प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp23 सङ्‌ख्या १ पृ. १२-१३
  • ४ | धर्मशास्त्रमा व्यावहारिक सल्लाहहरू पाइन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ४ | धर्मशास्त्रमा व्यावहारिक सल्लाहहरू पाइन्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यसको अर्थ के हो?
  • यसले हामीलाई कसरी मदत गर्छ?
  • बाइबलको व्यावहारिक सल्लाहले धेरैलाई मदत गरेको छ
  • अचानक आइपर्ने स्वास्थ्य समस्याको कसरी सामना गर्ने?
    थप लेखहरू
  • मानसिक स्वास्थ्य समस्या—विश्‍वव्यापी समस्या
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२३
  • मानसिक समस्याबारे तपाईंले के थाह पाउनुपर्छ?
    ब्यूँझनुहोस्‌!—२०१५
  • ३ | विगतका उदाहरणहरूबाट सिक्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२३
wp23 सङ्‌ख्या १ पृ. १२-१३
एउटी महिला खुसी हुँदै साइकल चलाउँदै छिन्‌।

४ | धर्मशास्त्रमा व्यावहारिक सल्लाहहरू पाइन्छ

बाइबल भन्छ: “धर्मशास्त्रमा भएका सबै कुरा . . . उपयोगी छ।”—२ तिमोथि ३:१६.

यसको अर्थ के हो?

हुनत बाइबल चिकित्सासम्बन्धी किताब होइन तर यसमा थुप्रै व्यावहारिक र लाभदायी सल्लाह पाइन्छ। ती सल्लाहहरूले मानसिक स्वास्थ्य समस्यासित जुझिरहेकाहरूलाई मदत गर्न सक्छ। केही उदाहरण विचार गरौँ।

यसले हामीलाई कसरी मदत गर्छ?

“निरोगीहरूलाई होइन तर रोगीहरूलाई वैद्यको खाँचो पर्छ।”—मत्ति ९:१२.

स्वास्थ्य समस्या हुँदा डाक्टरको मदत लिनुपर्ने हुन्छ भनी बाइबल बताउँछ। मानसिक स्वास्थ्य समस्या भएका थुप्रैले भरपर्दा स्रोतबाट आफ्नो अवस्थाबारे सही जानकारी पाएर दक्ष चिकित्सकहरूको मदत लिएका छन्‌ र यसो गर्दा आफ्नो अवस्था सुध्रिएको अनुभव गरेका छन्‌।

“व्यायामबाट केही फाइदा . . . हुन्छ।”—१ तिमोथि ४:८, फुटनोट।

शारीरिक रूपमा स्वस्थ रहन आफ्नो समय र शक्‍ति खर्चँदा हाम्रो मानसिक स्वास्थ्य पनि राम्रो हुन सक्छ। त्यसमा नियमित रूपमा व्यायाम गर्नु, पोसिलो खानेकुरा खानु र पर्याप्त मात्रामा सुत्नु समावेश छ।

“आनन्दित हृदय रोग निको पार्ने औषधीजस्तै हो तर दुःखी हृदयले शरीरलाई कमजोर बनाउँछ।”—हितोपदेश १७:२२.

प्रोत्साहनदायी बाइबल विवरणहरू पढ्‌दा अनि व्यावहारिक र हासिल गर्न सकिने लक्ष्यहरू राख्दा हामी खुसी हुन सक्छौँ। मानसिक स्वास्थ्य समस्या झेल्नुपरे तापनि सकारात्मक र आशावादी हुँदा हामी भावनात्मक तवरमा स्थिर रहन सक्छौँ।

“जो मर्यादामा रहन्छ, ऊ बुद्धिमान्‌ हुन्छ।”—हितोपदेश ११:२.

आफूले चाहेको सबै कुरा गर्न नसकेको महसुस हुँदा अरूको मदत स्विकार्नुहोस्‌। परिवार र साथीभाइ तपाईँलाई मदत गर्न चाहलान्‌ तर के गर्नुपर्ने हो, तिनीहरूलाई थाह नहुन सक्छ। त्यसैले तिनीहरूले तपाईँको लागि के गरिदिएको चाहनुहुन्छ, स्पष्ट बताउनुहोस्‌। तर तिनीहरूबाट बढ्‌तै माग नगर्नुहोस्‌ अनि आफूले पाएको मदतको लागि सधैँ कृतज्ञ हुनुहोस्‌।

बाइबलको व्यावहारिक सल्लाहले धेरैलाई मदत गरेको छ

“ममा केही समस्या छ जस्तो लागेकोले म डाक्टरकहाँ गएँ। उहाँले मेरो रोग पत्ता लगाउनुभयो। त्यसले गर्दा मलाई आफ्नो वास्तविकता स्विकार्न र उपलब्ध उपचारविधिहरूबारे जानकारी लिन मदत पुग्यो।”—निकोल,a जो बाइपोलर डिस्‌अर्डरसित जुझिरहेकी छिन्‌।

एउटी महिला डाक्टरसित कुरा गर्दै छिन्‌।

“हरेक दिन बिहान नियमित तवरमा श्रीमतीसित बाइबल पढ्‌दा दिनको सुरुवात सकारात्मक र उत्थानदायी सोच लिएर गर्न सकेको मैले अनुभव गरेको छु। डिप्रेसनले एकदमै गाह्रो बनाएको दिनमा पनि म बाइबलको कुनै खास हरफबाट सान्त्वना पाउँछु।”—पिटर, जो डिप्रेसनसित जुझिरहेका छन्‌।

“मलाई आफ्नो बिमारीबारे अरूलाई बताउन एकदमै अप्ठ्यारो लाग्थ्यो किनकि म लजालु स्वभावकी थिएँ। तर एक जना मिल्ने साथीले मेरो कुरा ध्यान दिएर सुनिन्‌ र मेरो भावना बुझ्न कोसिस गरिन्‌। उनीसित कुरा गरेपछि मेरो मन हल्का भयो र म एक्लो छैनँ भन्‍ने महसुस गरेँ।”—जियु, जो अव्यवस्थित खानपानसम्बन्धी मानसिक रोगसित (eating disorder) जुझिरहेकी छिन्‌।

“बाइबलले मलाई व्यावहारिक हुन, पर्याप्त आराम गर्न र काममा धेरै नघोटिन मदत गरेको छ। यसमा पाइने बुद्धिका कुराहरूबाट मैले भावनात्मक समस्याहरूको सामना गर्न मदत पाएको छु।”—तिमोथि, जो ओसीडीसित (obsessive-compulsive disorder) जुझिरहेका छन्‌।

a केही नाम परिवर्तन गरिएका छन्‌।

“निराशालाई जितेर खुसी हुनुहोस्‌” ह्वाइटबोर्ड एनिमेसन।
थप मदत:

हाम्रो वेबसाइट jw.org/ne मा निराशालाई जितेर खुसी हुनुहोस्‌ भन्‍ने ह्वाइटबोर्ड एनिमेसन हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने