प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ३०:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० “मैले तिमीहरूको अगाडि राखिदिएको आशिष्‌ र सरापबारे जे-जे भनेँ, ती सबै तिमीहरूमाथि पूरा हुनेछन्‌।+ अनि यहोवा परमेश्‍वरले तिमीहरूलाई जातिजातिमाझ तितरबितर पार्नुभएपछि+ तिमीहरूले ती सबै कुरा सम्झनेछौ।+

  • व्यवस्था ३०:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ तब यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई कैदबाट छुटाएर ल्याउनुहुनेछ,+ तिमीहरूलाई कृपा देखाउनुहुनेछ+ अनि यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई जहाँ-जहाँ तितरबितर पार्नुभएको थियो, त्यहाँबाट फेरि जम्मा गरेर ल्याउनुहुनेछ।+

  • भजन ३०:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ किनकि उहाँको रिस क्षणभर मात्र रहन्छ+

      तर उहाँको अनुग्रह जीवनभर रहन्छ।+

      राती रुवाबासी गर्नुपरे पनि बिहान खुसीको आँसु झर्छ।+

  • भजन १०६:४७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४७ हे यहोवा हाम्रा परमेश्‍वर, हामीलाई जोगाउनुहोस्‌,+

      हामीलाई जातिजातिहरूबाट जम्मा गर्नुहोस्‌+

      र हामीले तपाईँको पवित्र नामको गुणगान गाउन सकौँ,

      रमाई-रमाई तपाईँको प्रशंसा गर्न सकौँ।+

  • यसैया २७:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ ए इस्राएलका मानिसहरू हो,+ त्यस दिन यहोवाले युफ्रेटिस नदीदेखि मिश्रको वादीसम्मका* फलहरू झारिदिनुहुनेछ+ र एक-एक गरी तिमीहरूलाई बटुल्नुहुनेछ।

  • यर्मिया २९:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० “यहोवा यसो भन्‍नुहुन्छ, ‘तिमीहरू बेबिलोनमा बसेको ७० वर्ष पूरा भइसकेपछि म तिमीहरूतर्फ ध्यान दिनेछु+ र तिमीहरूलाई फेरि तिमीहरूको ठाउँमा फर्काएर आफ्नो प्रतिज्ञा पूरा गर्नेछु।’+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने