सेवा सभाको तालिका
अप्रिल १० मा सुरु हुने हप्ता
गीत १२२
१० मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। अप्रिल १६ तारिखका दिन हुने विशेष जन भाषणको विषय “मानिसजातिलाई किन छुडौतीको बलिदान चाहिन्छ” हुनेछ भनी नबिर्सनुहोस्। सबै जनालाई अप्रिल १४–१९ सम्म दिनहुँ धर्मशास्त्र जाँच्ने–२००० मा दिइएको स्मरणार्थ बाइबल पढाइ तालिकाअनुसार पढ्न प्रोत्साहन दिनुहोस्। पृष्ठ ४ को परिशिष्टको “स्मरणार्थका सम्झौटोहरू” पुनरावलोकन गर्नुहोस्।
१५ मि: “के तपाईं ख्रीष्टको प्रेमप्रति प्रतिक्रिया देखाउँदै हुनुहुन्छ?” एक मिनेटभन्दा छोटो परिचयात्मक टिप्पणीपछि प्रश्नोत्तरद्वारा छलफल गर्नुहोस्। मे १, १९९८ को प्रहरीधरहरा पृष्ठ १६-१७, अनुच्छेद १२-१३ मा उल्लिखित विचारहरू समावेश गर्नुहोस्। स्मरणार्थ उत्सवको निम्तो दिन विशेष प्रयास गर्न सबैलाई प्रोत्साहन दिनुहोस्।
२० मि: “अप्रिल—सुकर्ममा जोसिलो हुने समय!” प्रश्नोत्तर। हामीले अप्रिलमा गर्न चाहेको कुराको उत्साहजनक छलफल। “धेरैलाई उत्तेजित पार्नसक्ने जोस” भन्ने विषयमा पुनरावलोकन गर्न अन्तमा तीन/चार मिनेट छुट्टाउनुहोस्।
गीत १९९ र समापन प्रार्थना।
अप्रिल १७ मा सुरु हुने हप्ता
गीत २५
१३ मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट। अप्रिल महिना सिद्धिन दुई हप्तामात्र बाँकी छ त्यसैले सबैलाई महिनाको अन्त हुनुअघिनै सेवकाईमा भाग लिन प्रोत्साहन दिनुहोस्। हालैको अंक प्रयोग गर्दै कसरी पत्रिका प्रस्तुत गर्न सकिन्छ, छोटो प्रदर्शन देखाउनुहोस्। इस्टरका रीतिथितिमा हामीलाई निम्तो दिने मानिसहरूलाई हामीले जवाफ दिनुपर्ने भएको हुनाले रिजनिङ पुस्तकको पृष्ठ १७९-८० मा उल्लेख गरिएका कुराहरूको पुनरावलोकन गर्नुहोस्।
१६ मि: “के तपाईंसित आत्मत्यागी भावना छ?” प्रश्नोत्तर। हामीले प्राथमिकता निर्धारण गर्नु आवश्यक छ। आफूलाई आध्यात्मिक लाभ पुऱ्याउने कुराहरूमा लागिरहन इच्छा अनि आत्मसंयम चाहिन्छ। येशूको उदाहरणबाट हामीले सिक्नसक्ने कुराहरू बताउनुहोस्।— इन्साइट, खण्ड २, पृष्ठ ६८, अनुच्छेद ३-५, हेर्नुहोस्।
१६ मि: प्रभावकारी साबित हुनसक्ने ठाउँमा पत्रिकाहरू प्रस्तुत गर्नुहोस्। उपस्थित श्रोतागणसित छलफल गर्नुहोस्। जनवरी ८, १९९५ को ब्यूँझनुहोस्!-को अंग्रेजी अंक पृष्ठ २२-२४ मा दिइएका सल्लाहहरू पुनरावलोकन गर्नुहोस्। पत्रिकामा दिइएका विशेष लेखहरू कुन व्यक्तिलाई उपयुक्त हुन्छ भनी जाँच्नु किन बेस हो भनेर बताउनुहोस्। विगतका अंकमा दिइएका उदाहरणहरूमा ध्यान दिनुहोस् अनि स्थानीय क्षेत्रमा कुन प्रकारको व्यक्ति, व्यापार अथवा संगठनलाई यसले विशेष प्रभाव पारेको हुनसक्छ उल्लेख गर्नुहोस्। श्रोतागणलाई यो तरिका अपनाउँदा राम्रो नतिजा पाएको आफ्नो अनुभव बताउन लगाउनुहोस्।
गीत ७१ र समापन प्रार्थना।
अप्रिल २४ मा सुरु हुने हप्ता
गीत १३७
१० मि: स्थानीय घोषणाहरू। मण्डलीको स्मरणार्थ उपस्थिति संख्या घोषणा गर्नुहोस्। पहिलोपल्ट उपस्थित हुनेहरूले कस्तो प्रतिक्रिया देखाए, श्रोताहरूलाई भन्न लगाउनुहोस्।
१७ मि: नयाँ व्यक्तिहरूलाई सभाहरूमा आउन मदत गर्नुहोस्। ज्ञान पुस्तक पृष्ठ १६१-३, अनुच्छेद ५-८ मा आधारित भाषण। धेरै समयदेखि अध्ययन गर्ने व्यक्तिहरूले सभामा आउन सुरु गर्नु आवश्यक छ। तिनीहरूलाई सभामा उपस्थित गराउनु चुनौती हुनसक्छ। तिनीहरूलाई उत्प्रेरित गर्न तपाईं के गर्नसक्नुहुन्छ? बाइबल अध्ययन सञ्चालन गरिरहेकाहरूले ज्ञान पुस्तकमा लेखिएका यी कुराहरू विद्यार्थीसित पुनरावलोकन गर्न र साँचो उपासनामा सहभागी बनाउन निश्चित प्रबन्ध मिलाउने समय निकाल्नुपर्छ।
१८ मि: “के तपाईं नियमित राज्य प्रचारक हुनुहुन्छ?” सचिवद्वारा भाषण तथा श्रोतागणसित छलफल। हामीले किन क्षेत्र सेवकाईको रिपोर्ट दिनुपर्छ बताउनुहोस्। (आवर मिनिस्ट्री, पृष्ठ १०६-८ सम्म हेर्नुहोस्।) हामीले समयमै आफ्नो रिपोर्ट नदिंदा हुने केही समस्याहरू बताउनुहोस्। समयमै रिपोर्ट दिन के गर्नसकिन्छ, श्रोताहरूलाई बताउन लगाउनुहोस्। मण्डली पुस्तक अध्ययन सञ्चालकहरूले कसरी मदत गर्नसक्छन्, उल्लेख गर्नुहोस्। अप्रिल महिना अन्त हुन एक हप्ता मात्र बाँकी भएकोले सबैलाई सेवकाईमा भाग लिनुपर्ने र महिनाको अन्तमा यस क्रियाकलापको रिपोर्ट खसाल्नुपर्ने महत्त्वमाथि जोड दिनुहोस्।
गीत २०० र समापन प्रार्थना।
मे १ मा सुरु हुने हप्ता
गीत २१३
१२ मि: स्थानीय घोषणाहरू। सबैलाई अप्रिल महिनाको क्षेत्र सेवकाईको रिपोर्ट खसाल्न सम्झाउनुहोस्। मण्डली पुस्तक अध्ययन सञ्चालकहरूले आफ्नो समूहको हरेकले रिपोर्ट दिएका छन् कि छैनन् पक्का गर्नुपर्छ ताकि मे ६ भित्रै जम्मै रिपोर्ट संकलन गर्न सकियोस्। प्रश्नपेटी पुनरावलोकन गर्नुहोस् र स्थानीय तवरमा गर्न सकिने कुरा उल्लेख गर्नुहोस्।
१५ मि: स्थानीय आवश्यकताहरू।
१८ मि: “फेरि फर्केर जाने निधो गर्नुहोस्!” श्रोतागणसित छलफल। हामी किन पुनःभेट गर्न चुक्नसक्छौं, कारणहरू बताउनुहोस्। पुनः फर्केर जानका लागि सही टिपोट र चाहना हुनु किन आवश्यक छ, बताउनुहोस्। पुनःभेट गर्न हरेक हप्ता केही समय छुट्याउने सल्लाह दिनुहोस्। आवर मिनिस्ट्री पृष्ठ ८८-९ का कुराहरू पुनरावलोकन गर्नुहोस्। सन् १९९५ को इयरबूक पृष्ठ ४५ मा रिपोर्ट गरिएका अनुभवहरू बताउनुहोस्।—१ कोरि. ३:६, ७.
गीत ६८ र समापन प्रार्थना।