८ यहोवा परमेश्वरले हारुनलाई अझ भन्नुभयो: “मेरो निम्ति दानस्वरूप चढाइएका सबै थोकको जिम्मा मैले तिमीलाई सुम्पेको छु।+ इस्राएलीहरूले चढाएका सबै पवित्र थोकको केही अंश मैले तिमी र तिम्रा छोराहरूलाई सधैँका लागि दिएको छु।+
१२ “तिनीहरूले यहोवा परमेश्वरलाई चढाउने सर्वोत्तम तेल, नयाँ दाखमद्य* र अन्न अर्थात् तिनीहरूले आफ्नो उब्जनीबाट चढाउने सबै पहिलो फल+ म तिमीहरूलाई दिनेछु।+