प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km07 अक्टोबर पृ. २
  • सेवा सभाको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेवा सभाको तालिका
  • हाम्रो राज्य सेवकाई—२००७
  • उपशीर्षकहरू
  • अक्टोबर ८ मा सुरु हुने हप्ता
  • अक्टोबर १५ मा सुरु हुने हप्ता
  • अक्टोबर २२ मा सुरु हुने हप्ता
  • अक्टोबर २९ मा सुरु हुने हप्ता
  • नोभेम्बर ५ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२००७
km07 अक्टोबर पृ. २

सेवा सभाको तालिका

अक्टोबर ८ मा सुरु हुने हप्ता

गीत ४ (४३)

१० मि: स्थानीय घोषणा। पृष्ठ १२ मा दिइएको सुझावअनुसार अथवा तपाईंको इलाकामा चलाउन सुहाउने किसिमको बनाएर अक्टोबर १ को प्रहरीधरहरा र अक्टोबर—डिसेम्बरको ब्यूँझनुहोस्‌! को प्रस्तुती देखाउनुहोस्‌। कुनै एउटा मात्र पत्रिकाको बारेमा कुरा गरेको भए पनि दुवै पत्रिका जोडी मिलाएर दिनुपर्छ।

२० मि: यहोवाको संगठनसित नजीक हुनुहोस्‌। यहोवाको इच्छाबमोजिम गर्न व्यवस्थित पुस्तकको अध्याय १७, पृष्ठ १७०–१७९ मा आधारित भाषण र श्रोतासित छलफल। (यस राज्य सेवकाईको पृष्ठ ७-१० हेर्नुहोस्‌।)

१५ मि: इलेक्ट्रोनिक सञ्चार प्रयोग गर्ने सन्दर्भमा विवेकी हुने। (तीतस २:११, १२, NW) सेप्टेम्बर २००२ हाम्रो राज्य सेवकाई पृष्ठ ८, अनुच्छेद १-७ मा आधारित भाषण। समय पुग्छ र मण्डलीको लागि सुहाउँदो छ भने नोभेम्बर १९९९ को हाम्रो राज्य सेवकाई-को परिशिष्टबाट पनि केही कुरा बताउनुहोस्‌।

गीत २१ (१९१)

अक्टोबर १५ मा सुरु हुने हप्ता

गीत २६ (२१२)

१० मि: स्थानीय घोषणा। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू।

२० मि: के तपाईंको बाइबल विद्यार्थीले सत्य सिकेर उन्‍नति गर्दैछ? अगस्त १५, २००२ को प्रहरीधरहरा पृष्ठ १५-२० मा आधारित भाषण र छलफल। बाइबल विद्यार्थीको हृदयमा भएको कुरा पत्ता लगाउन बाइबलले सिकाउँछ पुस्तक कसरी तयार पारिएको छ, केही कुरा बताउनुहोस्‌। केही उदाहरण बताउनुहोस्‌। जस्तै—अध्याय १ को अनुच्छेद १९; अध्याय २ को अनुच्छेद ४; अध्याय ३ को अनुच्छेद २४ र अध्याय ४ को अनुच्छेद १८। बाइबलले सिकाउँछ पुस्तकका विभिन्‍न पक्षहरूको प्रयोग गर्न प्रकाशकहरूलाई प्रोत्साहन दिनुहोस्‌।

१५ मि: “नोभेम्बर महिनामा अवेक! पत्रिकाको विशेषांक प्रस्तुत गर्ने!”aउक्‍त अवेक! को विषयवस्तु छोटकरीमा बताउनुहोस्‌। प्रश्‍न-उत्तर गर्दै लेख छलफल गर्नुहोस्‌। अनुच्छेद ३ छलफल गर्दा पृष्ठ १२ मा दिइएको सुझावअनुसार अथवा तपाईंको इलाकामा चलाउन सुहाउने किसिमको बनाएर अक्टोबर—डिसेम्बरको ब्यूँझनुहोस्‌! प्रस्तुत गर्ने तरिका प्रदर्शन गर्नुहोस्‌। प्रदर्शनीको अन्तमा पुनः भेट को लागि जग बसालेको देखाउनुहोस्‌।

गीत १८ (१६२)

अक्टोबर २२ मा सुरु हुने हप्ता

गीत ५ (४६)

१० मि: स्थानीय घोषणा। लेखा रिपोर्ट। अनुदान बुझिलिएको पत्र पढ्‌नुहोस्‌। पृष्ठ १२ मा दिइएको सुझावअनुसार अथवा तपाईंको इलाकामा चलाउन सुहाउने किसिमको बनाएर नोभेम्बर १ को प्रहरीधरहरा र अक्टोबर—डिसेम्बरको ब्यूँझनुहोस्‌! प्रस्तुत गर्ने तरिका देखाउनुहोस्‌।

१५ मि: स्थानीय आवश्‍यकता।

२० मि: ज्योतिका सन्तानझैं हिंडडुल गर। भाषण र अन्तरवार्ता। यस संसारको अन्धकार त्यागेर हामी यहोवाको ज्योतिमा आएका छौं। (एफि. ५:८, ९) यसले गर्दा हाम्रो जीवन उद्देश्‍यपूर्ण र अझै राम्रो भएको छ। (१ तिमो. ४:८) यो ज्योतिले हामीलाई आशा पनि दिन्छ। (रोमी १५:४) यहोवासँग असल सम्बन्ध कायम राख्न विभिन्‍न वाधा अवरोधहरू सहेका दुई-तीन जना प्रकाशकको अन्तरवार्ता लिनुहोस्‌। सच्चाइमा आउँदा तिनीहरूले कस्ता समस्याहरू भोगे? ती समस्याहरूको सामना कसरी गरे? अहिले तिनीहरूको जीवन किन अझै राम्रो भएको छ? सत्यमा स्थिर रहन तिनीहरूलाई मदत गर्ने कुरा के हो? यहोवाले प्रकट गर्नुभएको सत्यका लागि उहाँको गहिरो कदर गरिरहन र उहाँसित अझै घनिष्ठ सम्बन्ध बनाइराख्न सबैलाई प्रोत्साहन दिंदै समापन गर्नुहोस्‌।—२ पत्रु. १:५-८.

गीत २९ (२२२)

अक्टोबर २९ मा सुरु हुने हप्ता

गीत १३ (१२४)

१० मि: स्थानीय घोषणा। अक्टोबर महिनाको क्षेत्र सेवाको रिपोर्ट दिन प्रकाशकहरूलाई सम्झाउनुहोस्‌। नोभेम्बर महिनामा प्रस्तुत गरिने साहित्य कुन हो, बताउनुहोस्‌ र एउटा प्रदर्शनी देखाउनुहोस्‌।

१५ मि: यहोवाको महिमा गर्न आध्यात्मिक लक्ष्यहरू राख्नुहोस्‌। हाम्रो राज्य सेवकाई जून २००६ को पृष्ठ ४ मा आधारित भाषण र छलफल। भाइबहिनीहरूले के-कस्ता आध्यात्मिक लक्ष्य राखेको छन्‌ र उक्‍त लक्ष्य प्राप्त गर्न के-कसो गर्दैछन्‌, टिप्पणी गर्न आग्रह गर्नुहोस्‌। एक-दुईटा टिप्पणी पहिल्यै तयार पार्न सकिन्छ।

२० मि: “दरिद्रलाई आशाको सन्देश सुनाउनुहोस्‌।”b अनुच्छेद २ छलफल गर्दा अक्टोबर ८, २००३ को ब्यूझनुहोस्‌! पृष्ठ २६-२७ बाट टिप्पणी गर्नुहोस्‌।

गीत १७ (१८७)

नोभेम्बर ५ मा सुरु हुने हप्ता

गीत २८ (२२४)

१० मि: स्थानीय घोषणा।

१५ मि: यहोवाको अनुकरण गर्दै छोराछोरीलाई प्रशिक्षण दिनुहोस्‌। अक्टोबर १, २००१ को प्रहरीधरहरा पृष्ठ ८-१३ मा आधारित भाषण।

२० मि: “हामीले एकअर्काबाट प्रोत्साहन पाउन सकौं।”c क्षेत्रीय निरीक्षकको भ्रमणबाट कस्तो प्रोत्साहन पाए, श्रोताहरूलाई टिप्पणी गर्न आग्रह गर्नुहोस्‌। एक-दुईटा टिप्पणी पहिल्यै तयार पार्न सकिन्छ।

गीत २१ (१९१)

[फुटनोटहरू]

a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तर गर्दै छलफल गर्नुहोस्‌।

b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तर गर्दै छलफल गर्नुहोस्‌।

c एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न-उत्तर गर्दै छलफल गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने