सेवा सभाको तालिका
अक्टोबर १४ मा सुरु हुने हप्ता
गीत १०३
१० मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। अक्टोबर २८ को हप्तामा हुने सेवा सभामा गरिने छलफलको लागि तयारी गर्न सबैलाई गन्ती अध्याय २५ र इन्साइट, खण्ड २, पृष्ठ ४१९, अनुच्छेद ३-५ पढ्न र त्यसपछि वर्निङ एक्जाम्पल्स् फर आवर डे भन्ने भिडियो हेर्न सबैलाई प्रोत्साहन दिनुहोस्। पृष्ठ ८ का सुझावहरू चलाउँदै अक्टोबर ८ को ब्यूँझनुहोस्! (पत्रिका प्रस्तुति स्तम्भको पहिलोचाहिं) र अक्टोबर १५ को प्रहरीधरहरा कसरी प्रस्तुत गर्न सकिन्छ भनी दुईवटा छुट्टाछुट्टै प्रदर्शन गरेर देखाउनुहोस्। दुवै प्रदर्शनमा “म तपाईंहरूको कामसित राम्ररी परिचित छु” भन्ने वार्तालाप बाधकलाई जवाफ दिने विभिन्न तरिका देखाउनुहोस्।—कसरी बाइबलबारे छलफल शुरु गर्ने तथा कायम राख्ने पुस्तिकाको पृष्ठ १२ हेर्नुहोस्।
१५ मि: एक्लो आमाबुबाले सामना गर्नुपर्ने चुनौतीहरू। आफ्ना छोराछोरीहरूलाई प्रशिक्षण, अनुशासन र आध्यात्मिक तवरमा डोऱ्याउने सन्दर्भमा आइपर्ने समस्याहरूको सामना कसरी गर्छन् भन्ने कुरा जान्न एक जना प्राचीनले एक दुई जना एक्लो आमाबुबासित (वा आफ्नो पति वा पत्नी साक्षी नभएका) अन्तरवार्ता लिन्छन्। उनीहरू कसरी पारिवारिक जिम्मेवारीहरू वहन गर्न र सभाहरूमा जानुका साथै क्षेत्र सेवमा नियमित रूपमा जान सकेका छन्? पारिवारिक आनन्द पुस्तकको पृष्ठ १०४-१० मा दिइएका केही सुझावहरू प्रकाश पार्नुहोस्। पृष्ठ ११३-१५ मा औंल्याइएअनुसार अरूले मदत गर्न सक्ने व्यावहारिक तरिकाहरू उल्लेख गर्नुहोस्।
२० मि: “मण्डली पुस्तक अध्ययन निरीक्षकहरूले कसरी व्यक्तिगत चासो देखाउँछन्।” प्रश्नोत्तरद्वारा छलफल गर्दै यसलाई मण्डली पुस्तक अध्ययन निरीक्षकले सञ्चालन गर्नेछन्। परिचयमा, मण्डली पुस्तक अध्ययनको प्रबन्ध कसरी सुरु भयो छोटकरीमा बताउनुहोस्। (jv २३७ अनु. ४) मण्डली पुस्तक अध्ययनमार्फत आफूलाई देखाइएको व्यक्तिगत चासोबाट कसरी लाभान्वित भएका छन् भनी बताउन दुई वा तीन जना प्रकाशकहरूको अग्रिम प्रबन्ध मिलाउनुहोस्।
गीत ६५ र समापन प्रार्थना।
अक्टोबर २१ मा सुरु हुने हप्ता
गीत २०६
१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट।
३५ मि: “बहुभाषी इलाकामा चेला बनाउने।” श्रोतागणसित छलफल गर्दै यसलाई सेवा निरीक्षकले सञ्चालन गर्नेछन्। अनुच्छेद ८ छलफल गर्दा, दुई जना प्रकाशकहरूलाई प्रगतिशील बाइबल विद्यार्थीलाई उसकै भाषा बोल्ने अर्को मण्डलीको एक जना प्रकाशकलाई जिम्मा दिइरहेको प्रस्तुति प्रदर्शन गर्न लगाउनुहोस्। स्थानीय परिस्थितिअनुसार मण्डली तथा क्षेत्रमा अर्कै भाषा बोल्नेहरूलाई मदत गर्न के गरिंदैछ, छोटकरीमा उल्लेख गर्नुहोस्।
गीत १९४ र समापन प्रार्थना।
अक्टोबर २८ मा सुरु हुने हप्ता
गीत ११०
८ मि: स्थानीय घोषणाहरू। अर्को हप्ताको सेवा सभाको लागि तयारी गर्न, गएको विशेष सम्मेलनमा लिएका टिपोटहरू पुनरावृत्ति गर्न सबैलाई प्रोत्साहन दिनुहोस्। प्रकाशकहरूलाई अक्टोबर महिनाको क्षेत्र सेवा रिपोर्ट दिन सम्झाउनुहोस्। पृष्ठ ८ का सुझावहरू चलाएर अक्टोबर ८ को (पत्रिका प्रस्तुति स्तम्भको तेस्रोचाहिं) ब्यूँझनुहोस्! एक जना भाइलाई र नोभेम्बर १ को प्रहरीधरहरा एक जना बहिनीलाई प्रस्तुत गर्ने तरिका प्रदर्शन गर्न लगाउनुहोस्। प्रत्येक प्रदर्शनपछि प्रस्तुतिका सकारात्मक पक्षहरू प्रकाश पार्नुहोस्।
१२ मि: स्कूलमा सच्चाइको खातिर दृढ अडान लिने। बेग्लै विश्वास भएका कक्षाका साथीहरूसितको सरसंगति कम गर्नुपर्ने महसुस गरेका एक वा दुई जना जवान प्रकाशकहरूको अन्तरवार्ता लिनुहोस्। उनीहरूले कसरी राष्ट्रिय उत्सव, स्कूलका नृत्य, जुलुस तथा छाडा आचरणको कारण आइपर्ने चुनौती तथा प्रलोभनको सामना गर्ने विचार गरेका छन्? उनीहरूले स्कूलमा कसरी साक्षी दिने विचार गरेका छन्, टिप्पणी गर्न लगाउनुहोस्।
२५ मि: “वर्निङ एक्जाम्पल्स् फर आवर डे-मा ध्यान दिन न्यानो आग्रह।” एक मिनेटभन्दा छोटो परिचय दिनुहोस् अनि त्यसपछि प्रत्येक प्रश्न श्रोताहरूसित छलछल गर्नुहोस्। डिसेम्बर महिनामा हामी नो ब्लड—मेडिसिन मिट्स द च्यालेन्ज भन्ने भिडियो पुनरावृत्ति गर्नेछौं।
गीत ४१ र समापन प्रार्थना।
नोभेम्बर ४ मा सुरु हने हप्ता
गीत ६६
१० मि: स्थानीय घोषणाहरू। चाहनुहुन्छ पुस्तिका र ज्ञान पुस्तक प्रस्तुत गर्नको लागि जनवरी २००२ को हाम्रो राज्य सेवकाई-को परिशिष्टमा दिइएका केही सुझावहरू छोटकरीमा पुनरावृत्ति गर्नुहोस्। कुनै एउटा प्रस्तुति प्रदर्शन गरेर देखाउनुहोस्।
१३ मि: सुसमाचारसँग नसर्माउने। (रोमी १:१६) एक जना युवा आफ्नो समस्या लिएर बुबाकहाँ जान्छन्। साथीहरूले गिल्ला गर्लान् भन्ने डरले गर्दा यी युवा आफूलाई एक जना यहोवाको साक्षीको रूपमा चिनाउन हिचकिचाउँछन्। कुरा स्पष्टसित भनेकोमा बुबाले ती युवालाई धन्यवाद दिन्छन्। साथीहरूको दबाबको कारण एक चोटि पत्रुसले पनि कस्तो प्रतिक्रिया देखाएका थिए भनेर तिनी बताउँछन्। (मत्ती २६:६९-७४) बुबाले यस्तो सल्लाह दिन्छन्: मसीहीहरूको हैसियतमा हामी को हौं भनी चिनाउन कहिल्यै सर्माउनुहुँदैन। (मर्कूस ८:३८) स्कूलमा आफूलाई एक जना साक्षीको रूपमा चिनाउनु बेस हुनेछ। यस्तो जानकारी दिंदा थुप्रै शिक्षकहरूले तपाईंको विश्वासको आदर गर्नुका साथै आपत्तिजनक गतिविधिहरूमा संलग्न गराउनेछैनन्। सिद्धान्तहीन युवाहरूले तपाईंलाई नराम्रो चालचलनमा फसाउन त्यति दबाब दिने कोसिस गर्नेछैनन्। कक्षाका अन्य साथीहरूले तपाईं किन डेटिङ गर्नुहुन्न, अतिरिक्त खेलकुदमा अथवा स्कूल छुट्टी भइसकेपछि अन्य गतिविधिहरूमा भाग लिनुहुन्न भनेर अझै राम्ररी बुझ्नेछन्। समयले भ्याएमा बुबा र जवान छोराले युवा जनहरूका प्रश्न पुस्तकको पृष्ठ ३१५-१८ मा भएको “परमेश्वरसितको सम्बन्धबारे जनसमक्ष घोषणा गर्ने” उपशीर्षकअन्तर्गतका बुँदाहरू छलफल गर्छन्। राम्रो सुझावको लागि किशोरले मूल्यांकन व्यक्ति गर्छन्।
२२ मि: परमेश्वरको अधीनमा बस्नुहोस्—शैतानको विरोध गर्नुहोस्। (याकू. ४:७) यहाँ दिइएका प्रश्नहरू चलाउँदै एक जना प्राचीनले गत सेवा वर्षको दौडान सम्पन्न विशेष सम्मेलन दिनको कार्यक्रम श्रोताहरूसित जीवन्त छलफल गर्छन्। आफूले सिकेका कुरा उनीहरूले कसरी लागू गर्न सकेका छन्, त्यसबारे टिप्पणी गर्न मण्डलीलाई आग्रह गर्नुहोस्। (टिप्पणीको लागि भाइबहिनीहरूलाई पहिल्यै खटाउन सकिन्छ।) कार्यक्रमका यी भागहरू प्रकाश पार्नुहोस्: (१) “दासत्वमा परेको संसारमा परमेश्वरप्रति अधीनता।” सांसारिक पासोहरूबाट हामी किन सतर्क हुनै पर्छ? (२) “परिवारका सदस्यहरूको हैसियतमा ईश्वरीय अधीनता प्रकट गर्ने।” यहोवाको संगठनभित्र पारिवारिक बन्धन बलियो बनाउनु किन एकदमै आवश्यक छ? हामी कसरी यसो गर्न सक्छौं? (३) “नयाँ चेलाहरूलाई यहोवाको पक्षमा दृढ अढान लिन मदत गर्नुहोस्।” नयाँ व्यक्तिहरूको विश्वासलाई परीक्षामा पार्ने बाधाबिघ्नहरूमाथि विजयी हुन हामी उनीहरूलाई कसरी मदत गर्न सक्छौं? (४) “दियाबलको विरोध गर्नुको अर्थ के हो।” दियाबल विरुद्ध खडा हुन सक्ने मुख्य कुरा के हो? एफिसी ६:११-१८ मा वर्णन गरिएको आध्यात्मिक हातहतियारले हामीलाई कसरी सुरक्षा प्रदान गर्न सक्छ? (w९२ ५/१५ २१-३) (५) “दुष्ट जनको विरोध गर्न सफल युवाहरू” र “ईश्वरीय अधीनताबाट लाभ उठाउने युवाहरू।” शैतानका केही चालहरू के-के हुन् जसबाट युवा जनहरू होसियार हुनुपर्छ? आफूलाई यहोवाको अधीनमा राखेर युवा जनहरूले कसरी आशिष् पाउँछन्? (w-NP९० ८/१ १३-१४, अनु. १५-१७) (६) “ईश्वरीय अधीनताबाट लाभ उठाउने।” मसीहीहरूले कसरी सरकारी अख्तियारवाला, हाकिमहरू, परिवार अनि मसीही मण्डलीप्रति अधीनता देखाउँछन्, बताउनुहोस्। यसो गर्न हामीलाई कस्ता गुणहरूले मदत गर्नेछ?
गीत १८५ र समापन प्रार्थना।