प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km00 अक्टोबर पृ. २
  • सेवा सभाको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेवा सभाको तालिका
  • हाम्रो राज्य सेवकाई—२०००
  • उपशीर्षकहरू
  • अक्टोबर ९ मा सुरु हुने हप्ता
  • अक्टोबर १६ मा सुरु हुने हप्ता
  • अक्टोबर २३ मा सुरु हुने हप्ता
  • अक्टोबर ३० मा सुरु हुने हप्ता
  • नोभेम्बर ६ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२०००
km00 अक्टोबर पृ. २

सेवा सभाको तालिका

अक्टोबर ९ मा सुरु हुने हप्ता

गीत ११

१० मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू।

१५ मि: “के म बसाइँ सरूँ?” प्राचीनद्वारा भाषण। अन्यत्र बसाइँ सर्ने निर्णय गर्दा विवेक चलाउनु किन आवश्‍यक छ भनेर बुझाउनुहोस्‌। हितोपदेश २२:३ को सल्लाह कसरी व्यवहारमा उतार्न सकिन्छ, छलफल गर्नुहोस्‌। अगस्त १५, १९८८, प्रहरीधरहरा-को अंग्रेजी अंकको पृष्ठ २२ मा सचेत गराउन दिइएका सल्लाहहरूलाई समावेश गर्नुहोस्‌।

२० मि: सभाहरूका लागि राम्रो तयारी गर्नुहोस्‌। भाषण तथा श्रोताहरूसित छलफल। हामीले सभाहरूबाट उठाउने लाभहरू धेरै हदसम्म तयारी गर्दा गरिएको मेहनतमा भर पर्दछ। मार्च १, १९९८, प्रहरीधरहरा, पृष्ठ १५-१६, अनुच्छेद ८-११ मा दिइएका व्यावहारिक सल्लाहहरू पुनरावृत्ति गर्नुहोस्‌। सभाहरूका लागि राम्रो तयारी गर्न तिनीहरूले कसरी आवश्‍यक अग्रसरता देखाउन सके र कसरी समय निकाल्न सके त्यसबारे श्रोताहरूलाई टिप्पणी गर्न आग्रह गर्नुहोस्‌।

गीत २११ र समापन प्रार्थना।

अक्टोबर १६ मा सुरु हुने हप्ता

गीत १०४

५ मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट।

२० मि: “चासो जगाउन वर्तमान घटनाहरू चलाउनुहोस्‌।” श्रोताहरूसित छलफल तथा प्रदर्शन। स्थानीय रूपमै चासोको विषय बन्‍न पुगेका केही घटनाहरू उल्लेख गर्नुहोस्‌। यस्ता घटनाहरूले गर्दा मानिसहरूले आफ्नो भविष्यबारे कस्तो विचार गर्छन्‌? रीजनिङ पुस्तक, पृष्ठ १०-११ चलाउदै बाइबलबारे छलफल गर्न कसरी परिचय तयार पार्न सकिन्छ, त्यसबारे केही सुझाउहरू दिनुहोस्‌। राम्ररी तयार गरिएका दुइटा व्यावहारिक प्रदर्शनहरू समावेश गर्नुहोस्‌।

२० मि: हामी सबैले अग्रगामी मनोभाव देखाउनसक्छौं। अध्ययन सञ्चालक र उनको सहायकबीच अक्टोबर १५, १९९७, प्रहरीधरहरा, पृष्ठ २२-३ मा आधारित छलफल। मण्डलीमा धेरै अग्रगामीहरू हुनु किन प्रोत्साहनदायी कुरा हो र यस लक्ष्यलाई प्राप्त गर्न कसरी सबैले योगदान दिनसक्छन्‌ भनी तिनीहरू छलफल गर्छन्‌। हाल अग्रगामी गरिरहेकाहरूलाई यो सेवा कायमै राख्न प्रोत्साहन दिने तरिकाहरूमाथि र मण्डलीका सबैले कसरी सेवकाईका लागि जोस जगाउनसक्छन्‌, त्यसबारे पनि तिनीहरू छलफल गर्छन्‌।

गीत १३१ र समापन प्रार्थना।

अक्टोबर २३ मा सुरु हुने हप्ता

गीत १५०

५ मि: स्थानीय घोषणाहरू।

१५ मि: “शिक्षामूलक, उत्प्रेरणादायी र सुदृढ पार्ने सामग्रीहरू।” (अनुच्छेद १ र २ मात्र।) भाषण। भिडियो निर्माणको क्षेत्रमा सोसाइटीले प्रवेश गरेको इतिहासलाई छोटकरीमा पुनरावृत्ति गर्नुहोस्‌। (प्रोक्लेमर्स पुस्तक, पृष्ठ ६००–६०१ हेर्नुहोस्‌।) अक्टोबर ३० को हप्तामा सेवा सभामा गरिने छलफलको तयारीको लागि सबैलाई जेहोभाज्‌ विट्‌नेसेज—दी अर्गनाइजेशन बिहाइण्ड द नेम नामक भिडियो हेर्न प्रोत्साहन दिनुहोस्‌। भिडियो क्यासेट हुने भाइबहिनीहरूले, नहुनेहरूलाई हेर्नको लागि दिनसक्छन्‌ अथवा तिनीहरू सँगै बसेर हेर्नसक्छन्‌।

२५ मि: “नयाँ सहस्राब्दी—अनि तपाईंको भविष्य।” सेवा निरीक्षकद्वारा जोसिलो छलफल। जुलाई ३, २००० मा सोसाइटीले प्राचीनहरूलाई पठाएको पत्रमा भएको घोषणा पढिसकेपछि, उपस्थित सबैलाई राज्य सन्देश न. ३६ एक एकप्रति वितरण गर्नुहोस्‌। त्यसपछि, प्रश्‍नोत्तरद्वारा लेख छलफल गर्नुहोस्‌। पूरा इलाका ढाक्न के कस्ता स्थानीय प्रबन्धहरू गरिएका छन्‌ त्यसबारे छोटकरीमा बताउनुहोस्‌। नयाँ व्यक्‍ति तथा केटाकेटीलाई बप्तिस्मा अप्राप्त प्रकाशकको योग्य बनाउन कसरी मदत गर्न सकिन्छ भनी छलफल गर्नुहोस्‌। छोटो प्रदर्शन प्रस्तुत गर्नुहोस्‌। यस अभियानमा सबैले पूर्णतया भाग लिनुपर्ने महत्त्वलाई जोड दिनुहोस्‌।

गीत ५३ र समापन प्रार्थना।

अक्टोबर ३० मा सुरु हुने हप्ता

गीत १६७

८ मि: स्थानीय घोषणाहरू। अक्टोबर महिनाको क्षेत्र सेवकाई रिपोर्ट खसाल्न प्रकाशकहरूलाई सम्झाउनुहोस्‌। सप्ताहन्तको गतिविधिको दौडान मण्डलीलाई राज्य सन्देश न. ३६ सँगै प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! पत्रिका पनि प्रस्तुत गर्न प्रोत्साहन दिनुहोस्‌।

१२ मि: गाउनु—हाम्रो उपासनाको महत्त्वपूर्ण भाग हो। पुस्तक अध्ययन सञ्चालकले दुई जना प्रकाशकहरूसँग मण्डलीका सभाहरूमा उनीहरूले गाउने राज्य गीतबारे कुराकानी गर्छन्‌। राज्य गीत गाउँदा तिनीहरूको आवाजमा उत्साह कम भएको उनले याद गरेका छन्‌। उनले तिनीहरूलाई फेब्रुअरी १, १९९७, प्रहरीधरहरा, पृष्ठ २७-८ का केही बुँदाहरू बताउँछन्‌। जुलाई १, १९९९, प्रहरीधरहरा, पृष्ठ २०, अनुच्छेद १२ मा दिइएका सल्लाहअनुसार यस हप्ता प्रहरीधरहरा अध्ययनमा गाइने गीतहरूका बोलहरू विश्‍लेषण गर्छन्‌। गाइने गीतहरूलाई गम्भीरतासाथ लिएर हामी आफ्नो जीवनमा यहोवाको हार्दिक प्रशंसा गर्छौं।

२५ मि: जेहोभाज्‌ विट्‌नेसेज—दी अर्गनाइजेशन बिहाइण्ड द नेम। श्रोताहरूसित छलफल। “शिक्षामूलक, उत्प्रेरणादायी र सुदृढ पार्ने सामग्रीहरू” शीर्षक लेखको अनुच्छेद ३ मा दिइएका प्रश्‍नहरू छलफल गर्नुहोस्‌। जिज्ञासुहरूलाई हाम्रो संगठनसँग अझ राम्ररी परिचित गराउन भिडियो कसरी प्रयोग गर्न सकिन्छ भनेर सुझाउ दिनुहोस्‌। एक/दुइटा छोटो अनुभवहरू समावेश गर्नुहोस्‌।—अक्टोबर १, १९९२, प्रहरीधरहरा, पृष्ठ ३०-१ हेर्नुहोस्‌।

गीत २२३ र समापन प्रार्थना।

नोभेम्बर ६ मा सुरु हुने हप्ता

गीत १९८

५ मि: स्थानीय घोषणाहरू।

१५ मि: हामी के विश्‍वास गर्छौं? “यहोवाका साक्षीहरूले के सिकाउँछन्‌ जसले तिनीहरूलाई अन्य धर्महरूबाट भिन्‍न तुल्याउँछ?” भन्‍ने प्रश्‍न सोध्ने व्यक्‍तिकहाँ एक जना भाइ पुनःभेटको निम्ति जान्छन्‌। अक्टोबर १, १९९८, प्रहरीधरहरा पृष्ठ ६-को पेटीमा दिइएका बुँदाहरू छलफल गर्नुहोस्‌। कसरी अरू धर्महरूले बाइबलका यी आधारभूत सत्यहरूलाई बेवास्ता वा अस्वीकार गर्दै मानिसले रचेका शिक्षाहरूको पक्ष लिन्छन्‌, बुझाउनुहोस्‌।

१५ मि: स्थानीय आवश्‍यकता।

१० मि: कुराकानी सुरु गर्दाका अनुभवहरू। अक्टोबर १६ मा सुरु हुने हप्ताको सेवा सभाको कार्यक्रममा चासो जगाउन र कुराकानी सुरु गर्न परिचयमा ताजा घटनाहरू चलाउन सल्लाह दिइएको थियो। श्रोताहरूलाई यी सल्लाहहरू व्यवहारमा उतार्दा पाइएका राम्रा परिणामहरू बताउन आग्रह गर्नुहोस्‌।

गीत २०५ र समापन प्रार्थना।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने