प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w00 ४/१ पृ. ३-४
  • बोक्सीविद्याबारे तपाईंलाई के थाह छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बोक्सीविद्याबारे तपाईंलाई के थाह छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • मिल्दोजुल्दो सामग्री
  • बोक्सीविद्या भनेको के हो?
    ब्यूँझनुहोस्‌!—१९९९
  • बोक्सीविद्याबारे तपाईंलाई थाह हुनुपर्ने कुराहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • जादुगरी, टुनामुना र बोक्सीविद्याबारे साँचो कुरा
    अनन्त जीवनतर्फ लैजाने बाटो—के तपाईँले त्यो भेट्टाउनुभएको छ?
  • टुनामुना र बोक्सीविद्या खराब हो
    तपाईं परमेश्‍वरको मित्र हुन सक्नुहुन्छ!
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
w00 ४/१ पृ. ३-४

बोक्सीविद्याबारे तपाईंलाई के थाह छ?

बोक्सीविद्या! यो शब्द सुन्‍नेबित्तिकै तपाईंको मनमा कुन कुरा आउँछ?

थुप्रैले बोक्सीविद्यालाई अन्धविश्‍वास र काल्पनिक ठान्छन्‌ र त्यसलाई गम्भीरता साथ लिनुहुन्‍न भन्छन्‌। तिनीहरूको विचारमा बोक्सी काल्पनिक संसारमा मात्र हुन्छ। उम्लिरहेको ठूलो कराइमा चमेराका पखेटाहरू हाल्ने, मानिसहरूलाई भ्यागुता बनाइदिने अनि कूचोमा बसेर रूखो हाँसो हाँस्दै राती आकाशमा उड्‌ने खुकुलो लुगा गम्म ओडेका बोक्सीहरूको तिनीहरू कल्पना गर्छन्‌।

अरूले चाहिं बोक्सीविद्यालाई गम्भीर कुरा ठान्छन्‌। केही अन्वेषकहरूको भनाईअनुसार विश्‍वका आधाभन्दा बढी जनसंख्याले बोक्सीहरू साँच्चै अस्तित्वमा छन्‌ र तिनीहरूले अरूको जीवनमा असर गर्नसक्छन्‌ भनेर विश्‍वास गर्छन्‌। लाखौंले बोक्सीविद्या हानिकारक र खतरनाक हुन्छ अनि यससित डराउनुपर्छ भन्‍ने विश्‍वास राख्छन्‌। उदाहरणका लागि, अफ्रिकी धर्मसम्बन्धी एउटा पुस्तक यसो भन्छ: “हानिकारक जादुटुना, तन्त्रमन्त्र र बोक्सीविद्याको काम र खतरामा अफ्रिकीहरू असाध्यै विश्‍वास गर्छन्‌ . . . तिनीहरूको समुदायमा बोक्सी र तन्त्रमन्त्र गर्नेहरूलाई एकदमै घृणित मानिन्छ। अहिले पनि कुनै कुनै ठाउँ तथा कुनै कुनै बेलामा तिनीहरूलाई कुटपिट गरेर मार्ने गर्छन्‌।”

तथापि, पश्‍चिमी मुलुकहरूमा बोक्सीविद्याले नयाँ प्रतिष्ठा कमाएको छ। बोक्सीविद्याप्रतिको डर कम गर्न पुस्तक, टिभी र चलचित्रहरूले निकै योगदान पुऱ्‍याएको छ। मनोरञ्जन विश्‍लेषक डेभिड डेभिस यसो भन्छन्‌: “अचेल बोक्सीहरू जवान अनि निकै आकर्षक देखिन्छन्‌। हलिवुडले मानिसहरूको झुकाउ तुरुन्तै बुझ्छ। . . . बोक्सीहरूलाई आकर्षक र अझ प्रिय बनाएर स्त्री तथा केटाकेटीलगायत थुप्रै श्रोताहरूलाई हलिवुडले आकर्षित गर्नसक्छ।” हलिवुडलाई मानिसहरूको झुकाउबाट फाइदा उठाउने तरिका थाह छ।

बोक्सीविद्या, संयुक्‍त राज्यमा एकदमै तीव्र गतिमा बढ्‌दै गइरहेको आध्यात्मिक क्रान्ति भएको छ भनी कोही कोही भन्छन्‌। नारी हक क्रान्तिबाट उत्प्रेरित भएर अनि प्रचलित धर्महरूदेखि वाक्क भएर विश्‍वका विकसित देशहरूका थुप्रै मानिसहरूले विभिन्‍न प्रकारका बोक्सीविद्याबाट आध्यात्मिक सन्तुष्टि खोजिरहेका छन्‌। भनौं भने, बोक्सीविद्याका यति धेरै रूपहरू छन्‌ कि मानिसहरू “बोक्सी” शब्दको अर्थमा समेत सहमत छैनन्‌। तथापि, बोक्सी भनौंदाहरू जसलाई अक्सर विक्का पनि भनिन्छ, त्यसलाई एउटा शब्दकोशले “मसीहीपूर्व पश्‍चिमी युरोपबाट सुरु भएर २० औं शताब्दीमा फेरि प्रचलित भएको गैरमसीही धर्म” भनेर परिभाषित गरेको छ।a फलस्वरूप, थुप्रै बोक्सीहरू आफूलाई गैरमसीही वा नव गैरमसीही पनि भन्‍ने गर्छन्‌।

इतिहासभरि बोक्सीहरूलाई घृणा गरिएको छ, सताइएको छ, यातना दिइएको छ र तिनीहरूको ज्यानसमेत लिइएको छ। अतः बोक्सीविद्या खेलाउने अहिलेका मानिसहरूले आफ्नो छवि सुधार्न चाहनु कुनै छक्कलाग्दो कुरा होइन। एउटा सर्वेक्षणमा जनसाधरणलाई खास गरी के भन्‍न चाहनुहुन्छ भनेर थुप्रै बोक्सीहरूलाई सोधियो। तिनीहरूको जवाफलाई अनुसन्धानकर्ता मेर्गो आल्डर छोटकरीमा भन्छन्‌: “हामी दुष्ट होइनौं। हामी दियाबलको उपासना गर्दैनौं। हामी न त मानिसहरूलाई हानि गर्छौं न वशमा पार्छौं। हामी खतरनाक मानिस होइनौं। हामी तपाईंहरू जस्तै साधारण मानिस हौं। हाम्रो पनि परिवार, जागिर, आशा र सपनाहरू छन्‌। हामी कुनै पन्थ होइनौं। हामी अनौठो मानिस होइनौं। . . . तपाईंहरू हामीसित डराउनुपर्दैन। . . . तपाईंहरूले सोचेजस्तो नभई हामी त तपाईंहरू जस्तै हौं।”

थुप्रैले उक्‍त कुरा स्वीकार्न थालेका छन्‌। तर के यसको मतलब बोक्सीविद्याबारे विचार गर्नुपर्ने कुनै कारणै छैन त? आउनुहोस्‌, यसपछिको लेखमा यसबारे छलफल गरौं।

[फुटनोट]

a “बोक्सीविद्या” भन्‍ने अंग्रेजी शब्द, बोक्सीविद्या खेलाउने स्त्री र पुरुष बुझाउने पुरानो अंग्रेजी शब्द “विक्के” र “विक्का”-बाट आएको हो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने