प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km94 अप्रिल पृ. ५
  • ईश्‍वरतान्त्रिक सेवकाई पाठशालाको पुनरावलोकन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ईश्‍वरतान्त्रिक सेवकाई पाठशालाको पुनरावलोकन
  • हाम्रो राज्य सेवकाई—१९९४
हाम्रो राज्य सेवकाई—१९९४
km94 अप्रिल पृ. ५

ईश्‍वरतान्त्रिक सेवकाई पाठशालाको पुनरावलोकन

ईश्‍वरतान्त्रिक सेवकाई पाठशाला अन्तर्गत लिखित पुनरावलोकनको निम्ति उत्तरपत्र। यो न्यु वर्ल्ड ट्रान्सलेशन अफ द होलि स्क्रीपचर्स [NEW WORLD TRANSLATION OF THE HOLY SCRIPTURES] [bi12]; “युनाइटेड इन वरसिप अफ द ओन्ली ट्रु गाड” [UNITED IN WORSHIP OF THE ONLY TRUE GOD] [uw]; औल स्क्रिप्चर इज इन्स्‌पायर्ड अफ गड एण्ड बेनेफिशियल” [“ALL SCRIPTURE IS INSPIRED OF GOD AND BENEFICIAL] (1990 Edition) [si]; “आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष” [gt]; अनि साप्ताहिक बाइबल पढाइबाट लिइएको हो। यसको विषयवस्तु फेब्रुअरी २८ देखि जून १३, १९९४-का हप्तामा दिइएका पाठहरूमा आधारित छन्‌।

निर्देशन: प्रत्येकसँग हाम्रो राज्य सेवकाई-मा दिएअनुसारको पुनरावलोकनको निम्ति प्रश्‍नपत्र हुनुपर्छ। भाग लिन चाहने सबैसँग लेख्ने कागज छ कि छैन, सो निश्‍चित गर्नुहोस्‌। तत्पश्‍चात्‌, लेख्न थाल्नका लागि स्कूल निरीक्षकले सङ्‌केत दिनसक्छन्‌। यो पुनरावलोकन २५ मिनेटका लागि हुनेछ। यसपछि स्कूल निरीक्षकले प्रश्‍न अनि उत्तरहरू सबैले सुन्‍नेगरी पढ्‌नेछन्‌ (अथवा कुनै कुनै प्रश्‍नको उत्तर दिन तिनले श्रोतागणलाई पनि मौका दिन सक्छन्‌)। तिनले बढ्‌ता गाह्रो प्रश्‍नहरूमाथि विशेष ध्यान दिनुपर्छ र सबैलाई उत्तर ठीकसित बुझ्ने मद्दत दिनुपर्छ। प्रत्येक विद्यार्थीले आफ्नो पत्र आफै जाँच्न सक्छ र प्रत्येक सही उत्तरमा रुजू चिन्ह लगाए हुन्छ। ती उत्तरपत्रहरू जम्मा गरिने छैनन्‌। उत्तरपत्रमा सबै नै सम्भाव्य उत्तरहरू लेख्नु प्रायः व्यावहारिक हुँदैन; अतः कुनै बुँदा उत्तरपत्रमा नभए तापनि, त्यो उचित र वर्तमानमा हामीले बुझे अनुसारको छ भने त्यो उत्तर स्वीकार्य हुनेछ। मण्डलीमा पुनरावलोकनको कार्यक्रम नभएसम्म मण्डलीलाई यो उत्तरपत्र पढ्‌नका निम्ति उपलब्ध गराइने छैन। तर कुनै बुँदाहरूको महत्त्व मण्डलीलाई विशेष रूपमा देखाउनका लागि स्कूल निरीक्षकले यसलाई एउटा मार्गदर्शकको रूपमा चलाउन सक्छन्‌। पुनरावलोकनको समयमा बाइबल मात्र प्रयोग गर्न सकिन्छ।

स्कूल निरीक्षकहरूका लागि टिप्पणी: श्रोत-विषयका अगाडि तेर्सो अक्षरमा लेखिएको सङ्‌खयाले यो भन्दा अघि भएको पुनरावलोकन पछिको सप्ताहलाई जनाउँदछ, जुन हप्तामा त्यस प्रश्‍नसित सम्बन्धित सामग्रीको छलफल भएको थियो।

निम्नलिखित बयानहरू सही वा गलत हुन्‌, सो जवाफ दिनुहोस्‌:

१. परमेश्‍वरको अनुग्रह प्राप्त मानिसहरूमाथि कहिले पनि विपत्ति आउँदैन। [5, साप्ताहिक बाइबल पढाइ; हेर्नुहोस्‌, w92 9/15 p. 4.] गलत। परमेश्‍वरको नजरमा अय्यूब निर्दोष र सोझो भए तापनि शैतान अर्थात्‌ दियावलद्वारा उनले विपत्ति भोग्नु पऱ्‍यो।

२. नहेम्याह १०:३४-अनुसार, काठ-बलि चढाउने आदेश व्यवस्थाले दिएको थियो। [1, साप्ताहिक बाइबल पढाइ; हेर्नुहोस्‌, wNP86 3/1 p. 28.] गलत। यहाँ उल्लिखित काठ बेदीमा जलाउनका लागि थियो।

३. अय्यूब ३१:१-मा अय्यूबले आफ्नो बचाउका निम्ति भनेका शब्दहरू मत्ती ५:२७, २८ मा येशूले दिनु भएको शिक्षासित मेल खान्छ। [15, साप्ताहिक बाइबल पढाइ; हेर्नुहोस्‌, w78 12/15 p. 32.] सही।

४. ख्रीष्टभन्दा झन्डै १,५०० वर्षअघि नै अय्यूबले पुनरुत्थानमा आशा व्यक्‍त गरेका थिए। [9, साप्ताहिक बाइबल पढाइ; हेर्नुहोस्‌, अय्यूब १४:१३ र w93 4/15 p. 11.] सही।

५. फरिसी र शास्त्रीहरूले हिब्रू अभिव्यक्‍ति ‘एमहारेट्‌स,’ अर्थात्‌ “धरतीका मानिसहरू” भन्‍ने शब्दको प्रयोग साधारण मानिसहरूका निम्ति गर्दथे, जसलाई तिनीहरूले धूलो समान ठान्थे। [3, gt अध्याय ८५] सही।

६. सुन्दर हुनुभन्दा आज्ञाकारी र अधीनमा हुनु धेरै नै ठूलो कुरा हो भनेर बुझ्न कुनै पनि समझदार व्यक्‍तिलाई एस्तर १:१०-१२-मा दिएको वर्णनले मदत दिन सक्छ। [3, साप्ताहिक बाइबल पढाइ; हेर्नुहोस्‌, w79 3/15 p. 14.] सही।

७. ईश्‍वरीय भक्‍तिले यहोवाप्रति प्रेमपूर्ण घनिष्ठता व्यक्‍त गर्दछ किनकि हामी यहोवा र उहाँका मार्गहरूको मूल्याङ्‌कन गर्छौं। [13, uw p. 19, par. 15] सही।

८. लूका १६:१९-३१-मा धनी मानिस र लाजरसबारे दिएको वर्णन एउटा सत्य कथा हो। [7, gt अध्याय ८८] गलत। यो एउटा दृष्टान्त हो जहाँ धनी मानिस र लाजरस ती दुई वर्गका मानिसहरूका प्रतीक हुन्‌ जसको अवस्था वा परिस्थितिमा आमूल परिवर्तन हुन्छ।

९. येशूले लूका १६:९-मा “अधर्मको धन” भन्‍नुको अर्थ अवैध रूपमा प्राप्त धन थियो। [6, gt अध्याय ८७] गलत। परमेश्‍वरका सेवकहरूले आफ्नो भौतिक साधन अर्थात्‌ “अधर्मको धनलाई” आफ्नो फायदा र विशेषगरी परमेश्‍वरको राज्यसम्बन्धी कामकुरालाई सहयोग पुऱ्‍याउनका लागि बुद्धिमत्तापूर्ण ढङ्‌गमा प्रयोग गर्नु पर्छ।

१०. लूका १७:३४, ३५-मा “लगिनेछ” भनेको अर्थ विनाश हो। [13, gt अध्याय ९३] गलत। लगिनेछ भनेको अर्थ उद्धार हो। “छोडिनेछ” भनेको अर्थचाहिं विनाश हुनु हो।

निम्नलिखित प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

११. अय्यूबको पुस्तकले कुन्‌ दुई महत्त्वपूर्ण प्रश्‍नहरूमाथि ध्यान आकृष्ट गराउँछ? [5, si p. 95 par. 1] निर्दोषहरूले किन दुःख पाउँछन्‌? परमेश्‍वरले पृथ्वीमा दुष्टता किन रहिरहन दिनु हुन्छ? (सारांश यथेष्ट छ)

१२. अय्यूबमाथि आएको परीक्षा को समय ठम्याउन अय्यूब १:८-मा दिएको बयानले हामीलाई कसरी मदत दिन्छ? [5, si p. 95 par. 4] अय्यूबको परीक्षा एउटा यस्तो समयमा भयो जब “पृथ्वीमा [उनी] जस्तो कोही” थिएन। यूसुफको मृत्यु (सा० यु० पू० १६५७) र मोशा आफ्नो निष्ठाको मार्गमा हिंड्‌न थालेको बीचको समयावधिमा त्यो घटना घटेको जस्तो बुझिन्छ। (सारांश यथेष्ट छ)

१३. येशूका अनुयायीहरूले आफ्ना नातेदारहरूलाई “अप्रिय” मान्‍नु पर्छ भन्‍नुको अर्थ के थियो? (लूका १४:२६) [2, gt अध्याय ८४] येशूको भनाइको अर्थ उहाँका अनुयायीहरूले आफ्ना नातेदारहरूलाई येशूलाई भन्दा बढी प्रिय ठान्‍नु हुँदैन थियो। (सारांश यथेष्ट छ)

१४. यूहन्‍ना ११:२६-मा उल्लिखित येशूका शब्दहरू कहिले र कसमाथि अक्षरशः सत्य साबित हुनेछन्‌? [10, gt अध्याय ९०] ती विश्‍वासी जनहरूमाथि जो यस पृथ्वीको रीतिरिवाज अन्त हुँदा बाँच्नेछन्‌ र सम्भवतः फेरि कहिल्यै मर्ने छैनन्‌। (सारांश यथेष्ट छ)

१५. लाजरसलाई मृतावस्थाबाट उठाउँदा खासगरी शास्त्रीहरूलाई एउटा ठूलो धक्का किन लाग्यो? [11, gt अध्याय ९१] शास्त्रीहरू पुनरुत्थानमा विश्‍वास गर्दैन थिए।

१६. येशूले फरिसीहरूलाई “परमेश्‍वरको राज्य तिमीहरूकै बीचमा छ” भनेर दिनु भएको जवाफलाई हामीले कसरी बुझ्नु पर्छ? (लूका १७:२१) [13, gt अध्याय ९३] परमेश्‍वरको राज्य तिनीहरूकै बीचमा थियो किनभने परमेश्‍वरको राज्यका नियुक्‍त राजा, येशू ख्रीष्ट तिनीहरूकै माझमा हुनुहुन्थ्यो। (सारांश यथेष्ट छ)

१७. लूका १८:११, १२-मा प्रदर्शित फरिसीहरूको कुनचाहिं मनोवृत्तिबाट मसीहीहरू जोगिनु पर्छ? [14, gt अध्याय ९४] अरूहरूलाई प्रभावित पार्ने धार्मिकताको देखावटी आडम्बरका निम्ति फरिसीहरू कुख्यात थिए। तिनीहरूले आफूलाई धर्मी र अरूहरूलाई चाहिं तुच्छ ठान्थे। नम्र हुनु पर्ने आवश्‍यकतामाथि येशूले जोड दिनु भयो। (सारांश यथेष्ट छ)

१८. एक जना धनी व्यक्‍तिले येशूलाई “उत्तम” भनेर सम्बोधन गर्दा, येशू कहिले पाप नगर्नु भएको सिद्ध पुरुष हुनु भएर पनि किन आपत्ति जनाउनु भयो? (मर्कूस १०:१७, १८) [16, gt अध्याय ९६] सम्भवतः त्यो नौजवान मानिसले “उत्तम” शब्द एउटा उपाधिको रूपमा प्रयोग गरेको थियो। अतः यसप्रकारको उपाधि परमेश्‍वरका निम्ति मात्र प्रयोग गर्नु पर्छ भनेर येशूले त्यस मानिसलाई बताउन चाहनु भएको हुनु पर्छ। (सारांश यथेष्ट छ)

१९. साँचो मसीही एकतालाई कुन दुई तत्त्वहरूले बढावा दिन्छ? [6, 7, uw p. 8 par. 8] (१) हामी सबै नै यहोवाको उपासना गर्छौं र असल र खराब निर्धारण गर्ने अधिकार उहाँकै हो भनी स्वीकार गर्छौं। (२) हामी संसारको जुन सुकै भागमा रहे तापनि हामीलाई निर्देशन दिने परमेश्‍वरको वचन हामीसित छ। (३) हामी सबै जना आध्यात्मिक भोजन खुवाउने एउटै कार्यक्रमबाट लाभ उठाउँछौं। (४) हाम्रो नेता कुनै मानिस नभएर येशू ख्रीष्ट हुनुहुन्छ र उहाँ मार्फत नै हामी सबै यहोवाको उपासना गर्छौं। (५) हामी जहाँ बसे तापनि मानवजातिको एकमात्र आशा परमेश्‍वरको राज्य हो भनी मान्छौं। (६) मसीही एकताका निम्ति अत्यावश्‍यक गुणहरू पवित्र आत्माले यहोवाका उपासकहरूमा उत्पन्‍न गराउँछ। (७) परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्ने जिम्मावारी हामी सबैको छ। (कुनै दुई; सारांश यथेष्ट छ)

२०. त्रिएकमा विश्‍वास गर्छु भन्‍ने कुनै व्यक्‍ति भेट्‌दा, हामीले त्रिएकको शिक्षालाई खण्डन गर्नुभन्दा अघि त्यस विषयमा उसलाई आफ्नो विचार व्यक्‍त गर्न दिनु किन बुद्धिमानी हो? [11, uw p. 16 par. 10] किनभने धेरै मानिसहरूको आफ्नै धारणाहरू हुन्छन्‌। त्यस व्यक्‍तिले त्रिएकमाथि वास्तवमा विश्‍वास गर्दैन पनि होला। (कुनै एउटा; सारांश यथेष्ट छ)

तल दिएका बयानहरूलाई पूरा गर्नका लागि चाहिएको शब्द वा वाक्यांश थप्नुहोस्‌:

२१. अय्यूब ३:१४-मा सङ्‌केत गरिएका “महलहरू” स्तूपहरू वा ठूल-ठूला चिहानहरू थिए। [5, साप्ताहिक बाइबल पढाई; w79 4/15 p. 31 हेर्नुहोस्‌.]

२२. एस्तरको समयमा यहूदीहरूले गरेजस्तै यहोवाका साक्षीहरूले पनि शत्रुहरूबाट आफ्नो बचाउका लागि सरकारहरू र अदालतहरू-लाई उचित ढङ्‌गमा अपिल गर्छन्‌। [4, साप्ताहिक बाइबल पढाइ; हेर्नुहोस्‌, w86 3/15 p. 25.]

२३. बाइबल लेख्न केही ४०-जना जति “सचिवहरू” प्रयोग गरिए तापनि यसको खास लेखक चाहिं स्वयं यहोवा नै हुनुहुन्छ। [14, uw p. 20 par. 2]

२४. स्वतन्त्रताको भावना शैतान बाट सुरु भएको थियो। [8, uw p. 10 par. 10]

२५. यस साधारण र विनम्र बिन्तीका साथ नहेम्याहले आफ्नो पुस्तक अन्त गर्छन्‌: “हे परमेश्‍वर मेरो हितको निम्ति यस कामको सम्झना रहोस्‌।” [2, साप्ताहिक बाइबल पढाइ]

तलका प्रत्येक बयानहरूमा दिएको ठीक उत्तर छान्‍नुहोस्‌:

२६. येशूका चेलाहरू पृथ्वीका नून हुन्‌ किनकि तिनीहरूले (सतावट सहनै पर्छ; नम्रतासाथ बोल्नु पर्छ; मानिसहरूलाई बिग्रनदेखि बचाउन सक्छन्‌)। [2, gt अध्याय ८४]

२७. यूहन्‍ना १:१ पदले (एक; दुई; तीन जना) व्यक्‍तिलाई सङ्‌केत गर्छ। [12, uw p. 16 par. 11 (3)]

२८. भजन ९:१०-अनुसार परमेश्‍वरको नाउँ जान्‍नुको अर्थ हो (यहोवा नाउँ जान्‍नु मात्र; उहाँको उद्देश्‍यबारे केही जानकारी हुनु; उहाँको अधिकारको कदर गर्नु र उहाँका आज्ञाहरूको पालन गर्नु)। [13, uw p. 18 par. 14]

२९. लाजरस, मार्था र मरियम (यरूशलेम; बेथलेहम; बेथनी) मा बस्थे। [9, gt अध्याय ८९]

३०. उत्पत्ति १:१ र १:२६-मा “परमेश्‍वर” भनेर अनुवाद गरिएको हिब्रू शब्द हो (एडोनाई; एलोहिम; शदाइ)। [12, uw p. 17 par. 11 (4)]

निम्न बाइबल पदहरूलाई तल दिएका बयानहरूसँग जोडा मिलाउनुहोस्‌:

नहे० १३:२३-२७; एस्तर १:१७-२०; अय्यूब १४:१४, १५; २६:७; हितो० ३:५, ६

३१. पृथ्वीलाई आफ्नो ठाउँमा अडाइ राख्ने कुनै दृश्‍य टेवा छैन। [अय्यूब २६:७] [13, साप्ताहिक बाइबल पढाइ; हेर्नुहोस्‌ w92 5/15 p. 5.]

३२. विवाह गर्न खोज्ने साँचो परमेश्‍वरका उपासकहरूले यहोवासितको समर्पित सम्बन्धमा भएको विश्‍वासी सङ्‌गीसित मात्र विवाह गर्न उचित हुनेछ। [नहे० १३:२३-२७] [2, साप्ताहिक बाइबल पढाइ; हेर्नुहोस्‌ w89 6/1 p. 14.]

३३. मरेकाहरूको पुनरुत्थान गराउन यहोवा हृदयबाटै नै इच्छुक हुनुहुन्छ। [अय्यूब १४:१४, १५] [9, साप्ताहिक बाइबल पढाइ; हेर्नुहोस्‌ wNP91 12/1 p. 7.]

३४. हाम्रो सोचाई र हाम्रो गतिविधि ईश्‍वर प्रेरित छन्‌ भनेर हाम्रो सारा जीवनशैलीबाटै प्रमाणित हुनु पर्छ। [हितो० ३:५, ६] [8, uw p. 10 par. 11]

३५. उचित अख्तियारको अनादर गर्दा अरूहरूमाथि नराम्रो प्रभाव पर्न सक्छ। [एस्तर १:१७-२०] [3, साप्ताहिक बाइबल पढाइ; हेर्नुहोस्‌ w79 3/15 p. 14.]

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने