प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती २२:५, ६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ तिनले बेअरका छोरा बालामलाई बोलाउन आफ्ना सन्देशवाहकहरू पठाए।+ बालाम युफ्रेटिस नदीनजिकै आफ्नो जन्मथलो पेथोरमा बस्थे। राजा बालाकले उनलाई यस्तो सन्देश पठाए: “हेर्नुहोस्‌, मिश्रबाट निस्केर आएका मानिसहरूले पूरै पृथ्वी* ढाकिसके।+ यिनीहरू अहिले मेरै अगाडि पाल टाँगेर बसिरहेका छन्‌। ६ यिनीहरू मभन्दा शक्‍तिशाली छन्‌। त्यसैले बिन्ती छ, यहाँ आएर यी मानिसहरूलाई सराप दिनुहोस्‌।+ तपाईँले यिनीहरूलाई सराप दिनुभयो भने सायद म यिनीहरूलाई हराउन सक्छु अनि यहाँबाट खेद्‌न सक्छु। मलाई थाह छ, तपाईँ ज-जसलाई आशिष्‌ दिनुहुन्छ, तिनीहरूलाई आशिष्‌ लाग्छ अनि ज-जसलाई सराप दिनुहुन्छ, तिनीहरूलाई सराप लाग्छ।”

  • गन्ती २३:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ त्यसपछि बालामले तिनीहरूलाई यस्तो सन्देश सुनाए:+

      “मोआबका राजा बालाकले मलाई अरामदेखि बोलाए,+

      पूर्वका डाँडाहरूदेखि ल्याएर तिनले मलाई भने:

      ‘आउनुहोस्‌ र याकुबलाई सराप दिनुहोस्‌।

      यहाँ आएर इस्राएलविरुद्ध बोल्नुहोस्‌।’+

  • गन्ती २३:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ यो सुनेर बालाकले बालामलाई भने: “तपाईँले यो के गर्नुभएको? मैले तपाईँलाई मेरा शत्रुहरूलाई सराप दिन बोलाएको थिएँ। तर तपाईँले त उल्टै तिनीहरूलाई आशिष्‌ पो दिनुभयो।”+

  • गन्ती २४:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० यो सुनेर बालाक बालामसित रिसले चूर भए। तिनले खिस्याउने पारामा थपडी मार्दै बालामलाई यसो भने: “मैले त तपाईँलाई मेरा शत्रुहरूलाई सराप दिन पो बोलाएको,+ तर तपाईँले त उल्टै तिनीहरूलाई तीन-तीन पल्ट आशिष्‌ दिनुभयो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने