प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९८ १२/८ पृ. ३०
  • पाठकहरूका प्रतिक्रिया

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रतिक्रिया
  • ब्यूँझनुहोस्‌!—१९९८
  • मिल्दोजुल्दो सामग्री
  • मस्तिष्कघात—यसका कारणहरू
    ब्यूँझनुहोस्‌!—१९९८
  • यसका असरहरू सामना गर्ने
    ब्यूँझनुहोस्‌!—१९९८
  • मस्तिष्कघात!
    ब्यूँझनुहोस्‌!—१९९८
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९९
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९८
g९८ १२/८ पृ. ३०

पाठकहरूका प्रतिक्रिया

मस्तिष्कघात “मस्तिष्कघातका असरहरू सामना गर्ने” (मार्च ८, १९९८) श्रृंखलाबद्ध लेख मेरो प्रार्थनाको जवाफ थियो। केही वर्षअघि मेरा श्रीमान्‌ र म मसीही अधिवेशनमा गएका थियौं। त्यतिखेर उहाँलाई मस्तिष्कघात भयो। मलाई केही टिपोट लेख्दै गर्नुहुँदा उहाँको हात कापीबाट चिप्लियो; मस्तिष्कघातले शरीरको पूरै दायाँ भागमा असर गऱ्‍यो। यो लेखले मलाई अत्यन्तै मदत दियो। यहोवाले हामीलाई भुल्नुभएको छैन भनेर थाह पाउनु अद्‌भुत कुरा हो।

एफ. एस. एच., संयुक्‍त राज्य

यो पत्रिका पाउनुभन्दा केही घण्टाअघि मात्र मेरी पत्नीलाई मैले मस्तिष्कघात भएपछि महसुस गरेका कुराहरू बताउने असफल प्रयास गरिरहेको थिएँ। मैले यो पत्रिका तीनपल्ट पढिसकेको छु। मेरी पत्नीले पनि पढिन्‌।

आर. जेड., इटाली

मेरो बुबाले वर्षौंसम्म यहोवाको विश्‍वासी सेवकको हैसियतमा सेवा गर्नुभयो। उहाँ गत वर्ष मस्तिष्कघातको कारण बित्नुभयो। यो लेखले मलाई बुबाले उहाँको मृत्युअघि देखाउनुभएको व्यवहार बुझ्ने मदत दियो। मस्तिष्कघातको बिरामीमा आउने भावनात्मक परिवर्तन अनि कुराकानी गर्ने कठिनाइबारे बताइएका कुराद्वारा मैले मेरो बुबाले के के सामना गर्नुभएछ भनेर अलि राम्ररी बुझ्ने मदत पाएँ।

भि. के., संयुक्‍त राज्य

मलाई वर्ष दिनअघि मस्तिष्कघात भएको थियो र अहिले पनि शरीरको बायाँ भाग कमजोर छ। यी लेखहरूले मस्तिष्कघातसित सम्बन्धित केही अस्पष्ट कुरा अनि डर हटायो। उमेर ढल्केकाहरूलाई मात्र मस्तिष्कघात हुन्छ भन्‍ने कुरा मिथ्या हो। मलाई मस्तिष्कघात हुँदा म ४७ वर्षको मात्र थिएँ।

ए. ए., बेलाइत

यो लेखले मलाई मेरी छोरी लुसियालाई बुझ्ने ठूलो मदत दियो। दुई महिनाकी छँदा कार दुर्घटनामा परेर उनको टाउकोमा थुप्रै चोटहरू लागेका थिए। उनी आफ्ना भावनाहरू पोखाउनै सक्दिनन्‌। तथापि, यसको कारण बुझ्न यो लेखले मलाई मदत गऱ्‍यो।

एन. के., स्लोभाकिया

म मस्तिष्कघात भएका बिरामीहरूलाई निको पार्ने केन्द्रमा काम गर्ने प्रशिक्षण प्राप्त नर्स हुँ। अनि मसँग मस्तिष्कघातको शिकार भएका बिरामीहरूलाई स्याहारसुसार गरेको थुप्रै अनुभवहरू छन्‌। मलाई यो लेखमा सबैभन्दा राम्रो लागेको कुरा मस्तिष्कघातका बिरामीहरूको परिवारले कस्ता समस्याहरू सामना गर्छन्‌ भन्‍ने विषय सहानुभूतिशील ढंगमा वर्णन गर्नु हो।

एल. के., संयुक्‍त राज्य

मेरो मुमालाई ट्रान्जिएन्ट इस्केमिया अट्याक भएको छ। उहाँ शारीरिक रूपमा त पूर्णतया स्वस्थ भइसक्नुभएको छ। तर उहाँ मनोवैज्ञानिक रूपमा असाध्यै कमजोर हुनुहुन्छ। उहाँ बलियो हुनुहुन्थ्यो अनि उहाँसँग आत्मविश्‍वास थियो। तर अहिले साह्रै कमजोर हुनुभएको छ। यो बिमारीले हुने मनोवैज्ञानिक असरहरूबारे बताउनुभएकोमा धन्यवाद।

आर. के., इटाली

दुई वर्षअघि मेरी मुमालाई दुइपल्ट मस्तिष्कघात भयो। पहिलोपल्ट मस्तिष्कघात हुँदा उहाँको स्मरणशक्‍ति हरायो अनि दोस्रोपल्टमा शरीरको दायाँ भाग पक्षघात भयो। कहिलेकाहीं म उहाँप्रति अधीर हुन्छु अनि उहाँलाई दुःखित तुल्याउने कुराहरू भन्छु। तपाईंहरूको लेखले मलाई अझ बढी समझदार हुने प्रोत्साहन दिएको छ।

आर. टि. एस., ब्राजिल

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने