प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९८ ४/८ पृ. ३
  • तनाउ—“मौन हत्यारा”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तनाउ—“मौन हत्यारा”
  • ब्यूँझनुहोस्‌!—१९९८
  • मिल्दोजुल्दो सामग्री
  • असल तनाउ, खराब तनाउ
    ब्यूँझनुहोस्‌!—१९९८
  • तनाव भनेको के हो?
    ब्यूँझनुहोस्‌!—२०२०
  • तनाउ—“मन्द विष”
    ब्यूँझनुहोस्‌!—१९९८
  • के तपाईँ तनावमा हुनुहुन्छ?
    ब्यूँझनुहोस्‌!—२०२०
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९८
g९८ ४/८ पृ. ३

तनाउ—“मौन हत्यारा”

“सुरुमा त मलाई कसैले बेस्सरी थिचेजस्तो लाग्यो। छातीनेर दुख्न थाल्यो; छिनभरमै काँध, घाँटी तथा बंगाराहरू दुख्न थाले अनि पछि त्यो दुखेको सर्दा सर्दा मेरा दुवै हातसम्म पुग्यो। छातीमा हात्ती नै थ्याच्च बसेजस्तो लाग्यो। सास फेर्नै गाह्रो भयो। खलखली पसिना आउन थाल्यो। पेट बाउँडियो र त्यसपछि असाध्यै वाकवाक लाग्यो। . . . पछि, नर्सहरूले मलाई अस्पतालको ओछ्यानमा सुताएपछि मैले छक्क पर्दै यसो भनेको अझै याद छ, ‘मलाई हृदयघात भयो।’ मेरो उमेर चवालीस वर्ष पुगेको थियो।”

लेखक डा. रबर्ट एस. एलियट २० वर्षअघि आफू मृत्युको मुखैमा पुगेको घटनाबारे तनाउमुक्‍त भएर कसरी आनन्दमय जीवन बिताउने (अंग्रेजी) पुस्तकमा त्यसरी बताउँछन्‌। त्यसै दिन बिहान तिनले एउटा सम्मेलनमा भाषण दिएका थिए। तर हाँसउठ्‌दो कुरा के हो भने तिनले हृदयघातकै विषयमा भाषण दिएका थिए। अकस्मात्‌ हृदयविशेषज्ञ डा. एलियट “बिरामी जाँच्नुको साटो उल्टो आफै बिरामी शय्यामा परे।” आफूले कल्पनै नगरेको यस्तो संकट आइपर्नुको कारण के थियो? डा. एलियट भन्छन्‌, “तनाउको प्रतिरोध गर्न मैले जे गर्न खोजें, त्यसले मेरो शरीरलाई भित्रभित्रै खाइरहेको थियो।”a

तनाउका घातक परिणामहरू हुनसक्छन्‌ भनेर डा. एलियटको अनुभवले देखाउँछ। निस्सन्देह, संयुक्‍त राज्यमा हुने अधिकांश मृत्युको प्रमुख कारण यसैसित सम्बन्धित भएको पाइएको छ। समयको दौडान चालै नपाउनेगरि एकपछि अर्को गर्दै तनाउहरू बढ्‌दै गएको हुनसक्छ अनि त्यसको नतिजा कुनै पूर्वसंकेतबिना देखा पर्नसक्छ। त्यसकारण, तनाउलाई “मौन हत्यारा” भन्‍नुमा जायज कारण छ।

अचम्मको कुरा, अधीर, झगडालु तथा प्रतिस्पर्धात्मक स्वभावका अर्थात्‌ टाइप-ए व्यक्‍तित्व भएका व्यक्‍तिहरूले मात्र तनाउले गर्दा हुने स्वास्थ्य समस्याहरू भोग्नुपर्ने होइन। हेर्दा शान्त स्वभावका देखिने व्यक्‍तिहरूका यस्ता स्वभाव एउटा नकली मुखौटा अर्थात्‌ प्रेसर कुकरलाई बन्द गर्ने खुकुलो ढकनीजस्तो मात्र हो। डा. एलियट आफूलाई यस्तै भएको महसुस गर्छन्‌। तिनी अब अरूलाई यस्तो चेताउनी दिन्छन्‌: “तपाईंको मुटुमा वर्षोंअघिदेखि राखिएको टाइम बमबारे पत्तै नभई आज तपाईंको ज्यान जानसक्छ।”

तथापि, तनाउले गर्दा हृदयघात तथा आकस्मिक मृत्यु मात्र हुने होइन भनी यसपछिको लेखले देखाउनेछ।

[फुटनोट]

a हृदयघात हुनुको एउटा कारण तनाउ हुनसक्छ तर हृदयघात हुने प्रायजसो अवस्थामा आथरोस्कलेरोसिसले मुटुका धमनीहरूलाई निकै क्षति पुऱ्‍याइसकेको हुन्छ। तसर्थ, हृदयरोगका लक्षणहरूलाई हल्कासित लिंदै तनाउ कम गरेपछि निको भइहाल्छ नि, भन्ठान्‍नु बुद्धिमानी हुनेछैन। ब्यूँझनुहोस्‌! जनवरी ८, १९९७ पृष्ठ ३-१३ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने