश्‍वरको वचनको प्रशंसा गर्न थाले। साथै ज-जससित अनन्त जीवन पाउन लायकको उचित मनसाय थियो, तिनीहरू सबैले प्रभुमा विश्‍वास गरे। ४९ यसबाहेक यहोवा* परमेश्‍वरको वचन पूरै देशभरि फैलँदै गयो। ५० तर यहुदीहरूले परमेश्‍वरको उपासना गर्ने गण्यमान्य स्त्रीहरू अनि सहरका मुख्य-मुख्य पुरुषहरूलाई भड्‌काए। उनीहरूले पावल र बर्णाबासको खेदो गरे+ अनि तिनीहरूलाई सहरबाहिर धपाए। ५१ त्यसैले तिनीहरूले आफ्नो पैतालाको धुलो टकटक्याए*+ अनि आइकोनियम गए। ५२ अनि चेलाहरू रमाहट+ र पवित्र शक्‍तिले भरिपूर्ण भइरहे।

१४ अब आइकोनियममा यहुदीहरूको सभाघरभित्र पसेर पावल र बर्णाबासले यत्ति राम्ररी बोले कि यहुदी र ग्रीकहरूको ठूलो जमातले प्रभुमा विश्‍वास गर्न थाल्यो। २ तर विश्‍वास नगर्ने यहुदीहरूले अन्यजातिका मानिसहरूलाई भड्‌काएर भाइहरूविरुद्ध रुष्ट बनाए।+ ३ यहोवा* परमेश्‍वरबाट अख्तियार पाएको हुनाले पावल र बर्णाबासले साहसी भई निकै समय बोले। साथै तिनीहरूले सुनाइरहेको परमेश्‍वरको असीम अनुग्रहको वचन उहाँकै तर्फबाट हो भनेर देखाउन उहाँले तिनीहरूको हातबाट चमत्कार अनि आश्‍चर्यजनक कार्यहरू गराउनुभयो।+ ४ तर सहरका मानिसहरूमा फूट उत्पन्‍न भयो अनि कसैले यहुदीहरूको पक्ष लिए भने कसैले प्रेषितहरूको। ५ अन्यजातिका मानिसहरूले अनि यहुदीहरू र उनीहरूका शासकहरूले पावल र बर्णाबासको बेइज्जत गर्ने र तिनीहरूलाई ढुङ्‌गाले हान्‍ने योजना बनाए।+ ६ तर यसको सुइँको पाएर तिनीहरू लाइकाओनियाका सहरहरू अर्थात्‌ लिस्त्रा र डर्बी अनि त्यसको वरपरका इलाकाहरूमा भागे।+ ७ त्यहाँ तिनीहरू सुसमाचार सुनाउँदै हिँडे।

८ लिस्त्रामा एक जना अपाङ्‌ग मानिस बसिरहेको थियो। जन्मैदेखि लङ्‌गडो भएकोले ऊ कहिल्यै हिँडेको थिएन। ९ त्यस मानिसले पावलको कुरा सुनिरहेको थियो। अनि पावलले उसलाई एकटक लगाएर हेरे र उसमा निको पार्न लायकको विश्‍वास छ भन्‍ने देखेपछि+ १० तिनले ठूलो स्वरमा यसो भने: “आफ्नो खुट्टाको भरमा उठ।” ऊ बुर्लुक्क उफ्रियो र हिँड्‌न थाल्यो।+ ११ पावलको यो काम देखेपछि भीडले लाइकाओनियाली भाषामा ठूलो स्वरमा यसो भन्यो: “देवताहरू मानिसको भेषमा हामीकहाँ आएछन्‌!”+ १२ तिनीहरूले बर्णाबासलाई ज्युस देवता तर पावललाई चाहिँ हर्मेस देवता भन्‍न थाले किनकि अघि सरेर बोल्ने तिनी नै थिए। १३ तब सहरको मूलढोकानेर भएको ज्युसको मन्दिरका पुजारीले मूलढोकामा बहरहरू र फूलमाला ल्याए अनि भीडसित मिलेर बलि चढाउने इच्छा गरे।

१४ तर जब प्रेषित बर्णाबास र प्रेषित पावलले यो कुरा सुने, तब तिनीहरूले आफ्नो लुगा च्याते अनि भीडमा हामफालेर यसो भन्दै चिच्याए: १५ “हे मानिसहरू हो, तपाईँहरू किन यस्तो काम गर्नुहुन्छ? हामी पनि त तपाईँहरूजस्तै कमीकमजोरी भएका मानिसहरू हौँ।+ अनि यी निरर्थक कुराहरूबाट फर्केर आकाश, पृथ्वी र समुद्र अनि तिनमा भएका सबै थोक बनाउनुहुने+ जीवित परमेश्‍वरकहाँ आउनुहोस्‌ भनेर तपाईँहरूलाई सुसमाचार सुनाउन आएका हौँ। १६ विगतमा उहाँले सबै जातिका मानिसहरूलाई आ-आफ्नै मार्गमा चल्न दिनुभयो।+ १७ तैपनि भलो हुने काम गरेर उहाँले आफ्नो विषयमा साक्षी दिइरहनुभयो+ अर्थात्‌ उहाँले तपाईँहरूलाई आकाशबाट वर्षा अनि ऋतुअनुसार प्रशस्त बाली दिनुभयो+ र खानेकुराले तृप्त पार्नुभयो अनि आनन्दले तपाईँहरूको हृदय भरिदिनुभयो।”+ १८ यति भनिसकेपछि पनि तिनीहरूको निम्ति बलि चढाउनदेखि भीडलाई रोक्न तिनीहरूलाई हम्मेहम्मे पऱ्‍यो।

१९ तब एन्टिओक र आइकोनियमबाट आइपुगेका यहुदीहरूले भीडलाई उक्साए।+ अनि तिनीहरूले पावललाई ढुङ्‌गाले हाने र तिनी मरे होलान्‌ भन्ठानेर सहरबाहिर घिसार्दै लगे।+ २० तर जब चेलाहरू तिनको वरिपरि उभिए, तिनी उठे र सहरभित्र पसे। अनि भोलिपल्ट बर्णाबाससँग डर्बी गए।+ २१ त्यस सहरमा सुसमाचार प्रचार गरेर थुप्रै चेला बनाइसकेपछि तिनीहरू फर्केर लिस्त्रा, आइकोनियम र एन्टिओक गए। २२ त्यहाँ तिनीहरूले चेलाहरूलाई ढाडस दिए+ र विश्‍वासमा रहिरहन प्रोत्साहन दिँदै यसो भने: “हामी धेरै सङ्‌कष्ट सहेर परमेश्‍वरको राज्यमा पस्नेछौँ।”+ २३ यसबाहेक तिनीहरूले प्रत्येक मण्डलीमा एल्डरहरू नियुक्‍त गरे+ अनि प्रार्थना गर्नुका साथै उपवास बसेपछि+ तिनीहरूले यी एल्डरहरूलाई यहोवा* परमेश्‍वरको जिम्मा लगाए, जुन परमेश्‍वरमाथि यिनीहरूले विश्‍वास गरेका थिए।

२४ त्यसपछि तिनीहरू पिसिदिया हुँदै पाम्फिलिया+ आइपुगे। २५ अनि पर्गामा वचन प्रचार गरिसकेपछि तिनीहरू अटालिया झरे। २६ त्यहाँबाट समुद्री यात्रा गरेर तिनीहरू एन्टिओक गए। यो त्यही ठाउँ थियो, जहाँ तिनीहरूले आफ्नो काम पूरा गर्न सकून्‌ भनेर भाइहरूले तिनीहरूमाथि परमेश्‍वरको असीम अनुग्रहको निम्ति बिन्ती चढाएका थिए। अनि अहिले तिनीहरूले त्यो काम पूरा गरिसकेका थिए।+

२७ त्यहाँ पुगेर मण्डलीलाई एकसाथ भेला गराइसकेपछि परमेश्‍वरले कसरी तिनीहरूमार्फत थुप्रै काम गर्नुभयो अनि अन्यजातिहरूले पनि प्रभुमा विश्‍वास गरून्‌ भनेर उहाँले कसरी ढोका खोलिदिनुभयो, त्यो तिनीहरूले सुनाए।+ २८ अनि तिनीहरूले चेलाहरूसित निकै समय बिताए।

१५ यहुदियाबाट केही मानिसहरू आएर भाइहरूलाई यसो भनेर सिकाउन थाले: “मोसाको व्यवस्थाअनुसार खतना+ नगरेसम्म तपाईँहरूको उद्धार हुन सक्दैन।” २ पावल र बर्णाबासको उनीहरूसित निकै मतभेद र बहस भएपछि यस विषयमा कुरा गर्न पावल र बर्णाबासका साथै अरू केही भाइहरूलाई यरुसलेममा+ भएका प्रेषितहरू र एल्डरहरूकहाँ पठाउने प्रबन्ध मिलाइयो।

३ त्यसैले मण्डलीले तिनीहरूलाई केही परसम्म पुऱ्‍याइसकेपछि फोनिसिया र सामरिया हुँदै ती मानिसहरूले आफ्नो यात्रा जारी राखे। अनि अन्यजातिका मानिसहरूले गरेको धर्म परिवर्तनबारे सविस्तार सुनाए र यो सुनेर सबै भाइहरू असाध्यै रमाए। ४ तिनीहरू यरुसलेम पुग्दा मण्डलीले, प्रेषितहरूले अनि एल्डरहरूले न्यानो स्वागत गरे। अनि पावल र बर्णाबासले उनीहरूलाई आफूहरूमार्फत परमेश्‍वरले गर्नुभएका थुप्रै कामका विषयमा बताए। ५ तर फरिसी गुटका केही मानिसहरू, जसले प्रभुमा विश्‍वास गर्न थालेका थिए, उनीहरू आफू बसेको ठाउँबाट उठे र भने: “तिनीहरूको खतना गराउनुपर्छ अनि तिनीहरूलाई मोसाको व्यवस्था पालन गर्ने आदेश दिनुपर्छ।”+

६ यस विषयमा छलफल गर्न प्रेषितहरू र एल्डरहरू एकै ठाउँमा भेला भए। ७ चर्को बहस भइसकेपछि पत्रुस उभिए र उनीहरूलाई भने: “भाइहरू हो, तपाईँहरूलाई थाहै छ, अन्यजातिका मानिसहरूले मेरो मुखबाट सुसमाचार सुनून्‌ र विश्‍वास गरून्‌ भनेर परमेश्‍वरले सुरुदेखि तपाईँहरूको माझबाट मलाई रोज्नुभयो।+ ८ अनि हृदयको कुरा जान्‍नुहुने परमेश्‍वरले+ हामीलाई जस्तै उनीहरूलाई पनि पवित्र शक्‍ति दिएर+ उनीहरूलाई रोजेको प्रमाण दिनुभयो। ९ हामी र उनीहरूबीच उहाँले कुनै भेदभाव गर्नुभएन+ तर विश्‍वासद्वारा उनीहरूको हृदय शुद्ध पार्नुभयो।+ १० त्यसैले अब तपाईँहरू ती चेलाहरूको गर्दनमा किन यस्तो जुवा लादेर परमेश्‍वरको परीक्षा लिनुहुन्छ,+ जुन न हाम्रा पुर्खाहरूले बोक्न सके न त हामीले नै बोक्न सक्यौँ?+ ११ बरु प्रभु येसुको असीम अनुग्रहद्वारा उद्धार पाउँछौँ + भनी हामी विश्‍वास गर्छौँ अनि ती मानिसहरू पनि त्यसै गर्छन्‌।”+

१२ यो सुनेर सबै जना चुप लागे अनि परमेश्‍वरले आफूहरूमार्फत अन्यजातिहरूबीच गर्नुभएका थुप्रै चमत्कार अनि आश्‍चर्यजनक कार्यबारे बर्णाबास र पावलले बताउँदा उनीहरूले सुन्‍न थाले। १३ तिनीहरू बोल्न छोडेपछि याकुबले यसो भने: “भाइहरू हो, मेरो कुरा सुन्‍नुहोस्‌। १४ अन्यजातिमध्येबाट आफ्नो नामको लागि मानिसहरू छान्‍न+ परमेश्‍वरले कसरी पहिलो चोटि तिनीहरूतर्फ ध्यान दिनुभयो भनेर सिमियोनले+ विस्तृत रूपमा बताइसकेका छन्‌। १५ अनि भविष्यवक्‍ताहरूले बताएको कुरा पनि यससित मेल खान्छ, जस्तो लेखिएको छ: १६ ‘यी कुराहरूपछि म फर्कनेछु र दाउदको भत्किएको वासस्थान* पुनर्निर्माण गर्नेछु; त्यसको भग्नावशेषलाई बनाउनेछु र त्यसलाई फेरि ठड्‌याउनेछु १७ ताकि बाँकी रहेका मानिसहरूले सबै राष्ट्रका मानिसहरूसित मिलेर जोडतोडले यहोवा* परमेश्‍वरको खोजी गर्न सकून्‌, जसको विषयमा यी सबै काम गर्ने यहोवा* परमेश्‍वर भन्‍नुहुन्छ, यी मेरो नामद्वारा पुकारिने मानिसहरू हुन्‌।+ १८ उहाँले निकै पहिले यसो गर्ने निर्णय गरिसक्नुभएको थियो।’+ १९ त्यसकारण मेरो निर्णय* यो छ, परमेश्‍वरतर्फ फर्किरहेका अन्यजातिहरूलाई हामी दुःख नदेऔँ।+ २० बरु मूर्तिपूजाद्वारा अपवित्र भएका कुराहरू,+ अवैध यौनसम्बन्ध,*+ गला अँठ्‌याएर मारिएको जनावरको मासु* र रगतबाट+ अलग रहनू भनेर लेखौँ। २१ मोसाका पुस्तकहरूमा लेखिएका कुराहरू प्रचार गर्ने मानिसहरू प्राचीन समयदेखि नै सहरैपिच्छे छन्‌ किनकि हरेक विश्रामदिनमा* तिनीहरूले सभाघरहरूमा ठूलो स्वरले यी पुस्तकहरू पढ्‌ने गर्छन्‌।”+

२२ तब प्रेषितहरू र एल्डरहरूले अनि सम्पूर्ण मण्डलीले आफूहरूमध्येबाट केही भाइलाई रोजेर पावल र बर्णाबाससित एन्टिओक पठाउने निर्णय गरे; तिनीहरूले भाइहरूमाझ अगुवाइ लिइरहेका बर्साबास भनिने यहुदा र सिलासलाई+ पठाए। २३ तिनीहरूले यस्तो पत्र लेखेर यी भाइहरूको हातमा पठाए:

“तपाईँहरूका भाइहरू अर्थात्‌ प्रेषितहरू र एल्डरहरूको तर्फबाट एन्टिओक,+ सिरिया र सिलिसियाका गैर-यहुदी भाइहरूलाई अभिवादन! २४ हाम्रा केही मानिसहरूले तपाईँहरूलाई आफ्नो वचनद्वारा दुःख दिएर तपाईँहरूको पतन गराउन खोजेका छन्‌ भनेर हामीले सुन्यौँ + तर हामीले तिनीहरूलाई त्यसो गर्ने कुनै निर्देशन दिएका थिएनौँ। २५ त्यसैले हाम्रो सर्वसम्मतिद्वारा केही भाइलाई रोजेर हाम्रा प्रिय बर्णाबास र पावलसित तपाईँहरूकहाँ पठाउने निर्णय हामीले गऱ्‍यौँ। २६ यी दुवैले हाम्रा प्रभु येसु ख्रिष्टको नामको खातिर आफ्नो ज्यानको खतरा मोलेका छन्‌।+ २७ यस पत्रमा लेखिएका कुराहरू यहुदा र सिलासले पनि आफ्नो मुखैले बताऊन्‌ भनेर हामी तिनीहरूलाई पठाउँदै छौँ।+ २८ पवित्र शक्‍ति+ र हामीलाई यी आवश्‍यक कुराहरूबाहेक अरू थप बोझ तपाईँहरूलाई नबोकाउन उचित लाग्यो: २९ मूर्तिलाई बलि चढाइएका थोकहरू,+ रगत,+ गला अँठ्‌याएर मारिएको जनावरको मासु*+ र अवैध यौनसम्बन्धबाट*+ सधैँ अलग रहनुहोस्‌। यी कुराहरूबाट अलग रहन होसियार हुनुभयो भने तपाईँहरूको कल्याण हुनेछ। तपाईँहरूको भलो होस्‌!”*

३० त्यसैले ती मानिसहरू बिदा भएर एन्टिओक झरे अनि थुप्रै चेलालाई भेला गरेर त्यो पत्र बुझाए। ३१ त्यो पत्र पढेपछि चेलाहरू त्यसबाट पाएको प्रोत्साहनले गर्दा रमाए। ३२ साथै यहुदा र सिलास पनि भविष्यवक्‍ताहरू भएकोले तिनीहरूले धेरै भाषण दिएर भाइहरूलाई प्रोत्साहन दिनुका साथै सुदृढ पारे।+ ३३ यसरी भाइहरूसित केही समय बिताइसकेपछि बिदाबारी गरेर तिनीहरू यरुसलेम फर्के। ३४ *— ३५ तर पावल र बर्णाबास भने एन्टिओकमै बसे अनि तिनीहरूले अरू धेरै जनासित मिलेर यहोवा* परमेश्‍वरको वचनको सुसमाचार प्रचार गरे र सिकाए।

३६ केही दिनपछि पावलले बर्णाबासलाई यसो भने: “आऊ, हामीले जुन-जुन सहरमा यहोवा* परमेश्‍वरको वचन प्रचार गरेका थियौँ, त्यहाँ फेरि गएर* भाइहरूलाई भेटौँ र तिनीहरूको हालखबर बुझौँ।”+ ३७ बर्णाबासले मर्कुस भनिने युहन्‍नालाई+ पनि सँगै लैजाने निश्‍चय गरेका थिए। ३८ तर पावल भने उनलाई सँगै लैजाने पक्षमा थिएनन्‌ किनकि उनी तिनीहरूको काममा साथ नदिई तिनीहरूलाई पाम्फिलियाबाट छोडेर गएका थिए।+ ३९ यो कुरामा तिनीहरूबीच चर्को भनाभन भयो र तिनीहरू एकअर्काबाट छुट्टिए। तब बर्णाबासले+ मर्कुसलाई आफूसित लगे अनि समुद्री यात्रा गरेर साइप्रसतिर लागे। ४० पावलले भने सिलासलाई रोजे अनि भाइहरूले पावलमाथि यहोवा* परमेश्‍वरको असीम अनुग्रह रहोस्‌ भनेर बिन्ती चढाएपछि तिनी आफ्नो बाटो लागे।+ ४१ मण्डलीहरूलाई सुदृढ बनाउँदै तिनी सिरिया र सिलिसियाको इलाकाभरि गए।

१६ तब पावल यात्रा गर्दै डर्बी र लिस्त्रामा पनि आइपुगे।+ त्यहाँ तिमोथि+ नाम गरेका एक जना चेला थिए। उनकी आमा प्रभुमा विश्‍वास गर्ने यहुदी स्त्री थिइन्‌ तर उनका बुबा भने ग्रीक थिए। २ लिस्त्रा र आइकोनियमका भाइहरूले उनको असाध्यै तारिफ गर्थे। ३ पावलले तिमोथिलाई आफूसँगै लैजाने इच्छा व्यक्‍त गरे। ती ठाउँहरूमा भएका यहुदीहरूको कारण पावलले उनलाई आफूसँगै लगेर खतना गराए+ किनकि उनका बुबा ग्रीक हुन्‌ भनेर सबैलाई थाह थियो। ४ तिनीहरू जुन-जुन सहर जान्थे, त्यहाँ-त्यहाँ यरुसलेमका प्रेषितहरू र एल्डरहरूले गरेको फैसला सुनाएर ती पालन गर्नू भनी बताउँथे।+ ५ अनि मण्डलीमा हुनेहरूको विश्‍वास बलियो हुँदै जानुका साथै उनीहरूको सङ्‌ख्या पनि दिनप्रतिदिन बढ्‌दै गयो।

६ त्यसपछि तिनीहरू फ्रिजिया र गलातियाको इलाका हुँदै गए+ किनकि पवित्र शक्‍तिले तिनीहरूलाई एसिया प्रान्तमा परमेश्‍वरको वचन प्रचार गर्न निषेध गरेको थियो। ७ अनि माइसिया झरेपछि तिनीहरूले बिथिनिया+ जाने प्रयास गरे तर येसुले पवित्र शक्‍तिद्वारा तिनीहरूलाई त्यहाँ जाने अनुमति दिनुभएन। ८ त्यसैले तिनीहरू माइसिया हुँदै त्रोआस आइपुगे। ९ अनि राती पावलले एउटा दर्शन* देखे—एक जना म्यासिडोनियाली पुरुष खडा भएर तिनलाई यस्तो बिन्ती गरिरहेका थिए: “म्यासिडोनिया आउनुहोस्‌ र हामीलाई मदत गर्नुहोस्‌।” १० पावलले दर्शन देख्नेबित्तिकै हामी म्यासिडोनियातिर लाग्यौँ किनकि उनीहरूलाई सुसमाचार सुनाउन परमेश्‍वरले हामीलाई बोलाउनुभएको हो भन्‍ने निष्कर्षमा हामी पुगेका थियौँ।

११ त्यसैले हामी त्रोआसबाट जहाज चढेर बीचमा कतै नरोकी सीधै सामोथ्रेस गयौँ र भोलिपल्ट नियापोलिस आइपुग्यौँ। १२ अनि त्यहाँबाट फिलिप्पी+ गयौँ। यो रोमी उपनिवेश हो र म्यासिडोनिया प्रान्तको प्रमुख सहर पनि हो। हामीले यहाँ केही दिन बितायौँ। १३ विश्रामदिनमा* हामी सहरको ढोकाबाहिर निस्केर नदीको किनारामा गयौँ किनकि त्यहाँ प्रार्थना गर्ने ठाउँ हुनुपर्छ भनी हामीले अनुमान लगाएका थियौँ। हामी त्यहीँ बस्यौँ र त्यहाँ भेला भएका स्त्रीहरूसित कुरा गर्न थाल्यौँ। १४ थिआटिरा+ सहरकी लिडिया नाम गरेकी एउटी स्त्रीले हाम्रो कुरा सुनिरहेकी थिइन्‌। उनी बैजनी वस्त्रको* व्यापारी थिइन्‌ र परमेश्‍वरको उपासना गर्थिन्‌। पावलले भनिरहेका कुराहरू उनले ध्यान दिएर सुनून्‌ भनेर यहोवा* परमेश्‍वरले उनको हृदय खोलिदिनुभयो। १५ उनी र उनको घरमा हुने सबैको बप्तिस्मा भएपछि+ उनले हामीलाई यसरी बिन्ती गरिन्‌: “यदि तपाईँहरू म यहोवा* परमेश्‍वरप्रति वफादार छु भनी सम्झनुहुन्छ भने कृपया मेरो घरमा आएर बस्नुहोस्‌।” उनले कर गरेर हामीलाई आफ्नो घर लगिछाडिन्‌।

१६ एक चोटि प्रार्थना गर्ने ठाउँतिर गइरहेको बेला एउटी नोकर्नीसित हाम्रो भेट भयो। उसमा भविष्य बताउने प्रेत* बास गरेको+ थियो र उसले जोखना हेरेर आफ्ना मालिकहरूको निम्ति निकै कमाइ गर्ने गर्थी। १७ पावल र हाम्रो पछिपछि लागेर त्यो केटी यसो भन्दै चिच्याइरही: “यी मानिसहरू सर्वोच्च परमेश्‍वरका दास हुन्‌+ र यिनीहरूले तिमीहरूलाई उद्धारको मार्गको सन्देश घोषणा गरिरहेका छन्‌।” १८ उसले धेरै दिनसम्म त्यसै गरिरही। अन्तमा वाक्क भएर पावलले फनक्क फर्कँदै त्यस प्रेतलाई भने: “येसु ख्रिष्टको नाममा म तँलाई आज्ञा गर्छु, त्यसबाट निस्किहाल्‌।” अनि उत्तिखेरै त्यो प्रेत उसबाट निस्किहाल्यो।+

१९ अब आफ्नो कमाइ गर्ने बाटो बन्द भएको देखेपछि+ उसका मालिकहरूले पावल र सिलासलाई पक्रेर घिसार्दै बजारमा शासकहरूकहाँ पुऱ्‍याए।+ २० अनि उनीहरूले तिनीहरूलाई नगर अधिकारीहरूकहाँ लगेर भने: “यी मानिसहरू यहुदी हुन्‌ र यिनीहरूले हाम्रो सहरमा ठूलो खैलाबैला मच्चाइरहेका छन्‌+ २१ अनि हामी रोमीहरूले स्विकार्न वा पालन गर्न उचित नहुने रीतिथिति सिकाइरहेका छन्‌।” २२ तब भीड तिनीहरूमाथि जाइलाग्यो; त्यसपछि नगर अधिकारीहरूले तिनीहरूको लुगा च्यातिदिए र तिनीहरूलाई छडी लगाउने हुकुम गरे।+ २३ अनि पिट्‌नुसम्म पिटिसकेपछि तिनीहरूलाई झ्यालखानामा जाकिदिए र कडा सुरक्षाका साथ तिनीहरूको निगरानी गर्नू भनी जेलरलाई आदेश दिए।+ २४ आफूले यस्तो आदेश पाएको हुँदा जेलरले तिनीहरूलाई झ्यालखानाको सबैभन्दा भित्रको खोरमा लगेर थुने अनि तिनीहरूको खुट्टा ठिँगुरोमा हालिदिए।

२५ तर मध्यराततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्‍वरको स्तुतिगान गाइरहेका थिए+ र अरू कैदीले पनि सुनिरहेका थिए। २६ तब अचानक ठूलो भूकम्प गयो र झ्यालखानाको जग हल्लियो। यति मात्र होइन, एकाएक सबै ढोका खुले अनि सबै कैदीका बन्धन फुस्किए।+ २७ निद्राबाट झसङ्‌ग ब्युँझिएका जेलरले झ्यालखानाका ढोकाहरू खुल्लै देखेपछि सबै कैदी भागिसके होलान्‌ भन्ठाने।+ त्यसैले उनले आफ्नो तरबार थुतेर आत्महत्या गर्ने सुर कसे। २८ तर पावलले ठूलो स्वरले कराउँदै भने: “आफूलाई केही नगर्नुहोस्‌, हामी सबै जना यहीँ छौँ!” २९ तब उनी बत्ती मागेर हतारिँदै भित्र आए अनि थरथर काम्दै पावल र सिलासको अगाडि घोप्टो परे। ३० अनि तिनीहरूलाई बाहिर ल्याएर उनले भने: “हजुर, उद्धार पाउन मैले के गर्नुपर्छ?” ३१ तिनीहरूले जवाफ दिए: “प्रभु येसुमा विश्‍वास गर्नुहोस्‌ अनि तपाईँ र तपाईँको घरानाको उद्धार हुनेछ।”+ ३२ अनि तिनीहरूले उनलाई र उनको घरमा हुनेहरू सबैलाई यहोवा* परमेश्‍वरको वचन सुनाए। ३३ उनले तिनीहरूलाई राती नै लगेर तिनीहरूको घाउ सफा गरिदिए। त्यसपछि उनले र उनको घरमा हुनेजति सबैले तुरुन्तै बप्तिस्मा गरे।+ ३४ उनले तिनीहरूलाई आफ्नो घरमा लगेर खाना खुवाए अनि आफूले परमेश्‍वरमाथि विश्‍वास गर्न पाएकोमा आफ्नो सारा घरपरिवारसँगै अत्यन्तै रमाए।

३५ उज्यालो भएपछि नगर अधिकारीहरूले आफ्ना अङ्‌गरक्षकहरूलाई यसो भन्‍न पठाए: “ती मानिसहरूलाई छोडिदिनू।” ३६ जेलरले उनीहरूको सन्देश सुनाउँदै पावललाई यसो भने: “तपाईँहरू दुई जनालाई छोडिदिनू भन्‍ने खबर दिन नगर अधिकारीहरूले आफ्ना मानिसहरू पठाएका छन्‌। त्यसैले बाहिर निस्कनुहोस्‌ र शान्तिपूर्वक आफ्नो बाटो लाग्नुहोस्‌।” ३७ तर पावलले उनीहरूलाई भने: “हामी रोमी नागरिक+ भए पनि तिनीहरूले हामीलाई दोषी नठहराईकनै* खुलमखुला पिटे र झ्यालखानामा हालिदिए। के अहिलेचाहिँ हामीलाई सुटुक्क निकाल्न खोज्दै छन्‌? अहँ, हामी त्यसरी जाँदैनौँ! उनीहरू आफै आएर हामीलाई बाहिर निकालून्‌।” ३८ ती अङ्‌गरक्षकहरूले नगर अधिकारीहरूलाई यो कुरा सुनाइदिए। अनि यिनीहरू त रोमी नागरिक पो रहेछन्‌ भन्‍ने सुनेर उनीहरू डराए।+ ३९ त्यसैले उनीहरू आएर तिनीहरूलाई मनाउन खोजे। अनि तिनीहरूलाई बाहिर ल्याएपछि सहर छोडेर जान आग्रह गरे। ४० तर झ्यालखानाबाट बाहिर निस्केर तिनीहरू लिडियाको घर गए। भाइहरूलाई देखेपछि तिनीहरूले उनीहरूलाई प्रोत्साहन दिए+ अनि आफ्नो बाटो लागे।

१७ त्यसपछि तिनीहरू अम्फिपोलिस र अपोल्लोनिया हुँदै थिस्सलोनिका आइपुगे,+ जहाँ यहुदीहरूको एउटा सभाघर थियो। २ तब आफ्नो बानीअनुसार पावल सभाघरभित्र पसे+ र तीन हप्तासम्म हरेक विश्रामदिनमा* ती यहुदीहरूसित धर्मशास्त्रबाट तर्क गरे।+ ३ अनि ख्रिष्टले दुःख भोग्नु+ र मृत्युबाट ब्युँतनु+ आवश्‍यक थियो भनेर बुझाउनुका साथै धर्मशास्त्रका विभिन्‍न वचनहरूबाट प्रमाण दिएर यसो भने: “येसु नै ख्रिष्ट हुनुहुन्छ, जसबारे म तपाईँहरूलाई प्रचार गर्दै छु।” ४ तिनको कुरा सुनेर केही मानिसहरू येसुको अनुयायी बने अनि पावल र सिलाससित+ सङ्‌गत गर्न थाले। साथै परमेश्‍वरको उपासना गर्ने ग्रीकहरूको ठूलो जमात अनि थुप्रै गण्यमान्य स्त्रीले पनि तिनीहरूसित सङ्‌गत गरे।

५ तर यो देखेर यहुदीहरू डाहले भरिए+ र बजारका बदमास आवाराहरूको हुल जम्मा गरेर सहरभरि तहल्का मच्चाए। त्यसपछि उनीहरूले जेसनको घर तोडफोड गरे अनि पावल र सिलासलाई खोजे किनकि उनीहरू तिनीहरूलाई हुलदङ्‌गाको सिकार बनाउन चाहन्थे। ६ तिनीहरूलाई फेला पार्न नसकेपछि उनीहरूले जेसन र केही भाइलाई घिसार्दै नगर प्रशासकहरूकहाँ लगे अनि यसो भन्दै कराए: “पूरै पृथ्वीलाई उलटपुलट पार्ने* मानिसहरू यहाँ पनि आएका छन्‌+ ७ अनि जेसनले तिनीहरूलाई आफ्नो पाहुना बनाएर राखेको छ। येसु भन्‍ने अर्कै राजा छन्‌ भनेर यिनीहरू सबैले सिजरको* आदेशको विरोध गर्छन्‌।”+ ८ यस्तो कुरा सुनेपछि मानिसहरूको भीड अनि नगर प्रशासकहरू आत्तिए। ९ तब नगर प्रशासकहरूले जेसन र तिनीसित हुनेहरूलाई चर्को धरौटी लिएर रिहा गरिदिए।

१० तब रातारात भाइहरूले पावल र सिलासलाई बिरिया पठाए। त्यहाँ पुगेपछि तिनीहरू यहुदीहरूको सभाघरभित्र पसे। ११ बिरियालीहरू थिस्सलोनिकीहरूभन्दा भलादमी अनि खुला विचारधाराका थिए। किनकि तिनीहरू असाध्यै उत्सुक भएर परमेश्‍वरको वचन ग्रहण गर्थे र ती सत्य हुन्‌ कि होइनन्‌ भनेर पक्का गर्न होसियारीसाथ दिनहुँ धर्मशास्त्र जाँच्थे। १२ त्यसैले तिनीहरूमध्ये धेरै जना येसुका अनुयायी बने। त्यति मात्र होइन, नाम चलेका थुप्रै ग्रीक स्त्री अनि पुरुषले पनि विश्‍वास गरे। १३ पावलले बिरियामा पनि परमेश्‍वरको वचन प्रचार गर्दै छन्‌ भनी थाह पाएपछि थिस्सलोनिकामा बस्ने यहुदीहरू मानिसहरूलाई भड्‌काएर हुलदङ्‌गा मच्चाउन त्यहाँ आइपुगे।+ १४ यो थाह पाउनेबित्तिकै भाइहरूले पावललाई समुद्रसम्म पुऱ्‍याए+ तर सिलास र तिमोथि भने बिरियामै बसे। १५ तथापि पावलसँगै गएकाहरूले तिनलाई एथेन्ससम्मै पुऱ्‍याए। तब सिलास र तिमोथिलाई+ सकेसम्म छिट्टै फर्कनू भनिदेओ भन्‍ने पावलको खबर लिएर उनीहरू त्यहाँबाट फर्के।

१६ अब एथेन्समा तिनीहरूलाई पर्खँदै गरेको बेला सहरभरि मूर्ति नै मूर्ति देखेर पावललाई छटपटी भयो। १७ त्यसैले सभाघरभित्र पसेर तिनले यहुदीहरू अनि परमेश्‍वरको उपासना गर्ने अरू मानिससित तर्क गर्न थाले। तिनी हरेक दिन बजारमा ज-जसलाई भेटिन्छ, उनीहरूसित पनि त्यसै गर्थे। १८ तर केही इपिक्युरसवादी अनि स्तोइकवादी दार्शनिकहरूले तिनीसित वादविवाद गर्न थाले। उनीहरूमध्ये कोही-कोहीले यसो भनिरहेका थिए: “यो बकबकेले के भन्‍न खोज्दै छ?” अनि अरूले चाहिँ यसो भनिरहेका थिए: “यो त विदेशी देवताहरूको प्रचारक हो कि जस्तो देखिन्छ।” पावलले येसुको विषयमा अनि मरेकाहरू फेरि जीवित हुनेछन्‌ भन्‍ने विषयमा सुसमाचार सुनाइरहेको हुनाले उनीहरूले त्यसो भनेका थिए।+ १९ त्यसैले उनीहरूले पावललाई अरियोपागस* लगेर सोधे: “तपाईँ यो कुन नौलो शिक्षा सिकाउँदै हुनुहुन्छ, हामीलाई बताइदिनुहुन्छ कि? २० किनकि हामीले कहिल्यै नसुनेको कुरा तपाईँ सिकाउँदै हुनुहुन्छ। हामी त्यसको अर्थ जान्‍न चाहन्छौँ।” २१ वास्तवमा सबका सब एथेन्सवासीहरू अनि त्यहाँ बस्ने* विदेशीहरूसमेत फुर्सत हुनेबित्तिकै नौला-नौला कुराहरू सुनाएर अनि सुनेर समय कटाउँथे। २२ तब पावलले अरियोपागसको+ बीचमा उभिएर भने:

“हे एथेन्सका मानिसहरू हो, देवीदेवताहरूप्रति तपाईँहरूको भक्‍ति अरू मानिसको भन्दा धेरै रहेछ भनेर म देख्दै छु।+ २३ उदाहरणका लागि, तपाईँहरूले पुज्ने चिजबिज नियाल्दै घुमफिर गर्दा एउटा वेदीमा ‘अज्ञात देवमा समर्पित’ भनेर लेखिएको भेट्टाएँ। जुन परमेश्‍वरलाई तपाईँहरू अनजानमै पुज्नुहुन्छ, उहाँकै विषयमा म तपाईँहरूलाई बताउँदै छु। २४ सारा संसार अनि त्यसमा भएका सबै थोक बनाउनुहुने परमेश्‍वर आकाश र पृथ्वीका मालिक हुनुहुन्छ।+ त्यसैले हातले बनाएका मन्दिरहरूमा उहाँ बास गर्नुहुन्‍न+ २५ न त मानिसहरूको हातले चढाएको कुनै सेवा उहाँलाई चाहिन्छ+ किनकि उहाँले नै सबै मानिसलाई जीवन, सास+ अनि सबै थोक दिनुहुन्छ। २६ सारा पृथ्वीमा बसोबास गराउन+ उहाँले एउटै मानिसबाट+ जातिजातिका मानिसहरू बनाउनुभयो र विभिन्‍न कुराको समय तोक्नुभयो अनि मानिसहरू बस्ने ठाउँको सिमाना तय गर्नुभयो।+ २७ किनकि तिनीहरूले परमेश्‍वरलाई खोजून्‌ अनि छामछाम-छुमछुम गरेर उहाँलाई भेट्टाऊन्‌+ भन्‍ने उहाँ चाहनुहुन्थ्यो; भनौँ भने उहाँ हामीमध्ये कसैबाट पनि टाढा हुनुहुन्‍न। २८ उहाँले गर्दा नै हामीले जीवन पाएका हौँ, हामी चलहल गर्छौँ अनि अस्तित्वमा छौँ; ‘हामी त उहाँकै सन्तान हौँ’ भनेर तपाईँहरूकै कोही-कोही कविले पनि भनेका छन्‌।

२९ “हामी परमेश्‍वरका सन्तान भएकोले+ हामीले उहाँलाई सुन, चाँदी वा पत्थरले बनेको सम्झनु अथवा मानिसहरूको कला वा कल्पनाको उपज ठान्‍नु उचित हुँदैन।+ ३० हो, मानिसहरूले जुन बेला अज्ञानतामा त्यसो गरे,+ परमेश्‍वरले त्यसको वास्ता गर्नुभएको छैन। तर अब भने पश्‍चात्ताप गर्नुपर्छ भनेर उहाँले सबै ठाउँका मानिसहरूलाई भन्दै हुनुहुन्छ। ३१ किनकि आफ्नो धार्मिक स्तरबमोजिम सारा संसारको न्याय गर्न उहाँले एक दिन तोक्नुभएको छ+ र आफूले नियुक्‍त गरेको एक जना मानिसद्वारा उहाँले त्यो दिन न्याय गर्नुहुनेछ। अनि त्यस मानिसलाई मृत्युबाट ब्युँताएर परमेश्‍वरले सबै मानिसलाई यसको ग्यारेन्टी दिनुभएको छ।”+

३२ मरिसकेका मानिसहरू फेरि जीवित हुने विषयमा सुनेर कसै-कसैले तिनको गिल्ला गरे+ तर अरूले चाहिँ यसो भने: “हामी फेरि यस विषयमा तपाईँको कुरा सुन्‍नेछौँ।” ३३ त्यसैले पावल त्यहाँबाट गए ३४ तर कोही-कोहीले तिनलाई साथ दिइरहे अनि येसुको अनुयायी बने। तिनीहरूमध्ये एक जना अरियोपागसको अदालतका न्यायाधीश डियनुसियस थिए। त्यसैगरि डामारिस नाम गरेकी स्त्री अनि अरू मानिस पनि उहाँको अनुयायी बने।

१८ त्यसपछि पावल एथेन्स छोडेर कोरिन्थ गए। २ त्यहाँ तिनले अक्विला+ नाम गरेका एक जना यहुदीलाई भेटे। उनी पोन्टसका रैथाने थिए अनि सम्राट्‌ क्लौडियसले सबै यहुदीलाई रोम छाड्‌ने हुकुम दिएकोले उनी र उनकी पत्नी प्रिस्किला भर्खरै मात्र इटालीबाट आएका थिए। त्यसैले पावल उनीहरूकहाँ गए ३ र एउटै पेसा भएकोले उनीहरूको घरमा बसेर सँगै काम गरे+ किनकि तिनीहरूको पेसा पाल सिलाउने थियो। ४ तिनले हरेक विश्रामदिनमा*+ सभाघरमा+ भाषण दिन्थे* अनि यहुदी र ग्रीकहरूलाई मनाउँथे।

५ सिलास+ र तिमोथि+ म्यासिडोनियाबाट आएपछि पावल वचन प्रचार गर्नमा व्यस्त भए अनि येसु नै ख्रिष्ट हुनुहुन्छ भन्‍ने प्रमाण दिन यहुदीहरूलाई साक्षी दिन थाले।+ ६ तर उनीहरूले विरोध गर्न र दुर्वचन बोल्न नछोडेपछि तिनले आफ्नो लुगा टकटक्याएर*+ उनीहरूलाई भने: “तपाईँहरूको रगत तपाईँहरूकै थाप्लोमा परोस्‌।+ म निर्दोष छु।+ अबउसो म अन्यजातिका मानिसहरूकहाँ जानेछु।”+ ७ त्यसैले तिनी त्यहाँबाट* टाइटस जस्तस नाम गरेको मानिसको घरमा गए। उनी परमेश्‍वरका उपासक थिए र उनको घर सभाघरसँगै जोडिएको थियो। ८ सभाघरका पदाधिकारी क्रिस्पसले+ अनि उनको घरमा भएकाहरू सबैले प्रभुमा विश्‍वास गरे। सुसमाचार सुन्‍ने कोरिन्थीहरूमध्ये धेरै जनाले प्रभुमा विश्‍वास गर्न थाले अनि बप्तिस्मा गरे। ९ साथै राती दर्शनमा* प्रभुले पावललाई यसो भन्‍नुभयो: “नडराऊ। चुपचाप नबस बरु बोलिरह; १० म तिमीसित छु+ र कसैले तिमीलाई आक्रमण गरेर हानि पुऱ्‍याउन सक्नेछैन किनकि यस सहरमा यस्ता मानिस धेरै छन्‌, जसले ममाथि विश्‍वास गर्न बाँकी नै छ।” ११ त्यसैले उनीहरूलाई परमेश्‍वरको वचन सिकाउँदै तिनी एक वर्ष छ महिना त्यहीँ बसे।

१२ गल्लियो नाम गरेका मानिस अखैयाका प्रान्तीय राज्यपाल* हुँदा यहुदीहरू एक मत भई पावलविरुद्ध खडा भए अनि तिनलाई न्यायासनसामु लगे १३ र यसो भने: “यसले मानिसहरूलाई उक्साएर कानुनको उल्लङ्‌घन हुनेगरि परमेश्‍वरको उपासना गर्न लगाउँदै छ।” १४ तर पावलले केही भन्‍न आफ्नो मुख खोल्नै लाग्दा गल्लियोले यहुदीहरूलाई भने: “हे यहुदीहरू हो, यदि यिनले वास्तवमै केही गलत काम वा कुनै गम्भीर अपराध गरेका भए धैर्य गरेर तिमीहरूको कुरा सुन्‍ने कारण मसित हुने थियो। १५ तर यदि कुनै शब्द, नाम वा तिमीहरूको आफ्नै कानुनको विषयमा+ विवाद उठेको हो भने तिमीहरू आफै यसको छानबिन गर। म यस्ता कुराहरूको न्यायाधीश बन्‍न चाहन्‍नँ।” १६ यति भनेर तिनले उनीहरूलाई न्यायासनसामुबाट धपाए। १७ त्यसैले उनीहरू सबैले सभाघरका पदाधिकारी सोस्थेनेसलाई+ पक्रे र न्यायासनसामु पिट्‌न थाले। तर गल्लियोले त्यसको वास्तै गरेनन्‌।

१८ अझै केही दिन त्यहाँ बसेपछि पावल भाइहरूसित बिदा भए अनि समुद्री यात्रा गरेर प्रिस्किला र अक्विलाको साथमा सिरियातिर लागे। अनि सिनक्रिया+ पुगेर तिनले आफ्नो कपाल ठुटो पारे किनकि तिनले भाकल गरेका थिए। १९ तब तिनीहरू एफिसस पुगे अनि प्रिस्किला र अक्विलालाई त्यहीँ छोडेर तिनी सभाघरभित्र पसे र यहुदीहरूसित तर्क गर्न थाले।+ २० यहुदीहरूले अझै केही समय त्यहीँ बस्न अनुरोध गरे तापनि तिनले मानेनन्‌ २१ र तिनीहरूसित बिदा हुँदै यसो भने: “यहोवा* परमेश्‍वरको इच्छा भए म फेरि तपाईँहरूकहाँ आउनेछु।” त्यसपछि एफिससबाट जहाज चढेर २२ तिनी सिजरिया पुगे। अनि यरुसलेम उक्लेर मण्डलीलाई अभिवादन गरेपछि तिनी एन्टिओक झरे।+

२३ त्यहाँ केही समय बिताइसकेपछि त्यो ठाउँ छोडेर तिनी सबै चेलालाई सुदृढ पार्दै+ गलातिया र फ्रिजियाका+ विभिन्‍न ठाउँहरूमा गए।

२४ तब अपोल्लस+ नाम गरेका एक जना यहुदी एफिसस आइपुगे। तिनी अलेक्जेन्ड्रियाका रैथाने थिए र बोल्नमा सिपालु हुनुका साथै धर्मशास्त्रमा पोख्त थिए। २५ तिनले यहोवा* परमेश्‍वरको मार्गको विषयमा निर्देशन* पाएका थिए र तिनी पवित्र शक्‍तिले भरिएर जोसिलो भई येसुको विषयमा सही कुरा बोल्ने र सिकाउने गर्थे तर तिनलाई युहन्‍नाले सिकाउने गरेको बप्तिस्माको विषयमा मात्र थाह थियो। २६ यी मानिस साहसी भई सभाघरमा बोल्न थाले। जब प्रिस्किला र अक्विलाले+ तिनको कुरा सुने, तब उनीहरूले तिनलाई आफूकहाँ लगे र परमेश्‍वरको मार्गबारे अझ सही तरिकामा तिनलाई व्याख्या गरिदिए। २७ साथै तिनले अखैया जाने मन गरेकोले तिनलाई न्यानो स्वागत गर्नू भनेर भाइहरूले त्यहाँका चेलाहरूलाई पत्र लेखे। त्यसैले त्यहाँ पुगेपछि तिनले परमेश्‍वरको असीम अनुग्रहले गर्दा विश्‍वास गरेकाहरूलाई धेरै मदत गरे २८ किनकि यहुदीहरू गलत हुन्‌ भनी तिनले जोसिलो भई खुलेआम प्रमाण दिए अनि येसु नै ख्रिष्ट हुनुहुन्छ+ भनेर धर्मशास्त्रबाट देखाए।

१९ अपोल्लस+ कोरिन्थमै भएको बेला पावल तटवर्ती भूभागबाट भित्र पर्ने ठाउँहरू हुँदै एफिसस+ झरे। त्यहाँ तिनले केही चेलालाई भेटे २ र उनीहरूलाई सोधे: “येसुको अनुयायी बन्दा के तपाईँहरूले पवित्र शक्‍ति पाउनुभयो?”+ उनीहरूले जवाफ दिए: “अहँ, हामीले पवित्र शक्‍तिबारे कहिल्यै सुनेका छैनौँ।” ३ त्यसैले तिनले भने: “त्यसोभए तपाईँहरूले कुन किसिमको बप्तिस्मा गर्नुभयो त?” उनीहरूले जवाफ दिए: “युहन्‍नाले सिकाउने गरेको चाहिँ।”+ ४ पावलले भने: “युहन्‍नाले पापको पश्‍चात्तापको प्रतीकस्वरूप+ बप्तिस्मा गर्न प्रचार गरेका थिए अनि आफूपछि आउन लागेका व्यक्‍ति+ अर्थात्‌ येसुमाथि विश्‍वास गर्नू भनी मानिसहरूलाई बताएका थिए।” ५ यो कुरा सुनेर उनीहरूले प्रभु येसुको नाममा बप्तिस्मा गरे। ६ अनि पावलले उनीहरूमाथि हात राख्नेबित्तिकै पवित्र शक्‍ति उनीहरूमाथि आयो+ र उनीहरूले विभिन्‍न भाषामा बोल्नुका साथै भविष्यवाणी गर्न थाले।+ ७ उनीहरू जम्माजम्मी १२ जना पुरुष थिए।

८ त्यसपछि सभाघरभित्र पसेर+ परमेश्‍वरको राज्यको विषयमा साहसका साथ भाषण दिँदै+ अनि तर्क गरेर मानिसहरूलाई मनाउँदै तिनले तीन महिना बिताए। ९ तर कसै-कसैले हठी भएर तिनको कुरा पत्याउन मानेनन्‌ अनि भीडसामु ‘त्यस मार्ग’-को*+ बदनाम गरे। त्यसैले तिनी उनीहरूदेखि अलग भए+ र चेलाहरूलाई पनि उनीहरूदेखि अलग राखे। तिनी हरेक दिन टिरान्‍नसको पाठशालाको सभाकक्षमा भाषण दिन्थे। १० तिनले दुई वर्षसम्म यसै गरे, जसले गर्दा के यहुदी के ग्रीक, एसिया प्रान्तका सबै बासिन्दाले प्रभुको वचन सुने।

११ परमेश्‍वरले पावलमार्फत असामान्य शक्‍तिशाली कामहरू गरिरहनुभयो;+ १२ यहाँसम्म कि तिनको शरीरलाई छोएको लुगा वा रुमाल लगेर छुवाउँदा मात्र पनि बिरामीहरू निको हुन्थे+ र प्रेतहरू* निस्कन्थे।+ १३ त्यतिखेर केही यहुदी ठाउँठाउँमा डुल्दै अनि प्रेतहरूलाई निकाल्दै हिँडिरहेका थिए। प्रभु येसुको नाम लिएर तिनीहरूले पनि यसो भन्दै प्रेतहरूलाई धपाउन खोजे: “पावलले प्रचार गर्ने गरेको येसुको नाममा म तँलाई हुकुम गर्छु।”+ १४ स्केवा नाम गरेको यहुदी मुख्य पुजारीका सात जना छोराले त्यसै गरिरहेका थिए। १५ तर प्रेतले तिनीहरूलाई यस्तो जवाफ फर्कायो: “म येसुलाई चिन्छु+ अनि पावललाई पनि चिन्छु+ तर तिमीहरू को हौ?” १६ तब त्यो प्रेत बास गरेको मानिसले तिनीहरूलाई झम्ट्‌यो र पालैसित सातै जनालाई न्याक्यो। तब घाइते अवस्थामै तिनीहरू त्यस घरबाट नाङ्‌गै भागे। १७ यो कुरा एफिससमा हुने सबै यहुदी अनि ग्रीकलाई थाह भयो र तिनीहरूमा डर छायो। अनि प्रभु येसुको नाम पनि महिमित हुँदै गयो। १८ साथै येसुका अनुयायी बनिसकेका थुप्रै मानिस आउँथे र आफ्ना पापहरू खुलेआम स्विकार्थे अनि आफूले गरेका खराब कामहरू बताउँथे। १९ हुन पनि पहिले-पहिले जादुगरी गर्ने थुप्रै मानिसले आफ्ना पुस्तकहरू ल्याए अनि सबैसामु ती जलाए।+ तिनीहरूले त्यसको मोल निकाल्दा ५० हजार चाँदीको टुक्राबराबर पाए। २० यसरी यहोवा* परमेश्‍वरको वचन शक्‍तिशाली ढङ्‌गमा बढ्‌दै अनि प्रबल हुँदै गयो।+

२१ यी सबै कुरा भइसकेपछि पावलले म्यासिडोनिया+ अनि अखैया गएर यरुसलेम+ जाने निधो गरे। तिनले यसो भने: “त्यहाँ पुगेपछि जसरी भए पनि म रोम जानै पर्छ।”+ २२ त्यसैले तिनले आफ्नो सेवा गर्ने मानिसमध्ये दुई जनालाई अर्थात्‌ तिमोथि+ र इरास्तसलाई+ म्यासिडोनिया पठाए तर आफूचाहिँ केही समय एसिया प्रान्तमै बसे।

२३ त्यतिबेला ‘त्यस मार्ग’-लाई*+ लिएर मानिसहरूबीच निकै खैलाबैला मच्चियो।+ २४ डेमेत्रियस नाम गरेको सुनारले चाँदीबाट अर्तिमिस देवीको साना मन्दिरहरू बनाउँथे, जसले गर्दा कारिगरहरूको निकै आम्दानी भइरहेको थियो।+ २५ तिनले उनीहरूलाई अनि अरू कारिगरहरूलाई भेला गरेर यसो भने: “साथीहरू हो, यो व्यापारले गर्दा हाम्रो कत्ति फलिफाप भइरहेको छ, त्यो त तपाईँहरूलाई थाहै छ। २६ तर हातले बनाइएका कुराहरू ईश्‍वर होइनन्‌+ भनेर त्यो पावलले यहाँ एफिससमा+ मात्र होइन, एसिया प्रान्तका लगभग सबै ठाउँमा भीडका भीड मानिसलाई भड्‌काउँदै कसरी अर्कै मत मान्‍न लगाइरहेको छ, त्यो पनि तपाईँहरूले देख्नु अनि सुन्‍नुभएकै छ। २७ त्यसले गर्दा हाम्रो पेसाको बदनाम हुने मात्र होइन तर महान्‌ देवी अर्तिमिसको मन्दिरको सान घट्‌ने अनि एसिया प्रान्तका सबै इलाका र सारा संसारले पुज्ने हाम्री देवीको वैभव पनि गुम्ने खतरा देखिएको छ।” २८ यो सुनेर मानिसहरू रिसले चूर भए अनि यसो भन्दै नारा लगाउन थाले: “एफिसीहरूकी महान्‌ देवी अर्तिमिसको जय!”

२९ तब पूरै सहरभरि हुलदङ्‌गा मच्चियो र तिनीहरू सबै जना पावलका म्यासिडोनियाली सहयात्रीहरू गायस र अरिस्तार्खसलाई+ घिसार्दै एकैचोटि रङ्‌गशालामा घुसे। ३० पावल रङ्‌गशालाभित्र पसेर भीडसामु जान चाहन्थे तर चेलाहरूले तिनलाई जान दिएनन्‌। ३१ तिनीप्रति मित्रभाव राख्ने खेलकुद तथा उत्सवका केही आयोजकले समेत रङ्‌गशालाभित्र छिरेर आफ्नो ज्यानको खतरा नमोल्न बिन्ती गर्दै तिनलाई सन्देश पठाए। ३२ वास्तवमा के भइरहेको थियो भने, कसैले एक थरी अनि अरूले चाहिँ अर्कै थरी नारा लगाइरहेका थिए किनकि पूरै भीड गोलमालमा परेको थियो अनि तिनीहरूमध्ये धेरैलाई त आफू के कामले भेला भएको हो, त्योसमेत थाह थिएन। ३३ त्यसैले तिनीहरूले अलेक्जेन्डरलाई भीडबाट तानेर निकाले अनि यहुदीहरूले तिनलाई ठेल्दै अगाडि पुऱ्‍याए। तब अलेक्जेन्डरले हातले इसारा गर्दै मानिसहरूसामु आफ्नो सफाइ पेस गर्ने इच्छा जाहेर गरे। ३४ जब तिनी यहुदी पो रहेछन्‌ भनेर तिनीहरूले थाह पाए, तब सबैले एकैचोटि कराउँदै “एफिसीहरूकी महान्‌ देवी अर्तिमिसको जय!” भन्दै दुई घण्टासम्म नारा लगाए।

३५ अन्तमा नगर-प्रमुखले बल्लतल्ल भीडलाई शान्त पारे अनि भने: “हे एफिससका बासिन्दा हो, एफिसस सहर महान्‌ देवी अर्तिमिसको मन्दिरको र आकाशबाट खसेको मूर्तिको रखवाला हो भनेर थाह नहुने मानिस को होला र? ३६ यो कुरामा कसैले विवाद गर्न नसक्ने भएकोले शान्त हुनुहोस्‌ अनि आवेशमा आएर केही नगर्नुहोस्‌। ३७ किनकि तपाईँहरूले ल्याउनुभएका यी मानिसहरू न मन्दिरका लुटेराहरू हुन्‌ न त हाम्री देवीका निन्दकहरू नै हुन्‌। ३८ त्यसैले यदि डेमेत्रियस+ र तिनीसँग भएका कारिगरहरूको कसैसित झगडा परेको छ भने त्यसको लागि अदालत अनि प्रान्तीय राज्यपालहरू* छँदै छन्‌; त्यहीँ गएर तिनीहरूले आफ्नो झगडाको छिनोफानो गरून्‌। ३९ तर तपाईँहरूले चाहेको कुरा अर्कै हो भने त्यसको फैसला नियमित सभाबाटै हुनुपर्छ। ४० आजको यो घटनाले गर्दा हामीमाथि राजद्रोहको आरोप लाग्ने खतरा साँच्चै आइपरेको छ किनकि यसरी मानिसहरू भेला पारेर हुलदङ्‌गा मच्चाउने कुनै कारण हामीसित छैन।” ४१ यति भनेर तिनले भीडलाई पठाइदिए।

२० हुलदङ्‌गा थामिएपछि पावलले चेलाहरूलाई बोलाएर प्रोत्साहन दिए अनि उनीहरूसित बिदाबारी गरेपछि तिनी म्यासिडोनियाको यात्रामा निस्के। २ त्यस इलाकाको विभिन्‍न ठाउँमा गई त्यहाँका चेलाहरूसित धेरै कुरा गरेर उनीहरूलाई प्रोत्साहन दिएपछि तिनी ग्रीस पुगे। ३ अनि त्यहाँ तीन महिना बिताएपछि तिनी समुद्री यात्रा गरेर सिरिया जानै लाग्दा यहुदीहरूले तिनीविरुद्ध षड्‌यन्त्र रचे।+ त्यसबारे थाह पाएपछि तिनले म्यासिडोनिया भएर फर्कने विचार गरे। ४ बिरियाली पिइरसका छोरा सोपाटर, थिस्सलोनिकी अरिस्तार्खस+ र सिकन्डस, डर्बीका गायस, तिमोथि+ अनि एसिया प्रान्तका टाइकिकस+ र त्रोफिमस+ पनि तिनीसँगै थिए। ५ तिनीहरू हामीभन्दा अघि त्रोआस पुगेर हामीलाई पर्खिरहे। ६ हामी भने अखमिरा रोटीको चाडपछि*+ फिलिप्पीबाट जहाज चढ्‌यौँ र पाँच दिनमा तिनीहरू पर्खिरहेको ठाउँ त्रोआस पुग्यौँ। हामीले त्यहाँ सात दिन बितायौँ।

७ हप्ताको पहिलो दिन हामी खाना खान भेला भएको बेला पावलले उनीहरूलाई भाषण दिन थाले। भोलिपल्ट उनीहरूसित बिदा भएर जान लागेको हुनाले पावलले भाषण दिए र तिनको भाषण मध्यरातसम्म पनि टुङ्‌गिएन। ८ हामी भेला भएको माथिल्लो तलाको कोठामा थुप्रै दियो बलिरहेका थिए। ९ युटाइकस नाम गरेको एक जना ठिटो झ्यालमा बसेका थिए। पावलले कुरा गरिरहँदा उनी निद्राले झुल्न थाले र भुसुक्कै निदाएर तीन तला माथिबाट खसेर मरे। १० तब पावल तल ओर्लेर उनीमाथि लम्पसार परे अनि उनलाई अङ्‌गालो हालेर+ भने: “शान्त होओ किनकि ऊ जिउँदै छ।”+ ११ तिनी फेरि माथि उक्लिए अनि खाना खान थाले।* त्यसपछि तिनले उनीहरूसित बिहान नहोउन्जेल कुराकानी गरिरहे र अन्तमा बिदाबारी गरेर हिँडे। १२ तब उनीहरूले त्यस ठिटोलाई लगे र उनी जिउँदो भएकोले उनीहरूले धेरै सान्त्वना पाए।

१३ तब हामी अघिअघि गयौँ र जहाज चढेर अस्सोस पुग्यौँ। पावल भने पैदल यात्रा गरेर त्यहाँ आइपुगे। पावलले हामीलाई निर्देशन दिएअनुसारै त्यहाँबाट हामीले तिनलाई पनि जहाजमै लैजानुपर्ने थियो। १४ जब तिनले हामीलाई अस्सोसमा भेट्टाए, तब हामीले तिनलाई जहाजमा चढायौँ र मितिलेने गयौँ। १५ अनि भोलिपल्ट त्यहाँबाट यात्रा गरेर हामी चिओस टापुको छेउमा पुग्यौँ अनि त्यसको भोलिपल्ट सामोसमा केही बेर रोकिएर पर्सिपल्ट मिलेटसमा पुग्यौँ। १६ एसिया प्रान्तमा समय बिताउन नपरोस्‌ भनेर पावलले एफिससमा+ नरोकी जाने निधो गरेका थिए किनकि सम्भव भएमा पेन्तिकोसको चाडसम्ममा यरुसलेम+ पुग्न तिनी हतारिएका थिए।

१७ तर तिनले मिलेटसबाट एफिससमा खबर पठाएर मण्डलीका एल्डरहरूलाई आफूकहाँ बोलाए। १८ उनीहरू आइपुगेपछि तिनले भने: “तपाईँहरूलाई थाहै छ, एसिया प्रान्तमा+ पाइला टेकेको दिनदेखि मैले तपाईँहरूमाझ कस्तो जीवन बिताएँ, १९ मैले ज्यादै नम्रतासाथ प्रभुको सेवा गरेँ + अनि यहुदीहरूको षड्‌यन्त्रले गर्दा धेरै आँसु बगाएँ अनि परीक्षाहरू सहेँ। २० साथै तपाईँहरूको लाभ हुने कुरा बताउन म पछि हटिनँ न त तपाईँहरूलाई जनसमक्ष+ र घरघरमा सिकाउन+ नै पछि हटेँ। २१ तर मैले यहुदी र ग्रीक दुवैलाई पश्‍चात्ताप गरेर+ परमेश्‍वरतर्फ फर्कने र हाम्रा प्रभु येसुमा विश्‍वास गर्ने विषयमा राम्ररी साक्षी दिएँ।+ २२ अब हेर्नुहोस्‌, पवित्र शक्‍तिको निर्देशनबमोजिम म यरुसलेम जाँदै छु तर त्यहाँ मलाई के हुने हो, त्यो मलाई थाह छैन। २३ मलाई यति मात्र थाह छ, कैद र सङ्‌कष्टले मेरो बाटो ढुकिरहेको छ भनेर पवित्र शक्‍तिले सहरैपिच्छे मलाई बारम्बार चेतावनी दिने गर्छ।+ २४ तैपनि म आफ्नो जीवनलाई कुनै महत्त्वको ठान्दिनँ बरु मेरो इच्छा यही छ कि मैले आफ्नो दौड र प्रभु येसुबाट पाएको सेवा पूरा गर्न सकूँ+ अर्थात्‌, परमेश्‍वरको असीम अनुग्रहको सुसमाचारको विस्तृत साक्षी दिन सकूँ।

२५ “अब हेर्नुहोस्‌, तपाईँहरू जसलाई मैले राज्यको प्रचार गरेँ, तपाईँहरूमध्ये कसैले पनि मेरो अनुहार फेरि देख्न पाउनुहुनेछैन भनेर मलाई थाह छ। २६ त्यसैले सबै मानिसको रगतबाट म निर्दोष छु+ भन्‍ने कुराको आज तपाईँहरू साक्षी हुनुहुन्छ २७ किनकि तपाईँहरूलाई परमेश्‍वरको उद्देश्‍यबारे सबै कुरा बताउनदेखि म पछि हटेको छैनँ।+ २८ तपाईँहरू आफ्नो विषयमा होसियार हुनुहोस्‌+ र पूरै बगालको हेरचाह गर्नुहोस्‌ किनकि परमेश्‍वरले आफ्नै छोराको रगतद्वारा+ किन्‍नुभएको मण्डलीलाई गोठालोले झैँ हेरविचार गर्न+ पवित्र शक्‍तिले तपाईँहरूलाई यस बगालमा निरीक्षक नियुक्‍त गरेको छ।+ २९ मलाई थाह छ, म गएपछि अत्याचारी ब्वाँसाहरू तपाईँहरूबीच घुस्नेछन्‌+ र बगालसित कठोर व्यवहार गर्नेछन्‌ ३० अनि टेढोमेढो कुरा गरेर चेलाहरूलाई आफूतिर तान्‍ने मानिसहरू पनि तपाईँहरूकै बीचबाट उठ्‌नेछन्‌।+

३१ “त्यसैले जागा बस्नुहोस्‌ अनि तीन-तीन वर्षसम्म+ दिनरात आँसु बगाएर तपाईँहरू हरेकलाई मैले कसरी सम्झाइबुझाइ गरेँ, त्यो नबिर्सनुहोस्‌। ३२ अब म तपाईँहरूलाई परमेश्‍वरको अनि असीम अनुग्रहले भरिपूर्ण उहाँको वचनको जिम्मा लगाउँछु किनकि त्यो वचनले तपाईँहरूलाई सुदृढ बनाउन सक्छ र सबै पवित्र जनमाझ तपाईँहरूलाई उत्तराधिकार पनि दिन सक्छ।+ ३३ मैले कसैको चाँदी वा सुन वा लुगाफाटाको लोभ गरेको छैनँ।+ ३४ यी हातहरूले कसरी मेरो अनि मसित हुनेहरूको आवश्‍यकता पूरा गऱ्‍यो,+ त्यो तपाईँहरूलाई थाहै छ। ३५ मैले तपाईँहरूलाई हरतवरले देखाएको छु कि तपाईँहरूले पनि यसरी नै मेहनत गरेर कमजोरहरूलाई मदत गर्नुपर्छ+ अनि ‘लिनुमा भन्दा दिनुमा धेरै आनन्द छ’+ भनेर प्रभु येसु आफैले भन्‍नुभएको वचन सधैँ सम्झनुपर्छ।”

३६ यी कुरा भनिसकेपछि पावलले उनीहरू सबै जनासँगै घुँडा टेकेर प्रार्थना गरे। ३७ तब उनीहरूमाझ निकै रुवाबासी भयो अनि उनीहरूले पावललाई अङ्‌गालो हालेर चुम्बन गरे। ३८ उनीहरूले अबउसो तिनको अनुहार देख्न पाउनेछैनन्‌+ भन्‍ने पावलको कुराले गर्दा उनीहरू झनै दुःखी भएका थिए। त्यसपछि उनीहरूले तिनलाई जहाजसम्म पुऱ्‍याए।

२१ अब भारी मन लिएर तिनीहरूसित बिदा भएपछि हामी जहाज चढेर सीधै कोस पुग्यौँ अनि त्यसको भोलिपल्ट रोडस अनि त्यसपछि पटारा पुग्यौँ। २ त्यहाँ समुद्रपारि फोनिसिया जाने जहाज भेटेपछि त्यसमा चढेर गयौँ। ३ यात्राको दौडान हामीले साइप्रस टापु देख्यौँ र त्यसलाई देब्रेतिर* पार्दै हामी सिरियातर्फ लाग्यौँ अनि टायरमा जहाजबाट मालसामान झार्नुपर्ने भएकोले हामी त्यहीँ उत्रियौँ। ४ त्यहाँ हामीले चेलाहरूलाई खोज्यौँ अनि तिनीहरूलाई भेट्टाएपछि सात दिन त्यहीँ बस्यौँ। तर पवित्र शक्‍तिको मदत पाएर ती चेलाहरूले पावललाई यरुसलेममा पाइला नटेक्नू भनी बारम्बार भने।+ ५ त्यहाँबाट हिँड्‌ने बेला भएपछि हामी निस्केर आफ्नो बाटो लाग्यौँ; तर स्त्री, केटाकेटीलगायत सबै चेला हामीलाई पुऱ्‍याउन सहरबाहिरसम्मै आए। अनि समुद्री किनारामा घुँडा टेकेर हामीले प्रार्थना गऱ्‍यौँ ६ र एकअर्कालाई बिदाइ गरेपछि हामी जहाज चढ्‌यौँ अनि तिनीहरूचाहिँ आफ्नो घर फर्के।

७ त्यसपछि टायरबाट समुद्री यात्रा गरेर हामी टोलेमाइस पुग्यौँ र त्यहाँ भाइहरूलाई अभिवादन गरेपछि एक दिन तिनीहरूसितै बस्यौँ। ८ भोलिपल्ट आफ्नो यात्रा जारी राख्दै हामी सिजरिया पुग्यौँ र त्यहाँ फिलिप नाम गरेका प्रचारकको घरमा गयौँ र त्यहीँ बस्यौँ। यरुसलेममा प्रेषितहरूले चुनेका सात जना पुरुषमध्ये+ फिलिप पनि थिए। ९ तिनको चार जना अविवाहित* छोरी थिए अनि तिनीहरूले भविष्यवाणी गर्थे।+ १० हामीले त्यहाँ निकै दिन बिताएपछि अगाबस+ नाम गरेका एक जना भविष्यवक्‍ता यहुदियाबाट त्यहाँ आए। ११ अनि हामीकहाँ आएर उनले पावलको पटुका लिए। त्यसपछि आफ्नो हातखुट्टा त्यसले बाँधेर यसो भने: “पवित्र शक्‍ति यसो भन्छ, ‘यो पटुका जसको हो, उसलाई यरुसलेममा यहुदीहरूले यसरी नै बाँध्नेछन्‌ र अन्यजातिका मानिसहरूको हातमा सुम्पिदिनेछन्‌।’”+ १२ यो सुनेर हामीले र त्यहाँ भएकाहरूले पावललाई यरुसलेम नजान बिन्ती गर्न थाल्यौँ। १३ तर पावलले यस्तो जवाफ दिए: “यसरी रुवाबासी गरेर तपाईँहरू किन मेरो अठोटलाई कमजोर बनाउन खोज्नुहुन्छ? यो कुरा थाह पाउनुहोस्‌, प्रभु येसुको नामको खातिर म यरुसलेममा कैदी हुन मात्र होइन तर मर्न समेत तयार छु।”+ १४ पावललाई मनाउन नसकेपछि “यहोवा* परमेश्‍वरको इच्छाअनुसारै होस्‌” भन्दै हामी चुप लाग्यौँ।

१५ ती दिनपछि हामीले यात्राको लागि तयारी गऱ्‍यौँ अनि यरुसलेमतर्फ लाग्यौँ। १६ हामीलाई साइप्रसका मनासोनको घरसम्म पुऱ्‍याउन सिजरियाबाट केही चेला हामीसितै आए किनकि हामी तिनकै घरमा बस्नेवाला थियौँ। सुरु-सुरुमा चेला बनेकाहरूमध्ये मनासोन एक थिए। १७ हामी यरुसलेम पुग्दा भाइहरूले खुसीसाथ हामीलाई स्वागत गरे। १८ भोलिपल्ट हामीलाई लिएर पावल याकुबकहाँ+ गए; त्यहाँ अरू सबै एल्डर पनि भेला भएका थिए। १९ पावलले तिनीहरूलाई अभिवादन गरे अनि आफूले गरेको सेवाद्वारा परमेश्‍वरले अन्यजातिका मानिसहरूबीच के-कस्ता कामहरू गर्नुभयो भनी सविस्तार सुनाउन थाले।

२० यो सुनेर तिनीहरूले परमेश्‍वरको महिमा गर्न थाले अनि पावललाई भने: “हे भाइ, हजारौँको सङ्‌ख्यामा यहुदीहरू येसुका अनुयायी बनेका त तपाईँले देख्नुभएकै छ। अनि तिनीहरू सबै जोसिलो भएर मोसाको व्यवस्था पालन गर्छन्‌।+ २१ तिनीहरूले के हल्ला सुनेका छन्‌ भने आफ्नो सन्तानको खतना गर्नुपर्दैन अनि पहिलेदेखि चलिआएको रीतिरिवाज मान्‍नुपर्दैन+ भनेर तपाईँ भन्‍नुहुन्छ अरे अनि यस्तो कुरा गरेर तपाईँले अन्यजातिमाझ छरिएर बसेका यहुदीहरूलाई मोसाको व्यवस्थाविपरीत कुराहरू सिकाएर धर्मत्याग फैलाउँदै हुनुहुन्छ अरे। २२ अब कसरी कुरा मिलाउने? किनकि तपाईँ यरुसलेम आउनुभएको छ भनेर तिनीहरूले जसरी भए पनि सुन्‍नेछन्‌। २३ अब हामीले भनेजस्तै गर्नुहोस्‌: भाकल गरेर बसेका चार जना पुरुष हामीसित छन्‌। २४ तिनीहरूलाई आफूसित लैजानुहोस्‌ र मोसाको व्यवस्थाअनुसार तिनीहरूसँगसँगै आफूलाई शुद्ध पार्नुहोस्‌ अनि तिनीहरूको खर्च बेहोरिदिनुहोस्‌ ताकि तिनीहरूले आफ्नो कपाल खौरून्‌। तपाईँले यसो गर्नुभयो भने तपाईँको विषयमा जे-जस्तो सुनियो, त्यो फोस्रो हल्ला मात्र रहेछ भनेर सबैले थाह पाउनेछन्‌ र तपाईँ पनि मोसाको व्यवस्था पालन गर्दै ठीक बाटोमा हिँडिरहनुभएको छ भनेर तिनीहरूले देख्नेछन्‌।+ २५ जहाँसम्म येसुको अनुयायी बनिसकेका अन्यजातिहरूको कुरा छ, मूर्तिलाई बलि चढाइएका थोकहरू,+ रगत,+ गला अँठ्‌याएर मारिएको जनावरको मासु*+ र अवैध यौनसम्बन्धबाट*+ अलग बस्नू भनेर हामीले आफ्नो निर्णय लेखेर तिनीहरूलाई पठाइसकेका छौँ।”

२६ तब भोलिपल्ट पावलले ती मानिसहरूलाई आफूसित लगे र मोसाको व्यवस्थाबमोजिम तिनीहरूसँगसँगै आफूलाई शुद्ध पारे।+ त्यसपछि शुद्धीकरणको विधि कहिले सिद्धिन्छ अनि कुन दिन पुजारीले तिनीहरू हरेकको निम्ति बलिदान चढाउनुपर्ने हो, त्यो खबर गर्न तिनी मन्दिरमा गए।

२७ अब सात दिन पूरा हुनै लाग्दा पावललाई मन्दिर परिसरमा देखेर एसियाका यहुदीहरूले भीडलाई उचाले अनि तिनलाई पक्रे। २८ अनि यसो भन्दै कराए: “हे इस्राएलका मानिस हो, हामीलाई मदत गर्नुहोस्‌! हाम्रो जाति, हाम्रो व्यवस्था अनि यस ठाउँको विरुद्धमा जताततै सबैलाई सिकाएर हिँड्‌ने मानिस यही हो। यहाँसम्म कि यसले ग्रीकहरूलाई मन्दिरभित्र हुलेर यस पवित्र ठाउँलाई समेत बिटुलो पारेको छ।”+ २९ तिनीहरूले एफिससका त्रोफिमसलाई+ तिनीसँगै बजारमा देखेको हुनाले पावलले उनलाई मन्दिरभित्र ल्याए होलान्‌ भन्ठानेका थिए। ३० तब पूरै सहरभरि खैलाबैला मच्चियो र मानिसहरू भेला भएर मन्दिरतिर दौडे। त्यसपछि तिनीहरूले पावललाई पक्रेर घिसार्दै मन्दिरबाहिर ल्याए र तुरुन्तै ढोका थुने। ३१ तिनीहरूले पावललाई मार्न खोजिरहेका थिए। तर त्यति नै बेला सारा यरुसलेमभरि गोलमाल मच्चिरहेको छ भन्‍ने खबर सेनापतिकहाँ पुग्यो। ३२ अनि तुरुन्तै सैनिकहरू र सैनिक अफिसरहरू लिएर उनी त्यतातिर दौडे। सेनापति र सैनिकहरूलाई देखेर भीडले पावललाई कुट्‌न छोड्‌यो।

३३ तब सेनापति नजिक गए र पावललाई हिरासतमा लिए अनि तिनलाई दुई वटा साङ्‌लाले बाँध्ने हुकुम दिए।+ त्यसपछि उनले तिनी को हुन्‌ अनि तिनले के गरे भनेर सोधपुछ गरे। ३४ तर भीडमा हुनेहरूमध्ये कसैले एक थरी अनि अरूले अर्कै थरी जवाफ दिँदै कराउन थाले। भीडको होहल्लाले गर्दा उनले केही पनि बुझ्न सकेनन्‌; त्यसैले पावललाई सेनाको छाउनीमा लैजाने हुकुम गरे। ३५ तर पावल भऱ्‍याङमा पुगेपछि भीड यति हिंस्रक भयो कि सैनिकहरूले तिनलाई बोकेर लैजानुपऱ्‍यो। ३६ किनकि एक हुल मानिसहरू “त्यसलाई मार्‌!” भनेर चिच्याउँदै पछि लागिरहेका थिए।

३७ सैनिकहरूले पावललाई छाउनीभित्र छिराउनै लाग्दा तिनले सेनापतिलाई सोधे: “के म तपाईँलाई केही भन्‍न सक्छु?” उनले जवाफ दिए: “के तिमीलाई ग्रीक भाषा बोल्न आउँछ? ३८ के तिमी त्यही मिश्री होइनौ, जो केही समयअघि राजद्रोह गर्दै ४ हजार हतियारधारी लिएर निर्जनभूमितिर पसेका थियौ?” ३९ तब पावलले यस्तो जवाफ दिए: “वास्तवमा म यहुदी हुँ+ र सिलिसियाको टार्ससको नागरिक हुँ,+ जुन कुनै चानचुने सहर होइन। त्यसैले म बिन्ती गर्छु, मानिसहरूसामु मलाई बोल्न दिनुहोस्‌।” ४० उनले अनुमति दिएपछि पावल भऱ्‍याङमा उभिए अनि हातले इसारा गर्दै मानिसहरूलाई शान्त हुन आग्रह गरे। सबै जना शान्त भएपछि तिनले हिब्रू भाषामा+ यसरी भाषण दिए:

२२ “हे भाइहरू अनि बुबासमान बुज्रुगहरू हो, अब तपाईँहरूसामु पेस गर्न लागेको मेरो प्रतिवाद सुन्‍नुहोस्‌।”+ २ तिनले हिब्रू भाषामा सम्बोधन गरेको सुनेर उनीहरू झनै चुप लागे। त्यसपछि तिनले भने: ३ “म सिलिसियाको टार्ससमा+ जन्मेको यहुदी हुँ।+ तर यहीँ यरुसलेममा मैले गमलिएलको+ चरणमा शिक्षा पाएँ। हाम्रा पुर्खाहरूको व्यवस्था एक-एक पालन गर्न+ मलाई सिकाइएको थियो अनि अहिले तपाईँहरू परमेश्‍वरको लागि जति जोसिलो हुनुहुन्छ, म पनि त्यत्तिकै जोसिलो थिएँ।+ ४ म यस ‘मार्ग’-मा* लाग्ने पुरुष र स्त्री दुवैलाई बाँधेर झ्यालखानामा हालिदिन्थेँ, तिनीहरूको खेदो गर्थेँ अनि तिनीहरूलाई मार्न समेत लगाउँथेँ,+ ५ जसको साक्षी प्रधानपुजारी र धर्मगुरुहरूको सम्पूर्ण सभा छन्‌। उनीहरूबाट मैले दमिसकका यहुदी बन्धुहरूको नाममा पुर्जी पनि लिएको थिएँ अनि त्यहाँ भएकाहरूलाई पनि सजाय दिनको लागि बाँधेर यरुसलेम ल्याउन म त्यतैतिर जाँदै थिएँ।

६ “मध्यदिनतिर जब म यात्रा गरेर दमिसक पुग्नै लागेको थिएँ, तब अकस्मात्‌ मेरो चारैतिर आकाशबाट चहकिलो ज्योति चम्कियो+ ७ अनि म भुईँमा पछारिएँ र मलाई यसो भन्दै गरेको आवाज मैले सुनेँ: ‘सावल, ए सावल, तिमी किन मेरो खेदो गर्दै छौ?’ ८ मैले भनेँ: ‘प्रभु, तपाईँ को हुनुहुन्छ?’ उहाँले जवाफ दिनुभयो: ‘म नासरी येसु हुँ, जसको तिमी खेदो गरिरहेका छौ।’ ९ मसँग भएका मानिसहरूले ज्योति त देखे तर मसित कुराकानी गर्नेको आवाज भने सुनेनन्‌। १० त्यसपछि मैले सोधेँ: ‘हे प्रभु, म के गरूँ?’ प्रभुले मलाई भन्‍नुभयो: ‘उठ! दमिसक जाऊ। तिमीले गर्नुपर्ने सबै कामबारे तिमीलाई त्यहीँ बताइनेछ।’+ ११ तर ज्योतिको चमकले गर्दा मैले केही देख्न सकिनँ; त्यसैले मसित भएका मानिसहरूले मेरो हात समातेर डोऱ्‍याउँदै मलाई दमिसक पुऱ्‍याए।

१२ “तब हननिया नाम गरेका एक मानिस, जो मोसाको व्यवस्थाअनुसार भक्‍त थिए र त्यहाँ बसोबास गर्ने सबै यहुदीमाझ राम्रो नाम कमाएका थिए, १३ तिनी मकहाँ आए अनि मेरो छेवैमा उभिएर भने: ‘हे भाइ सावल, तपाईँको दृष्टि फर्कोस्‌!’ अनि उत्तिखेरै मैले तिनलाई देखेँ।+ १४ तिनले भने: ‘हाम्रा पुर्खाहरूका परमेश्‍वरको उद्देश्‍य तपाईँलाई थाह होस्‌ अनि तपाईँले ती धर्मी मानिसलाई हेर्न+ र उहाँको स्वर सुन्‍न सक्नुहोस्‌ भनेर परमेश्‍वरले तपाईँलाई रोज्नुभएको छ १५ किनकि आफूले देखेका र सुनेका कुराहरूको विषयमा तपाईँले सबै मानिसलाई साक्षी दिनुपर्नेछ।+ १६ अब किन अलमल गर्नुहुन्छ? उठ्‌नुहोस्‌ र बप्तिस्मा गर्नुहोस्‌ अनि उहाँको नाम पुकारेर+ आफ्ना पापहरू पखाल्नुहोस्‌।’+

१७ “म यरुसलेम फर्केर+ मन्दिरमा प्रार्थना गरिरहेको बेला मैले एउटा दर्शन* देखेँ। १८ उहाँले मलाई यसो भनिरहनुभएको थियो: ‘छिटो गर अनि यरुसलेमबाट तुरुन्तै निस्किहाल किनकि मेरो विषयमा तिमीले दिएको साक्षी तिनीहरूले स्विकार्नेछैनन्‌।’+ १९ अनि मैले भनेँ: ‘प्रभु, तिनीहरूलाई यो राम्ररी थाह छ कि तपाईँमाथि विश्‍वास गर्नेहरूलाई म झ्यालखानामा हाल्थेँ अनि एकपछि अर्को सभाघरमा गएर तिनीहरूलाई पिट्‌थेँ।+ २० अनि तपाईँको साक्षी स्तिफनसको रगत बगाइँदा छेवैमा उभिएर मैले पनि सहमति जनाइरहेको थिएँ अनि तिनलाई मार्नेहरूको लुगा कुरेर बसिरहेको थिएँ।’+ २१ तैपनि उहाँले मलाई भन्‍नुभयो: ‘जाऊ किनकि म तिमीलाई टाढा-टाढा अन्यजातिहरूकहाँ पठाउनेछु।’”+

२२ यतिबेलासम्म उनीहरू तिनको कुरा सुन्दै थिए तर अब भने उनीहरू यसो भन्दै कराउन थाले: “यस्तो मानिसलाई जिउँदो छोड्‌नुहुन्‍न किनकि यो बाँच्न योग्यको छैन!” २३ उनीहरू आफ्नो खास्टो हावामा हुर्ऱ्याउँदै अनि धुलो उडाउँदै चिच्याइरहेका थिए।+ २४ त्यसैले के कारणले उनीहरू पावलविरुद्ध यत्तिको चिच्याइरहेका हुन्‌ भनेर पत्ता लगाउन सेनापतिले तिनलाई छाउनीभित्र ल्याउन र कोर्रा लगाएर केरकार गर्न आदेश दिए। २५ तर जब सैनिकहरूले तिनलाई कोर्रा लगाउनलाई बाँधे, तब पावलले त्यहाँ उभिरहेका सैनिक अफिसरलाई सोधे: “दोषी नठहराईकनै* एक जना रोमी नागरिकलाई कोर्रा लगाउन के तपाईँहरूलाई कानुनले दिन्छ?”+ २६ यो सुनेपछि ती सैनिक अफिसर सेनापतिकहाँ गए र यसो भने: “तपाईँले यो के गर्न लाग्नुभएको? यो मानिस त रोमी नागरिक पो रहेछ।” २७ तब ती सेनापति पावलकहाँ गएर तिनलाई सोधे: “मलाई भन, के तिमी रोमी नागरिक हौ?” तिनले जवाफ दिए: “हुँ।” २८ सेनापतिले भने: “मैले धेरै पैसा खर्च गरेर यो नागरिक-हक किनेको हुँ।” पावलले भने: “तर मैले त यो जन्मजातै पाएको हुँ।”+

२९ त्यसैले तिनलाई यातना दिएर केरकार गर्न लागेका ती मानिसहरू तुरुन्तै पछि हटे। अनि आफूले एक जना रोमी नागरिकलाई बाँध्न लगाएको रहेछु भनी थाह भएपछि ती सेनापति डराए।+

३० यहुदीहरूले तिनलाई किन आरोप लगाएका रहेछन्‌ भनेर थाह पाउन चाहेकोले भोलिपल्ट उनले पावलको साङ्‌लो फुकाइदिए अनि मुख्य पुजारीहरू र यहुदी न्यायपरिषद्‌का सबै सदस्यलाई भेला हुन आदेश दिए। त्यसपछि उनले पावललाई तल ल्याएर उनीहरूमाझ उभ्याए।+

२३ यहुदी न्यायपरिषद्‌का सदस्यहरूलाई एकटक लगाएर हेर्दै पावलले भने: “भाइहरू हो, मैले आजको दिनसम्मै परमेश्‍वरसामु सफा अन्तस्करण+ राखेर जीवन बिताएको छु।” २ यो सुनेर प्रधानपुजारी हननियाले पावलको छेवैमा उभिरहेका मानिसहरूलाई तिनको मुखमा हिर्काउने आदेश दिए। ३ तब पावलले उनलाई भने: “ए कमेरो पोतेको पर्खाल, परमेश्‍वरले तिमीलाई हिर्काउनुहुनेछ। तिमी मोसाको व्यवस्थाबमोजिम मेरो न्याय गर्न बसेका छौ तर मलाई हिर्काउने आदेश दिएर के तिमी त्यही व्यवस्था उल्लङ्‌घन गर्छौ?” ४ तब वरपर उभिरहेका मानिसहरूले तिनलाई भने: “के तिमी परमेश्‍वरको प्रधानपुजारीको अपमान गर्दै छौ?” ५ अनि पावलले जवाफ दिए: “भाइहरू हो, उहाँ प्रधानपुजारी हुनुहुन्छ भनेर मलाई थाह थिएन। ‘तिम्रा मानिसहरूको शासकको निन्दा नगर्नू’+ भनेर धर्मशास्त्रमा लेखिएकै छ नि।”

६ त्यहाँ उपस्थित मानिसहरूमध्ये आधाजसो सदुकी र अरूचाहिँ फरिसी रहेछन्‌ भनेर थाह पाएपछि पावलले न्यायपरिषद्‌सामु ठूलो स्वरमा यसो भने: “भाइहरू हो, म फरिसी हुँ+ र फरिसीकै छोरा पनि हुँ। मरिसकेका मानिसहरू फेरि जीवित हुनेछन्‌ भनेर मैले विश्‍वास गरेको हुनाले मेरो न्याय हुँदै छ।” ७ तिनले यसो भनेको हुनाले फरिसी र सदुकीहरूबीच भनाभन सुरु भयो र न्यायपरिषद्‌का सदस्यहरूमा फूट भयो। ८ किनकि सदुकीहरू मरिसकेको मानिस फेरि जीवित हुन्छ भनेर विश्‍वास गर्दैनन्‌; तिनीहरू स्वर्गदूत वा कुनै अदृश्‍य जीव छ भनेर पनि विश्‍वास गर्दैनन्‌ तर फरिसीहरू भने यी कुराहरूमा विश्‍वास गर्छन्‌।+ ९ त्यसैले तिनीहरूबीच चर्को भनाभन भयो र फरिसी समूहका केही शास्त्रीहरू उठेर ठूलठूलो स्वरमा यसो भन्दै झगडा गर्न थाले: “हामी यस मानिसमा कुनै गल्ती भेट्टाउँदैनौँ; स्वर्गदूतले वा स्वर्गबाट कसैले तिनीसित कुरा गरेको पनि त हुन सक्छ+ . . .।” १० तिनीहरूको भनाभन झन्‌-झन्‌ चर्कँदै गएको देखेर कतै तिनीहरूले पावललाई लछारपछार पार्ने हुन्‌ कि भनी सेनापति डराए। त्यसैले उनले सैनिकहरूलाई तल गएर पावललाई समातेर ल्याई छाउनीभित्र लैजान हुकुम गरे।

११ तर त्यही रात प्रभु तिनको छेउमा उभिनुभयो र भन्‍नुभयो: “साहसी होऊ!+ किनकि तिमीले मेरो विषयमा यरुसलेममा राम्ररी साक्षी दिइरहेका छौ, अब रोममा पनि तिमीले त्यस्तै साक्षी दिनै पर्छ।”+

१२ उज्यालो भएपछि यहुदीहरूले पावलविरुद्ध षड्‌यन्त्र रचे र तिनलाई नमारेसम्म केही खानपिन नगर्ने कसम खाए। १३ यसरी कसम खाएर षड्‌यन्त्र रच्नेहरू ४० जनाभन्दा धेरै थिए। १४ तिनीहरूले मुख्य पुजारीहरू र धर्मगुरुहरूकहाँ गएर भने: “पावललाई नमारेसम्म केही पनि नखाने गम्भीर कसम हामीले खाएका छौँ। १५ अब न्यायपरिषद्‌का सदस्यहरूसित मिलेर तपाईँहरूले सेनापतिलाई के खबर गर्नुहोस्‌ भने तपाईँहरू पावलको मामिला अझ राम्ररी छानबिन गर्न चाहनुहुन्छ। अनि सेनापतिलाई मनाएर पावललाई तल आफूकहाँ ल्याउन लगाउनुहोस्‌। तर त्यो तपाईँहरूकहाँ आइपुग्नुअघि नै त्यसलाई सिध्याउन हामी तम्तयार भएर बस्नेछौँ।”

१६ तिनीहरूले यसरी ढुकेर बस्ने योजना बनाएका छन्‌ भनेर पावलको भान्जाले सुने। त्यसैले सेनाको छाउनीभित्र पसेर उनले पावललाई खबर गरे। १७ तब पावलले सैनिक अफिसरमध्ये एक जनालाई आफूकहाँ बोलाएर भने: “यस ठिटोलाई सेनापतिकहाँ लैजानुहोस्‌ किनकि ऊसित सेनापतिलाई खबर गर्नुपर्ने केही कुरा छ।” १८ त्यसैले ती सैनिक अफिसरले पावलको भान्जालाई सेनापतिकहाँ लगेर भने: “कैदी पावलले मलाई बोलाएर यस ठिटोलाई तपाईँकहाँ ल्याउन आग्रह गऱ्‍यो किनकि ऊ तपाईँलाई केही कुरा बताउन चाहन्छ।” १९ तब सेनापतिले उनको हात समातेर उनलाई अलग्गै लगे र सोधे: “तिमी मलाई के भन्‍न चाहन्छौ?” २० उनले भने: “यहुदीहरूले पावलको मामिलाबारे अझ राम्ररी बुझ्ने+ बहाना बनाएर उहाँलाई भोलि न्यायपरिषद्‌सामु हाजिर गराउन तपाईँलाई आग्रह गर्ने सहमति गरेका छन्‌। २१ तपाईँ कुनै हालतमा तिनीहरूको दबाबमा नपर्नुहोस्‌ किनकि ४० जनाभन्दा धेरै मानिसले पावललाई नमारेसम्म केही खानपिन नगर्ने कसम खाएका छन्‌ र तिनीहरू पावललाई मार्न ढुकिरहेका छन्‌।+ तपाईँले वचन दिनेबित्तिकै आफ्नो कदम चालिहाल्न तिनीहरू तम्तयार छन्‌।” २२ तब ती सेनापतिले त्यस ठिटोलाई यस्तो आदेश दिएर त्यहाँबाट पठाए: “तिमीले मलाई यो कुरा खबर गऱ्‍यौ भनेर कसैलाई नभन्‍नू।”

२३ त्यसपछि तिनले दुई जना सैनिक अफिसरलाई बोलाएर भने: “तिमीहरूले २०० जना सैनिक, ७० जना घोडचढी अनि २०० जना भालाधारीलाई रातको तेस्रो घडीमा* सिजरिया जान तयार पारिराख्नू। २४ साथै पावललाई सकुशल राज्यपाल फेलिक्सकहाँ पुऱ्‍याउन घोडाहरू पनि तयार गर्नू।” २५ त्यसपछि तिनले यस्तो पत्र लेखे:

२६ “महामहिम राज्यपाल फेलिक्सलाई क्लौडियस लायसिअसको अभिवादन! २७ यहुदीहरूले यस मानिसलाई पक्रेर मार्न लागेका थिए तर सैनिकहरूको दलबलसहित म तुरुन्तै त्यहाँ पुगेँ र तिनलाई बचाएँ+ किनकि तिनी रोमी रहेछन्‌ भनेर मैले थाह पाएँ।+ २८ अनि यहुदीहरूले आरोप लगाउनुको कारण बुझ्न मैले तिनलाई उनीहरूको न्यायपरिषद्‌सामु हाजिर गराएँ।+ २९ अनि मैले के पाएँ भने उनीहरूले आफ्नै व्यवस्थाको कुरा लिएर तिनलाई आरोप लगाएका रहेछन्‌+ तर तिनले मृत्युदण्ड वा जेल सजाय पाउन लायकको काम गरेको आरोप भने उनीहरूले एउटा पनि लगाएनन्‌। ३० मैले तिनीविरुद्ध षड्‌यन्त्र भइरहेको खबर पाएँ।+ त्यसैले म तुरुन्तै तिनलाई तपाईँकहाँ पठाउँदै छु र तिनीविरुद्ध जे-जे भन्‍नुछ, त्यो तपाईँसामु नै भन्‍नू भनेर आरोपकहरूलाई पनि आदेश दिँदै छु।”

३१ त्यसैले ती सैनिकहरूले आफूले पाएको आदेशबमोजिम पावललाई राती नै एन्टिपाट्रिस पुऱ्‍याए।+ ३२ अनि भोलिपल्ट घोडचढीहरूलाई पावलसँगै जाने अनुमति दिएर तिनीहरूचाहिँ छाउनी फर्के। ३३ तब सिजरिया पसेर घोडचढीहरूले राज्यपाललाई पत्र बुझाए अनि उनीसामु पावललाई हाजिर पनि गराए। ३४ त्यसपछि राज्यपालले त्यो पत्र पढे र पावललाई तिनी कुन प्रान्तका हुन्‌ भनी सोधे अनि तिनी सिलिसियाका+ रहेछन्‌ भनी थाह पाए। ३५ उनले यसो भने: “तिम्रा आरोपकहरू आइपुगेपछि म तिमीलाई आफ्नो सफाइ पेस गर्ने पूरापूर मौका दिनेछु।”+ त्यसपछि पावललाई हेरोदको महलमा लगी पहरा दिएर राख्नू भनी उनले आदेश दिए।

२४ पाँच दिनपछि केही धर्मगुरु र तर्तुल्लस नाम गरेका अधिवक्‍तासित* प्रधानपुजारी हननिया+ तल ओर्ले र तिनीहरूले पावलविरुद्ध राज्यपालसामु+ आफ्नो मुद्दा पेस गरे। २ जब तर्तुल्लसलाई बोल्न भनियो, तब उनले यसो भन्दै पावललाई आरोप लगाउन थाले:

“हे महामहिम फेलिक्स, हजुरको कृपाले गर्दा हामीले ठूलो शान्ति अनुभव गरेका छौँ र हजुरको दूरदर्शिताको परिणामस्वरूप यस राष्ट्रमा सुधारहरू भइरहेका छन्‌। ३ यसको फाइदा हामीले हरबखत अनि हरठाउँमा अनुभव गरिरहेका छौँ, जसको लागि हामी हजुरप्रति अत्यन्तै आभारी छौँ। ४ तर म हजुरको धेरै समय लिन चाहन्‍नँ, त्यसैले हजुरले आफ्नो थोरै समय दिएर दया गरी हाम्रो कुरा सुनिदिन म बिन्ती बिसाउँछु। ५ यो मानिस समस्याको जड* हो;+ यसले पृथ्वीभरि रहेका यहुदीहरूलाई राजद्रोह गर्न उक्साउँदै हिँडेको+ हामीले पायौँ। अनि यो नासरी गुटको+ नाइके हो। ६ यसले मन्दिरलाई पनि बिटुलो पार्ने दुष्प्रयास गऱ्‍यो। त्यसकारण हामीले यसलाई पक्र्‌यौँ।+ ७ *— ८ अब हजुर आफैले यसलाई केरकार गर्नुभयो भने हामीले यसमाथि लगाएका यी सबै आरोप सत्य रहेछन्‌ भनेर थाह पाउनुहुनेछ।”

९ उनले भनेको कुरामा सहमति जनाउँदै यहुदीहरू पनि पावलविरुद्ध बोल्न थाले। १० अनि राज्यपालले मुन्टो हल्लाएर बोल्ने इसारा गरेपछि पावलले भने:

“धेरै वर्षदेखि हजुर यस जातिको न्यायाधीश हुनुहुन्छ भनेर मलाई थाह छ, त्यसैले म खुसीसाथ तपाईँसामु आफ्नो सफाइ पेस गर्छु।+ ११ हजुर आफैले पनि यो पत्ता लगाउन सक्नुहुन्छ कि म उपासना गर्न यरुसलेम उक्लिएको+ १२ दिनभन्दा बढी भएको छैन १२ अनि यिनीहरूले मलाई न मन्दिरमा कसैसित वादविवाद गरिरहेको फेला पारेका हुन्‌ न त सभाघरहरूमा वा सहरमा हुलदङ्‌गा गरिरहेको नै फेला पारेका हुन्‌। १३ न यिनीहरूले मलाई अहिले जे-जे आरोप लगाउँदै छन्‌, त्यसको प्रमाण नै हजुरलाई दिन सक्छन्‌। १४ तर हजुरसामु म यो कुरा स्विकार्छु कि जुन मार्गलाई यिनीहरू गुट भन्छन्‌, त्यहीबमोजिम मेरा पुर्खाहरूका परमेश्‍वरलाई+ म पवित्र सेवा चढाउँदै छु किनकि मोसाको व्यवस्थामा दिइएका र भविष्यवक्‍ताहरूको पुस्तकमा लेखिएका+ सबै कुरामा म विश्‍वास गर्छु। १५ अनि धर्मी र अधर्मी*+ दुवै फेरि जीवित हुनेछन्‌+ भनेर यी मानिसहरूले जस्तै मैले पनि परमेश्‍वरमा आशा राखेको छु। १६ त्यसकारण परमेश्‍वर र मानिसहरूसामु आफ्नो अन्तस्करण सफा* राखिरहन म हरबखत प्रयास गर्दै छु।+ १७ मेरो आफ्नै जातिका मानिसहरूलाई दान दिन र भेटी चढाउन+ धेरै वर्षपछि म आएँ। १८ जब म त्यसो गर्दै थिएँ, यिनीहरूले मलाई शुद्धीकरणको विधिअनुसार शुद्ध भइसकेपछि+ मन्दिरमा फेला पारेका हुन्‌ तर कुनै भीडसित वा होहल्ला मच्चाइरहेको अवस्थामा होइन। एसिया प्रान्तका केही यहुदी पनि त्यहाँ थिए। १९ यदि तिनीहरूसित मेरो विरुद्धमा भन्‍नुपर्ने केही कुरा भएको भए तिनीहरू आफै हजुरसामु हाजिर भएर मलाई आरोप लगाउनुपर्ने थियो।+ २० होइन भने म न्यायपरिषद्‌सामु खडा हुँदा ममा के दोष भेट्टाइयो, यहाँ भएकाहरूले नै भनून्‌। २१ ‘मरिसकेका मानिसहरू फेरि जीवित हुनेछन्‌ भनेर मैले विश्‍वास गरेको हुनाले आज मेरो न्याय हुँदै छ!’+ भनी यिनीहरूसामु खडा भएर मैले ठूलो स्वरमा भनेको थिएँ। यसबाहेक अरू कुनै कुरामा यिनीहरूले मलाई दोष लगाउन सक्दैनन्‌।”

२२ यस ‘मार्ग’-बारे*+ वास्तविक कुरा के हो, त्यो राम्ररी थाह भएकोले फेलिक्सले यसो भन्दै तिनीहरूलाई पन्छ्याउन थाले: “सेनापति लायसिअस तल आएपछि म तिमीहरूको मुद्दा छिनोफानो गरिदिउँला।” २३ अनि पावललाई पहरा दिएर राखे तापनि ज्यादै कडिकडाउ नगर्नू अनि तिनका मानिसहरूमध्ये कसैले तिनको सेवा-सुसार गर्न चाहे भने अनुमति दिनू भनेर उनले सैनिक अफिसरलाई आदेश दिए।

२४ केही दिनपछि फेलिक्स आफ्नी पत्नी द्रूसिल्लासित आए, जो यहुदी थिइन्‌। अनि फेलिक्सले पावललाई बोलाए र पावलले ख्रिष्ट येसुमाथि विश्‍वास गर्ने विषयमा बताउँदा+ उनले सुने। २५ तर जब तिनले धार्मिकता,* आत्मसंयम र आउँदै गरेको न्यायको विषयमा बताए,+ तब फेलिक्स डराए र यसो भने: “अहिलेलाई तिमी जाऊ, पछि मौका मिल्यो भने फेरि तिमीलाई बोलाउन पठाउँला।” २६ साथै उनले पावलबाट पैसा पाइहाल्छु कि भन्‍ने आशा पनि गरेका थिए। त्यसैले उनी तिनलाई घरीघरी बोलाउँथे र तिनीसित कुराकानी गर्थे। २७ तर दुई वर्ष बितेपछि फेलिक्सको ठाउँमा पोर्सिअस फेस्तस आए। फेलिक्स यहुदीहरूलाई खुसी पार्न चाहन्थे।+ त्यसैले उनले पावललाई कैदमै छोडे।

२५ त्यस प्रान्तमा आएर कार्यभार सम्हालेको तीन दिनपछि फेस्तस+ सिजरियाबाट यरुसलेम गए। २ तब मुख्य पुजारीहरू र यहुदीहरूका गण्यमान्य मानिसहरूले पावलको अभियोग उनीसामु पेस गरे।+ अनि तिनीहरूले उनलाई के बिन्ती गर्न थाले भने ३ उनले तिनीहरूको आग्रह सुनेर पावललाई यरुसलेम बोलाऊन्‌। तर तिनीहरूले बाटोमा ढुकेर बस्ने र पावललाई मार्ने षड्‌यन्त्र रचेका थिए।+ ४ तर फेस्तसले तिनीहरूलाई पावल सिजरियामै रहनुपर्छ अनि आफू पनि चाँडै त्यतै फर्कँदै छु भन्‍ने जवाफ दिए। ५ उनले भने: “यहाँ तिमीहरूमध्ये जो-जो उच्च ओहदामा छौ, मसँगै आओ र त्यस मानिसले केही गल्ती गरेको छ भने उसलाई आरोप लगाओ।”+

६ तिनीहरूसित आठ-दस दिन बिताएपछि उनी सिजरिया ओर्ले अनि त्यसको भोलिपल्ट न्यायासनमा बसे र पावललाई हाजिर गराउने आदेश दिए। ७ पावल आइपुगेपछि यरुसलेमबाट आएका यहुदीहरूले तिनलाई घेरे अनि थुप्रै गम्भीर आरोप लगाउन थाले तर उनीहरूले कुनै प्रमाण भने पेस गर्न सकेनन्‌।+

८ तब आफ्नो प्रतिवाद गर्दै पावलले यसो भने: “मैले न यहुदीहरूको व्यवस्थाविरुद्ध न मन्दिरविरुद्ध न त सिजरविरुद्ध* नै केही पाप गरेको छु।”+ ९ यहुदीहरूलाई खुसी पार्ने मनसायले+ फेस्तसले पावललाई सोधे: “के तिमी यरुसलेम गएर मसामु यी कुराहरूको फैसला गरिएको चाहन्छौ?” १० तर पावलले जवाफ दिए: “म सिजरको न्यायासनसामु खडा छु र यहीँ मेरो न्याय हुनुपर्छ। मैले यहुदीहरूको केही खराबी गरेको छैनँ, जुन कुरा हजुरले पनि राम्ररी बुझिरहनुभएको छ। ११ केही गरी यदि मैले गल्ती नै गरेको रहेछु र मृत्युदण्ड पाउन लायकको कुनै काम गरेकै रहेछु+ भने म मर्नदेखि पछि हट्‌दिनँ। तर अर्कोतिर यदि यी मानिसहरूले मलाई जे-जे आरोप लगाएका छन्‌, त्यसको कुनै आधार छैन भने तिनीहरूलाई खुसी पार्न मलाई तिनीहरूको हातमा सुम्पिने अधिकार कसैसित पनि छैन। म सिजरलाई अपिल गर्छु!”+ १२ तब आफ्ना सल्लाहकारहरूको समूहसित छलफल गरेपछि फेस्तसले भने: “तिमीले सिजरलाई अपिल गरेका छौ, त्यसैले तिमी सिजरकहाँ नै जानेछौ।”

१३ केही दिनपछि फेस्तससित शिष्टाचार भेट गर्न राजा अग्रिपा र बर्णिस सिजरिया आए। १४ उनीहरू निकै दिन त्यहाँ बस्ने भएकोले फेस्तसले यसो भन्दै राजासामु पावलको मुद्दा पेस गरे:

“फेलिक्सले एक जना मानिसलाई कैदमा राखेर गएका रहेछन्‌। १५ म यरुसलेममा छँदा मुख्य पुजारीहरू र यहुदीहरूका धर्मगुरुहरूले ऊमाथि लगाइएको अभियोग मसामु पेस गरे+ अनि उसलाई सजाय दिन माग गरे। १६ तर आरोप लागेको व्यक्‍तिले आरोप लगाउनेहरूलाई आमनेसामने भेटेर आफ्नो प्रतिवाद नगरेसम्म कसैलाई खुसी पार्नकै लागि उसलाई सजाय दिन रोमी कानुनले दिँदैन भनेर मैले जवाफ दिएँ।+ १७ त्यसैले तिनीहरू यहाँ आएपछि कुनै अलमल नगरी भोलिपल्टै म न्यायासनमा बसेँ र त्यस मानिसलाई हाजिर गराउने आदेश दिएँ। १८ आरोप लगाउनेहरू खडा भए तर उसले जे-जस्तो दुष्कर्महरू गरेको होला भनेर मैले सोचेको थिएँ, त्यस्तो कुनै दुष्कर्मको आरोप तिनीहरूले लगाएनन्‌।+ १९ तिनीहरूको आफ्नै देवताको उपासनाको* विषयमा+ र येसु भन्‍ने एक जना मानिसको विषयमा मतभेद भएको मात्र रहेछ। हुनत त्यस मानिसको मृत्यु भइसक्यो तर पावल भने ऊ जिउँदै छ भनेर जिद्दी गर्न छोड्‌दैन।+ २० यो मतभेद कसरी सुल्झाउने भनेर रनभुल्लमा परेकोले मैले उसलाई यरुसलेम गएर त्यहीँ यी कुराहरूको फैसला गरिएको चाहन्छौ कि भनेर सोधेँ।+ २१ तर उसले मौसुफबाट+ निर्णय नआउन्जेल यहीँ कैदमा रहन पाऊँ भनी अपिल गरेको हुनाले मैले उसलाई सिजरकहाँ नपठाउन्जेल यहीँ राख्ने आदेश दिएँ।”

२२ तब अग्रिपाले फेस्तसलाई भने: “म आफै त्यस मानिसको कुरा सुन्‍न चाहन्छु।”+ उनले जवाफ दिए: “हजुरले भोलि उसको कुरा सुन्‍नुहोला।” २३ त्यसकारण भोलिपल्ट अग्रिपा र बर्णिस आफ्ना सेनापतिहरू र सहरका प्रतिष्ठित मानिसहरूसहित बडो धूमधामका साथ सभाकक्षमा प्रवेश गरे। अनि फेस्तसले आदेश दिएपछि पावललाई भित्र ल्याइयो। २४ तब फेस्तसले भने: “हे राजा अग्रिपा तथा उपस्थित सज्जनवृन्द, तपाईँहरूले देखिरहनुभएको यस मानिसलाई जिउँदो छोड्‌नुहुन्‍न+ भनेर सबै यहुदीले यरुसलेममा र यहाँ ठूलठूलो स्वरमा कराउँदै मलाई बिन्ती गरेका छन्‌। २५ तर मृत्युदण्ड पाउन लायकको कुनै काम यसले गरेको छ जस्तो मलाई लागेन।+ त्यसैले यस मानिस आफैले मौसुफलाई अपिल गर्दा मैले यसलाई पठाउने निर्णय गरेँ। २६ तर यस मानिसको विषयमा मौसुफसामु जाहेर गर्न मिल्ने खासै केही कुरा मसित छैन। त्यसैले मैले यसलाई तपाईँहरूसामु, अझ विशेष गरी, हे राजा अग्रिपा, हजुरसामु हाजिर गराएको छु ताकि तपाईँहरूले न्यायिक छानबिन गर्नुभएपछि मसित लेख्न लायक केही कुरा होस्‌। २७ किनकि आरोपै नखुलाई कैदीलाई त्यहाँ पठाउनु मलाई मनासिब लागेन।”

२६ तब अग्रिपाले+ पावललाई भने: “तिमीलाई आफ्नो पक्षमा बोल्ने अनुमति छ।” त्यसपछि आफ्नो हात पसारेर पावलले यसरी आफ्नो प्रतिवाद गर्न थाले:

२ “हे राजा अग्रिपा, यहुदीहरूले ममाथि लगाएका सबै आरोपको विषयमा+ आज हजुरसमक्ष आफ्नो प्रतिवाद प्रस्तुत गर्न पाएकोमा म खुसी छु ३ किनभने हजुरसित यहुदीहरूका सबै रीतिथितिका साथै विवादहरूको राम्रो ज्ञान छ। त्यसैले मेरो कुरा धैर्य गरी सुनिदिनुहुन म हजुरलाई बिन्ती गर्छु।

४ “युवावस्थादेखि मैले आफ्नो जातिबीच अनि यरुसलेममा जुन किसिमको जीवन बिताएँ, त्यसबारे ती सबै यहुदीलाई राम्ररी थाह छ,+ ५ जसले मलाई पहिल्यैदेखि चिन्थे। यदि तिनीहरू चाहन्छन्‌ भने हाम्रो धर्मको सबैभन्दा कट्टर गुटमा लागेर+ मैले कसरी फरिसीको जीवन बिताएको थिएँ + भनेर मेरो पक्षमा साक्षी दिन सक्छन्‌। ६ तर परमेश्‍वरले हाम्रा पुर्खाहरूसित गर्नुभएको प्रतिज्ञामाथि आशा राखेकै कारण+ अहिले मेरो पुर्पक्ष हुँदै छ। ७ यही प्रतिज्ञा पूरा भएको हेर्ने आशा गर्दै हाम्रा १२ कुल तल्लीन भएर दिनरात उहाँलाई पवित्र सेवा चढाउँदै छन्‌। हे राजा, यही आशा राखेको हुनाले यहुदीहरूले मलाई दोष लगाएका हुन्‌।+

८ “मरिसकेको मानिसलाई परमेश्‍वरले ब्युँताउनुहुन्छ भनेर तपाईँहरू किन पत्याउनुहुन्‍न? ९ मेरो आफ्नै विषयमा भन्‍नुपर्दा मलाई हर हालतमा नासरी येसुको घोर विरोध गर्नुपर्छ भन्‍ने लागेको थियो। १० हुन पनि मैले यरुसलेममा त्यसै गरेँ। मैले थुप्रै पवित्र जनलाई झ्यालखानामा थुनेँ+ किनकि मैले मुख्य पुजारीहरूबाट त्यसो गर्ने अख्तियार पाएको थिएँ।+ अनि ती पवित्र जनहरूलाई मृत्युदण्ड दिने कुरा उठ्‌दा मैले त्यसको पक्षमा मत खसालेँ। ११ साथै सभाघरैपिच्छे तिनीहरूलाई धेरै पटक सजाय दिएर मैले तिनीहरूलाई आफ्नो धर्म त्याग्न जबरजस्ती गरेँ। तिनीहरूसित म यत्ति रिसाएको थिएँ कि अरू सहरमा समेत गएर मैले तिनीहरूको खेदो गरेँ।

१२ “यही धुनमा म मुख्य पुजारीहरूबाट पाएको अख्तियार अनि आदेशसहित दमिसक जाँदै थिएँ। १३ तब हे राजा, मध्यान्हको बेला बाटोमा आकाशबाट घामको उज्यालोभन्दा पनि चहकिलो ज्योति चम्केको मैले देखेँ र त्यो म अनि मसित यात्रा गरिरहेका मानिसहरूको चारैतिर चम्कियो।+ १४ अनि हामी सबै जना भुईँमा पछारियौँ र हिब्रू भाषामा मलाई यसो भन्दै गरेको आवाज मैले सुनेँ: ‘सावल, हे सावल, तिमी किन मेरो खेदो गर्दै छौ? तिमी सुइरोमा* जति लात हिर्काउँछौ, त्यति नै तिमीलाई दुःख हुन्छ।’ १५ तर मैले सोधेँ: ‘प्रभु, तपाईँ को हुनुहुन्छ?’ प्रभुले भन्‍नुभयो: ‘म येसु हुँ, जसको तिमीले खेदो गरिरहेका छौ। १६ अब उठ किनकि तिमीलाई आफ्नो सेवक बनाउन र मेरो विषयमा तिमीले जे-जे देखेका छौ अनि जे-जे म तिमीलाई देखाउनेछु, ती कुराहरूको साक्षी बनाउन म तिमीसामु प्रकट भएको हुँ।+ १७ अनि म तिमीलाई यो जाति अनि अन्यजातिका मानिसहरूको हातबाट जोगाउनेछु, जसकहाँ म तिमीलाई पठाउँदै छु।+ १८ तिनीहरूले ममाथि राखेको विश्‍वासको आधारमा आफ्ना पापहरूको क्षमा पाऊन्‌+ अनि मैले पवित्र ठहराएकाहरूले पाउने उत्तराधिकार पनि पाऊन्‌ भनेर तिनीहरूको आँखा खोल्न,+ तिनीहरूलाई अन्धकारबाट+ ज्योतितिर+ फर्काउन र सैतानको अख्तियारबाट+ मुक्‍त गरेर परमेश्‍वरको अख्तियारमुनि ल्याउन म तिमीलाई तिनीहरूकहाँ पठाउँदै छु।’

१९ “त्यसैले हे राजा अग्रिपा, त्यस स्वर्गीय दर्शनमा* मलाई दिइएको आदेश मैले पालन गरेँ। २० म सबैभन्दा पहिला दमिसक,+ त्यसपछि यरुसलेम+ अनि यहुदियाका सारा इलाका र अन्यजातिका मानिसहरूलाई तिनीहरूले पश्‍चात्ताप गर्नुपर्छ र पश्‍चात्ताप गरेको देखिने कामहरू गरेर परमेश्‍वरतर्फ फर्कनुपर्छ+ भन्‍ने सन्देश सुनाउँदै हिँडेँ। २१ त्यसैले यहुदीहरूले मलाई मन्दिरमा पक्रे अनि मार्न खोजे।+ २२ तथापि परमेश्‍वरको मदत पाएकोले आजको दिनसम्मै साना र ठूला सबैलाई म साक्षी दिँदै छु। हुन आउने कुराहरूको विषयमा भविष्यवक्‍ताहरूले अनि मोसाले जे भने, त्योबाहेक अरू कुनै कुरा म तिनीहरूलाई बताउँदिनँ।+ २३ यही कि ख्रिष्टले दुःख भोग्नु आवश्‍यक थियो+ र मरेका मानिसहरूमध्येबाट फेरि जीवित हुने+ पहिलो व्यक्‍तिको रूपमा उहाँले यस जाति अनि अन्यजातिका मानिसहरूलाई+ ज्योति प्रकट गर्नुहुने थियो।”

२४ आफ्नो प्रतिवाद गर्दै पावलले यी कुराहरू भनिरहेका बेला फेस्तसले ठूलो स्वरमा यसो भने: “तिम्रो दिमाग खुस्केछ पावल! धेरै ज्ञानले तिम्रो दिमाग खुस्काएछ!” २५ तर पावलले जवाफ दिए: “हे महामहिम फेस्तस, मेरो दिमाग खुस्केको छैन तर म सत्य अनि सद्दे कुरा बोल्दै छु। २६ भनौँ भने जुन राजासामु म यी कुराहरू निर्धक्क भई बोल्दै छु, उहाँलाई यी कुराहरू राम्ररी थाह छ। यीमध्ये एउटा कुरा पनि उहाँको नजरबाट लुकेको छैन भनेर म विश्‍वस्त छु किनकि कुनै कुरा गुप्तमा गरिएको छैन।+ २७ हे राजा अग्रिपा, के हजुर भविष्यवक्‍ताहरूमाथि विश्‍वास गर्नुहुन्छ? मलाई थाह छ, हजुर विश्‍वास गर्नुहुन्छ।” २८ तब अग्रिपाले पावललाई भने: “तिमीले त थोरै समयमै मलाई ख्रिष्टियन बनाउला जस्तो छ।” २९ उनको कुरा सुनेर पावलले भने: “चाहे थोरै समय लागोस्‌ वा धेरै, हजुर मात्र होइन, आज मेरो कुरा सुन्‍नेजति सबै जना मजस्तै होऊन्‌ भनी म परमेश्‍वरसित कामना गर्छु। बस्‌, तिनीहरू मजस्तै साङ्‌लाले बाँधिनचाहिँ नपरोस्‌।”

३० तब राजा खडा भए अनि राज्यपाल, बर्णिस र उनीहरूसँगै बसेका मानिसहरू पनि खडा भए। ३१ अनि बाहिर निस्कँदै गर्दा उनीहरूले आपसमा यसो भन्‍न थाले: “यस मानिसले मृत्युदण्ड वा कैदको सजाय पाउन लायकको कुनै काम गरेको रहेनछ।”+ ३२ अनि अग्रिपाले फेस्तसलाई भने: “सिजरलाई अपिल नगरेको भए यस मानिसलाई मुक्‍त गर्न पनि सकिन्थ्यो।”+

२७ हामीलाई जहाज चढाएर इटाली पठाउने+ निर्णय गरिएको हुँदा तिनीहरूले पावल अनि अरू केही कैदीलाई अगस्तस गणका जुलियस नाम गरेका सैनिक अफिसरको जिम्मा लगाए। २ एड्रामिटियमबाट एउटा जहाज एसिया प्रान्तको समुद्री किनारामा पर्ने ठाउँहरू हुँदै जान लागेको थियो। हामी त्यही जहाज चढ्‌यौँ अनि हामीसित म्यासिडोनियाली अरिस्तार्खस+ पनि थिए, जो थिस्सलोनिकामा बस्थे। ३ भोलिपल्ट हामी सिदोनमा उत्रियौँ। त्यहाँ जुलियसले पावललाई दया* देखाए र तिनलाई आफ्ना मित्रहरूकहाँ गएर उनीहरूको अतिथि-सत्कारको आनन्द उठाउने अनुमति दिए।

४ त्यसपछि हामी जहाज चढेर साइप्रस टापुको छेउ लाग्दै अगाडि बढ्‌यौँ किनकि हामीतिर उल्टो दिशाबाट बतास चलिरहेको थियो। ५ अनि खुला समुद्रमा जहाज खियाएर सिलिसिया र पाम्फिलिया हुँदै लाइसियाको माइरा बन्दरगाहमा उत्रियौँ। ६ त्यहाँ सैनिक अफिसरले अलेक्जेन्ड्रियाबाट आएको एउटा जहाज देखे, जुन इटाली जाँदै थियो र उनले हामीलाई त्यही जहाजमा चढाए। ७ निकै दिनसम्म सुस्तरी यात्रा गरेपछि हामी मुस्किलले कनिडस पुग्यौँ। बतासले गर्दा अगाडि बढ्‌न गाह्रो भएकोले हामी सालमोने हुँदै क्रेट टापुको छेउ-छेउबाट अगाडि बढ्‌यौँ। ८ अनि किनारै किनार भएर सुन्दर-बन्दरगाह भनिने ठाउँमा बडो मुस्किलले पुग्यौँ, जुन लसिया सहरको नजिकै पर्थ्यो।

९ धेरै दिन बितिसकेकोले अनि प्रायश्‍चित-दिनको+ उपवाससमेत नाघिसकेको हुनाले यात्रा जारी राख्नु अब जोखिमपूर्ण भइसकेको थियो। त्यसैले पावलले उनीहरूलाई यस्तो सुझाव दिए: १० “मित्रहरू हो, मलाई लाग्छ, यसरी यात्रा अगाडि बढाइरह्‍यौँ भने जहाज र मालसामानको ठूलो क्षति हुनुका साथै हाम्रो ज्यानसमेत खतरामा पर्नेछ।” ११ तर पावलको कुरा सुन्‍नुको साटो सैनिक अफिसरले जहाजको कप्तान र जहाज-धनीको कुरा सुने। १२ त्यो बन्दरगाहमा हिउँद काट्‌न गाह्रो हुने भएकोले धेरैजसो यात्रुले त्यहाँबाट जसोतसो फिनिक्स बन्दरगाहमा पुगेर त्यहीँ हिउँद काट्‌ने सुझाव दिए। क्रेट टापुको फिनिक्स बन्दरगाह उत्तर-पूर्व र दक्षिण-पूर्वतिर फर्किएको छ।

१३ दक्षिणबाट मन्द बतास चल्न थालेपछि उनीहरूले आफूले सोचेजस्तै हुनेछ भन्ठाने र लङ्‌गर तानेर क्रेट टापुको छेउ लाग्दै जहाजलाई अगाडि बढाए। १४ तर केही समय बित्न नपाउँदै क्रेटबाट युरोक्विलो* भनिने भीषण समुद्री आँधी चल्न थाल्यो। १५ आँधीले जहाजलाई बेसरी हल्लायो र जहाज आँधीलाई थेगेर अघि बढ्‌न सकेन। त्यसैले आँधीले जता लग्छ, त्यतै लगोस्‌ भनेर हामीले जहाजलाई त्यत्तिकै छोडिदियौँ। १६ तब बतासबाट बच्न कौदा नाम गरेको सानो टापुको छेउ लाग्दै हामी अगाडि बढ्‌यौँ। तैपनि जहाजको पछिल्लो भागमा राखिएको सानो डुङ्‌गालाई* जोगाइराख्न समेत हामीलाई हम्मेहम्मे परिरहेको थियो। १७ अनि त्यसलाई तानेर माथि ल्याएपछि उनीहरूले जहाजलाई डोरीले फन्को पारेर बेरे। साथै सिरटिस* भन्‍ने बलौटे दलदलमा जहाज धसिएला भनेर उनीहरूले डोरी फुकाएर पाल झारे र जहाजलाई आफै बहन दिए। १८ समुद्री आँधीले जहाजलाई बेसरी उचाल्न र पछार्न नछोडेको हुनाले भोलिपल्ट उनीहरूले मालसामान फ्याँकेर जहाजलाई हलुङ्‌गो बनाउन थाले। १९ अनि तेस्रो दिन उनीहरू आफैले मस्तुलका डोरीहरू समुद्रमा फ्याँकिदिए।

२० घाम वा ताराहरू देखिन छाडेको पनि धेरै दिन भइसकेकोले अनि भीषण आँधी पनि चलिरहेको हुनाले हामीले बाँच्ने आशा मार्न थाल्यौँ। २१ अनि उनीहरूले खाना नखाएको पनि धेरै दिन भइसकेको थियो। त्यसैले उनीहरूमाझ उभिएर पावलले भने: “मित्रहरू हो, तपाईँहरूले मेरो सुझाव मानेर क्रेटबाट यात्रा अगाडि नबढाएको भए यस्तो क्षति अनि नोक्सानी भोग्नुपर्ने थिएन।+ २२ तैपनि म तपाईँहरूलाई आग्रह गर्छु, हरेस नखानुहोस्‌ किनकि तपाईँहरूमध्ये कसैको पनि ज्यान जानेछैन तर यो जहाज मात्र नष्ट हुनेछ। २३ म जुन परमेश्‍वरको सेवक हुँ अनि जसलाई म पवित्र सेवा चढाउँछु, उहाँको स्वर्गदूत+ हिजो राती मेरो छेवैमा आए २४ र यसो भने: ‘नडराऊ पावल। तिमी सिजरसामु* खडा हुनै पर्छ+ अनि हेर, तिमीसँगै यात्रा गर्नेहरूको ज्यान पनि परमेश्‍वरले जोगाउनुहुनेछ!’ २५ त्यसैले मित्रहरू हो, हरेस नखानुहोस्‌ किनकि स्वर्गदूतले मलाई भनेको कुरा परमेश्‍वरले अवश्‍य पूरा गर्नुहुनेछ भनेर मलाई पूरा विश्‍वास छ। २६ तर हाम्रो जहाज भने कुनै टापुमा+ पुगेर पक्कै क्षतिग्रस्त हुनेछ।”

२७ अनि १४औँ रातमा हाम्रो जहाज एड्रिया समुद्रमा यताउता हुत्तिरहेको बेला मध्यरातमा नाविकहरूले जहाज कुनै जमिनको नजिकै पुगेको हो कि भनेर अड्‌कल काटे। २८ अनि गहिराइ नापेर हेर्दा तिनीहरूले ३६ मिटरजति* रहेछ भनी पत्ता लगाए; त्यसपछि जहाज अलि अगाडि बढाएर फेरि नाप्दा २७ मिटरजति* पाए। २९ जहाज कतै चट्टानमा बज्रिने हो कि भनी डराएर उनीहरूले जहाजको पछिल्लो भागबाट चार वटा लङ्‌गर झारे अनि कहिले उज्यालो हुने होला भनी पर्खन थाले। ३० तर नाविकहरू जहाजबाट भाग्न खोजे र जहाजको अघिल्लो भागबाट लङ्‌गर झार्ने बहाना बनाएर उनीहरूले सानो डुङ्‌गा पानीमा उतार्न खोजे। ३१ तब पावलले सैनिक अफिसर अनि सैनिकहरूलाई यसो भने: “यी मानिसहरू जहाज छोडेर गए भने तपाईँहरू बच्नुहुनेछैन।”+ ३२ त्यसैले सैनिकहरूले त्यस सानो डुङ्‌गालाई बाँधिराखेको डोरी काटेर त्यसलाई पानीमा पठाइदिए।

३३ अब बिहानीपख पावलले यसो भन्दै सबैलाई केही खान आग्रह गरे: “तपाईँहरूले केही नखाई भोकभोकै बसेर यसरी बाटो हेर्न थाल्नुभएको आज १४ दिन भइसक्यो। ३४ त्यसैले तपाईँहरूकै भलाइलाई ध्यानमा राखेर म तपाईँहरूलाई केही खान आग्रह गर्छु किनकि तपाईँहरूको शिरको एउटा केशसमेत नष्ट हुनेछैन।” ३५ यति भनेर तिनले एउटा रोटी लिए अनि उनीहरू सबैसामु परमेश्‍वरलाई धन्यवाद चढाएपछि भाँचेर खान थाले। ३६ तब सबैले हौसला पाए अनि उनीहरूले पनि खान थाले। ३७ जहाजमा हामी सबै गरी २७६ जना थियौँ। ३८ खानेकुरा खाएर तृप्त भएपछि उनीहरूले गहुँजति समुद्रमा फालेर जहाजलाई हलुङ्‌गो बनाए।+

३९ उज्यालो भएपछि आफूहरू कुन ठाउँमा आइपुगेको हो, उनीहरूले ठम्याउन सकेनन्‌+ तर उनीहरूले एउटा खाडी र त्यसको बलौटे किनारा देखे अनि सम्भव भएसम्म त्यही किनारामा जहाज बिसाउने अठोट गरे। ४० त्यसैले उनीहरूले डोरी काटेर लङ्‌गरहरूलाई समुद्रमा खसाल्नुका साथै पतवार बाँध्ने डोरी पनि खुकुलो पारे। त्यसपछि जहाजको अघिल्लो भागको पाल उठाएर त्यसलाई हावा बहिरहेको दिशातर्फ फर्काए अनि किनारातर्फ लागे। ४१ जहाज समुद्री लहरले थुपारेको बालुवाको ढिस्कोमा गएर ठोकियो र जहाजको अघिल्लो भाग हल्लिनै नसक्ने गरी त्यसमा धसियो अनि जहाजको पछिल्लो भागचाहिँ समुद्री छालको झोक्काले गर्दा टुक्रिन थाल्यो।+ ४२ एक जना कैदी पनि पौडेर भाग्न नपाओस्‌ भनेर सैनिकहरूले उनीहरूलाई मार्ने निर्णय गरे। ४३ तर सैनिक अफिसरले सैनिकहरूलाई त्यसो गर्नदेखि रोके किनकि उनी पावललाई बचाउन चाहन्थे। अनि उनले पौडन सक्नेजति सबैलाई समुद्रमा हामफालेर अरूभन्दा पहिला किनारामा पुग्न आदेश दिए। ४४ त्यसपछि बाँकी अरूलाई पनि जहाजका फल्याक वा जहाजका अन्य टुक्राटाक्रीको सहारा लिएर किनारामा जान आदेश दिए। यसरी सबै जना सकुशल किनारामा पुगे।+

२८ हामी किनारामा सकुशल पुगेपछि त्यस टापुलाई माल्टा+ भनिँदो रहेछ भनेर थाह पायौँ। २ त्यस टापुका मानिसहरूले* हामीप्रति असाधारण दया* देखाए। पानी परिरहेको र जाडो भएकोले उनीहरूले आगो बालिदिए अनि हामी सबैलाई न्यानो स्वागत गरे। ३ पावलले झिँजा बटुलेर आगोमा हाल्दा आगोको रापले गर्दा त्यसबाट एउटा विषालु सर्प निस्क्यो र तिनको हातमा बेरियो। ४ तिनको हातमा विषालु सर्प झुन्डिरहेको देखेर अर्कै भाषा बोल्ने ती मानिसहरूले आपसमा यसो भन्‍न थाले: “यो मानिस पक्कै हत्यारा हो। त्यसैले त समुद्रबाट सकुशल निस्के पनि इन्साफबाट* भने उम्कन सकेन।” ५ तर तिनले हात झट्‌कारेर त्यो सर्पलाई आगोमा फ्याँके र तिनलाई केही हानि भएन। ६ तर उनीहरू भने तिनको हात सुनिएर आउँछ होला वा तिनी एक्कासि पछारिएर मर्छन्‌ होला भनेर सोचिरहेका थिए। निकै बेर पर्खँदा पनि तिनलाई केही हानि नभएको देखेर उनीहरूले आफ्नो विचार बदले र तिनी कुनै ईश्‍वर हुनुपर्छ भन्‍न थाले।

७ त्यस ठाउँको नजिकै पब्लियस नाम गरेका मानिसको जग्गा-जमिन थियो, जो त्यस टापुका मुखिया थिए। उनले हामीलाई स्वागत गरे अनि निकै माया गरेर तीन दिनसम्म हाम्रो सत्कार गरे। ८ पब्लियसका बुबा ज्वरो र आउँले थला परेका थिए। त्यसैले पावल उनीकहाँ गएर प्रार्थना गरे अनि त्यसपछि उनीमाथि आफ्नो हात राखेर उनलाई निको पारे।+ ९ यो घटनापछि त्यस टापुका अरू बिरामी मानिसहरू पनि तिनीकहाँ आउन थाले र उनीहरू निको भए।+ १० हामीलाई थुप्रै उपहार दिएर उनीहरूले हाम्रो सम्मान गरे। साथै हामी समुद्री यात्रामा निस्कन लाग्दा हामीलाई चाहिने सरसामान पनि प्रशस्त ल्याए।

११ तीन महिनापछि हामी एउटा जहाजमा चढ्‌यौँ, जुन जहाज अलेक्जेन्ड्रियाबाट आएर हिउँद काट्‌न त्यो टापुमा रोकिएको थियो र त्यसको अघिल्लो भागमा “ज्युसका छोराहरू”-को प्रतिमा थियो। १२ अनि हामी सिराक्युसको बन्दरगाहमा पुगेर तीन दिन त्यहाँ बस्यौँ १३ र त्यहाँबाट रेगियम पुग्यौँ। त्यसको एक दिनपछि दक्षिणी बतास चल्यो र दोस्रो दिनमा हामी पटिओली पुग्यौँ। १४ त्यहाँ हामीले भाइहरू भेट्‌यौँ, जसले हामीलाई उनीहरूसँग सात दिन बस्न आग्रह गरे। त्यसपछि हामी रोमतर्फ लाग्यौँ। १५ हामी आउँदै गरेको खबर पाएपछि हामीलाई भेट्‌न त्यहाँका भाइहरू तीन पाटी भन्‍ने ठाउँसम्म आए अनि कोही-कोहीचाहिँ अप्पियसको बजारसम्मै आइपुगे। उनीहरूलाई देखेपछि पावलले परमेश्‍वरलाई धन्यवाद दिए र हौसला पाए।+ १६ अन्तमा हामी रोम पसेपछि पावलले छुट्टै बस्ने अनुमति पाए अनि तिनलाई पहरा दिन एक जना सैनिक खटाइयो।

१७ तीन दिनपछि तिनले यहुदीहरूका गण्यमान्य मानिसहरूलाई एकै ठाउँमा बोलाए। उनीहरू भेला भएपछि तिनले यसो भने: “भाइहरू हो, मैले मानिसहरूविरुद्ध वा हाम्रा पुर्खाहरूको रीतिथितिविपरीत केही नगरे तापनि+ मलाई यरुसलेममा कैदी बनाएर रोमीहरूको हातमा सुम्पिइयो।+ १८ केरकार गरेपछि+ उनीहरूले मलाई छोड्‌न चाहेका थिए किनकि मैले मृत्युदण्ड पाउन लायकको केही काम गरेको थिइनँ।+ १९ तैपनि यहुदीहरूले आपत्ति जनाएको हुनाले सिजरलाई* अपिल गर्न+ म बाध्य भएँ तर यसरी आफ्नै जातिलाई दोष लगाउन खोजेको त होइनँ। २० त्यसैले तपाईँहरूसित भेट्‌न र कुरा गर्न पाऊँ भनेर मैले बिन्ती गरेको थिएँ किनकि इस्राएलको आशाको खातिर म साङ्‌लाले बाँधिएको छु।”+ २१ उनीहरूले तिनलाई भने: “तपाईँको विषयमा हामीले यहुदियाबाट कुनै पत्र पाएका छैनौँ न त यहाँ आइपुगेका भाइहरूमध्ये कसैले तपाईँको विषयमा खबर गरेको वा केही नराम्रो कुरा बताएको छ। २२ तर हामीलाई लाग्छ, तपाईँको विचार के छ, सो तपाईँबाटै सुन्‍नु उचित हुन्छ किनकि हामीलाई थाह भएसम्म जताततै+ मानिसहरू यस गुटविरुद्ध+ बोल्छन्‌।”

२३ उनीहरूले तिनलाई भेट्‌न एक दिन तोके र तिनको डेरामा पहिलेभन्दा धेरै जना भेला भए। तिनले उनीहरूलाई परमेश्‍वरको राज्यको विषयमा राम्ररी साक्षी दिए अनि मोसाको व्यवस्था+ र भविष्यवक्‍ताहरूको पुस्तकबाट+ येसुको विषयमा चित्तबुझ्दो तर्क दिएर+ उनीहरूलाई मनाए। तिनले बिहानदेखि बेलुकीसम्मै उनीहरूसित कुरा गरे। २४ तिनले भनेका कुराहरूमा कतिपयले विश्‍वास गर्न थाले तर अरूले भने गरेनन्‌। २५ आपसमा कुरा बाझिएकोले उनीहरू त्यहाँबाट जान थाले। तब पावलले अझै यो एउटा कुरा भने:

“पवित्र शक्‍तिले भविष्यवक्‍ता यसैयामार्फत तपाईँहरूका पुर्खाहरूलाई यसरी ठीकै भनेको थियो, २६ ‘यी मानिसहरूकहाँ गएर भन: “सुनेर पनि तिमीहरूले कुनै हालतमा बुझ्नेछैनौ अनि हेरेर पनि तिमीहरूले कुनै हालतमा देख्नेछैनौ।+ २७ किनकि यी मानिसहरूको हृदय बोधो भएको छ र तिनीहरूका कान बाक्लो भएका छन्‌ अनि तिनीहरूले आफ्ना आँखा चिम्लिएका छन्‌ नत्र त तिनीहरूले आफ्ना आँखाले देख्ने थिए, कानले सुन्‍ने थिए, बुझेर हृदयमा लिने थिए र मकहाँ फर्केर आउने थिए अनि म तिनीहरूलाई निको पार्ने थिएँ।”’+ २८ त्यसैले तपाईँहरूलाई यो कुरा थाह होस्‌, परमेश्‍वरले गर्नुहुने उद्धारसम्बन्धी यो सन्देश अन्यजातिहरूकहाँ पठाइएको छ+ र तिनीहरूले त्यो पक्कै सुन्‍नेछन्‌।”+ २९ *—

३० तब तिनले पूरा दुई वर्ष आफ्नै डेरामा बिताए।+ तिनी आफूकहाँ आउनेजति सबैलाई न्यानो स्वागत गर्थे ३१ अनि उनीहरूलाई परमेश्‍वरको राज्यको विषयमा प्रचार गर्थे र निर्धक्क भई साहसका साथ+ प्रभु येसु ख्रिष्टको विषयमा विनारोकटोक सिकाउँथे।

शब्दावली हेर्नुहोस्‌।

वा “पृथ्वीको कुनाकुनामा।”

हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

लगभग एक किलोमिटरको दूरी।

वा “मानिसहरूको भीड।”

अतिरिक्‍ति लेख क५ हेर्नुहोस्‌।

अर्थात्‌, तिनलाई पनि बाँकी ११ जनाबराबर ठानियो।

शब्दावली हेर्नुहोस्‌।

वा “इजिप्ट।”

वा “गुलियो।”

बिहान ९ बजेतिर।

शब्दावली हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

वा “इच्छा।”

शा., “मृत्युको पीडाबाट।” वा सम्भवतः “मृत्युको बन्धनबाट।”

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

वा “मेरो नजरसामु।”

ग्रीक भाषामा हेडिज। शब्दावली हेर्नुहोस्‌।

ग्रीक भाषामा हेडिज। शब्दावली हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

वा “एकअर्कासित बाँडचुँड गर्थे।”

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

दिउँसो ३ बजेतिर।

वा “यहुदी न्यायपरिषद्‌का सदस्यहरूले।”

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

वा “येसु ब्युँतनुभएको घटनालाई उदाहरणको रूपमा चलाएर मरेकाहरू फेरि जीवित हुने विषयमा।”

अर्थात्‌, रब्बीहरूको पाठशालामा शिक्षा नलिएको; यसको अर्थ तिनीहरू निरक्षर थिए भन्‍ने होइन।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

वा “ख्रिष्टको।”

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

वा “दुष्ट स्वर्गदूतले।” शब्दावलीमा “प्रेत” हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

वा “रूखमा।”

वा “पिटे।”

वा “दुर्व्यवहार भोग्नुपर्नेछ।”

शब्दावली हेर्नुहोस्‌।

मिश्रका राजाहरूको एउटा उपाधि।

वा “अनाज।”

वा “परमेश्‍वरको नजरमा सुन्दर थिए।”

वा “तिनलाई हुर्काए।”

वा “निर्णय।”

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

शा., “आकाशका सारा सेनाकै।”

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

शब्दावलीमा “रुवाक; न्युमा” हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

वा सम्भवतः “सामरियाको एउटा सहरमा।”

वा “दुष्ट स्वर्गदूतहरू।” शब्दावलीमा “प्रेत” हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

शा., “विषालु पित्त।”

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

वा “दरबारका अफिसरलाई।” शब्दावलीमा “नपुंसक” हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क३ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

अर्थात्‌, ख्रिष्टियन मार्गमा।

शब्दावली हेर्नुहोस्‌।

शा., “बाँध्ने; झ्यालखानामा हाल्ने।”

शा., “बाँधेर।”

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

ग्रीक नाम डोरकास अनि अरामी नाम तबिता दुवैको अर्थ “हरिणी” हो।

वा “६०० जना रोमी सैनिकको टुकडी।”

वा “१०० जना सैनिकको नाइके।”

दिउँसो ३ बजेतिर।

शब्दावली हेर्नुहोस्‌।

मध्यान्ह १२ बजेतिर।

दिउँसो ३ बजेतिर।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

वा “रूखमा।”

वा “तिनीसित बहस गर्न थाले।”

शब्दावली हेर्नुहोस्‌।

वा “परमेश्‍वरको बाटोमा अवरोध पुऱ्‍याउने।”

शा., “उनीहरू चुप भए।”

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “तिनको पुर्पक्ष गर्ने।”

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

वा “तयार होऊ।”

शब्दावली हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

वा “लडाइँ गर्ने सुरमा थिए।”

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

वा “रूखबाट।”

शब्दावली हेर्नुहोस्‌।

वा “इच्छा पूरा गरे।”

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

पैतालाको धुलो टकटक्याउनुले आफू जिम्मेवारीबाट मुक्‍त भएको कुरालाई सङ्‌केत गर्छ।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

वा “घराना।”

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

वा “धारणा।”

ग्रीक भाषामा पोर्निया। शब्दावलीमा “अवैध यौनसम्बन्ध” हेर्नुहोस्‌।

वा “रगत ननिथारी मारिएको जनावरको मासु।”

हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

वा “रगत ननिथारी मारिएको जनावरको मासु।”

ग्रीक भाषामा पोर्निया। शब्दावलीमा “अवैध यौनसम्बन्ध” हेर्नुहोस्‌।

वा “बिदा!”

अतिरिक्‍त लेख क३ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

वा सम्भवतः “जसरी भए पनि गएर।”

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

वा “बैजनी रङ्‌गको।”

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

वा “दुष्ट स्वर्गदूत।” शब्दावलीमा “प्रेत” हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

वा “पुर्पक्ष नगरीकनै।”

हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

वा “पूरै पृथ्वीमा हलचल मच्चाउने।”

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “आउने।”

हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

वा “तर्क गर्थे।”

लुगा टकटक्याउनुले आफू जिम्मेवारीबाट मुक्‍त भएको सङ्‌केत गर्छ।

अर्थात्‌, सभाघरबाट।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

वा “मौखिक निर्देशन।”

अर्थात्‌, ख्रिष्टियन मार्गको।

वा “दुष्ट स्वर्गदूतहरू।” शब्दावलीमा “प्रेत” हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

अर्थात्‌, ख्रिष्टियन मार्गलाई।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शा., “रोटी भाँचे।”

वा “बन्दरगाहतिर।”

शा., “कुमारी।”

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

वा “रगत ननिथारी मारिएको जनावरको मासु।”

ग्रीक भाषामा पोर्निया। शब्दावलीमा “अवैध यौनसम्बन्ध” हेर्नुहोस्‌।

अर्थात्‌, ख्रिष्टियन मार्गमा।

शब्दावली हेर्नुहोस्‌।

वा “पुर्पक्ष नगरीकनै।”

राती ९ बजेतिर।

वा “वकिलसित।”

शा., “महामारी।”

अतिरिक्‍त लेख क३ हेर्नुहोस्‌।

वा “परमेश्‍वरको स्तरबमोजिम असल काम गर्नेहरू र नगर्नेहरू।”

वा “निर्दोष।”

अर्थात्‌, ख्रिष्टियन मार्गबारे।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “आफ्नै धर्मको।”

जनावरलाई धपाउन प्रयोग गरिने तीखो लौरो।

शब्दावली हेर्नुहोस्‌।

वा “मानवताको नाताले दया।”

अर्थात्‌, उत्तर-पूर्वी आँधी।

ज्यान बचाउन जहाजमा राखिने सानो डुङ्‌गा।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “२० फादम।” अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

वा “१५ फादम।” अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

वा “अर्कै भाषा बोल्ने मानिसहरूले।”

वा “मानवताको नाताले असाधारण दया।”

ग्रीक भाषामा डाइकी। यस शब्दले बदला लिएर इन्साफ गर्ने देवीलाई जनाएको हुन सक्छ वा यहाँ इन्साफको विषयमा कुरा गरिएको हुन सक्छ।

शब्दावली हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क३ हेर्नुहोस्‌।

    नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली साङ्केतिक भाषा
    • सेयर गर्ने
    • प्राथमिकताहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने