प्रस्तुत गर्ने सुझावहरू
जीवनको उद्देश्य के हो—तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?
घरधनीलाई अभिवादन गरिसकेपछि तपाईं यसो भन्न सक्नुहुन्छ:
“आज कसैको जीवन पनि समस्या तथा नैराश्यमुक्त छैन। के तपाईंलाई हाम्रो जीवन यस्तै होस् भनेर सृष्टि गरिएको थियो जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] मानिसजाति र यस पृथ्वीको सन्दर्भमा परमेश्वरको सुरुको उद्देश्य पूरा हुनेछ भनी यस पुस्तिकाले बताउँछ। [पृष्ठ २०-२१ मा भएको चित्र छलफल गर्नुहोस्। त्यसपछि यशैया १४:२४ र ४६:११ प्रकाश पार्दै अनुच्छेद ९ पढ्नुहोस्।] अर्को पाली आउँदा म तपाईंलाई परमेश्वरले पृथ्वीलाई प्रमोदवन बनाउने कुरा बाइबलमा कहाँ उल्लेख गरिएको छ, सो देखाउन चाहन्छु।” पुस्तिका टक्र्याउनुहोस् र पुनःभेटको प्रबन्ध मिलाउनुहोस्।
पुनःभेटमा जाँदा तपाईं यसो भन्न सक्नुहुन्छ:
“अस्ति मैले मानिसजाति प्रमोदवनरूपी पृथ्वीमा सधैंभरि बाँचोस् भन्ने परमेश्वरको उद्देश्य छ भनी बताएको थिएँ। [पृष्ठ २०-२१ मा भएको चित्र फेरि देखाउनुहोस्।] तिनलाई आफ्नो पुस्तिका ल्याउन लगाउनुहोस्। त्यसपछि येशू, पत्रुस र दाऊदले प्रमोदवनबारे बताएको कुरा याद गर्नुहोस्।” पृष्ठ २१-२२ पल्टाउनुहोस् र अनुच्छेद १०-१३ छलफल गर्नुहोस्। बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस् अथवा अर्को पाली पृष्ठ २९-३० मा दिइएको कुनै एउटा उपशीर्षक छलफल गर्ने प्रबन्ध मिलाउनुहोस्।
किशोर प्रकाशकले यसो भन्न सक्छन्:
“मेरो उमेरका धेरै व्यक्तिहरू भविष्यबारे अन्योलमा छन्। के तपाईंलाई अर्को पुस्ताको जीवन राम्रो होला जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] सबै मानिसजातिको उज्ज्वल भविष्यबारे बाइबल बताउँछ। [पुस्तिकाको पृष्ठ ३१ मा भएको चित्र पल्टाउनुहोस् र क्याप्सन पढ्नुहोस्। त्यसपछि २ पत्रुस ३:१३ पढ्नुहोस्।] परमेश्वरले मानिसजातिको लागि साँचेर राख्नुभएका आशिष्हरूबारे जानकारी यस पुस्तिकामा पाइन्छ। [पृष्ठ २९-३० मा भएका मोटो अक्षरका उपशीर्षकहरू प्रकाश पार्नुहोस् र पुस्तिका प्रस्तुत गर्नुहोस्।] अर्को चोटि आएर म तपाईंलाई सबै युद्ध अन्त गर्ने परमेश्वरको प्रतिज्ञाबारे बताउन चाहन्छु।” पुनःभेटको प्रबन्ध मिलाउनुहोस्।
पुनःभेटमा जाँदा तपाईं यसो भन्न सक्नुहुन्छ:
“अघिल्लो भेटमा मैले पृथ्वीलाई प्रमोदवनमा परिणत गर्ने परमेश्वरको उद्देश्यबारे छोटकरीमा बताएको थिएँ। [पृष्ठ ३१ को चित्र फेरि देखाउनुहोस्।] सबै युद्ध अन्त गर्ने परमेश्वरको प्रतिज्ञा तपाईंलाई कस्तो लाग्छ?” तिनलाई आफ्नो पुस्तिका ल्याउन लगाउनुहोस्। त्यसपछि पृष्ठ २९ मा भएका अनुच्छेद ३-६ पढेर छलफल गर्नुहोस्। अर्को चोटि अनुच्छेद ७-८ छलफल गर्ने प्रबन्ध मिलाउनुहोस्।
सानो बच्चासँग प्रचार गर्दा वयस्क व्यक्तिले दुवै जनाको परिचय दिंदै यसो भन्न सक्छन्:
“तपाईंको अनुमति भए . . . ले तपाईंलाई एउटा चित्र देखाउन र बाइबलबाट एउटा पद पढेर सुनाउन चाहन्छ। [बच्चाले चित्र देखाउँछन् र पृष्ठ ३१ मा भएको क्याप्सन अनि त्यसपछि प्रकाश २१:४ पढ्छन्।] आज हामीले भोगिरहेका समस्याहरूलाई परमेश्वरले के गर्नुहुनेछ भनी यस पुस्तिकामा बताइएको छ। [पृष्ठ २९-३० मा भएका मोटो अक्षरका उपशीर्षकहरू छोटकरीमा प्रकाश पार्नुहोस् र पुस्तिका प्रस्तुत गर्नुहोस्।] अर्को चोटि आउँदा म तपाईंलाई सबै स्वास्थ्य समस्या अन्त हुने विषयमा बाइबलले के भन्छ, सो देखाउन चाहन्छु।”
पुनःभेटमा जाँदा वयस्कले यसो भन्न सक्छन्:
“अस्ति भेटेर कुरा गर्दा मैले तपाईंलाई सबै स्वास्थ्य समस्याहरू अन्त हुने विषयमा बाइबलले के भन्छ, सो देखाउन चाहन्छु भनी बताएको थिएँ। यहाँ के भनिएको छ हेर्नुहोस् त।” तिनलाई आफ्नो पुस्तिका ल्याउन लगाउनुहोस्। त्यसपछि पृष्ठ २९ मा भएका अनुच्छेद ९-१४ छलफल गर्नुहोस्। बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस् अथवा अर्को पाली अनुच्छेद १५-१७ छलफल गर्ने प्रबन्ध मिलाउनुहोस्।