प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था २८:३७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३७ यहोवा परमेश्‍वरले तिमीहरूलाई जहाँ-जहाँ धपाउनुहुनेछ, त्यहाँ-त्यहाँ तिमीहरूको हालत देखेर मानिसहरू डरले थरथर काँप्नेछन्‌। तिनीहरूले तिमीहरूको खिल्ली उडाउनेछन्‌ र तिमीहरू हाँसोको पात्र हुनेछौ।*+

  • व्यवस्था २९:२२-२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ “यहोवा परमेश्‍वरले तिमीहरूको देशमा ल्याउनुहुने विपत्तिहरू तिमीहरूका भावी सन्तान र टाढा-टाढाबाट आउने विदेशीहरूले देख्नेछन्‌। २३ उहाँले गन्धक, नुन र आगो बर्साएर पूरै देशलाई नाश गर्नुहुनेछ। त्यहाँको जमिन खनजोत गर्नै नमिल्ने हुनेछ र त्यहाँ घाँससमेत उम्रनेछैन। पूरै देश सदोम र गमोरा अनि अदमाह र जेबोयिमजस्तै हुनेछ,+ जसमाथि यहोवा परमेश्‍वरले आफ्नो क्रोध दन्काएर तिनीहरूलाई नाश गर्नुभएको थियो। २४ यो देखेपछि तिमीहरूका सन्तान, विदेशीहरू र सबै जातिले यस्तो प्रश्‍न सोध्नेछन्‌, ‘यहोवा परमेश्‍वरले यस देशको हालत किन यस्तो बनाउनुभयो?+ यस देशमाथि उहाँको यस्तो भयानक क्रोध किन दन्कियो?’

  • यर्मिया १८:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ त्यसैले तिनीहरूको देशको हालत देखेर मानिसहरू डरले थरथर काँप्नेछन्‌।+

      यस देशलाई हेरेर मानिसहरूले सधैँ खिसी गर्दै सिटी बजाउनेछन्‌।+

      अनि यस देशबाट भएर जाने सबै जना यसको हालत देखेर डरले हेरेको हेऱ्‍यै हुनेछन्‌ र मुन्टो हल्लाउनेछन्‌।+

  • विलाप २:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ तिम्रो बाटो भएर जानेहरू सबैले तिम्रो खिल्ली उडाउँदै ताली पिट्‌छन्‌।+

      तिनीहरू छक्क पर्दै सिटी बजाउँछन्‌+ अनि यरुसलेमकी छोरीलाई गिज्याएर टाउको हल्लाउँदै यसो भन्छन्‌:

      “मानिसहरूले ‘अति सुन्दर अनि सारा पृथ्वीको आनन्दको मूल’ भन्‍ने गरेको सहर यही होइन र?”+

  • इजकिएल ५:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ अति नै क्रोधित भएर मैले तिमीहरूलाई कठोर सजाय दिँदा वरपरका जातिले तिमीहरूको निन्दा गर्नेछन्‌।+ तिमीहरू खिसीको पात्र हुनेछौ। तिमीहरू तिनीहरूको लागि चेतावनी हुनेछौ र तिनीहरू तिमीहरूलाई देखेर डरले खङ्‌ग्रङ्‌ग हुनेछन्‌। म यहोवाले नै यसो भनेको हुँ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने