-
गन्ती ११:१६, १७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ यो सुनेपछि यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “इस्राएलीहरूका नाइकेहरूमध्ये ७० जना पुरुष छान, जसलाई तिमीले इस्राएलीहरूका नाइके र अधिकारीको रूपमा चिनेका छौ।+ अनि तिनीहरूलाई भेट हुने पालमा* ल्याऊ र तिमीसँगै उभिन लगाऊ। १७ म तल आएर+ त्यहाँ तिमीसित कुरा गर्नेछु+ अनि तिमीमा भएको पवित्र शक्ति+ अलिकता लिएर ती पुरुषहरूमा हालिदिनेछु; त्यसपछि तिनीहरूले तिमीलाई मानिसहरूको बोझ बोक्न मदत गर्नेछन् र तिमी एक्लैले त्यो बोझ बोक्नुपर्नेछैन।+
-
-
गन्ती १२:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ अनि यहोवा परमेश्वर बादलको खामोको रूपमा तल ओर्लनुभयो+ र भेट हुने पालको प्रवेशद्वारमा उभिनुभयो। त्यसपछि उहाँले हारुन र मरियमलाई बोलाउनुभयो। अनि तिनीहरू दुवै जना अगाडि आए।
-