-
व्यवस्था २१:१८-२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ “मानौँ, कुनै व्यक्तिको छोरा अटेरी र विद्रोही छ अनि ऊ आफ्ना आमाबुबाले भनेको कुरा सुन्दैन।+ अनि आमाबुबाले उसलाई सुधार्न अनेक प्रयास गर्दा पनि केही सीप लागेन भने+ १९ उसका आमाबुबाले उसलाई समातेर सहरको मूलढोकामा नाइकेहरूसामु ल्याऊन्। २० तिनीहरूले सहरका नाइकेहरूलाई भनून्, ‘यो हाम्रो छोरा साह्रै अटेरी र विद्रोही छ, यसले हाम्रो कुरा मान्दै मान्दैन; यो घिचुवा र पियक्कड हो।’+ २१ तब त्यस सहरका सबै पुरुषले उसलाई ढुङ्गाले हानेर मारून्। तिमीहरूले आफ्नो माझबाट जे खराब छ, त्यो हटाउनै पर्छ। तब यो कुरा सुनेर सारा इस्राएलीहरू डराउनेछन्।+
-
-
हितोपदेश २०:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० जसले आफ्नो बुबा र आमालाई सराप्छ,
अन्धकारले घेर्दा उसको बत्ती निभ्नेछ।+
-