प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९६ १/८ पृ. ८-१०
  • वास्तवमा भविष्य कस्तो छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • वास्तवमा भविष्य कस्तो छ
  • ब्यूँझनुहोस्‌!—१९९६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यथार्थ साबित भएको छैन
  • अन्तरिक्षबाहिर उपनिवेश बसाल्ने?
  • मानव परिवारको भविष्य
  • साँचो वैज्ञानिक आविष्कार
  • आजका विज्ञान कथालाई नियाल्दा
    ब्यूँझनुहोस्‌!—१९९६
  • विज्ञान कथा—यसको बढ्‌दो लोकप्रियता
    ब्यूँझनुहोस्‌!—१९९६
  • विश्‍वास र तपाईंको भविष्य
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • उत्कृष्ट बुद्धिको अनुपम स्रोत
    जीवनको उद्देश्‍य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९६
g९६ १/८ पृ. ८-१०

वास्तवमा भविष्य कस्तो छ

विज्ञान कथामा उत्साह देखाउने अधिकांश व्यक्‍तिहरू जिज्ञासु, मानव समाजलाई परिवर्तन गर्न चाहने तथा भविष्यप्रति तीव्र चासो राख्नेहरू हुन्छन्‌। बाइबलले भविष्यबारे धेरै कुरा बताउँछ। तर मान्छेको भविष्यबारे बाइबलको यो दृष्टिकोण विज्ञान कथा लेखकहरूका अडकलहरूसित पटक्कै मिल्दैन।

भविष्य कस्तो होला भन्‍ने सन्दर्भमा विज्ञान कथाले धरै प्रकारका विवरणहरू प्रस्तुत गर्छ। तर के तपाईं यीमध्ये कुनैमा भर परेर आफ्नो जीवन नै खतरामा पार्नुहुन्छ? कुन कुराको आधारमा तपाईं यो छनौट गर्नुहुन्छ? ती कल्पित वा योजनाबद्ध घटनाहरू सबै सत्य हुन सक्‍तैनन्‌। वास्तवमा, ती जम्मै कुराहरू अनुमानित वा कल्पित भएकोले तीमध्ये कुनै एउटा त सत्य छ भनी के तपाईं निश्‍चित गरेर भन्‍न सक्नुहुन्छ? तिनीहरूमध्ये शायद कुनै पनि सत्य छैन।

यथार्थ साबित भएको छैन

अधिकांश विज्ञान कथाले भविष्यबारे दिएका कल्पित घटनाहरू पूरा भएका छैनन्‌। कुन तरिकामा? ती घटनाहरूअनुसार विज्ञानले पृथ्वीको सभ्यतालाई अझ उत्तम पार्ने कुरा यथार्थ साबित भएको छैन। सभ्यता सुध्रनुको त कुरै छोडौं, आज संसारको वास्तविक अवस्था त्यसको ठीक विपरीत भएको छ। जर्मन लेखक कार्ल मिकाल आर्मर भन्छन्‌: “भविष्यले हामीलाई विचलित पारेको छ।” यसमा तिनले “आणविक विस्फोटनद्वारा हुने विश्‍वव्यापी मृत्युको खतरा, वातावरणीय प्रकोप, अनिकाल, गरिबी, उर्जा संकट [तथा] सरकारद्वारा प्रायोजित आतंकहरू” औंल्याउँछन्‌।

अर्को शब्दमा भन्‍ने हो भने, विज्ञान कथामा वर्णित पृथ्वी र मानव परिवारका भविष्यबारे कुराहरू पूरा भइरहेका छैनन्‌। यसको विपरीत, पृथ्वीको अवस्था जति बिग्रंदै जाँदैछ त्यति नै मानव परिस्थिति पनि खराब हुँदैछ। वैज्ञानिक वा प्राविधिक उन्‍नतिहरू भइरहेका छन्‌। तरैपनि, मानव समाजले विश्‍वव्यापी अधिकभन्दा अधिक अपराध, हिंसा, गरिबी, जातीय घृणा तथा पारिवारिक विघटनजस्ता कुराहरूको अनुभव गर्दैछन्‌।

केही वैज्ञानिक प्रयासहरूले मानिसमाथि अझ धेरै समस्याहरू थोपरेका छन्‌। केही उदाहरणहरू विचार गर्नुहोस्‌: हाम्रो वायुमण्डल, पानी तथा खानेकुरामा भइरहेको रासायनिक प्रदूषण; भारतको भोपालमा भएको विपत्ति जसमा औद्योगिक कारखानाहरूबाट निस्केको विषालु ग्यासले २,००० मानिसहरू मरे र २,००,००० घाइते भए; युक्रेनको चेर्नोबिलमा आणविक भट्टीको चुहावटको परिणामस्वरूप धेरैको मृत्यु, अर्बुद रोग तथा अन्य स्वास्थ्य समस्याहरूमा व्यापक वृद्धि भयो।

अन्तरिक्षबाहिर उपनिवेश बसाल्ने?

यद्यपि, अर्को ढंगमा अधिकांश विज्ञान कथाले भविष्यमा वर्तमान जीवनको दुःख तथा पृथ्वीमा मानव योजनाहरूको असफलताबाट मुक्‍त हुने तरिकाहरू प्रस्तुत गर्छ। तिनीहरूले उत्साहित व्यक्‍तिलाई बाह्‍य अन्तरिक्षका काल्पनिक दृश्‍यहरूमा पुऱ्‍याउँछन्‌। अरू ग्रह र ब्रम्हाण्डका अन्य भागहरूमा उपनिवेश बनाउन मानिसहरूले अन्तरिक्ष यान प्रयोग गरेका कुराहरू विज्ञान कथाका सामान्य विषयहरू भएका छन्‌। यस्ता कुराहरूले ती व्यक्‍तिलाई जस्तै धेरैलाई प्रेरित गर्छ, जसले न्यु योर्क समाचारपत्रका सम्पादकलाई यसरी पत्र लेखे: “भविष्यप्रति मानवजातिको आशा अन्तरिक्ष खोजयात्रामा निर्भर छ।”

हो, पृथ्वीको नजीक अन्तरिक्षमा जाँच पड्‌ताल गर्न अन्तरिक्ष यान र यन्त्रहरू पठाएर अन्तरिक्ष खोजयात्रा भइरहेछ। तर बाह्‍य अन्तरिक्षमा बस्ने कुराबारे के भन्‍न सकिन्छ? मानवजातिले अधिक मात्रामा अन्तरिक्ष उडान गर्ने निकै चर्चा भइरहेको छ। तर हाल, बाह्‍य अन्तरिक्षका अन्य तारापुञ्जहरूमा उपनिवेश बसाल्ने त कुरै छोडौं, चन्द्रमा वा नजीकका अरू ग्रहहरूमा सो कार्य गर्ने योजना पनि पक्का छैन। वास्तवमा, बाह्‍य अन्तरिक्षमा उपनिवेश बसाल्ने मानव प्रयासहरू भविष्यका लागि वास्तविक विकल्प होइनन्‌। अनि विभिन्‍न राष्ट्रहरूले हालै गरेको अन्तरिक्ष कार्यक्रम असाध्यै महँगो परेकोले केही राष्ट्रहरूले त्यस कार्यप्रति कम पाइला चाल्न थालेको छ वा केहीले यो कार्य गर्नै छोडे।।

यथार्थ कुरा यो हो, मानवजातिको भविष्य अर्थात्‌ तपाईंको भविष्य मानवजातिले गरेको कुनै अन्तरिक्ष खोजयात्रामा निर्भर छैन। तपाईंको भविष्य त यहीं यसै पृथ्वीमा बस्ने हो। अनि त्यो भविष्य कुनै वैज्ञानिक, मानव सरकार वा पटकथा लेखकहरूले निर्धारित गर्नेछैनन्‌। हामी किन यत्तिको निश्‍चित हुनसक्छौं?

किनभने पृथ्वीका सृष्टिकर्ता, यहोवा परमेश्‍वरले भविष्य निर्धारण गर्नुहुनेछ। अनि बाइबलमा प्रतिज्ञा गरिएको भविष्यसित विज्ञान कथाका दृश्‍यहरूले दाँजो गर्न सक्दैनन्‌। बाइबल, परमेश्‍वरको प्रेरित वचन हो। त्यसद्वारा उहाँले मानवजातिसित सम्पर्क राखेर मानव भविष्यबारे बताउनुहुन्छ। (२ तिमोथी ३:१६, १७; २ पत्रुस १:२०, २१) यसले के बताउँछ?

मानव परिवारको भविष्य

परमेश्‍वरको वचनले येशू ख्रीष्टको शासनअन्तर्गत नयाँ सरकारद्वारा सुसम्पन्‍न मानव समाज बसाल्ने सृष्टिकर्ताको उद्देश्‍यलाई स्पष्ट पार्छ। बाइबलमा त्यो स्वर्गीय सरकारलाई परमेश्‍वरको राज्य भनिएको छ।—मत्ती ६:९, १०.

त्यो राज्यबारे दानियल २:४४ मा उल्लिखित प्रेरित भविष्यवाणीले यसरी घोषणा गर्छ: “[अहिले सत्तारूढ] ती राजाहरूका समयमा स्वर्गका परमेश्‍वरले एउटा राज्य खड़ा गर्नुहुनेछ जो कहिल्यै नाश हुनेछैन, नता त्यसको राज्य अरू कुनै जातिको हातमा दिइनेछ। त्यसले यी सबै [वर्तमान समयका] राज्यहरूलाई चक्नाचूर पार्नेछ, र तिनीहरूको अन्त गरिदिनेछ तर यो राज्य चाहिं सदा सर्वदै रहिरहनेछ।”

परमेश्‍वरको शक्‍तिशाली सक्रिय शक्‍तिको प्रेरणाद्वारा परमेश्‍वरको राज्यअन्तर्गत पृथ्वीमा हुने भावी जीवनबारे प्रेरित पत्रुसले पनि लेखे। तिनले भने: “तर उहाँको [परमेश्‍वरको] प्रतिज्ञाबमोजिम हामी नयाँ स्वर्ग [परमेश्‍वरको स्वर्गीय राज्य] र नयाँ पृथ्वीको [परमेश्‍वरको राज्यअन्तर्गत नयाँ मानव समाज] बाटो हेर्छौं, जसमा धार्मिकताले बास गर्छ।”—२ पत्रुस ३:१३.

परमेश्‍वरको स्वर्गीय राज्यअन्तर्गत पृथ्वीमा बस्न सुअवसर पाउनेहरूको जीवन कस्तो हुनेछ? सृष्टिकर्ताको प्रतिज्ञा यस्तो छ: “‘[परमेश्‍वरले] तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।’ औ सिंहासनमा विराजमान हुनुहुनेले भन्‍नुभयो, ‘हेर, म सब कुरा नयाँ तुल्याउनेछु।’ औ उहाँले भन्‍नुभयो, ‘लेख, किनकि यी कुराहरू विश्‍वासयोग्य र सत्य छन्‌।’”—प्रकाश २१:४, ५.

सृष्टिकर्ताले अत्युत्तम भविष्यको प्रतिज्ञा गर्नुभएको छ। यो, विज्ञान कथा लेखक वा वैज्ञानिकहरूले अडकलेका कुराहरूभन्दा पूर्णतया भिन्‍न छ। जहाँ अनौठा जीव तथा वातावरणहरूबारे चित्रण गरिएका हुन्छन्‌। साँचो मसीहीहरूले भविष्यबारे परमेश्‍वरको निश्‍चित प्रतिज्ञाहरूमा विश्‍वास गर्छन्‌। वास्तवमा, तिनीहरूले त्योभन्दा बढी नै गर्छन्‌। तिनीहरूले ती प्रतिज्ञाहरूको खातिर आफ्नो जीवन नै खतरामा पार्न पनि पछि हटेका छैनन्‌।

तिनीहरू किन यति विघ्न निश्‍चित हुनसक्छन्‌? किनभने, “परमेश्‍वरले कहिल्यै झूट नबोल्नुहुने” भएकोले यो “आशाले निराश गराउँदैन” भनी तिनीहरूले परमेश्‍वरको वचनबाट सिकेका छन्‌। वास्तवमा, “परमेश्‍वरलाई झूट बोल्न असम्भव छ।” (रोमी ५:५; तितस १:२; हिब्रू ६:१८) यसबारे परमेश्‍वरको सेवक यहोशूले धेरैअघि यसो भने: “परमप्रभु परमेश्‍वरले तिमीहरूका बारेमा भन्‍नुभएको सबै असल कुराहरूमा एउटा कुरा पनि फरक परेको छैन। तिमीहरूका निम्ति सबै पुगेको छ, र एउटा पनि त्यसबाट फरक परेको छैन।”—यहोशू २३:१४.

धेरैजसो विज्ञान कथाले यो दुष्ट पुरानो रीतिरिवाजका विचारधाराहरू झल्काउँछ। त्यो कसरी? विज्ञान कथा, तथाकथित बौद्धिक आन्दोलनको समयमा सुरु भएको थियो। त्यसबेला धेरै व्यक्‍तिहरूले परम्परागत आधारलाई अस्वीकार गरे र मानिस आफैले आफ्नो भविष्य बनाउनसक्छन्‌ भनी विश्‍वास गरे। तिनीहरूले समाजमा बढ्‌दो समस्याहरूको लागि सांसारिक धर्महरूलाई दोष लगाउनु न्यायोचित थियो तर तिनीहरूले त्यस सँगसँगै परमेश्‍वरको अस्तित्व साथै उहाँको उद्धेश्‍यको सच्चाइलाई नै अस्वीकार गरे। त्यतिबेलाका घटनाहरू देखेर तिनीहरू निराश भएका थिए। तसर्थ, अरू विचारहरूको खोजीमा लागे।

तथापि, मानव विचारहरू जति नै युक्‍तिपूर्ण भए तापनि त्यो सीमित छ। हाम्रो सृष्टिकर्ता भन्‍नुहुन्छ: “किनकि जसरी आकाश पृथ्वीभन्दा अल्गो छ, त्यसरीनै मेरो चाल तिमीहरूको चालभन्दा र मेरो विचार तिमीहरूका विचारभन्दा अल्गो छ।”—यशैया ५५:९.

साँचो वैज्ञानिक आविष्कार

परमेश्‍वरको नयाँ संसारमा, ज्ञान आर्जन गर्ने मानवजातिको तिर्सनालाई साँचो वैज्ञानिक खोजतलाशद्वारा पूरा गरिनेछ। काल्पनिक दृश्‍यहरू तयार गर्नुपर्नेछैन। किनभने, यथार्थ कुराले मनलाई असल तथा साँचो तरिकामा मोहित र शिक्षित पार्नेछ।

तब, धेरैले प्रख्यात वैज्ञानिक आइजक न्युटनले कसरी आफूलाई “अज्ञात सच्चाइको विशाल समुद्रअगाडि . . . समुद्रतटमा खेलिरहेको बालकजस्तै ठाने,” त्यो कुरा बुझ्नेछन्‌।” निस्सन्देह, नयाँ संसारमा परमेश्‍वरले एकपछि अर्को आविष्कार गर्न विश्‍वासी मानवजातिलाई निर्देशन दिनुहुनेछ।

हो, त्यतिबेला वैज्ञानिक अनुसन्धान पूर्णतया सत्यमा आधारित हुनेछ। किनभने, यहोवा “सत्यको परमेश्‍वर” हुनुहुन्छ। उहाँले हामीलाई पार्थिव पर्यावरण तथा पशुप्राणीबाट सिक्ने निमन्त्रणा दिनुहुन्छ। (भजन ३१:५; अय्यूब १२:७-९) परमेश्‍वरद्वारा निर्देशित साँचो वैज्ञानिक प्रयास निश्‍चयै परमेश्‍वरको नयाँ रीतिरिवाजको आकर्षक विशेषता हुनेछ। त्यसपछि सबै अन्वेषण, आविष्कार, तथा मानव जीवनको आश्‍चर्यजनक सुधार र जीवनस्तरहरूको श्रेय कुनै मानवलाई होइन तर ब्रम्हाण्डको सृष्टिकर्ता यहोवा परमेश्‍वरलाई दिइनेछ।

त्यो सन्‍निकट नयाँ संसारमा सबै आज्ञाकारी मानवजातिले परमेश्‍वरको मायालु हेरचाह र अगुवाइको लागि उहाँको महिमा गर्नेछ। तिनीहरूले खुबै आनन्दित भएर उहाँको सेवा गर्नेछन्‌ र प्रकाश ४:११ मा वर्णन गरिएझैं यसो भन्‍नेछन्‌: “हे हाम्रा प्रभु र परमेश्‍वर, तपाईं महिमा, आदर र शक्‍ति ग्रहण गर्ने योग्यको हुनुहुन्छ, किनभने सबै कुरा तपाईंलेनै सृष्टि गर्नुभएको हो, र तपाईंकै इच्छाबमोजिम ती भए, र सृजिए।”

[पृष्ठ ९-मा भएको चित्र]

मानवजातिको भविष्य यसै पृथ्वीमा बस्ने हो

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने