प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९८ ११/८ पृ. २५
  • घातक मित्रता

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घातक मित्रता
  • ब्यूँझनुहोस्‌!—१९९८
  • मिल्दोजुल्दो सामग्री
  • विजय तथा विपत्ति
    ब्यूँझनुहोस्‌!—१९९८
  • क्षयरोगविरुद्ध नयाँ अभियान
    ब्यूँझनुहोस्‌!—१९९९
  • फेरि क्षयरोगको प्रकोप!
    ब्यूँझनुहोस्‌!—१९९६
  • युद्धले जत्तिकै ज्यान लिन्छ
    ब्यूँझनुहोस्‌!—१९९८
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९८
g९८ ११/८ पृ. २५

घातक मित्रता

सन्‌ १९५९ तिर संयुक्‍त राज्यका स्वास्थ्यकर्मीहरूले क्षयरोग (टिबी) अब चाँडै उन्मुलन हुनेछ भनेर पूर्वानुमान गरेका थिए। हुन पनि, आगामी वर्षहरूमा यो रोग यत्ति द्रूत गतिले हराउँदै गयो कि थुप्रै मानिसहरूले रोगको उन्मुल नै भयो भन्ठाने। तर टिबी फेरि फर्केको छ र अहिले यसले एच आइ भी, रोग प्रतिरोध क्षमता कमजोर पार्ने र अक्सर एड्‌स गराउने जीवाणुसित घातक मित्रता गाँसेको छ।

झन्डै दुई अरब मानिसहरूमा अर्थात्‌ संसारको लगभग एक तिहाई जनसंख्यामा टिबी व्याक्टेरिया हुन्छ तर ती व्यक्‍तिहरू पहिलोपटक संक्रमित हुँदा १० प्रतिशतलाई मात्र यो रोगले ग्रस्त पार्ने सम्भावना हुन्छ। चाखलाग्दो कुरा के छ भने, एच आइ भी भएका व्यक्‍तिहरूलाई सक्रिय टिबीले समात्ने खतरा वर्षमा ८ प्रतिशत मात्र हुन्छ। त्यसकारण, एच आइ भीले थुप्रै मानिसहरूलाई समातेको खण्डमा टिबी लाग्ने खतरा एकदमै बढ्‌नेछ।

हालसालै संयुक्‍त राज्यमा टिबी बिरामीहरूको संख्या लगभग १५ प्रतिशतले बढेको छ भनी डब्लू एच ओ-का (विश्‍व स्वास्थ्य संघ) डा. रिचार्ड जे. ओब्रायन उल्लेख गर्छन्‌। तिनी “विशेषगरि एच आइ भी र टिबी मिलेकोले” त्यसो भएको हो भन्छन्‌। तथापि, विकासोन्मुख मुलुकहरूमा खतरा झन्‌ धेरै छ। वर्षेनी टिबी लाग्ने ८० लाख नयाँ बिरामीहरूमध्ये ९० प्रतिशत त गरिब मुलुकहरूकै हुन्छन्‌ र तिनीहरूमध्ये ३० लाख बिरामीहरूको मृत्यु हुन्छ।

विश्‍वभरि झन्डै ४४ लाख मानिसहरू यो घातक जोडीसित जुझिरहेका छन्‌। डब्लू एच ओ-को अनुमानअनुसार निकट भविष्यमा टिबीले वर्षेनी एच आइ भी लागेकाहरूमध्ये १० लाख मानिसहरूको ज्यान लिनेछ। जोइन्ट युनाइटेड नेशनल प्रोग्राम अन एच आइ भी/एड्‌स-का महाप्रबन्धक पिटर पिजो भन्छन्‌, “एच आइ भी र एड्‌सको दुइटा महामारी दशकको सबैभन्दा गम्भीर स्वास्थ्य समस्या भएको छ।”

[पृष्ठ २५-मा भएको चित्रको स्रोत]

न्यु जर्सी मेडिकल स्कूल—नेशनल ट्युबरकुलोसिस सेन्टर

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने