२२ आफ्नो काममा रमाउनुभन्दा उत्तम कुरा मानिसको लागि अरू केही छैन भनी मैले देखेँ।+ किनकि त्यो नै उसको इनाम* हो। ऊ मरिसकेपछि के हुन्छ, कसैले उसलाई देखाउन सक्दैन।+
१८ साँचो परमेश्वरले दिनुभएको यो छोटो जीवनमा मानिसको लागि सबैभन्दा उत्तम कुरा भनेको खानु, पिउनु र संसारमा* आफूले गरेको सारा परिश्रमबाट सन्तुष्टि लिनु नै रहेछ+ भनेर मैले बुझेँ। किनकि यो नै परमेश्वरले दिनुहुने वरदान* हो।+
९ परमेश्वरले संसारमा* तिमीलाई दिनुभएको यो छोटो* जीवन आफ्नी प्यारी पत्नीसित आनन्दपूर्वक बिताऊ।+ किनभने त्यो नै तिम्रो छोटो* जीवनको हिस्सा अनि यो संसारमा* तिमीले पसिना बगाएर गरेको मेहनतको फल हो।+