प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती २२:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ त्यसैले मोआबका नाइकेहरू अनि मिद्यानका नाइकेहरू सराप दिएबापत* बालामलाई+ तिर्नुपर्ने रकम लिएर बालामकहाँ गए र उनलाई राजा बालाकको सन्देश सुनाए।

  • गन्ती २५:१-३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ सित्तिममा छँदा+ इस्राएलका मानिसहरूले मोआबका स्त्रीहरूसित अवैध यौनसम्बन्ध* राख्न थाले।+ २ ती स्त्रीहरूले आफ्ना देवताहरूलाई बलि चढाउँदा इस्राएलका मानिसहरूलाई निम्तो दिए+ अनि इस्राएलीहरूले पनि बलि चढाएको कुरा खान थाले र मोआबीहरूको देवतालाई दण्डवत्‌ गर्न थाले।+ ३ यसरी इस्राएलीहरूले मोआबीहरूसँगै मिलेर पोअरको बाआल देवतालाई पुजे।+ यो देखेर यहोवा परमेश्‍वर इस्राएलीहरूसित क्रोधित हुनुभयो।

  • गन्ती २५:१७, १८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ “मिद्यानीहरूमाथि आक्रमण गरेर तिनीहरूलाई मार+ १८ किनकि तिनीहरूले छल गरेर तिमीहरूलाई पोअरमा पाप गर्न लगाए अनि पोअरमा तिमीहरूमाथि विपत्ति आइपर्दा+ मारिएकी स्त्री अर्थात्‌ मिद्यानी कुलनायककी छोरी कोज्बीलाई+ चलाएर तिमीहरूलाई फसाए।”

  • भजन ९४:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९४ हे साटो फेर्नुहुने परमेश्‍वर यहोवा,+

      हे बदला लिनुहुने परमेश्‍वर, आफ्नो ज्योति चम्काउनुहोस्‌!

  • यसैया १:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ त्यसैले साँचो परमेश्‍वर, सेनाहरूका यहोवा,

      इस्राएलका शक्‍तिशाली परमेश्‍वर यस्तो घोषणा गर्नुहुन्छ:

      “म आफ्ना विरोधीहरूलाई नाश गर्नेछु,

      आफ्ना शत्रुहरूसित बदला लिनेछु।+

  • नहुम १:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ यहोवा आफ्नो बाहेक अरूको उपासना गरिएको नसहने+ र बदला लिने परमेश्‍वर हुनुहुन्छ;

      यहोवा बदला लिनुहुन्छ र उहाँ रिस प्रकट गर्न तयार हुनुहुन्छ।+

      यहोवा आफ्ना शत्रुहरूसित बदला लिनुहुन्छ;

      उहाँ आफ्ना शत्रुहरूको निम्ति रिस साँचेर राख्नुहुन्छ।

  • १ कोरिन्थी १०:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ तिनीहरूमध्ये कोही-कोहीले अवैध यौनसम्बन्ध* राखे र एकै दिनमा २३ हजार मारिए;+ हामीचाहिँ अवैध यौनसम्बन्ध* नराखौँ।

  • प्रकाश २:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ “‘तथापि तिमीविरुद्ध मसित केही कुरा छ। तिमीमाझ यस्ता मानिसहरू छन्‌, जो बालामको शिक्षाअनुसार चल्छन्‌।+ इस्राएलीहरूले मूर्तिलाई बलि चढाइएका थोकहरू खाऊन्‌ र अवैध यौनसम्बन्ध* राखून्‌ भनेर तिनीहरूको अगाडि ठेस खाने ढुङ्‌गा राख्न तिनै बालामले बालाकलाई+ सिकाएका थिए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने