प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km06 जून पृ. २
  • सेवा सभाको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेवा सभाको तालिका
  • हाम्रो राज्य सेवकाई—२००६
  • उपशीर्षकहरू
  • जून १२ मा सुरु हुने हप्ता
  • जून १९ मा सुरु हुने हप्ता
  • जून २६ मा सुरु हुने हप्ता
  • जुलाई ३ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२००६
km06 जून पृ. २

सेवा सभाको तालिका

जून १२ मा सुरु हुने हप्ता

गीत २९ (२२२)

१० मि: स्थानीय घोषणा। पृष्ठ ८ का सुझावहरू वा इलाका सुहाउँदो अन्य प्रस्तुतिहरू चलाएर जून १ को प्रहरीधरहरा र अप्रिल - जूनको ब्यूँझनुहोस्‌! कसरी प्रस्तुत गर्ने, प्रदर्शन देखाउनुहोस्‌। एउटा प्रदर्शनमा, अनौपचारिक साक्षी दिंदा पत्रिका प्रस्तुत गरेको देखाउनुहोस्‌।

२० मि: “हाम्रो सेवकाई—दया झल्किने काम।”a समयले भ्याएमा श्रोतालाई उल्लेख गरिएको बाइबल पदहरूमा टिप्पणी गर्न आमन्त्रित गर्नुहोस्‌।

१५ मि: “विश्‍वासी र बुद्धिमान दास[लाई]” विश्‍वास गर्नुहोस्‌। यहोवाको इच्छाबमोजिम गर्न व्यवस्थित किताबको (अर्गनाइज्ड टु डु जेहोभाज्‌ विल) अध्याय ३ मा आधारित भाषण र श्रोतासित छलफल।

गीत ४ (४३) र समापन प्रार्थना।

जून १९ मा सुरु हुने हप्ता

गीत १६ (१४३)

१० मि: स्थानीय घोषणा। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू।

२० मि: ठीक बेलामा भनिएको कुरा झन्‌ कति असल! नोभेम्बर २००३ को हाम्रो राज्य सेवकाई-को पृष्ठ १ मा आधारित भाषण र श्रोतासित छलफल। श्रोतालाई यी प्रश्‍नहरूमा टिप्पणी गर्न आमन्त्रित गर्नुहोस्‌: प्रशंसा पाउन सबैभन्दा योग्यको व्यक्‍ति को हुनुहुन्छ? सँगी उपासकहरू किन उचित प्रशंसाको योग्य छन्‌? मण्डलीमा हामीले प्रशंसा गर्ने के-कस्ता अवसरहरू पाउँछौं? परिवारका सदस्यहरूको प्रशंसा गर्नु किन लाभदायी छ र सो हामी कसरी गर्न सक्छौं? तपाईंले पाउनुभएको प्रशंसाले तपाईंलाई कसरी प्रोत्साहन वा बल दिएको छ?

१५ मि: “प्रशंसा गरेर–चासो देखाऔं।”b घरधनीको कुरा ध्यानसित सुनेपछि तिनले भनेको कुनै कुराको लागि साँचो मनले प्रशंसा गरेको र घरधनीले भनेकै कुरासित मिल्दो बाइबल पद देखाएको छोटो प्रदर्शन देखाउनुहोस्‌।

गीत ६ (४५) र समापन प्रार्थना।

जून २६ मा सुरु हुने हप्ता

गीत २२ (१३०)

१२ मि: स्थानीय घोषणा। लेखा रिपोर्ट र अनुदान बुझिलिएको पत्र पढ्‌नुहोस्‌। पृष्ठ ८ का सुझावहरू वा इलाका सुहाउँदो अन्य प्रस्तुतिहरू चलाएर जुलाई १ को प्रहरीधरहरा र जुलाई - सेप्टेम्बरको ब्यूँझनुहोस्‌! कसरी प्रस्तुत गर्ने, प्रदर्शन देखाउनुहोस्‌। दुइटै प्रदर्शनको अन्तमा अर्को भेटमा बाइबलले सिकाउँछ किताबबाट जवाफ दिन सकिने गरी प्रकाशकले सोच्न लगाउने प्रश्‍न गर्छन्‌।

१८ मि: सँगी विश्‍वासीहरूसित मित्रता गाँस्ने। (हितो. १८:२४; २७:९) डिसेम्बर १, २००० को प्रहरीधरहरा, पृष्ठ २२-२३ मा आधारित भाषण र छलफल। साँचो उपासनाबाट पाइने थुप्रै आशिष्‌हरूमध्ये एउटा साँचो मित्र बनाउने सुअवसर हो। सभामा, क्षेत्र सेवकाईमा र अन्य अवसरहरूमा पाइने संगतिहरूमा हामी प्रोत्साहन दिने थुप्रै मौका पाउँछौं। मण्डलीका अरूसँग हामी कसरी मित्रता गाँस्न सक्छौं? “चिरकालीन मित्रताका छ कदम” भन्‍ने पेटी पुनरावृत्ति गर्नुहोस्‌ र आफ्ना भाइहरूसितको व्यवहारमा कसरी प्रत्येक बुँदा लागू गर्न सकिन्छ श्रोतालाई टिप्पणी गर्न आमन्त्रित गर्नुहोस्‌।

१५ मि: जुलाईमा सुसमाचार सुनाउने। तपाईंको इलाकाका मानिसहरूलाई साधारणतया कस्ता विषयहरूमा चासो लाग्छ? हालैको साहित्य-प्रस्तुति प्रभावकारी ढंगमा चलाएको एक/दुई जना प्रकाशकको छोटो अन्तरवार्ता लिनुहोस्‌। हुनसक्छ, उनीहरूमध्ये कोही-कोहीले बाइबल अध्ययन पनि सुरु गर्न सकेका छन्‌। त्यसपछि हाम्रो राज्य सेवकाई-को पुराना अंकमा दिइएका सुझाव वा तपाईंको इलाकामा प्रभावकारी भएका अन्य कुनै प्रस्तुति चलाएर घर-घरको प्रचारकार्यमा जुलाई महिनामा चलाइने साहित्य प्रस्तुत गरेको प्रदर्शन देखाउनुहोस्‌।—km-NP १/०५ पृ. ८, अनु. ५ हेर्नुहोस्‌।

गीत १७ (१८७) र समापन प्रार्थना।

जुलाई ३ मा सुरु हुने हप्ता

गीत ५ (४६)

१० मि: स्थानीय घोषणा। प्रकाशकहरूलाई जून महिनाको क्षेत्र सेवा रिपोर्ट खसालिसकेका छैन भने खसाइहाल्न सम्झाउनुहोस्‌।

१५ मि: स्थानीय आवश्‍यकता।

२० मि: “आफ्नो आध्यात्मिक लक्ष्यमा कसरी पुग्ने।”c मण्डलीका जवानहरूलाई उनीहरूले के-कस्ता आध्यात्मिक लक्ष्य राखेका छन्‌ र लक्ष्यमा पुग्न के गरिरहेका छन्‌, टिप्पणी गर्न आमन्त्रित गर्नुहोस्‌। एक/दुइटा टिप्पणीको लागि पहिल्यै तयारी गर्न सकिन्छ।

गीत २२ (१३०) र समापन प्रार्थना।

[फुटनोटहरू]

a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

c एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने