सेवा सभाको तालिका
मे १२ मा सुरु हुने हप्ता
गीत १
१० मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। पृष्ठ ४ मा दिइएका सल्लाहहरू चलाउँदै मे ८ को ब्यूँझनुहोस्! (पत्रिका प्रस्तुति स्तम्भको पहिलोचाहिं) र मे १५ को प्रहरीधरहरा कसरी प्रस्तुत गर्ने छुट्टाछुट्टै प्रदर्शन गरेर देखाउनुहोस्। दुइटै प्रदर्शनमा प्रहरीधरहरा र ब्यूँझनुहोस्!-मध्ये एउटा मात्र प्रस्तुत गरिए तापनि दुइटै पत्रिकाको जोडी मिलाएर दिनुपर्छ। अनुदानको प्रबन्धबारे बताउनुहोस्।
२० मि: आमाबाबुहरू हो—आफ्ना छोराछोरीलाई प्रगति गर्न मदत गर्नुहोस्। मिनिस्ट्री स्कूल पुस्तकको पृष्ठ ९-१२ र २१-३८ मा दिइएका विशेषताहरू छलफल गर्दै भाषण दिनुहोस्। सेवकाईमा प्रगति गर्न छोराछोरीलाई प्रशिक्षण दिने लक्ष्य राखेर यहाँ दिइएका कुनै-कुनै विषयवस्तु पारिवारिक अध्ययनमा प्रयोग गर्न आमाबाबुहरूलाई प्रोत्साहन दिनुहोस्। आवश्यक कौशलता विकास गर्न जवानहरूलाई मदत गर्न चलाउन सकिने खास-खास बुँदाहरूतर्फ ध्यानाकर्षण गर्नुहोस्।
१५ मि: “हामीलाई सुसमाचार सुम्पिएको छ।”a प्रचारकार्यमा बढी भाग लिन आफ्नो व्यक्तिगत परिस्थिति कसरी छाँटकाँट गर्न सके भनी छोटकरीमा बताउन एक दुई जना प्रकाशकहरूलाई पूर्व तयारी गर्नुहोस्।
गीत ४६ र समापन प्रार्थना।
मे १९ मा सुरु हुने हप्ता
गीत ६२
१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट।
१५ मि: स्थानीय आवश्यकताहरू।
२० मि: “अनौपचारिक साक्षी दिएर यहोवाको प्रशंसा गर्नुहोस्।” भाषण तथा श्रोताहरूसित छलफल। अनुच्छेद ३ छलफल गर्दा, निम्न केही परिस्थितिहरूमा कसरी बाइबल छलफल सुरु गर्न सकिन्छ, श्रोताहरूलाई सोध्नुहोस्: (१) किनमेल सिध्याएर पैसा तिर्न लाइनमा बस्दा। (२) सार्वजनिक यातायात प्रयोग गर्दा। (३) आँगनमा काम गरिरहेको छिमेकीलाई। (४) काम गर्ने ठाउँमा सहकर्मीलाई अनि (५) स्कूलमा सहपाठीलाई। प्रकाशकले कसरी सफलतासाथ अनौपचारिक साक्षी दिए भन्ने कुरा देखाउने कुनै एउटा स्थानीय अनुभव बताउन पूर्व तयारी गर्नुहोस्।
गीत १३५ र समापन प्रार्थना।
मे २६ मा सुरु हुने हप्ता
गीत १७४
१० मि: स्थानीय घोषणाहरू। मे महिनाको क्षेत्र सेवकाई रिपोर्ट खसाल्न सबैलाई सम्झाउनुहोस्। पृष्ठ ४ का सुझावहरू चलाउँदै मे ८ को ब्यूँझनुहोस्! (पत्रिका प्रस्तुति स्तम्भको तेस्रोचाहिं) र जून १ को प्रहरीधरहरा कसरी प्रस्तुत गर्न सकिन्छ छुट्टाछुट्टै प्रदर्शन गरेर देखाउनुहोस्। दुइटै प्रदर्शनमा प्रहरीधरहरा र ब्यूँझनुहोस्!-मध्ये एउटा मात्र प्रस्तुत गरिए तापनि दुइटै पत्रिकाको जोडी मिलाएर दिनुपर्छ। एउटा प्रस्तुतिको अन्तमा, पत्रिका राख्न नचाहने घरधनीलाई के तपाईं बाइबलका कुराहरू अझ बढी बुझ्न चाहनुहुन्छ? भन्ने पर्चा दिनुहोस्।
१० मि: प्रश्न पेटी। भाषण। फेब्रुअरी २००१ को हाम्रो राज्य सेवकाई, पृष्ठ ६, अनुच्छेद १२-१५ मा दिइएको टेलिफोन प्रस्तुति गर्ने केही सुझावहरू वा स्थानीय इलाकामा प्रभावकारी साबित भएका यस्तै अन्य सुझावहरू छोटकरीमा पुनरावलोकन गर्नुहोस्।
२५ मि: “परमेश्वरको वचन सत्य छ।”b दिइएका प्रश्नहरू चलाउनुहोस्। आफ्नो मनमा भएका प्रश्नहरूको जवाफ दिन प्रकाशकहरूले बाइबल चलाउँदा कसरी आफूले सच्चाइ सिक्ने मदत पाए, त्यस विषयमा टिप्पणी गर्न श्रोताहरूलाई आमन्त्रित गर्नुहोस्। अनुच्छेद ४ छलफल गर्दा “परमेश्वरको वचनलाई ठीकसँग प्रयोग गर्नुहोस्” भन्ने लेखमा दिइएका केही सुझावहरू चलाउँदै पहिलो भेटमा कसरी बाइबल प्रयोग गर्न सकिन्छ, योग्य प्रकाशकलाई प्रदर्शन गरेर देखाउन लगाउनुहोस्।—km-NP १२/०१ पृ. १ अनु. ३-४.
गीत १८८ र समापन प्रार्थना।
जून २ मा सुरु हुने हप्ता
गीत २१०
१० मि: स्थानीय घोषणाहरू। चाहनुहुन्छ पुस्तिका र ज्ञान पुस्तक प्रस्तुत गर्ने सन्दर्भमा जनवरी २००२ हाम्रो राज्य सेवकाई-को परिशिष्टमा दिइएका एक दुईवटा सुझाव पुनरावलोकन गर्नुहोस्।
२० मि: आदरणीय विवाह—एउटा ईश्वरीय आवश्यकता। भाषण तथा श्रोताहरूसित छलफल। थुप्रै मुलुकहरूमा कानुनी रूपमा विवाह नगरी सँगै बस्नु सामान्य कुरा हो। कोही-कोही यसका थुप्रै व्यावहारिक लाभहरू छन् भन्ने गर्छन्। विवाह ईश्वरीय प्रबन्ध हो भन्ने कुरामा जोड दिंदै बाइबलको दृष्टिकोण प्रकाश पार्नुहोस्। (rs पृ. २४८-९) विवाहपूर्व सँगै बस्नु भनेको व्यभिचार हो। (fy-NP पृ. १७) अधिकांश मानिसहरूको विचारधारासित मेल नखाए तापनि अनुसन्धानहरूले देखाएअनुसार विवाहपूर्व सँगै बस्दा विवाह सफल हुने सम्भावना कम हुन्छ। (g-NP०२ ४/८ पृ. २८; g९२ ९/८ पृ. २८; g९१ ५/८ पृ. २८) यहोवाका स्तरहरूअनुरूप चलेर मसीहीहरूले उहाँको आदर गर्छन्। यसो गर्दा उनीहरू स्वयम्ले लाभ उठाउँछन्।—यशै. ४८:१७, १८.
१५ मि: तपाईंहरूले कसरी लाभ उठाइरहनुभएको छ? श्रोताहरूसित छलफल गर्दै यसलाई स्कूल निरीक्षकले सञ्चालन गर्नुपर्छ। जनवरी महिनादेखि ईश्वरतान्त्रिक सेवकाई स्कूलको एउटा नयाँ ढाँचा सुरु गरिएको थियो। स्कूलका केही नयाँ विशेषताहरू छोटकरीमा पुनरावलोकन गर्नुहोस्। अहिलेसम्म देखिएका यसका सकारात्मक लाभहरू प्रकाश पार्नुहोस्। के स्कूलमा धेरै भर्ना भएका छन्? के स्कूलमा भाग लिने इच्छुकता बढेको छ? सल्लाह दिने नयाँ प्रबन्धबाट विद्यार्थीहरूले कसरी लाभ उठाइरहेका छन्? यस नयाँ कार्यक्रमबाट आफूले कसरी व्यक्तिगत रूपमा लाभ उठाएका छन् र भविष्यमा पनि मदत गर्ने सन्दर्भमा बताउन श्रोताहरूलाई आमन्त्रित गर्नुहोस्।
गीत २२५ र समापन प्रार्थना।
[फुटनोटहरू]
a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।