प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९५ १/८ पृ. १०-११
  • हाम्रो वायुमण्डल कसरी जोगाइनेछ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हाम्रो वायुमण्डल कसरी जोगाइनेछ
  • ब्यूँझनुहोस्‌!—१९९५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • स्याहार-सम्भारका लागि प्रबन्धहरू
  • सफा पृथ्वी नजीकै छ
  • जब हाम्रो वायुमण्डल क्षतिग्रस्त हुन्छ
    ब्यूँझनुहोस्‌!—१९९५
  • हाम्रो मूल्यवान वायुमण्डल
    ब्यूँझनुहोस्‌!—१९९५
  • एकमात्र जीवित ग्रह
    जीवन सृष्टि कि संयोग?
  • के मानिसहरूले गर्दा पृथ्वीको विनाश हुन्छ त?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
ब्यूँझनुहोस्‌!—१९९५
g९५ १/८ पृ. १०-११

हाम्रो वायुमण्डल कसरी जोगाइनेछ

के मानवहरूले स्वेच्छापूर्वक आकाशमा फोहोर थुपार्न बन्द गर्नेछन्‌? हाम्रो वायुमण्डल जोगाउने तरिका के यो हो?

होइन। मानिसले प्रदूषण रोक्नु नरोक्नुमा हाम्रो मूल्यवान वायुमण्डलको बचावट निर्भर छैन। बरु, सर्वोच्च अख्तियारवालाको हस्तक्षेपद्वारा एउटा सफा वायुमण्डलको साथसाथै सफा पृथ्वी पनि आउनेछ।

सृष्टिकर्त्ताले पृथ्वी साथै त्यसमा भएको जीवनको रेखदेख गर्नुहुन्छ भन्‍ने कुरा उहाँले निर्माण गर्नुभएको अद्‌भुत ढंगबाट देखिन्छ। त्यो अनन्तसम्म, सदाका लागि रहन उहाँले बनाउनुभयो।—भजनसंग्रह १०४:५, २४.

स्याहार-सम्भारका लागि प्रबन्धहरू

उदाहरणको लागि, वायुमण्डल यस्तो ढंगमा बनिएको छ, त्यसले आफै मर्मत र सफा गर्छ। वायुमण्डलको माथिल्लो तहमा भएको ओजोनलाई विचार गर्नुहोस्‌। प्राणघाती परागवैजनी विकिरण सोस्न ओजोनको तह निपुणतापूर्वक बनाइएको छ। साथै पार्थिव प्राणीहरूलाई हानिकारक नहुने प्रकाशलाई त्यसले सजिलै छिर्न दिन्छ।

हामीले अघिल्लो लेखमा सिकेअनुसार वायुमण्डलको माथिल्लो तहसम्म जाने मानव-निर्मित क्लोरोफ्लोरोकार्बनहरूले ओजोनको तहलाई नराम्रोसँग बिगारेको छ। ओजोनको सुरक्षात्मक तहको क्षतिपूर्ति कसरी हुनेछ? छक्कलाग्दो कुरा, स्वयं मर्मत हुने ढंगमा सृष्टिकर्त्ताले त्यो बनाउनुभएको थियो। हो, वायुमण्डलको माथिल्लो तहमा ओजोन निरन्तर निर्माण भइरहेको हुन्छ। अतः वास्तवमा भन्‍ने हो भने, सूर्यका खतरनाक किरणहरूलाई ओजोनले छान्छ! तर जुन बेला मानवीय प्रदूषणले ओजोन बिगारिरहेको हुन्छ, त्यति नै बेला केही ओजोन स्वतः पुनः निर्माण भइरहेको हुन्छ।

पचास हजार खरब टनभन्दा बढी हावा पाइने वायुमण्डलको तल्लो सतहमा पनि त्यस्तै हुन्छ। प्राकृतिक चक्रहरूले अद्‌भुत तरिकामा दूषकहरूबाट हावालाई छिट्टै सफा गर्छ। द वर्ल्ड बूक इन्साइक्लोपीडिया यस्तो टिप्पणी गर्छ: “हावाले प्रदूषकहरू यत्रतत्र छरिदिन्छ र वर्षा अनि हिउँले त्यसलाई जमिनमा बगाइदिन्छ।”

स्पष्ट छ, मानिसहरूले हावालाई प्रदूषित गर्न छाडे वा त्यस्ता प्रदूषणहरूलाई निकै सीमित गरे भने छिट्टै हावा जताततै मीठो र सुगन्धित हुनेथियो। यद्यपि माथि उल्लेखित पुस्तकले समस्यालाई चिनाउँदै यसरी बुझाउँछ: “धेरै क्षेत्रहरूमा हावाले प्रतिस्थापन गर्न सक्नेभन्दा द्रुत गतिमा प्रदूषकहरू हावामा फ्याँकिएको छ।”

उसोभए वायुमण्डललाई स्वार्थपूर्वक प्रदूषित गर्ने मानवीय कार्य कसरी रोकिनेछ?

सफा पृथ्वी नजीकै छ

परमेश्‍वर स्वयंले हस्तक्षेप गर्नु भएपछि मात्र प्रदूषण रोकिनेछ। उहाँले “पृथ्वीका नष्टकारीहरूलाई नष्ट” गर्नुहुनेछ भनी बाइबलमा भविष्यवाणी गरिएको छ। (प्रकाश ११:१८) यस सुन्दर पृथ्वी र यसको जीवनदायी वायुमण्डललाई लोभी मानिसहरूले अनिश्‍चितकालसम्म नाश गरिरहन उहाँले दिनुहुनेछैन। उहाँ प्रतिज्ञा गर्नुहुन्छ: “कुकर्मीहरू नष्ट हुनेछन्‌। तर परमप्रभुको बाटो हेर्ने जतिले देश अधिकार गर्नेछन्‌।”—भजनसंग्रह ३७:९.

सारा कुकर्मीहरू कसरी नाश गरिनेछ? यो उहाँको राज्य अर्थात्‌ परमेश्‍वरको स्वर्गीय सरकार मार्फत हुनेछ जसले मानिसहरूका सम्पूर्ण असक्षम सरकारहरूलाई प्रतिस्थापन गर्नेछ। बाइबलले यस्तो प्रतिज्ञा गर्छ: “स्वर्गका परमेश्‍वरले एउटा राज्य खड़ा गर्नुहुनेछ जो कहिल्यै नाश हुनेछैन, . . . त्यसले यी सबै राज्यहरूलाई चक्नाचूर पार्नेछ, र तिनीहरूको अन्त गरिदिनेछ। तर यो राज्य चाहिं सदा सर्वदै रहिरहनेछ।” (दानियल २:४४) येशूले आफ्ना अनुयायीहरूलाई प्रार्थना गर्न सिकाउनुभएको परमेश्‍वरको राज्य सरकार यही हो: “तपाईंको राज्य आओस्‌। तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्‌।”—मत्ती ६:१०.

परमेश्‍वरको राज्यले मानवमाथि शासन गर्ने अनि अप्रदूषित वातावरणमा जीवनको आनन्द उठाओस्‌ भन्‍ने उहाँको इच्छा हो। त्यसैकारण “पृथ्वीका नष्टकारीहरूलाई नष्ट गर्नालाई” उहाँ कटिबद्ध हुनुहुन्छ। (प्रकाश ११:१८) त्यो छुटकाराको कस्तो महान कार्य हुनेछ!

स्वार्थी मानिसहरूले थुपारेको प्रदूषणबाट मुक्‍त संसारमा जीवन बिताएको कल्पना गर्नुहोस्‌! त्यतिबेला हाम्रो मूल्यवान वायुमण्डल स्वस्थ अवस्थामा पुनःस्थापित गरिएको हुनेछ। बाइबलको यो प्रतिज्ञा पूरा हुँदा त्यो हुनेछ: “हेर, परमेश्‍वरको बासस्थान मानिसहरूसँग भएको छ। उहाँ तिनीहरूसँग बास गर्नुहुनेछ र तिनीहरू उहाँका मानिसहरू हुनेछन्‌। औ परमेश्‍वर आफै तिनीहरूसँग भएर तिनीहरूका परमेश्‍वर हुनुहुनेछ। उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।”—प्रकाश २१:३, ४; २ पत्रुस ३:१३.

परमेश्‍वरले प्रतिज्ञा गर्नुहुने धार्मिक नयाँ संसारमा प्रवेश गर्न तपाईंले के गर्नुपर्छ? परमेश्‍वरले आफ्नो प्रतिनिधिको हैसियतमा यस पृथ्वीमा पठाउनु भएको व्यक्‍तिबारे सिक्नुपर्छ र उहाँका शिक्षाहरू पालन गर्नुपर्छ। (यूहन्‍ना ३:१६; ७:२९) यो व्यक्‍ति, येशू ख्रीष्टले परमेश्‍वरलाई प्रार्थनामा यसो भन्‍नुभयो: “अनन्त जीवन यही हो, कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्‍वरलाई, र जसलाई तपाईंले पठाउनुभयो, अर्थात्‌ येशू ख्रीष्टलाई चिनून्‌।”—यूहन्‍ना १७:३. (g94 12/22)

[पृष्ठ १०-मा भएको चित्र]

एउटा स्वच्छ, प्रदूषणमुक्‍त प्रमोदवन नजीकै छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने