प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km01 मे पृ. २
  • सेवा सभाको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेवा सभाको तालिका
  • हाम्रो राज्य सेवकाई—२००१
  • उपशीर्षकहरू
  • मे १४ मा सुरु हुने हप्ता
  • मे २१ मा सुरु हुने हप्ता
  • मे २८ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२००१
km01 मे पृ. २

सेवा सभाको तालिका

मे १४ मा सुरु हुने हप्ता

गीत २११

६ मि: स्थानीय घोषणाहरू र हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू।

९ मि: “तपाईंको भावी आध्यात्मिक लक्ष्य के छ?” प्राचीन वा योग्य सेवकाई सेवकद्वारा आवर मिनिस्ट्री पुस्तक पृष्ठ ११६-१८ मा दिइएका व्यावहारिक सल्लाहहरूबाट छलफल। दिइएका मदतकारी जानकारीहरूले कसरी किशोर प्रकाशक, विवाहित दम्पती तथा अवकाश प्राप्त भाइलाई आफ्नो सेवकाई वृद्धि गर्न मदत गर्नसक्छ, देखाउनुहोस्‌।

१० मि: प्रश्‍न पेटी। प्राचीनद्वारा भाषण।

२० मि: “तपाईंको बानी कस्तो छ?”* सभाहरूप्रतिको मूल्यांकन बढाउनुहोस्‌ र सभाहरू छुटाउने बानी त्याग्नु पर्ने आवश्‍यकतामा जोड दिनुहोस्‌। यो भाग सञ्चालन गर्ने भाइले हप्ताको मध्यतिर हुने सभाहरूमा उपस्थित हुने सन्दर्भमा स्थानीय मण्डलीले कस्तो गर्दैछ, त्ससबारे जानकारी समावेश गर्नसक्छन्‌।

गीत ९३ र समापन प्रार्थना।

मे २१ मा सुरु हुने हप्ता

गीत ३१

१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट।

१७ मि: “के तपाईं आफ्नो राज्यभवनको आदर गर्नुहुन्छ?”* लेखको विषयवस्तुमध्ये स्थानीय रूपमा लागू हुने भागलाई जोड दिंदै प्राचीनले सञ्चालन गर्नुपर्छ। राज्य भवन आकर्षक र सफा राख्न हामी सबैले यथासक्य गर्नुपर्ने कारणहरूमा जोड दिनुहोस्‌। राज्य भवनलाई सफा र राम्रो अवस्थामा राख्न गरिएका स्थानीय प्रबन्धहरूबारे बताउनुहोस्‌।—नोभेम्बर १९९९ हाम्रो राज्य सेवकाई-को प्रश्‍न पेटी हेर्नुहोस्‌।

१८ मि: “उदारताले आनन्द दिन्छ” नोभेम्बर १, २००० प्रहरीधरहरा पृष्ठ २८-३१ को लेखमा आधारित प्राचीनद्वारा भाषण। उदार मनोभाव राख्ने व्यक्‍तिले कसरी आशिष्‌ पाउँछ, बताउनुहोस्‌। (हितो. ११:२४क) विश्‍वव्यापी कार्यलाई टेवा दिन मण्डलीले देखाएको उदारताको प्रशंसा गर्नुहोस्‌।

गीत १२ र समापन प्रार्थना।

मे २८ मा सुरु हुने हप्ता

गीत ५८

१३ मि: स्थानीय घोषणाहरू। प्रकाशकहरूलाई मे महिनाको क्षेत्र सेवाको रिपोर्ट खसाल्न सम्झाउनुहोस्‌। “सरलीकृत ग्राहक नवीकरण प्रकिया”-को पुनरावृत्ति गर्नुहोस्‌। आफ्नो ग्राहक अवधि समाप्त भइसकेपछि पनि फेरि पत्रिका पढ्‌न साँचो चासो हुने व्यक्‍तिहरूलाई मदत गर्न पत्रिका रुटको सुरुआत गर्न सबै प्रकाशकहरूलाई प्रोत्साहित गर्नुहोस्‌।

१५ मि: स्थानीय आवश्‍यकता।

१७ मि: “परमेश्‍वरको वचन . . . प्रबल . . . हुन्छ।”* छोटो प्रस्तुतीले पनि कसरी परमेश्‍वरको वचनमा ध्यानकेन्द्रित गर्न सकिन्छ, सो देखाउँदै राम्ररी तैयार पारिएका दुइटा प्रस्तुति समावेश गर्नुहोस्‌।

गीत ७९ र समापन प्रार्थना।

जून ४ मा सुरु हुने हप्ता

गीत १००

१२ मि: स्थानीय घोषणाहरू र क्षेत्र सेवकाईका अनुभवहरू।

१५ मि: “कटनीमा पूर्ण रूपले भाग लिनुहोस्‌।”* अनुच्छेद ४ छलफल गर्दा सेवकाई विस्तार गर्न केही व्यक्‍तिहरूले गरेका कामहरू औंल्याउँदै सेप्टेम्बर १५ १९९६ प्रहरीधरहरा, पृष्ठ १९ अनुच्छेद १० मा दिइएको उदाहरण समावेश गर्नुहोस्‌।

१८ मि: “कत्ति एउटै इलाकामा प्रचार गर्ने!”a यो भाग सेवा निरीक्षकले सम्हाल्नेछन्‌। (यदि फाटफुट मात्र प्रचार गरिएको इलाका छ भने अप्रिल १९९८ हाम्रो राज्य सेवकाई-को “पत्रिकाहरू राज्य घोषणा गर्छन्‌” शीर्षक लेख पुनरावृत्ति गर्न सकिन्छ।) आफूले काम गर्ने इलाका पूर्णरूपले ढाक्न स्थानीय रूपमा के-के गर्न सकिन्छ, छलफल गर्नुहोस्‌। यरबूक १९९७ पृष्ठ २०४ र फेब्रुअरी १५, १९९६ प्रहरीधरहरा, पृष्ठ २६ मा दिइएका अनुभवहरू बताउनुहोस्‌। घर-घरको रेकर्ड राम्रोसँग राख्ने, कोही नभेटेको घरमा फेरि अर्को पटक जाने र सकेसम्म छिटो पुनःभेट गर्नुपर्ने महत्त्वमा जोड दिनुहोस्‌।

गीत १४२ र समापन प्रार्थना।

[फुटनोट]

a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने