प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती २७:१८-२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ त्यसैले यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “नुनको छोरा यहोसुलाई लगेर तिनीमाथि आफ्नो हात राख्नू। किनभने तिनी असल मनोभाव भएका मानिस हुन्‌।+ १९ तिनलाई पुजारी एलियाजार र सारा समुदायसामु उभ्याउनू अनि सबैको अघि अगुवा नियुक्‍त गर्नू।+ २० सारा इस्राएलीले तिनको कुरा सुनून्‌+ भनेर तिमीले तिनलाई आफ्नो केही अधिकार* सुम्पनू।+

  • व्यवस्था १:३८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३८ तर नुनका छोरा यहोसु, जो तिम्रा सेवक हुन्‌,+ तिनीचाहिँ त्यस देशमा जानेछन्‌।+ त्यसैले तिनलाई बलियो बनाऊ*+ किनभने तिनकै नेतृत्वमा इस्राएलीहरूले त्यो देश अधिकार गर्नेछन्‌।”)

  • व्यवस्था ३१:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ त्यसपछि मोसाले यहोसुलाई बोलाए र सबै इस्राएलीसामु तिनलाई यसो भने: “साहसी र बलियो होऊ!+ किनभने यहोवा परमेश्‍वरले यी मानिसहरूका पितापुर्खालाई दिन्छु भनेर शपथ खानुभएको देशमा तिमीले नै यिनीहरूलाई लैजानेछौ। अनि त्यो देश तिमीले यिनीहरूलाई पैतृक सम्पत्तिको रूपमा दिनेछौ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने