प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अय्युब २४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

अय्युब विषयवस्तु

      • अय्युब अझै जवाफ दिन्छन्‌ (१-२५)

        • ‘परमेश्‍वर किन समय तोक्नुहुन्‍न?’ (१)

        • परमेश्‍वर दुष्टता रहन दिनुहुन्छ भनी बताउँछन्‌ (१२)

        • पापीहरू अन्धकार मन पराउँछन्‌ (१३-१७)

अय्युब २४:१

फुटनोट

  • *

    अर्थात्‌, परमेश्‍वरले न्याय गर्नुहुने दिन।

मार्जिनल रेफरेन्स

  • +हब १:२

अय्युब २४:२

मार्जिनल रेफरेन्स

  • +व्य १९:१४; २७:१७; हित २३:१०; होसे ५:१०

अय्युब २४:३

फुटनोट

  • *

    वा “बुबा गुमाएका बच्चाहरूको।”

मार्जिनल रेफरेन्स

  • +व्य २४:१७

अय्युब २४:४

मार्जिनल रेफरेन्स

  • +भज १०९:१६; हित २२:१६; यसै १०:१, २; या ५:४

अय्युब २४:५

मार्जिनल रेफरेन्स

  • +यसै ३२:१४; यर्मि १४:६

अय्युब २४:६

फुटनोट

  • *

    वा सम्भवतः “वस्तुभाउको लागि घाँसपात जम्मा गर्न।”

अय्युब २४:७

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २२:२६, २७; व्य २४:१३

अय्युब २४:९

फुटनोट

  • *

    वा “बुबा गुमाएको बच्चालाई।”

मार्जिनल रेफरेन्स

  • +२रा ४:१
  • +प्रस्थ २२:२६, २७; व्य २४:१३

अय्युब २४:११

फुटनोट

  • *

    वा सम्भवतः “उनीहरू खेतको कान्लामा तेल पेल्छन्‌।”

मार्जिनल रेफरेन्स

  • +यर्मि २२:१३; या ५:४

अय्युब २४:१२

फुटनोट

  • *

    वा सम्भवतः “परमेश्‍वर कसैलाई दोषी ठहराउनुहुन्‍न।”

मार्जिनल रेफरेन्स

  • +उप ४:१

अय्युब २४:१३

मार्जिनल रेफरेन्स

  • +युह ३:१९

अय्युब २४:१४

मार्जिनल रेफरेन्स

  • +भज १०:४, ८

अय्युब २४:१५

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +हित ७:८-१०
  • +२स १२:९, १२; भज ९४:३, ७; हित ३०:२०

अय्युब २४:१६

मार्जिनल रेफरेन्स

  • +युह ३:२०

अय्युब २४:१८

मार्जिनल रेफरेन्स

  • +व्य २८:१५, १६; हित ३:३३

अय्युब २४:१९

फुटनोट

  • *

    वा “पग्लेको हिउँलाई।”

  • *

    हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +भज ४९:१३, १४; ५५:१५; लुका १२:२०

अय्युब २४:२०

मार्जिनल रेफरेन्स

  • +हित १०:७; उप ८:१०; ९:५

अय्युब २४:२३

मार्जिनल रेफरेन्स

  • +उप ८:११; यसै ५६:१२; लुका १२:१९
  • +भज ११:४; हित ५:२१; १५:३

अय्युब २४:२४

मार्जिनल रेफरेन्स

  • +भज ३७:१०; ९२:७; या १:११
  • +उप ८:१२, १३

अरू

अय्यु. २४:१हब १:२
अय्यु. २४:२व्य १९:१४; २७:१७; हित २३:१०; होसे ५:१०
अय्यु. २४:३व्य २४:१७
अय्यु. २४:४भज १०९:१६; हित २२:१६; यसै १०:१, २; या ५:४
अय्यु. २४:५यसै ३२:१४; यर्मि १४:६
अय्यु. २४:७प्रस्थ २२:२६, २७; व्य २४:१३
अय्यु. २४:९२रा ४:१
अय्यु. २४:९प्रस्थ २२:२६, २७; व्य २४:१३
अय्यु. २४:११यर्मि २२:१३; या ५:४
अय्यु. २४:१२उप ४:१
अय्यु. २४:१३युह ३:१९
अय्यु. २४:१४भज १०:४, ८
अय्यु. २४:१५हित ७:८-१०
अय्यु. २४:१५२स १२:९, १२; भज ९४:३, ७; हित ३०:२०
अय्यु. २४:१६युह ३:२०
अय्यु. २४:१८व्य २८:१५, १६; हित ३:३३
अय्यु. २४:१९भज ४९:१३, १४; ५५:१५; लुका १२:२०
अय्यु. २४:२०हित १०:७; उप ८:१०; ९:५
अय्यु. २४:२३उप ८:११; यसै ५६:१२; लुका १२:१९
अय्यु. २४:२३भज ११:४; हित ५:२१; १५:३
अय्यु. २४:२४भज ३७:१०; ९२:७; या १:११
अय्यु. २४:२४उप ८:१२, १३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
पवित्र बाइबल नयाँ संसार अनुवाद
अय्युब २४:१-२५

अय्युब

२४ “सर्वशक्‍तिमान्‌ले किन समय तोक्नुहुन्‍न?+

उहाँलाई चिन्‍नेहरूले किन उहाँको दिन* देख्न पाउँदैनन्‌?

 २ मानिसहरू अरूको सिमाना मिच्छन्‌।+

अर्काको बगाल चोरेर आफ्नो चरनमा ल्याउँछन्‌।

 ३ तिनीहरू अनाथहरूको* गधा खोस्छन्‌

र विधवाको गोरुलाई जबरजस्ती बन्धकीको रूपमा लिन्छन्‌।+

 ४ गरिबलाई तिनीहरू बाटोबाट लखेट्‌छन्‌।

असहायहरू तिनीहरूदेखि लुकी-लुकी हिँड्‌न बाध्य छन्‌।+

 ५ जङ्‌गली गधा निर्जनभूमिमा खानेकुरा खोज्न भौँतारिएझैँ +

छोराछोरीको लागि खानेकुरा खोज्न गरिबहरू मरुभूमिमा भौँतारिन्छन्‌।

 ६ उनीहरू अरूको खेतमा कटनी गर्न* जानुपर्ने हुन्छ।

उनीहरू दुष्टको अङ्‌गुर बगानमा बाँकी रहेका अङ्‌गुर बटुल्न जान्छन्‌।

 ७ लुगाफाटा नभएकोले उनीहरू नाङ्‌गै रात काट्‌न बाध्य हुन्छन्‌;+

चिसोबाट जोगिन उनीहरूसित ओढ्‌ने नै हुँदैन।

 ८ पहाडी भेगमा हुने वर्षाले उनीहरू निथ्रुक्क भिज्छन्‌;

ओत लाग्ने ठाउँ नभएकोले उनीहरू चट्टानमा आड लिन्छन्‌।

 ९ दुष्टहरू अनाथलाई* आमाको काखबाट खोसेर लैजान्छन्‌;+

गरिबको लुगाफाटा बन्धकीको रूपमा लिन्छन्‌+

१० र उनीहरूलाई नाङ्‌गै हिँड्‌न बाध्य पार्छन्‌;

अन्‍नको बिटा बोकाएर पनि उनीहरूलाई भोकभोकै राख्छन्‌।

११ टन्टलापुर घाममा उनीहरू खेतको कान्लामा खट्‌छन्‌;*

उनीहरू कोलमा अङ्‌गुर पेल्छन्‌ तैपनि तिर्खाले छटपटिन्छन्‌।+

१२ मर्न लागेकाहरूको रोदन सहरभरि गुञ्जन्छ।

सख्त घाइते भएकाहरू गुहार माग्छन्‌।+

तर परमेश्‍वर भने तमासा हेरेर बस्नुहुन्छ।*

१३ उज्यालोलाई घृणा गर्नेहरूले

उज्यालो बाटो चिन्दैनन्‌+

र तिनीहरू ज्योतिको मार्गमा हिँड्‌दैनन्‌।

१४ हत्यारा झिसमिसेमै उठ्‌छ

अनि गरिब र असहायको ज्यान लिन्छ।+

रातीचाहिँ त्यो चोरी गर्न जान्छ।

१५ व्यभिचार* गर्ने मानिस कहिले साँझ पर्ला भनेर कुरिरहन्छ।+

त्यसले ‘मलाई कसैले देख्दैन’ भनेर सोच्छ+

र आफ्नो अनुहार छोप्छ।

१६ अन्धकार छाएपछि तिनीहरू घर फोर्छन्‌।

दिनमा चाहिँ तिनीहरू लुकेर बस्छन्‌।

तिनीहरू उज्यालोलाई मनै पराउँदैनन्‌।+

१७ किनकि बिहानीको उज्यालो तिनीहरूको लागि अन्धकारबराबर छ।

घोर अन्धकारको त्रासदेखि तिनीहरू डराउँदैनन्‌।

१८ तर तिनीहरूलाई पानीले स्वात्तै बगाइहाल्छ।

तिनीहरूको भागमा परेको जमिनलाई सराप लाग्नेछ।+

तिनीहरू आफ्नो अङ्‌गुर बगानमा फर्केर जान पाउनेछैनन्‌।

१९ जसरी खडेरी र चर्को घामले पानीलाई* सुकाउँछ,

त्यसैगरि चिहानले* पनि दुष्टहरूलाई कप्लक्कै निल्छ।+

२० त्यसकी आमाले पनि त्यसलाई बिर्सनेछिन्‌।

त्यसको शरीरमा स्याउँस्याउँती किरा पर्नेछ।

त्यसलाई सबैले बिर्सनेछन्‌।+

दुष्ट मानिस रूख भाँचिएझैँ भाँचिनेछ।

२१ त्यसले बाँझी स्त्रीलाई आफ्नो सिकार बनाउँछ

र विधवालाई दुर्व्यवहार गर्छ।

२२ ठूलाबडालाई परमेश्‍वरले आफ्नो शक्‍तिले नाश गर्नुहुनेछ।

तिनीहरूको फलिफाप भए पनि तिनीहरूको जीवनको कुनै ठेगान हुँदैन।

२३ तिनीहरूलाई ढुक्क र सुरक्षित रहन दिनुभए तापनि+

परमेश्‍वरले तिनीहरूको एक-एक काम याद गर्नुहुन्छ।+

२४ तिनीहरूले केही बेर मानसम्मान पाउँछन्‌ तर अन्तमा बिलाएर जान्छन्‌।+

तिनीहरू सबैको नजरमा गिर्छन्‌+ र आम मानिसझैँ जम्मा गरिन्छन्‌।

अन्‍नको बाला काटिएझैँ तिनीहरू काटिन्छन्‌।

२५ मेरो कुरा झूटो हो भनेर कसले भन्‍न सक्छ?

मलाई कसले गलत साबित गर्न सक्छ?”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने