प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९८ ९/८ पृ. ३
  • विज्ञापनजगत्‌को भुलभुलैयामा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विज्ञापनजगत्‌को भुलभुलैयामा
  • ब्यूँझनुहोस्‌!—१९९८
  • मिल्दोजुल्दो सामग्री
  • फकाउने कला
    ब्यूँझनुहोस्‌!—१९९८
  • विज्ञापनको शक्‍ति
    ब्यूँझनुहोस्‌!—१९९८
  • परमेश्‍वरको राज्यको विज्ञापनको सय वर्ष!
    हाम्रो राज्य सेवा—२०१४
ब्यूँझनुहोस्‌!—१९९८
g९८ ९/८ पृ. ३

विज्ञापनजगत्‌को भुलभुलैयामा

“बाबा चन्द्रमाले कुन मालको विज्ञापन गर्छ?” एउटी बच्चीले आफ्नो बुबालाई सोधेकी यस अनौठो प्रश्‍न झन्डै ५० वर्षअघि कार्ल स्यान्डबर्गले आफ्नो कवितामा लेखेका थिए। तर भविष्यमा त्यस्तो प्रश्‍न अनौठो नहुन पनि सक्छ। न्यु साइन्टिस्ट पत्रिकाअनुसार लन्डनमा दुई जना विज्ञापन व्यवस्थापकहरू चन्द्रमामा पर्ने सूर्यको प्रकाश चलाएर चन्द्रमाको सतहमा विज्ञापन गर्ने योजनामा जुटिरहेका छन्‌।

कल्पना गर्नुहोस्‌, विज्ञापन पाटीको रूपमा चन्द्रमा! यसो विचार गर्नुहोस्‌ त, विश्‍वभरिका मानिसहरूको निम्ति चन्द्रमामा व्यवसायिक सन्देश विज्ञापन गर्ने र यो विज्ञापन श्रोताहरूले रेडियो र टिभीजस्तो न त फ्याट्ट बन्द गर्नसक्छन्‌, नता टेलिफोन राखेझैं राख्नसक्छन्‌, नता फोहरको ढ्‌वांगमा फ्वात्त फ्याँक्नसक्छन्‌ वा रिमोट कन्ट्रोलले झ्याप्प बन्द नै गर्नसक्छन्‌। यो विचार तपाईंलाई त्यति रमाइलो नलाग्ला तर अरू कसैको निम्ति भने सपना साकार भएको हुनसक्छ।

अहिलेसम्म चन्द्रमामा विज्ञापन पुगेको त छैन तर पृथ्वी भने विज्ञापनमा चुर्लुम्मै डुबेको छ। अधिकांश अमेरिकी पत्रपत्रिका तथा अखबारहरूले ६० प्रतिशत ठाउँ विज्ञापनकै निम्ति छुट्याउँछन्‌। द न्यु योर्क टाइम्स-को आइतबारे अंकमा ३५० पृष्ठ विज्ञापनले नै ओगटेको हुन्छ। कुनै कुनै रेडियो स्टेसनहरूले एक घण्टामा ४० मिनेट त विज्ञापन मात्र दिन्छन्‌।

अनि अझ टेलिभिजन त छँदैछ। एउटा अनुमानअनुसार अमेरिकी युवाहरूले हरेक हप्ता तीन घण्टा टेलिभिजन विज्ञापनहरू हेर्छन्‌। स्कूलको पढाइ सकुञ्जेल तिनीहरूले ३,६०,००० टिभी विज्ञापनहरू हेरिसक्छन्‌। टेलिभिजनहरूले विमानस्थल, अस्पतालको प्रतीक्षालय तथा स्कूलहरूमा विज्ञापन गर्छन्‌।

महत्त्वपूर्ण खेलकुद समारोहहरू अहिले विज्ञापन गर्ने प्रमुख थलो भएका छन्‌। रेसिङ कारहरू तेज गतिले चल्ने विज्ञापनपाटी भएका छन्‌। कोही कोही खेलाडीहरूले प्रायजसो विज्ञापनदाताहरूबाट पैसा पाउँछन्‌। एक चर्चित बास्केटबल खेलाडीले बास्केटबल खेलेर ३९ लाख अमेरिकी डलर कमाए भने विज्ञापनदाताहरूले आफ्नो उत्पादनको विज्ञापन गर्न तिनलाई त्योभन्दा नौ गुना बढी पैसा दिए।

आजकल विज्ञापन नपुगेको ठाउँ कतै छैन। भित्ता, बस, ट्रक सबै ठाउँमा विज्ञापनहरू देखिन्छन्‌। ट्याक्सीभित्र, सबवे र सार्वजनिक शौचालयहरूको ढोकामा समेत विज्ञापनहरू हुन्छन्‌। सुपरमार्केट, पसल, एलिभेटरमा जाँदा र फोनमा कुरा गर्दा पनि ठूल-ठूला स्वरमा विज्ञापनहरू घन्किरहेका हुन्छन्‌। कुनै कुनै देशमा हुलाकबाट पनि यति धेरै विज्ञापन प्राप्त हुन्छन्‌ कि मानिसहरूले हुलाकबाट लिएर सीधै फोहरको ढ्‌वांगमा हुर्ऱ्याइदिन्छन्‌।

विश्‍वव्यापी विज्ञापन एजेन्सी, म्याकक्यान-एरिकसनद्वारा प्रकाशित इनसाइडर्स रिपोर्ट-अनुसार विश्‍वभरि १९९० मा झन्डै २७५.५ अरब डलर खर्च गरिएको थियो। तर त्यतिबेलादेखि यता खर्च बढेर १९९७ मा ४११.६ अरब डलर पुग्यो र १९९८ मा ४३४.४ अरब अमेरिकी डलर खर्च हुने अनुमान लगाइएको छ। कति बिघ्न धनराशि!

यी सबैले कस्तो प्रभाव पारेको छ? एक विश्‍लेषक भन्छिन्‌: “विज्ञापन समाजको सबैभन्दा प्रभावशाली अन्तरक्रिया माध्यम भएको छ। . . . विज्ञापनले वस्तु बिकाउने मात्र होइन। तिनीहरूले छवि, मूल्य मान्यता, लक्ष्य तथा हामी को हौं र हामी कस्तो हुनुपर्छ भन्‍ने अवधारणाद्वारा पनि मानिसहरूलाई प्रभावित गरिरहेका हुन्छन्‌। . . . त्यसले हाम्रो मनोवृत्तिलाई पनि ढालिरहेको हुन्छ। फलतः हाम्रो मनोवृत्तिले हाम्रो बानीबेहोरामा असर गर्छ।”

तपाईं जहाँ जानुभए पनि विज्ञापनबाट छुटकारा नपाउनुहुने हुँदा विज्ञापन वास्तवमा कसरी गरिन्छ र यसले हामीलाई कसरी प्रभाव पार्नसक्छ, बुझे कसो होला?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने