प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ७:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ मिश्रविरुद्ध कदम चालेर इस्राएलीहरूलाई त्यहाँबाट निकालेर ल्याउँदा मिश्रीहरूले म नै यहोवा हुँ भनी थाह पाउनेछन्‌।”+

  • प्रस्थान ७:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ त्यसैले यहोवा परमेश्‍वर यसो भन्‍नुहुन्छ: “तिमीले म नै यहोवा हुँ भनेर यसबाट थाह पाउनेछौ:+ नाइल नदीको पानीलाई म लौरोले हिर्काउनेछु र त्यो रगत बन्‍नेछ।

  • प्रस्थान ८:९, १०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ यो सुनेपछि मोसाले फारोलाई भने: “यी भ्यागुताहरू हजुरको सामनेबाट अनि हजुरका चाकरहरू, हजुरका प्रजा र हजुरका घरहरूबाट हटून्‌ भनेर म परमेश्‍वरलाई कहिले बिन्ती गरूँ, हजुरबाटै हुकुम होस्‌! त्यसपछि भ्यागुताहरू नाइल नदीमा मात्र रहनेछन्‌।” १० अनि फारोले भने: “भोलि।” तब मोसाले भने: “हजुरले हुकुम गर्नुभएबमोजिमै हुनेछ र हाम्रा परमेश्‍वर यहोवाजस्तो अरू कोही छैन भनेर हजुरले थाह पाउनुहुनेछ।+

  • प्रस्थान ८:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ मेरा प्रजाहरू बसोबास गरिरहेको गोसेनलाई चाहिँ म त्यो दिन सुरक्षित राख्नेछु; त्यहाँ एउटै झिँगा हुनेछैन।+ म यहोवा हुँ र पूरै पृथ्वीमाथि मेरो अधिकार छ भनेर तिमीहरूले यसबाटै थाह पाउनेछौ।+

  • प्रस्थान १४:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ म फारोको हृदय कठोर हुन दिनेछु+ र उनी इस्राएलीहरूलाई भेट्टाउन पछिपछि आउनेछन्‌; त्यसपछि म फारो र उनका सम्पूर्ण फौजलाई परास्त गरेर आफ्नो नाम उच्च पार्नेछु।+ अनि सारा मिश्रीले म यहोवा हुँ भनेर थाह पाउनेछन्‌।”+ इस्राएलीहरूले आफूलाई जसो भनिएको थियो, त्यसै गरे।

  • व्यवस्था १०:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ हेर, यहोवा तिमीहरूका परमेश्‍वर सारा आकाश र त्यसमा भएका सबै थोकका मालिक हुनुहुन्छ, सारा पृथ्वी र त्यसमा भएका सबै थोक उहाँकै हुन्‌।+

  • भजन २४:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ धर्ती र यसमा भएका सबै थोक यहोवाकै हुन्‌,+

      उर्वर भूमि र यसमा रहने सबै उहाँकै हुन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने