अन्य सुझावित पुस्तिका प्रस्तुतिहरू
हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ?
एक जना जवान हिन्दूलाई तपाईं यसो भन्न सक्नुहुन्छ:
“पक्कै पनि तपाईं परमेश्वरमाथि विश्वास गर्नुहुन्छ होला। हाम्रो लागि परमेश्वरको उद्देश्य के होला जस्तो तपाईंलाई लाग्छ? [जवाफ दिने मौका दिनुहोस्। त्यसपछि उत्पत्ति १:२८ पढ्नुहोस्।] पृथ्वीको धेरै भागमा जनसंख्या बढेर समस्याहरूले महामारीको रूप लिइरहेका छन्। सृष्टिकर्ता हाम्रा समस्याहरू हटाउन इच्छुक हुनुहुन्छ जस्तो तपाईंलाई लाग्छ?” जवाफ दिने मौका दिनुहोस्। त्यसपछि पुस्तिका प्रस्तुत गर्नुहोस्।— km-NP ९/९९ पृ. ८.
परमेश्वर हामीबाट के चाहनुहुन्छ?
तपाईं यसो भन्न सक्नुहुन्छ:
“आज पारिवारिक जीवनमा तीन थुप्रो समस्याहरू भएकोले पारिवारिक आनन्दको रहस्य के होला भनेर तपाईंले कहिल्यै सोच्नुभएको छ?” जवाफ पाइसकेपछि पारिवारिक आनन्दको वास्तविक रहस्यलाई परमेश्वरले बाइबलमा प्रस्ट पार्नुभएको छ भनी बताउनुहोस्। यशैया ४८:१७ पढ्नुहोस्। त्यसपछि चाहनुहुन्छ पुस्तिकाको पाठ ८ पल्टाउनुहोस् अनि परिवारको प्रत्येक सदस्यलाई भरपर्दो निर्देशन दिन त्यहाँ उल्लिखित केही बाइबल पदहरू देखाउनुहोस्। पाठको सुरुमा दिइएका प्रश्नहरू पढ्नुहोस्। त्यसका जवाफहरू पढ्न मन पर्छ कि भनी त्यस व्यक्तिलाई सोध्नुहोस्।
“यस पुस्तिकामा बाइबलका आधारभूत शिक्षाहरू समेटिएका पाठ्यक्रमहरू छन्। तपाईंले प्रत्येक पृष्ठमा शताब्दीयौंदेखि मानिसहरूलाई सताइरहेका प्रश्नहरूको जवाफ पाउनुहुनेछ। जस्तै, परमेश्वरले कुन उद्देश्य लिएर पृथ्वी सृष्टि गर्नुभयो?” पाठ ५ पल्टाउनुहोस् अनि पाठको सुरुका प्रश्नहरू पढ्नुहोस्। घरधनीलाई कुनचाहिं प्रश्न सबैभन्दा घतलाग्दो लाग्यो भनी सोध्नुहोस्, त्यसपछि उपयुक्त शास्त्रपदहरू पढ्दै उनले चासो देखाएका अनुच्छेद(हरू) पढ्नुहोस्। अरू प्रश्नहरूको पनि चित्तबुझ्दो जवाफ यसै गरी सजिलै पाउन सकिन्छ भनी बताउनुहोस्। अर्को प्रश्न र त्यसको जवाफबारे छलफल गर्न फेरि आऊँ कि भनेर सोध्नुहोस्।— km-NP १/०२ पृ. ४.
“हेर! म सब थोक नयाँ तुल्याउँदैछु”
वृद्ध बौद्ध धर्मावलम्बीलाई तपाईं यसो भन्न सक्नुहुन्छ:
“वर्तमान समयको पतित विचारधारा र त्यसले हाम्रा छोराछोरीमा पारेको प्रभाव देखेर सायद तपाईं पनि मजस्तै चिन्तित हुनुहुन्छ होला। युवा जनहरूमाझ किन यतिबिघ्न अनैतिकता बढेको होला? [जवाफ दिने मौका दिनुहोस्।] मुसलमान, इसाई र हिन्दू धर्महरू सुरु हुनुभन्दा वर्षौंअघि नै एउटा पुस्तकमा यस्तै हुनेछ भनेर भविष्यवाणी गरिएको थियो भनेर तपाईंलाई थाह थियो? [२ तिमोथी ३:१-३ पढ्नुहोस्।] यसो विचार गर्नुहोस् त, मानिसहरूले विभिन्न किसिमका ज्ञान लिइरहेकै छन्, तर अवस्था भने जस्ताको तस्तै छ। [पद ७ पढ्नुहोस्।] अधिकांश मानिसहरूले कहिल्यै नसिकेका सत्य बुझ्न यस पत्रिकाले मलाई मदत दियो। तपाईं पनि यो पुस्तिका पढ्न चाहनुहुन्छ कि?”— km-NP ८/९९ पृ. ८.
आवरणको सम्पूर्ण चित्र देखाउँदै तपाईं यस्तो प्रश्न सोध्न सक्नुहुन्छ:
“तपाईंको विचारमा सम्पूर्ण पृथ्वी यस्तो देखिन के गर्नुपर्छ होला?” जवाफ दिने मौका दिनुहोस्। त्यस चित्रबारे पृष्ठ ३ मा उल्लिखित केही विशेषताहरू बताउनुहोस्। त्यसपछि यसो भन्नुहोस्: “अधिकांश मानिसहरूलाई यस्तो संसार बनाउन असम्भव छ जस्तो लाग्छ। तर परमेश्वरको निम्ति यो काम असम्भव छैन। [अनुच्छेद ४३ का बुँदाहरू बताउनुहोस्; त्यसपछि यशैया ९:६, ७ पढ्नुहोस्।] सारा राष्ट्रका मानिसहरूले अद्भुत प्रमोदवनमा आनन्द उठाउने नयाँ संसारको प्रतिज्ञा परमेश्वरले गर्नुभएको छ। म चाहन्छु, तपाईं यो पुस्तिका पढ्नुहोस्। परमेश्वरले दिनुहुने अद्भुत भविष्यबाट तपाईं अनि तपाईंको परिवारले कसरी आनन्द उठाउन सक्छन् भनेर यस पुस्तिकाले देखाउनेछ।”— km-NP ८/९६ पृ. ८.