प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ७२:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७२ हे परमेश्‍वर, राजालाई तपाईँको न्यायबारे बताउनुहोस्‌,

      राजाको छोरालाई तपाईँको धार्मिकताबारे सिकाउनुहोस्‌।+

  • भजन ७२:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ तिनले एउटा समुद्रदेखि अर्को समुद्रसम्म,

      युफ्रेटिस नदीदेखि पृथ्वीको कुनाकुनासम्म शासन गर्नेछन्‌।+

  • भजन ८६:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ हे यहोवा, सबै राष्ट्र, जसलाई तपाईँले रच्नुभयो,

      तिनीहरू तपाईँसामु आउनेछन्‌ र दण्डवत्‌ गर्नेछन्‌+

      अनि तिनीहरूले तपाईँको नामको महिमा गर्नेछन्‌।+

  • मिका ४:१-३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ आखिरी समयमा

      यहोवा परमेश्‍वरको भवनको डाँडा+

      अरू डाँडाभन्दा माथि उठाइनेछ,

      त्यसलाई टाकुरामाथि नहल्लिनेगरि बसालिनेछ

      र त्यहाँ जातिजातिका मानिसहरू ओइरिनेछन्‌।+

       २ अनि जातिजातिका मानिसहरूले यसो भन्‍नेछन्‌:

      “आओ, हामी यहोवाको डाँडामा जाऔँ।

      याकुबका परमेश्‍वरको भवनमा जाऔँ।+

      उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ

      अनि हामी त्यस मार्गमा हिँड्‌नेछौँ।”

      किनकि व्यवस्था* सियोनबाटै दिइनेछ

      र यहोवाको वचनचाहिँ यरुसलेमबाटै आउनेछ।

       ३ उहाँले जातिजातिका मानिसहरूको इन्साफ गर्नुहुनेछ+

      र टाढा-टाढाका शक्‍तिशाली जातिहरूसित आफ्नो मामिला सुल्झाउनुहुनेछ।

      तिनीहरूले आ-आफ्नो तरबार पिटेर हलोको फाली बनाउनेछन्‌

      र भाला पिटेर हँसिया बनाउनेछन्‌।+

      एउटा जातिले अर्को जातिको विरुद्धमा तरबार उठाउनेछैन

      र तिनीहरूले फेरि युद्ध गर्न सिक्नेछैनन्‌।+

  • हाग्गै २:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ “‘म सबै जातिलाई हल्लाउनेछु अनि सबै जातिका अनमोल* थोकहरू मेरो भवनमा ओइरिनेछन्‌+ अनि म मेरो भवनलाई महिमाले भर्नेछु,’+ सेनाहरूका यहोवा भन्‍नुहुन्छ।

  • प्रेषित १०:३४, ३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ तब पत्रुसले यसो भन्दै बोल्न सुरु गरे: “अब मैले राम्ररी बुझेँ, परमेश्‍वर पक्षपाती हुनुहुन्‍न।+ ३५ बरु जुनसुकै जातिको भए तापनि जसले उहाँको डर मान्छ र सही काम गर्छ, उसलाई उहाँ स्विकार्नुहुन्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने