-
व्यवस्था ३१:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० तिनीहरूका पितापुर्खालाई दिन्छु भनेर शपथ खाएको दूध र मह बग्ने देशमा+ म तिनीहरूलाई पुऱ्याउनेछु।+ जब तिनीहरूले त्यहाँ प्रशस्त खान पाउनेछन् र तिनीहरूको फलिफाप हुनेछ,*+ तब तिनीहरू अरू देवताहरूको पछि लाग्नेछन् र तिनीहरूलाई नै पुज्नेछन्। तिनीहरूले मेरो अनादर गर्नेछन् र मसँग गरेको करार तोड्नेछन्।+
-
-
नहेम्याह ९:२५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ अनि तिनीहरूले त्यहाँका पर्खालले घेरिएका सहरहरू+ र उर्वर भूमि कब्जा गरे।+ तिनीहरूले हरेक किसिमका असल-असल चिजले भरिपूर्ण घरहरू, पहिल्यै खनिएका इनारहरू, अङ्गुरका र जैतुनका बगानहरू+ अनि फलफूलका थुप्रै रूखलाई आफ्नो बनाए। तिनीहरू खाएर सन्तुष्ट र हृष्टपुष्ट भए। तपाईँको महान् भलाइले गर्दा तिनीहरूको दिन सुखैसुखमा बित्न थाल्यो।
-