प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km02 अगस्त पृ. २
  • सेवा सभाको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेवा सभाको तालिका
  • हाम्रो राज्य सेवकाई—२००२
  • उपशीर्षकहरू
  • अगस्त १२ मा सुरु हुने हप्ता
  • अगस्त १९ मा सुरु हुने हप्ता
  • अगस्त २६ मा सुरु हुने हप्ता
  • सेप्टेम्बर २ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२००२
km02 अगस्त पृ. २

सेवा सभाको तालिका

अगस्त १२ मा सुरु हुने हप्ता

गीत ७६

१३ मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। पृष्ठ ८ का सुझाउहरू चलाउँदै अगस्त ८ को ब्यूँझ्नुहोस्‌! (पत्रिका प्रस्तुति स्तम्भको पहिलोचाहिं।) र अगस्त १५ को प्रहरीधरहरा कसरी प्रस्तुत गर्न सकिन्छ भनी छुट्टाछुट्टै प्रदर्शन गरेर देखाउनुहोस्‌। प्रत्येक प्रदर्शनमा “तपाईंहरू किन बारम्बार आउनुहुन्छ?” भन्‍ने वार्तालाप बाधकलाई जवाफ दिने विभिन्‍न तरिका देखाउनुहोस्‌।—कसरी बाइबलबारे छलफल शुरु गर्ने तथा कायम राख्ने पुस्तिकाको पृष्ठ १२ हेर्नुहोस्‌।

२० मि: “आध्यात्मिक लक्ष्यहरू राख्नुहोस्‌।”a अनुच्छेद ५ छलफल गर्दा आवर मिनिस्ट्री पुस्तकको पृष्ठ ११४, ११६ बाट नियमित अग्रगामी र बेथेल सेवाका प्रोत्साहनदायी टिप्पणीहरू समावेश गर्नुहोस्‌।

१२ मि: स्थानीय अनुभवहरू। के तपाईं बाइबलका कुराहरू अझ बढी बुझ्न चाहनुहुन्छ? भन्‍ने पर्चा चलाउँदाका अनुभवहरू बताउन श्रोताहरूलाई आमन्त्रित गर्नुहोस्‌। के बाइबल अध्ययनहरू सुरु भएका छन्‌? छन्‌ भने, कसरी भएका छन्‌ बताउन अथवा एक वा दुईवटा अनुभव अभिनय गरेर देखाउनुहोस्‌। नोभेम्बर २००१ को हाम्रो राज्य सेवकाई-को पृष्ठ ४ मा दिइएको “पर्चा वितरण गर्ने अवसरहरू” भन्‍ने पेटी पुनरावृत्ति गर्नुहोस्‌।

गीत १२३ र समापन प्रार्थना।

अगस्त १९ मा सुरु हुने हप्ता

गीत १८२

१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट।

१७ मि: केले उनीहरूलाई अघि बढ्‌नदेखि रोक्छ? श्रोताहरूसित छलफल तथा प्रदर्शन। सेवकाईमा हामी अक्सर आफ्नो विश्‍वासबारे छलफल गर्न नचाहने व्यक्‍तिहरू भेट्‌छौं। यसले समस्या खडा गर्छ अर्थात्‌ यसले हामीलाई राज्य सन्देश सुनाउनदेखि रोक्न सक्छ। केले कुनै व्यक्‍तिलाई अघि बढ्‌नदेखि रोकिरहेको छ भन्‍ने कुरा हामीले थाह पायौं भने, यसले त्यस्तो व्यक्‍तिसित कुराकानी थाल्न र उसलाई आफ्नो मनको कुरा बताउन प्रोत्साहित गर्नेछ। निम्न प्रकारका मानिसहरू भेट्‌दा हामी कसरी हाम्रो प्रस्तुति छाँटकाँट गर्न सक्छौं छलफल गर्नुहोस्‌: (१) आफ्नै धर्मदेखि समेत विरक्‍त भएकाहरू। (२) आफ्नो परिवार तथा बाजे-बराज्यूहरूले मानिआएका धार्मिक प्रचलनहरूसित भावनात्मक सम्बन्ध भएकाहरू। (३) धर्मशास्त्रीय समर्थन नभएकोले आफ्नो विश्‍वासबारे कुरा गर्न अप्ठ्यारो मान्‍नेहरू। (४) विरोधीहरूका भर्माउने किसिमका टीकाटिप्पणीहरूले गर्दा हामीप्रति वैरभाव राख्नेहरू। आफ्नो समुदायमा सामान्यतया मानिसहरूले देखाउने मनोवृत्तिलाई ध्यानमा राख्दै स्थानीय इलाकाअनुसार सूचीमा काँटछाँट गर्नुहोस्‌। धर्मशास्त्रीय छलफलमा कुनै पनि व्यक्‍तिको कसरी चासो जगाउन सकिन्छ भन्‍ने कुरा देखाउन छोटो प्रदर्शन समावेश गर्नुहोस्‌।

१८ मि: “आफ्नो नातेदार बहिष्कृत हुँदा मसीही वफादारिता प्रदर्शित गर्नुहोस्‌।”b (अनुच्छेद १-८) दिइएका प्रश्‍नहरू चलाएर यसलाई योग्य प्राचीनले सञ्चालन गर्नुपर्छ। प्रत्येक अनुच्छेद राम्ररी पढ्‌न सक्ने भाइलाई जोडसित पढ्‌न लगाउनुहोस्‌।

गीत १३६ र समापन प्रार्थना।

अगस्त २६ मा सुरु हुने हप्ता

गीत १८९

१० मि: स्थानीय घोषणाहरू। पृष्ठ ८ का सुझाउहरू चलाउँदै मण्डलीका प्रकाशकलाई अगस्त ८ को ब्यूँझनुहोस्‌! (पत्रिका प्रस्तुति स्तम्भको तेस्रोचाहिं।) र नियमित वा सहायक अग्रगामीलाई सेप्टेम्बर १ को प्रहरीधरहरा कसरी प्रस्तुत गर्न सकिन्छ प्रदर्शन गरेर देखाउन लगाउनुहोस्‌। सबै प्रकाशकहरूलाई आफ्नो प्रस्तुतिमा शास्त्रपद पनि समावेश गर्न प्रोत्साहन दिनुहोस्‌।

१७ मि: “खुलस्त कुराकानी गर्ने हुनुहोस्‌!”c अन्तमा, स्कूल गाइडबूकको पृष्ठ ५-९ पुनरावलोकन गर्न सबै प्रकाशकहरूलाई प्रोत्साहन दिनुहोस्‌।

१८ मि: “आफ्नो नातेदार बहिष्कृत हुँदा मसीही वफादारिता प्रदर्शित गर्नुहोस्‌!”* (अनुच्छेद ९-१४) दिइएका प्रश्‍नहरू चलाउँदै यसलाई योग्य प्राचीनले सञ्चालन गर्नुपर्छ। प्रत्येक अनुच्छेद राम्ररी पढ्‌न सक्ने भाइलाई जोडसित पढ्‌न लगाउनुहोस्‌।

गीत १२५ र समापन प्रार्थना।

सेप्टेम्बर २ मा सुरु हुने हप्ता

गीत ८४

१० मि: स्थानीय घोषणाहरू। प्रकाशकहरूलाई अगस्त महिनाको क्षेत्र सेवा रिपोर्ट दिन सम्झाउनुहोस्‌। मे १, १९९९, प्रहरीधरहरा-को पृष्ठ २५ मा दिइएको “छोराछोरीसित पढ्‌नुहोस्‌” भन्‍ने लेख छोटकरीमा प्रकाश पार्नुहोस्‌।

२० मि: जान अघि तयारी गर्नुहोस्‌। छलफल तथा प्रदर्शन। राम्रो योजनाले सेवकाईमा हाम्रो प्रभावकारिता बढाउँछ। त्यसैकारण, पहिला: (१) आफूलाई चाहिने साहित्य लिनुहोस्‌। (२) पर्याप्त घर-घरको रेकर्ड अनि कलम वा पेन्सिल छ कि छैन पक्का गर्नुहोस्‌। (३) यातायातको आवश्‍यकता परेमा, यसको लागि उपयुक्‍त प्रबन्ध मिलाउनुहोस्‌। (४) तपाईंले गर्ने पुनःभेटहरूबारे सोच्नुहोस्‌। (५) के भन्‍ने हो सो तयारी गर्नुहोस्‌। क्षेत्र सेवाको लागि सभा सञ्चालन गर्ने हो भने, पर्याप्त इलाका लिनुहोस्‌। सेप्टेम्बर महिनाको दौडान क्रिएशन अथवा महान पुरुष वा युवा जनहरूका प्रश्‍न नामक पुस्तक प्रस्तुत गर्न सकिने दुई वा तीनवटा तरिका श्रोताहरूसित छलफल गर्नुहोस्‌। ती प्रस्तुतिहरूमध्ये एउटा प्रदर्शन गरेर देखाउनुहोस्‌ र छलफलमा शास्त्रपद समावेश गर्नुहोस्‌।—जून १९९५, हाम्रो राज्य सेवकाई-को पृष्ठ ४, जून १९९८ को पृष्ठ ८ र मार्च १९९४ को पृष्ठ ८ मा दिइएका सुझाउहरू हेर्नुहोस्‌।

१५ मि: “कौशलतासाथ सुसमाचार सुनाउने।”d स्कूल गाइडबूक, पृष्ठ ७०-२, अनुच्छेद ४-८ बाट यससँग सम्बन्धित बुँदा पुनरावृत्ति गर्नुहोस्‌। क्षेत्र सेवकाईमा आइपर्न सक्ने परिस्थितिहरू कसरी कौशलतासाथ सामना गर्ने भन्‍ने विषयमा श्रोताहरूका टिप्पणीहरू समावेश गर्नुहोस्‌।

गीत ९९ र समापन प्रार्थना।

[फुटनोटहरू]

a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

c एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍नोत्तरद्वारा छलफल गर्नुहोस्‌।

d एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने