प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w00 ११/१५ पृ. ८-९
  • पेरूको अल्टिप्लानोमा राज्य प्रचार गर्दै

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पेरूको अल्टिप्लानोमा राज्य प्रचार गर्दै
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • प्रचारकार्य अगाडि बढाउँदै
  • क्यासेट रेकर्डिङहरूद्वारा सिकाउने
  • हामी किन एक्लै उभिन सक्दैनौं
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • इन्काहरूले आफ्नो स्वर्णिम साम्राज्य कसरी गुमाए
    ब्यूँझनुहोस्‌!—१९९८
  • धेरै समयदेखिको खोजको फल पाइयो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
w00 ११/१५ पृ. ८-९

हामीचाहिं विश्‍वास गर्नेहरूमध्येका हौं

पेरूको अल्टिप्लानोमा राज्य प्रचार गर्दै

एन्डिज पर्वतको पूर्वी र पश्‍चिमी पर्वतमालाको बीचमा अल्टिप्लानो पर्छ अनि यो बोलिभिया र पेरूको संगम पनि हो। यो नाउँको अर्थ “उच्च मैदान” अर्थात्‌ “पठार” हो। यसको धेरैजसो भाग बोलिभियामा पर्छ।

अल्टिप्लानो १०० किलोमिटर चौडा र १,००० किलोमिटर लामो छ र यो समुद्री सतहभन्दा ३,७०० मिटर उचाइमा छ। पेरूको तटवर्ती राजधानी शहर लिमाबाट हवाई यात्रा गर्नुहुँदा तपाईंले हिउँले ढाकिएको एल मिस्टी ज्वालामुखी पहाड देख्नुहुन्छ र यो ५,८२२ मिटर अग्लो छ। त्यसको अलि पर हिउँले ढाकेका अनि ६,००० मिटर अग्ला नेभाडो अम्पाटो र नेभाडो कोरोपुना चुचुराहरू छन्‌। त्यसपछि एउटा विशाल पठार अर्थात्‌ दक्षिणी पेरूको अल्टिप्लानो देखापर्छ।

पेरूभियाली अल्टिप्लानोको राजधानी पुनो, संसारको सबैभन्दा अग्लो स्थानमा रहेको टिटिकाका तालको उत्तरपश्‍चिमी किनारमा अवस्थित छ र यहाँ ठूलठूला जहाजहरू पनि ओहोरदोहोर गर्नसक्छन्‌। यो क्षेत्र तीन किलोमिटरमाथि उचाइमा रहेको हुँदा यहाँ आउने पर्यटकहरूलाई यहाँको पातलो पानीमा घुलमिल हुन अलि धेरै समय लाग्छ। टिटिकाका ताल नजिकै क्वेचा र आइमारा इन्डियनहरू बसोबास गर्छन्‌। रातो, हरियो अथवा नीलो रंगीन कपडा लगाएर तिनीहरू चाक्रा अथवा सानो खेतमा काम गरिरहेका हुन्छन्‌। पेरूको मुख्य भाषा स्पेनी भए तापनि अल्टिप्लानोमा क्वेचा र आइमारा भाषा पनि बोलिन्छ।

प्रचारकार्य अगाडि बढाउँदै

क्युचुआ र आइमारा भाषा बोल्ने थुप्रै परिश्रमी र नम्र मानिसहरूले हालै बाइबल सच्चाइको सत्य ज्ञान हासिल गरेका छन्‌। त्यहाँ विशेष अग्रगामी गरिरहेका जोसिला पूर्ण समय राज्य प्रचारकहरूको प्रयासमा यहोवाले प्रशस्त आशिष्‌ दिनुभएको हुनाले यो सम्भव भएको हो।

उदाहरणका लागि, विशेष अग्रगामीहरू होसे र सिल्भियालाई टिटिकाका तालबाट झन्डै ५० किलोमिटर टाढा पुटीना शहरमा खटाइयो। दुई महिनाभित्रै सिल्भियाले १६ र होसेले १४ वटा बाइबल अध्ययन सञ्चालन गरिरहेका थिए। छ महिनाभित्रै मण्डलीका प्रकाशकहरूको संख्या २३ बाट बढेर ४१ पुग्यो। साथै सभाहरूको उपस्थिति संख्या पनि ४८ बाट बढेर १३२ पुग्यो।

होसे भन्छन्‌, “हामीले यी पृथक समुदायमा जन सभा र मण्डली पुस्तक अध्ययनबाट मण्डलीका सभाहरू सुरु गर्नु व्यावहारिक लाग्यो।” यसो गर्दा नवजिज्ञासुहरूलाई सभामा उपस्थित हुन सजिलो हुन्छ।”

दुई दिदीबहिनी जसमध्ये एक जना अग्रगामी थिइन्‌, तिनीहरूले पुटिनाबाट करिब २० किलोमिटर टाढाको पृथक समुदायमा पहिलो पल्ट सुसमाचार प्रचार गरे। त्यहाँ तिनीहरूले एक जना अन्धो मानिस लुसियोसित बाइबल अध्ययन गरे।a तिनले त्यहाँ आफ्नै भाइ मीगेललाई पनि बोलाए। तिनी नजिकैको क्षेत्रका क्याथोलिक मिसनरी हुनुका साथै समुदायका नेता पनि थिए। मीगेललाई तिनको साथीले किन हरेक हप्ता मुनानी जान्छौ भनेर सोध्दा तिनले यहोवा र उहाँको वचन सिक्न भन्‍ने जवाफ दिए। त्यसपछि तिनीहरूले यसो भने: “हामी यहीं बाइबल अध्ययन गरौं न हुन्‍न?” मीगेलको समुदायका मानिसहरूले देखाएको चासोले गर्दा साक्षीहरूले तुरुन्तै त्यहाँ सभा आयोजना गर्ने प्रबन्ध मिलाए।

आफूले सिकिरहेका कुराहरू मीगेलले अरूलाई पनि बताउन थाले। तर तिनले क्याथोलिक मिसनरी र डेप्युटी गभर्नरको ओहदा के गरे? तिनले समुदायिक भवनमा आयोजना गरिएको एउटा सभामा आफूले क्याथोलिक मिसनरीको ओहदाबाट राजीनामा दिएको घोषणा गरे। के तिनको ठाउँमा अर्कै व्यक्‍ति नियुक्‍त गरियो? श्रोतागणमध्ये एक जना महिलाले यसो भनिन्‌: “हामीले सच्चाइ सिकिरहेकै हुँदा अर्को मिसनरी किन चाहियो र?” यो तिनले यहोवाका साक्षीहरूसित सिकेका कुराबारे भन्दैथिइन्‌। अर्को मान्छेले सही थप्दै यसो भने: “तपाईं एक्लैले राजीनामा दिनु हामीलाई चित्त बुझेन। हामी सबैले राजीनामा दिए कसो होला?” त्यसपछि, उपस्थित सबैले एउटै स्वरमा यसो भने: “हामी सबै राजीनामा दिन्छौं!”

त्यसपछि, मूर्ति र क्रूसबारे सामुदायिक सभामा छलफल गरियो। एक जना मानिसले उपस्थित सबैलाई व्यवस्था ७:२५ पढ्‌न आग्रह गरे। त्यहाँ यस्तो लेखिएको छ: “तिनीहरूका देवताहरूका मूर्तिहरू तिमीहरूले आगोमा जलाइदिनू। मूर्तिमा भएका सुन र चाँदीको लालच गरेर आफ्नो निम्ति नलिनू, किनकि त्यहीनै तिमीहरूका निम्ति फन्दा हुनेछ। परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्ति यी घृणित कुरा हुन्‌।”

त्यसपछि, त्यस मानिसले मूर्तिहरू जलाउनुपर्छ भनेर सहमति जनाउने जतिले हातमाथि उठाउन आग्रह गरे। तुरुन्तै सबैले हात उठाए। (प्रेरित १९:१९, २०) अहिले त्यस समुदायको २५ परिवारमध्ये २३ परिवारले परमेश्‍वरको वचन अध्ययन गरिरहेका छन्‌। दुई जना बप्तिस्मा अप्राप्त प्रकाशकहरूको हैसियतमा सेवा गरिरहेका छन्‌ भने पाँच दम्पतीले चाहिं यहोवासामु निष्कलंक हुन आफ्नो विवाहलाई कानुनी मान्यता दिने योजना बनाइरहेका छन्‌।—तीतस ३:१; हिब्रू १३:४.

क्यासेट रेकर्डिङहरूद्वारा सिकाउने

अल्टिप्लानोका धेरैजसो मानिसहरू असाक्षर भएका हुनाले स्थानीय भाषामा उपलब्ध वाच टावर सोसाइटीले तयार पारेको भिडियो र क्यासेट रेकर्डिङहरू बाइबल अध्ययन सञ्चालन गर्न मदतकारी साबित भएका छन्‌। अडियो क्यासेटको मदतबाट डोरा नामको विशेष अग्रगामीले परमेश्‍वर हामीबाट के चाहनुहुन्छ? नामक पुस्तिकाबाट अध्ययन सञ्चालन गर्छिन्‌। एक चोटिमा एउटा अनुच्छेद बजाइसकेपछि तिनले बाइबल विद्यार्थीसित भर्खरै सुनेका कुराहरूबारे प्रश्‍न सोध्छिन्‌।

स्थानीय रेडियो स्टेशनले क्युचुआ भाषामा चाहनुहुन्छ पुस्तिकाको केही भाग नियमित रूपमा प्रसारण गर्ने गर्छ। यसले स्पेनी भाषाको ब्यूँझनुहोस्‌!-बाट पनि यसरी नै बजाउने गर्छ। यसप्रकार, थुप्रै मानिसले राज्य सन्देशबारे सुन्‍न पाउँछन्‌ र यहोवाका साक्षीहरूले तिनीहरूको घरमा ढकढक्याउँदा अझ बढी सिक्न चाहन्छन्‌।

अल्टिप्लानो साधारणतया मानिसहरूको नजरबाट धेरै टाढा भए तापनि परमेश्‍वरको नजरबाट भने छिपेको छैन। मानवजातिप्रति यहोवाको प्रेमले गर्दा त्यस्तो अग्लो एन्डियन अल्टिप्लानोको उच्च भू-भागमा बसोबास गर्ने थुप्रै मानिस पनि उहाँको साँचो उपासनाको महिमा गर्ने विशाल भीडको भाग हुन पाइरहेका छन्‌।—हाग्गै २:७.

[फुटनोट]

a यस लेखमा कुनै कुनै नाउँ परिवर्तन गरिएका छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने