प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९६ ७/८ पृ. ३१
  • फेरि क्षयरोगको प्रकोप!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फेरि क्षयरोगको प्रकोप!
  • ब्यूँझनुहोस्‌!—१९९६
  • मिल्दोजुल्दो सामग्री
  • विजय तथा विपत्ति
    ब्यूँझनुहोस्‌!—१९९८
  • क्षयरोगविरुद्ध नयाँ अभियान
    ब्यूँझनुहोस्‌!—१९९९
  • घातक मित्रता
    ब्यूँझनुहोस्‌!—१९९८
  • युद्धले जत्तिकै ज्यान लिन्छ
    ब्यूँझनुहोस्‌!—१९९८
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९६
g९६ ७/८ पृ. ३१

फेरि क्षयरोगको प्रकोप!

संयुक्‍त राज्यमा १९५० को दशकदेखि क्षयरोगको (टिबी) संख्या वर्षेनी ५ प्रतिशतको दरले घट्यो। तथापि, सन्‌ १९८५ देखि क्षयरोग १८ प्रतिशत बढेको प्रतिवेदनले देखायो। औषधी पचाउनसक्ने नयाँ क्षयरोगीहरू थपिंदै गएकोले त झनै व्याकुल पारेको छ। क्षयरोगले वर्षेनी सालाखाला ३० लाख मानिसहरूको ज्यान लिने अनुमान गरिएको छ। क्षयरोग विरुद्ध लडिएको युद्ध किन असफल हुँदैछ?

एउटा कारण त धेरैजसो बिरामीहरूले निर्धारित समय अर्थात्‌ छदेखि नौ महिनासम्म निल्नुपर्ने औषधीमा हेलचक्राइँ गर्नाले हो। उदाहरणका लागि, न्यु योर्क शहरमा अरूलाई पनि क्षयरोग सार्नसक्ने २०० क्षयरोगीहरूमध्ये ८९ प्रतिशतले आफ्नो उपचार पूरा गरेनन्‌ भनेर एउटा प्रतिवेदनले देखाएको छ। “त्यसो गर्नु डरलाग्दो कुरा हो,” अमेरिकन लङ एसोसिएशनका सभापति डा. ली रिक्मन भन्छन्‌। “किनकि ती मानिसहरू (क) निको हुनेछैनन्‌ र (ख) सामान्यतया प्रयोग गरिने औषधी पचाउनसक्ने क्षयरोगले तिनीहरू ग्रस्त हुनसक्छन्‌।” यसका साथै ती रोगीहरूले आफैलाई मात्र होइन अरूलाई पनि धेरै नराम्रो असर पारिरहेका हुन्छन्‌। डा. रिक्मन अझै यसो भन्छन्‌, “औषधी नखाएर तिनीहरूले अरूलाई संक्रमित गर्नसक्छन्‌।” त्यसैकारण वर्षेनी विश्‍वभरि लगभग ८० लाख नयाँ क्षयरोगीहरू देखा परिरहेका छन्‌।

बाइबल विद्यार्थीहरूले ‘ठाउँ ठाउँमा रूढी’ हुनु यस रीतिरिवाजको “आखिरी दिन[मा]” बाँचिरहेका छौं भन्‍ने चिह्नहरूका भाग हुन्‌ भनेर बुझेका छन्‌। (लूका २१:११; २ तिमोथी ३:१) त्यसपछि के हुनेछ? एउटा नयाँ संसार प्रारम्भ हुनेछ अनि “त्यहाँका बासिन्दाहरूले यसो भन्‍नेछैनन्‌, ‘म बिरामी परें।’” (यशैया ३३:२४) हो, यहोवा परमेश्‍वरले रोग र मृत्युबाट अस्थायी होइन तर स्थायी छुटकारा दिने प्रतिज्ञा गर्नुहुन्छ।—प्रकाश २१:१-४.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने