-
प्रस्थान ८:२१, २२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ तर तिमीले मेरा मानिसहरूलाई जान दिएनौ भने तिमी, तिम्रा चाकर, तिम्रा प्रजा र तिम्रा घरहरूमा हुलका हुल झिँगा* पठाउनेछु; मिश्रीहरूका घर र तिनीहरूको पूरै इलाकासमेत झिँगैझिँगाले भरिनेछ। २२ मेरा प्रजाहरू बसोबास गरिरहेको गोसेनलाई चाहिँ म त्यो दिन सुरक्षित राख्नेछु; त्यहाँ एउटै झिँगा हुनेछैन।+ म यहोवा हुँ र पूरै पृथ्वीमाथि मेरो अधिकार छ भनेर तिमीहरूले यसबाटै थाह पाउनेछौ।+
-
-
प्रस्थान ९:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ अनि भोलिपल्टै यहोवा परमेश्वरले त्यसै गर्नुभयो। मिश्रीहरूका वस्तुभाउ भकाभक मर्न थाले+ तर इस्राएलीहरूको भने एउटा पनि मरेन।
-
-
प्रस्थान ९:२६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ इस्राएलीहरू बसोबास गरेको गोसेनमा भने एउटा पनि असिना परेन।+
-
-
प्रस्थान ११:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ तर इस्राएलीहरू र तिनीहरूका वस्तुभाउलाई देखेर एउटा कुकुरले समेत भुक्नेछैन। यहोवाले मिश्रीहरूसित र इस्राएलीहरूसित फरक-फरक व्यवहार गर्न सक्नुहुन्छ भनेर यसैबाट तिमीले थाह पाउनेछौ।’+
-