प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g07 अप्रिल पृ. १५
  • विश्‍वदर्शन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वदर्शन
  • ब्यूँझनुहोस्‌!—२००७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अफिसमा ब्याक्टेरिया
  • गर्मी ठाउँका रोगहरूप्रति कम चासो
  • डायबिटिज—विश्‍वव्यापी महामारी
  • सबैभन्दा उचाइमा रहेको रेलमार्ग
  • विश्‍वदर्शन
    ब्यूँझनुहोस्‌!—१९९९
  • विश्‍वदर्शन
    ब्यूँझनुहोस्‌!—१९९८
  • फेरि पानी पर्दैछ!
    ब्यूँझनुहोस्‌!—२००४
  • विश्‍वदर्शन
    ब्यूँझनुहोस्‌!—१९९७
ब्यूँझनुहोस्‌!—२००७
g07 अप्रिल पृ. १५

विश्‍वदर्शन

◼ अमेरिकाको क्यालिफोर्नियास्थित दुइटा राष्ट्रिय निकुञ्जमा भएको गुफाको अध्ययन गर्दा २७ वटा नयाँ प्रजातिका जनावर भेटिए। “यसले हामीलाई थाह नभएको कुरा कत्ति धेरै रहेछ भनेर देखाउँछ” भनी राष्ट्रिय निकुञ्ज सेवाको गुफा विशेषज्ञ जोन डिस्पेन बताउँछन्‌। —स्मिथसोनियन, अमेरिका।

◼ विश्‍व जनसंख्याको २० प्रतिशत व्यक्‍तिहरू पिउन योग्य पानीबाट वञ्चित छन्‌। अनि ४० प्रतिशतले ढलनिकासको आधारभूत सुविधा समेत पाएका छैनन्‌।—मिलेन्यो, मेक्सिको। (g 1/07)

◼ “दिनभरि टिभी हेर्ने, सपरिवार सँगै बसेर नखाने अनि अगाडितिर फर्केको प्रामले [बच्चा राखेर गुडाउने]” गर्दा आमाबाबु र छोराछोरीबीचको कुराकानीलाई बाधा पुऱ्‍याइरहेको छ। फलतः आफूले भन्‍न खोजेको कुरा व्यक्‍त गर्न नसक्दा स्कूल जान थाल्ने बच्चाहरू असाध्यै “पिराहा” हुन्छन्‌।—दी इन्डिपेन्डेन्ट, बेलाइत। (g 2/07)

अफिसमा ब्याक्टेरिया

एरिजोना विश्‍वविद्यालयका माइक्रोबायोलोजिस्टहरूले अमेरिकाको केही सहरका अफिसहरूमा ब्याक्टेरिया कति छन्‌ भनी सर्वेक्षण गरे। सर्वेक्षण गर्दा “सबैभन्दा बढी ब्याक्टेरिया भएका ठाउँहरू क्रमशः फोन, टेबल, धारा, माइक्रोवेभको ढोका र कीबोर्ड” थिए भनी ग्लोब एण्ड मेल नामक अखबार बताउँछ। उक्‍त रिपोर्टअनुसार “अफिसको टेबलमा घरको टेबलमा भन्दा १०० गुणा बढी र टोइलेटको सीटमा भन्दा ४०० गुणा बढी ब्याक्टेरिया पाइयो।” (g 1/07)

गर्मी ठाउँका रोगहरूप्रति कम चासो

चिकित्सा जगत्‌ले गर्मी ठाउँमा देखिने प्रायजसो रोगहरूलाई बेवास्ता गरेको छ। किन? स्कटल्याण्डको डन्डी सहरस्थित विश्‍वविद्यालयका मलिक्युलर बायोलोजिस्ट माइकल फर्गुसन यसो भन्छन्‌, “दुःखको कुरा . . . औषधी कम्पनीहरूले नयाँ उपचार खोज्न त्यति चासो देखाएजस्तो देखिंदैन।” आफ्नो लगानी नउठ्‌ने हुँदा औषधी कम्पनीहरू यस क्षेत्रमा पैसा खर्च गरेर केही फाइदा देख्दैनन्‌। बरु अल्जाइमर्स, मोटोपन र यौन दुर्बलताजस्ता धेरै नाफा कमाउने रोगहरूको औषधी बनाउन उत्सुक छन्‌। न्यु साइन्टिस्ट पत्रिकाले बताएअनुसार “संसारभरि लगभग दस लाख मानिसहरू मलेरियाको कारण मर्छन्‌ अनि यसको लागि सुरक्षित तथा प्रभावकारी उपचार अझै उपलब्ध भएको छैन।” (g 2/07)

डायबिटिज—विश्‍वव्यापी महामारी

इन्टरनेसनल डायबिटिज फेडरेसनबाट प्राप्त तथ्याङ्‌कअनुसार गत २० वर्षमा संसारभरि डायबिटिज रोगीहरूको संख्या तीन करोडबाट बढेर २३ करोड पुग्यो भनी द न्यु योर्क टाइम्स बताउँछ। सबैभन्दा बढी डायबिटिज रोगीहरू भएका दसवटा देशमध्ये सातवटा त विकासशील देशहरू हुन्‌। उक्‍त फेडरेसनका अध्यक्ष, डा. मार्टिन सिलिंकले यसो भने, “संसारमा अहिलेसम्मकै ठूलो महामारीमध्ये डायबिटिज पनि हो।” साथै, कुनै-कुनै गरिब मुलुकहरूमा यो रोग लागेका मानिसहरू धेरै बाँच्दैनन्‌ भनी रिपोर्ट बताउँछ।

सबैभन्दा उचाइमा रहेको रेलमार्ग

संसारकै सबैभन्दा उचाइमा रहेको रेलमार्ग जुलाई २००६ मा उद्‌घाटन गरियो। लगभग ४,००० किलोमिटर लामो यो रेलमार्गले बेइजिङ र तिब्बतको राजधानी ल्हासालाई जोड्‌छ। द न्यु योर्क टाइम्स यसो भन्छ, “यो रेलमार्ग इन्जिनियरीङ जगत्‌कै चमत्कार हो किनभने यसले कहिले जम्ने त कहिले पग्लने लामो बाटोको दूरी ढाक्छ अनि समुद्री सतहभन्दा ४,८०० मिटर माथिसम्म पुग्छ।” हिउँ पग्लेर खतरा नहोस्‌ भनेर वर्षभरि नै हिउँ जमाइराख्न इन्जिनियरहरूले एउटा ठूलो चुनौती सामना गर्नुपरेको थियो। अत्यन्तै उचाइमा भएको हुँदा रेलको डिब्बामा हावा पठाइरहनुपर्छ अनि प्रत्येक यात्रुको लागि अक्सिजनको पनि व्यवस्था गरिएको छ। (g 3/07)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने