सेवा सभाको तालिका
सूचना: अधिवेशन महिनाहरूको दौडान प्रत्येक हप्ताको लागि हाम्रो राज्य सेवकाई-मा सेवा सभाको तालिका दिइनेछ। “परमेश्वरसित हिंड्नुहोस्” विषयको जिल्ला अधिवेशनमा उपस्थित हुनको लागि मण्डलीहरूले आवश्यक छाँटकाँट गर्न सक्छन्। उपयुक्त भएमा, यस महिनाको परिशिष्टमा दिइएअनुसार स्थानीय तवरमा लागू हुने सल्लाहहरू पुनः दोहोऱ्याउनको लागि अधिवेशनअघिको सेवा सभामा १५ मिनेट छुट्याउनुहोस्। सिट रोकेर राख्ने विषयसित सम्बन्धित निर्देशनमा जोड दिनुहोस्। फेब्रुअरी महिनाको दौडान, अधिवेशन कार्यक्रमका विशेषताहरू पुनरावलोकन गर्न एउटा पूरै सेवा सभा छुट्याइनेछ। त्यस छलफलको तयारीको लागि हामी सबै जनाले अधिवेशनमा अर्थपूर्ण टिपोटहरू लिनुका साथै आफ्नो व्यक्तिगत जीवनलगायत क्षेत्र सेवकाईमा प्रयोग गर्न चाहने खास-खास बुँदाहरूको सूची बनाउन सक्छौं। तब भने अधिवेशनमा उपस्थित भएदेखि यता हामीले ती सुझावहरू कसरी लागू गरेका छौं भनी बताउन सक्नेछौं।
अगस्त ९ मा सुरु हुने हप्ता
गीत ९ (३७)
१० मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। पृष्ठ ८ मा दिइएका सुझावहरू तपाईंको मण्डलीको इलाकामा व्यावहारिक छन् भने, अगस्त ८ को ब्यूँझनुहोस्! (पत्रिका प्रस्तुति स्तम्भको पहिलोचाहिं) र अगस्त १५ को प्रहरीधरहरा कसरी प्रस्तुत गर्न सकिन्छ भन्ने कुरा प्रदर्शन गरेर देखाउन ती चलाउनुहोस्। अन्य प्रस्तुतिहरू पनि चलाउन सकिन्छ। अनुदानको प्रबन्धबारे उल्लेख गरेको कुरा पनि समावेश गर्नुहोस्। अर्को हप्ता चाहनुहुन्छ पुस्तिका लिएर आउन श्रोताहरूलाई सम्झाउनुहोस्।
१५ मि: “धैर्य गर्दा इनाम मिल्छ।”a डिसेम्बर १५, २०००, प्रहरीधरहरा, पृष्ठ २२-२३, अनुच्छेद १५-१८ मा दिइएका विषयवस्तुबारे संक्षिप्त टिप्पणीहरू समावेश गर्नुहोस्।
२० मि: “हामी मिलेर उहाँको नाउँ उच्च पारौं।”b दिइएका प्रश्नहरू चलाउँदै यसलाई मण्डलीको सचिवले सञ्चालन गर्नुपर्छ। मण्डलीलाई कुन अधिवेशनमा खटाइएको छ, त्यसबारे बताउनुहोस्। आइजोल र दुलियाजनमा हुने अधिवेशनहरू बिहान ८:३० बजे सुरु हुनेछन्। बाँकी अधिवेशनहरूको कार्यक्रमका समयहरू अप्रिल २००४ हाम्रो राज्य सेवकाई-को परिशिष्टमा दिइएका छन्। त्यस परिशिष्टमा दिइएका अन्य बुँदाहरू आवश्यकताअनुसार प्रकाश पार्न सकिन्छ। अर्को हप्ताको सेवा सभामा छलफल गरिने “ठीक समयमा आध्यात्मिक खाना” भन्ने लेखबाट दुई वा तीनवटा प्रश्न सोधेर समापन गर्नुहोस्।
गीत १२ (११३) र समापन प्रार्थना।
अगस्त १६ मा सुरु हुने हप्ता
गीत ४ (४३)
८ मि: स्थानीय घोषणाहरू।
१७ मि: “ठीक समयमा आध्यात्मिक खाना।”c दिइएका प्रश्नहरू चलाउनुहोस्। अनुच्छेद २ छलफल गर्दा श्रोताहरूमध्ये एक दुई जनालाई उनीहरू उपस्थित भएको एउटा अविस्मरणीय अधिवेशनबारे संक्षिप्तमा टिप्पणी गर्न लगाउनुहोस्। अर्को हप्ताको सेवा सभामा छलफल गरिने “आफ्नो सबै चालचलनमा पवित्र हुनुहोस्” भन्ने लेखबाट दुई वा तीनवटा प्रश्न सोधेर समापन गर्नुहोस्।
२० मि: “प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्ने—भाग २।”* पाँच मिनेटको एउटा प्रदर्शन समावेश गर्नुहोस्। बाइबल विद्यार्थीलाई प्रगति गर्न कसरी मदत गर्न सकिन्छ भनेर एक जना प्रकाशकले प्राचीनलाई सोध्छन्। सबैको एउटा समस्या भनेको अध्ययनको बेला ससाना विवरण तथा अतिरिक्त बुँदाहरू छलफल गरेर बढी नै समय बिताउनु हो भनेर प्राचीनले बताउँछन्। चाहनुहुन्छ पुस्तिकाको पाठ ९ चलाएर तिनले प्रकाशकलाई कसरी (१) विषयवस्तुको मुख्य बुँदाहरूमा ध्यान केन्द्रित गर्ने, (२) उद्धृत शास्त्रपदहरू प्रभावकारी ढङ्गमा चलाउने र (३) पाठलाई विद्यार्थीका आवश्यकताहरू अनुरूप ढाल्ने भनी देखाउँछन्। अध्ययन सञ्चालन गर्न प्रत्येक चोटि पहिल्यै राम्रो तयारी गर्नु आवश्यक छ भन्ने कुरा तिनी बताउँछन्।
गीत ११ (८५) र समापन प्रार्थना।
अगस्त २३ मा सुरु हुने हप्ता
गीत ९ (३७)
१२ मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट। अगस्त ८ को ब्यूँझनुहोस्! (पत्रिका प्रस्तुति स्तम्भको तेस्रोचाहिं) र सेप्टेम्बर १ को प्रहरीधरहरा कसरी प्रस्तुत गर्न सकिन्छ प्रदर्शन गरेर देखाउनुहोस्। एउटा प्रदर्शनमा, स्कूलको शिक्षकलाई साक्षी दिइरहेको देखाउनुहोस्।
१५ मि: सेप्टेम्बर महिनाको दौडान मृत्यु माथि विजय—के यो तपाईंको लागि सम्भव छ? सानो पुस्तिका प्रस्तुत गर्ने। भाषण तथा प्रदर्शन। यस प्रकाशनबारे गरिएका केही टिप्पणीहरू बताउनुहोस्। सानो पुस्तिकाका विषयवस्तुहरू सरसरती बताउनुहोस् र स्थानीय इलाकाका मानिसहरूलाई रोचक लाग्न सक्ने केही खास बुँदाहरू प्रकाश पार्नुहोस्। मृत्यु माथि विजय—के यो तपाईंको लागि सम्भव छ?-बारे एउटा परिचय, शास्त्रपद र बुँदा समावेश भएको सरल प्रस्तुति बताउनुहोस्। एक जना योग्य प्रकाशकलाई प्रस्तुति प्रदर्शन गर्न लगाउनुहोस्।
१८ मि: “आफ्नो सबै चालचलनमा पवित्र हुनुहोस्।”d दिइएका प्रश्नहरू चलाउनुहोस्। अधिवेशनहरूमा श्रोताहरूले कुन-कुन तरिकाहरूमा असल चालचलनले यहोवाको प्रशंसा भएको देखेका छन्, त्यसबारे टिप्पणी गर्न आमन्त्रित गर्नुहोस्। अर्को हप्ताको सेवा सभामा छलफल गरिने “पवित्र र प्रशंसायोग्य बाहिरी रूप” भन्ने लेखबाट दुई वा तीनवटा प्रश्न सोधेर समापन गर्नुहोस्।
गीत २९ (२२२) र समापन प्रार्थना।
अगस्त ३० मा सुरु हुने हप्ता
गीत ७ (५१)
८ मि: स्थानीय घोषणाहरू। प्रकाशकहरूलाई अगस्त महिनाको सेवा रिपोर्ट खसाल्न सम्झाउनुहोस्।
१७ मि: के तपाईंले लाभ उठाउनुभएको छ? श्रोताहरूसित छलफल। गत सेवा वर्षको दौडान हाम्रो राज्य सेवकाई-मा दिइएका निम्न सुझावहरू पुनरावलोकन गर्नुहोस्: क्षेत्र सेवकाईमा चलाउन चाहनुहुने परिचय एउटा कागजमा लेख्नुहोस्। (km १०/०३ पृ. ८) व्यक्तिगत, तोकेरै अनि निष्कपट रूपमा प्रशंसा गर्नुहोस्। (km ११/०३ पृ. १) मानिसहरू प्रायजसो घरमा हुने समयमा साक्षी दिनुहोस्। (km १२/०३ पृ. १) बाइबल पढाइ, सभाको तयारी र क्षेत्र सेवकाईको लागि निश्चित समय तोक्नुहोस्। (km १/०४ पृ. ४) व्यक्तिगत अध्ययन तथा बाइबल पढाइ गर्दा “सी द गुड ल्यान्ड” भन्ने पुस्तिका चलाउनुहोस्। (km ३/०४ पृ. २) सम्पूर्ण बाइबल पढिसिध्यउने लक्ष्य राख्नुहोस्। (km ४/०४ पृ. १) व्यापारिक इलाकामा साक्षी दिनुहोस्। (km ७/०४ अनु. ४) यी सुझावहरू व्यवहारमा उतार्दा प्राप्त गरेका लाभहरूबारे टिप्पणी गर्न श्रोताहरूलाई आमन्त्रित गर्नुहोस्।
२० मि: “पवित्र र प्रशंसायोग्य बाहिरी रूप।”e दिइएका प्रश्नहरू चलाउनुहोस्। समयले भ्याएमा, उद्धृत शास्त्रपदहरू पढ्नुका साथै छलफल गर्नुहोस्।
गीत १३ (१२४) र समापन प्रार्थना।
सेप्टेम्बर ६ मा सुरु हुने हप्ता
गीत ६ (४५)
५ मि: स्थानीय घोषणाहरू।
१५ मि: स्थानीय आवश्यकताहरू।
२५ मि: “अग्रगामी मनोभाव देखाउनुहोस्।”f एक दुई जना अग्रगामीको संक्षिप्त अन्तरवार्ता लिनुहोस्। आफ्ना आमाबाबु, प्राचीन अथवा अरूको उदाहरणले कसरी उनीहरूलाई पूर्ण-समय सेवकाईमा लाग्न प्रोत्साहित गऱ्यो, त्यसबारे उनीहरूलाई टिप्पणी गर्न लगाउनुहोस्।
गीत १७ (१८७) र समापन प्रार्थना।
[फुटनोटहरू]
a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
c एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
d एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
e एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
f एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।