भजनसङ्ग्रह
उकालीको गीत।
१२९ “म सानो छँदादेखि नै तिनीहरू निरन्तर ममाथि आइलागेका छन्”+
अब इस्राएलले भनोस्,
३ हलो जोत्नेहरूले मेरो पिठिउँमा हलो जोतेका छन्;+
तिनीहरूले लामा-लामा ड्याङ बनाएका छन्।”
५ सियोनलाई घृणा गर्नेहरू+ सबै लाजमा पर्नेछन्
र तिनीहरू बेइज्जती भोगेर फर्कनेछन्।
६ तिनीहरू छानामाथि पलाएका घाँसजस्तै हुनेछन्,
उखेल्न नपाउँदै ती ओइलाइहाल्छन्।
७ काट्नेहरूको मुठी पनि त्यसले भरिँदैन
न त बिटा बाँध्नेहरूको अङ्गालो नै भरिन्छ।
८ त्यहाँबाट भएर जानेहरूले यसो भन्नेछैनन्:
“यहोवाको आशिष् तिमीहरूमाथि रहोस्;
हामी तिमीहरूलाई यहोवाको नाममा आशिष् दिन्छौँ।”